जनकपुर— शिक्षा तथा विज्ञान प्रविधिमन्त्री महावीर पुनले प्रदेश सरकार र स्थानीय तहले ध्यान नदिए मधेश प्रदेश कहिल्यै साक्षर हुन नसक्ने बताएका छन् ।शिक्षा विज्ञान तथा प्रविधि मन्त्रायलद्वारा जनकपुरधाममा आईतबार आयोजित साक्षर मधेश प्रदेश घोषणा तयारी सम्बन्धी १ दिवसीय गोष्ठीमा बोल्दै मन्त्री पुनले मधेश प्रेदश र स्थानीय तहलाई अगाडि आएर शिक्षा सम्बन्धी समस्याहरुको निधानका लागि पहल गर्नु पर्ने बताए ।उनले अहिले सम्मको इतिहास हेर्दा केन्द्रले अगाडि बसेर काम गर्ने र प्रदेश र स्थानीय तहले पछाडि बसेर काम गर्ने गरेको देखिएको जानकारी दिए । मन्त्री पुनले अब प्रदेश सरकार र स्थानीय तहलाई अगाडि आएर काम गर्न र केन्
धनकुटा— नेकपा एमाले धनकुटाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा केन्द्रीय सदस्य तथा पूर्व खानेपानी मन्त्री राजेन्द्रकुमार राईलाई एकल उम्मेदवारी सिफारिस गरेको छ ।आइतबार सम्पन्न जिल्ला कमिटीको विस्तारित बैठकले पार्टी नेता कार्यकर्ताहरूको भावना भूगोल र चाहना अनुसार युवाहरूको मनोभावना अनुसार राईलाई एकल उम्मेदवार बनाउने निर्णय लिएको अध्यक्ष शिव लिम्बुले जानकारी दिए ।हालसम्मको छलफलमा जिल्लाका सबै पालिकाका नेता तथा कार्यकर्ताको भावनाअनुसार राईलाई एकल उम्मेदवार सिफारिस गर्ने गरी बैठकमा प्रस्ताव राखेका थिए सोही विषयमा लामो छलफल गरी एकल उम्मेदवार सिफारिस गरिएको अध्यक्ष लिम्बूको भनाइ छ
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अन्य दलबाट आएका सातजनालाई केन्द्रीय समितिमा मनोनयन गरेको छ ।आइतबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकले रञ्जु दर्शना लगायतका सातजनालाई औपचारिक रुपमा मनोनयन गरेको हो ।केन्द्रीय कार्यालयमा बस्दै गरेको ५८औ केन्द्रीय समिति बैठकले पार्टी समायोजन गर्दै उनीहरूलाई केन्द्रीय समितिमा मनोनयन गरेको प्रवक्ता मनिष झाले बताए ।मनोनयन भएका केन्द्रीय सदस्यहरुमा १. समीक्षा बास्कोटा, २. प्रकाशचन्द्र परियार, ३. सुरज प्रधान, ४. नवराज थापा, ५. आशुतोष प्रधान, ६. धनेज थापा, ७. रञ्जु दर्शना रहेका छन् ।
काठमाडौं— नेपाल एसोसिएसन अफ टुर तथा ट्राभल एजेन्ट्स (नाटा) का अध्यक्ष कुमारमणि थपलियाले नाटाले स्थापना कालदेखि नै नेपालको पर्यटन प्रवद्र्धन, हवाई सञ्जाल विस्तार तथा व्यवसायिक हित संरक्षणमा निरन्तर भूमिका निर्वाह गर्दै आएको बताएका छन् ।नाटाको ५८औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष थपलियाले नाटा नेपालको पर्यटन क्षेत्रको पहिलो तथा प्रमुख सरोकारवाला संस्था भएको उल्लेख गरेका हुन् । उनले पर्यटन क्षेत्र अप्ठ्यारो अवस्थामा परेका बेला सधैं नाटा अग्रस्थानमा रहेर काम गर्दै आएको बताए ।उनले भने, ‘स्थापना कालदेखि नै नाटाले नेपालको पर्यटन प्रर्वद्धन, हवाई सञ्जाल विस्तार तथा व्यवसायिक हित संरक्षणमा
काठमाडौं— यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव २९ अङ्कले घटेर दुई हजार ६१० दशमलव ६३ को बिन्दुमा कायम भएको हो ।आज ३२३ कम्पनीको एक करोड दुई लाख ७४ हजार १२६ कित्ता शेयर ७९ हजार ७०२ पटक खरिदबिक्री हुँदा पाँच अर्ब एक करोड ७५ लाख ८७ हजार २९४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।आजको कारोबारमा होटल तथा पर्यटन समूह शून्य दशमलव ६२, उत्पादन तथा प्रशोधन एक दशमलव ०४ र व्यापार समूह शून्य दशमलव ३४ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।बैंकिङ शून्य दशमलव १४, विकास बैंक शून्य दशमलव ८०, वित्त शून्य दशमल
सर्लाही— जिल्लाको इश्वरपुर नगरपालिका–२ स्थित सागरनाथ वन विकास परियोजनामा कार्यरत (वन हेरालु) रामइश्वर महतोको विभत्स हत्या प्रकरणमा काटिएको टाउकोसमेत फेला परेको छ। जङ्गलभित्र टाउकोविहीन अवस्थामा उनको शव भेटिएपछि सुरु गरिएको खोजीका क्रममा घटनास्थल नजिकैको झाडीमा टाउको भेटिएको प्रहरीले जनाएको छ।स्थानीयका अनुसार महतो हिजो बिहान जङ्गलतर्फ गएपछि सम्पर्कविहीन भएका थिए। दिउँसोसम्म घर नफर्किएपछि खोजी गर्दा शव फेला परेको हो। घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली परिचालन भई तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धान अघि बढाइएको थियो।प्रहरीले घटनामा संलग्न आशंकामा केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ । हत्याको
वीरगन्ज— जिल्ला प्रशासन कार्यालय, पर्साले सामाजिक सद्भाव बिथोल्ने, धार्मिक द्वेष फैलाउने र झुठा अफवाह फैलाउने विरुद्ध कठोर कानुनी कारबाहीको चेतावनी दिएको छ ।पछिल्लो समय डिजिटल प्लेटफर्मको दुरुपयोग गरी समाजमा भ्रम छर्ने र राष्ट्रिय एकतामा आँच पुर्याउने गतिविधि बढेको भन्दै प्रशासनले यस्तो कदम चालेको हो ।प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी अपीलमा फेसबुक, टिकटक र इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालका खाताहरूको सूक्ष्म रूपमा निगरानी भइरहेको उल्लेख छ । धार्मिक वा सांस्कृतिक द्वेष सिर्जना गरी कुनै पनि समुदायको मानमर्दन गर्नेलाई गम्भीरतापूर्वक लिई कानुनी दायरामा ल्याइने प्रशासनले जनाएको छ ।यी हु
काठमाडौं— राष्ट्रिय युवा परिषदका उपाध्यक्ष सुरेन्द्र बस्नेतले आफ्नो चार वर्षे कार्यकाल पूरा भएको अवसरमा परिषदले गरेका काम, उपलब्धि र आगामी कार्यदिशा समेटिएको श्वेतपत्र सार्वजनिक गरेका छन् ।नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णयअनुसार मिति २०७८ पौष २१ मा उपाध्यक्ष नियुक्त भएका बस्नेतले खुला प्रतिस्पर्धाबाट छनोट भई जिम्मेवारी सम्हालेका थिए । उनले सीमित स्रोत–साधनका बाबजुद युवालाई ‘भविष्यका कर्णधार मात्र होइन, वर्तमानका साझेदार’ बनाउने लक्ष्यसहित निरन्तर काम गरिएको बताए ।श्वेतपत्रअनुसार परिषदले चार वर्षको अवधिमा राष्ट्रिय युवा नीति २०८२ जारी, ‘युवाहरूको देश’ राष्ट्रिय युवा गीत निर्माण, नामायोको संस
काठमाडौं— नेपालको पहिलो ओलम्पिक सहभागितामा भाग लिने बक्सर नामसिंह थापाको निधन भएको छ । उनको ७९ वर्षको उमेरमा शनिबार हङकङमा निधन भएको हो । सन् १९६४ को टोकियो ओलम्पिकमा नेपालले पहिलोपटक ओलम्पिकमा सहभागिता जनाएर इतिहास रचेका थिए ।त्यस ओलम्पिकमा नामसिंहले ५१ केजी फ्लाइवेट वर्गमा पहिलो राउन्डमा बाइ पाएका थिए । तर, उनी राउन्ड अफ १६ मा अमेरिकी खेलाडी रोबर्ट जोन कारमेडीसँग आरएससीका आधारमा पराजित भए । १८ वर्षको उमेरमा ओलम्पिकमा भाग लिएका थापाले गोर्खा सेनामा २७ वर्ष सेवा गरेर क्याप्टेन पदबाट अवकाश लिएका थिए ।
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक सुरू भएको छ । बैठक कार्यालय वनस्थलीमा केन्द्रीय समिति बैठक तयारी स्वरूप सुरू भएको हो ।यस बैठकमा पार्टी समायोजन प्रक्रिया तथा निर्वाचन प्रक्रिया सम्बन्धित बिषयमा छलफल हुँदैछ । यो सचिवालय बैठक, पार्टी सभापति रवि लामिछाने जिम्मेवारीमा फर्किएपश्चातको पहिलो सचिवालय बैठक हो ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.