जनकपुर— नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले जेनजी आन्दोलनका नाममा नेताहरुको घर प्रतिस्पर्धी पार्टीका कार्यकर्ताहरुले जलाएको आरोप लगाएका छन् ।आईतबार जनकपुरधामस्थित आफ्नो निजी निवासमा पत्रकार सम्मेलन गर्दै महासेठले स्वतन्त्र पार्टीका कार्यकर्ताहरुले एमालेका नेताहरुको घर जलाएर पछि नख्खु कारागारमा तोडफोड गर्न पुगेको दाबी गरेका छन् ।उनले जेनजीको नाममा भएको तान्डवलाई देश भूमिगत समूहको हातमा पुगेको बुझ्नुपर्ने बताए । उनले शेरबहादुर देउवामाथि भएको आक्रमणको निन्दा गर्दै केही विदेशी शक्तिलाई ठिक जस्तो लागे पनि नेपाली जनतालाई नराम्रो लागेको बताए ।उनले एमाले नेताका घरहरु आफ्नो नीजि भन्दा पनि जनताको ला
दाङ— प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ नेकपा (एमाले) दाङ क्षेत्र नम्बर–२ ले पार्टी महासचिव शंकर पोखरेलको नाम एकल रूपमा सिफारिस गरेको छ ।आइतबार बसेको क्षेत्रीय समन्वय समितिको बैठकले महासचिव पोखरेललाई उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो । क्षेत्रीय संयोजक सुदन केसीले बैठकबाट पोखरेलको नाम सर्वसम्मत रूपमा सिफारिस गरिएको जानकारी दिए ।दाङ क्षेत्र नम्बर–२ महासचिव पोखरेलको गृह क्षेत्रसमेत पर्दछ । पार्टीभित्र लामो समयदेखि प्रभावशाली नेताका रूपमा चिनिएका पोखरेलको उम्मेदवारी सिफारिसले आगामी निर्वाचनमा एमालेको रणनीति स्पष्ट भएको संकेत गरेको छ ।
ताप्लेजुङ— नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईले संसद पुनःस्थापना सहितका संवैधानिक प्रकृयाका बिषयको मुद्दाको छिटो निरुपण जरुरी भएको बताएका छन् ।संवैधानिक बिषयको निरुपण नहुँदा थप संवैधानिक जटिलता उत्पन्न हुनसक्ने भन्दै उनले सर्वोच्च अदालतले संसद पुनःस्थापना सहितका संवैधानिक प्रकृयाका बिषयको निरुपणमा गरेको ढिलाइप्रति संशय व्यक्त गरे ।११ औं महाधिवेशनमा एमाले उपमहासचिवमा निर्वाचित भएपछि पहिलोपटक गृह जिल्ला ताप्लेजुङ आएका भट्टराईले प्रेस चौतारी ताप्लेजुङले फुङलिङमा गरेको पत्रकार सम्मेलनमा बोल्दै संबिधान र लोकतन्त्र पुनस्थापित गर्न एमालेले संसद पुनःस्थापना र निर्वाचनलाई एकसाथ उपयोग गर्न
वीरगन्ज— धनुषाको धन्कवलमा रहेको एक मस्जिदमा अज्ञात व्यक्तिहरूले गरेको तोडफोडको विरोधमा पर्साको वीरगन्जमा मुस्लिम समुदायले उग्र प्रदर्शन गरेका छन् । आइतबार भएको उक्त प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा वीरगन्जको स्थिति केही समय तनावपूर्ण बनेको थियो ।वीरगन्ज वडा नम्बर २ बाट निस्किएको प्रदर्शनकारीको जुलुसलाई रोक्ने क्रममा प्रहरीले करिब ५ राउन्ड अश्रु ग्यास प्रहार गरेको थियो ।प्रदर्शनकारीहरूले धनुषा घटनाको विरोध गर्दै नाराबाजीसहित बजार क्षेत्रतर्फ बढ्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको हो ।प्रहरी बिटमा तोडफोड प्रदर्शनका क्रममा आक्रोशित भीड र प्रहरीबीच भएको भागदौड र झडपमा प्रदर्शनका
रसुवा— रसुवागढी नाका पुनः सञ्चालनमा आएसँगै विद्युतीय सवारीसाधन आयात हुन थालेका छन् ।सीमा सुरक्षा पोष्ट रसुवागढीका अनुसार रसुवागढी नाकाबाट शनिबार १८ विद्युतीय सवारीसाधन (इभी माइक्रो) नेपाल भित्रिएको छ ।चालु आर्थिक वर्षको पहिलोपटक ती सवारीसाधन आयात भएका र अहिले टिमुरेस्थित पार्किङ क्षेत्रमा रहेका छन् । ती सवारीसाधन आयातकर्ताले राजस्व दाखिला गर्नेक्रम जारी रहेको भन्सार कार्यालयले जनाएको छ ।यस्तै शनिबारमात्र स्याउ, रेडिमेड कपडा, लसुन, सवारीसाधानका पार्टपुर्जा, ओखर, इलेक्ट्रिक व्याट्री, मेडिकलका सामग्री बोकेका ३९ मालवाहक कन्टेनर नेपाल भित्रिएका छन् ।गत बिहीबारदेखि रसुवागढी नाका पुनः सञ्चालन भएसँगै
काठमाडौं— जेनजी अर्जुन शाही लगायतका हजारभन्दा बढी गिरफ्तार जेनजीहरुको रिहाईका लागि जेनजेड २.० ले संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् ।आइतबार काठमाडौंस्थित संवाद डवलीमा पत्रकार सम्मेलन गर्दै उक्त जेनजी समूहले संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।सोही क्रममा जेनजी २.० का प्रवक्ता अबिन लिम्बुले जेनजी आन्दोलनमाा सहभागि भएका कारण थुनामा राखिको व्यक्तिहरु पनि छन् उनीहरुलाई दोषि होइन भनेर प्रमाणसहित जाँदा पनि सुशीला कार्की सरकार कान थुनेर बसिरहेको बताए ।उनले भने, ‘हामीले पटक पटक दोषी होइन जेनजी आन्दोलनमा सहभागि भएको कारण उनीहरुलाई थुनामा राखिको छ भनेर प्रमाणसहित जाँदा पनि सरकार किन कान थुनेर बसि
काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकटका शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएका छन्। पार्टीभित्र देखिएको विवादबारे परामर्श गर्न देउवाले आफ्नै निवास महाराजगञ्जमा वर्तमान तथा पूर्व पदाधिकारीहरुलाई बैठकमा बोलाएका हुन्।देउवा निकट एक पूर्व पदाधिकारीका अनुसार बैठक आज दिउँसो २ बजे बस्नेछ। बैठकमा पार्टीको आन्तरिक विवाद, विशेष महाधिवेशनको माग र त्यससँग जोडिएका राजनीतिक विषयमा छलफल हुने बताइएको छ।पार्टीभित्र विशेष महाधिवेशन गर्नुपर्ने एक पक्षको तयारी र विशेष महाधिवेशन सम्भव नरहेको संस्थापन पक्षको अडानका कारण विवाद चर्किँदै गएको छ। यसैबीच, कार्यसम्पादन समितिले निर्वाचनपछि नियमित महाध
काठमाडौं । पछिल्लो समय पूराना भनिएका राजनीतिक दलहरूप्रति विश्वास लाग्न छाडेको युवाहरूले प्रतिक्रिया दिएका छन् ।जेनजी आन्दोलनपछि अब नयाँ राजनीतिक दललाई अवसर दिनुपर्ने उनीहरुको धारणा छ । नेपाल न्यूज बैंकले केही युवाहरुसँग लिएको प्रतिक्रिया अनुसार देशलाई नयाँ सोच, नयाँ अनुहार र वास्तविक विकासको खाँचो भएकाले पूराना दलबाट सम्भव नभएको उनीहरुको धारणा छ ।बसन्तपुरमा पसलमा काम गर्दै आएका नारायण हुँमागाईंले राजनीति भद्रगोल जस्तो बनेको बताउँदै पुराना दलको काम जनताले देखिसकेको उल्लेख गरे । उनले जेनजी आन्दोलनपछि नयाँ शक्तिलाई सत्तामा ल्याउनुपर्ने र एकपटक नयाँ दललाई पालो दिनुपर्ने बताए । चुनावको अन्योल र कमज
काठमाडौं— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कडाइका साथ लागू गरेको छ। आयोगले सरकारी, अर्धसरकारी निकाय, सार्वजनिक संस्था तथा राजनीतिक दलहरूलाई आचारसंहिता अनिवार्य रूपमा पालना गर्न निर्देशन दिएको हो।सरकारी तथा अर्धसरकारी निकायले कुनै पनि दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै गतिविधि गर्न नपाउने आयोगको भनाइ छ । सरकारी परियोजना, स्रोत–साधन वा सार्वजनिक सम्पत्तिको चुनावी प्रयोजनमा प्रयोग भए कडा कारबाही गरिने चेतावनी आयोगले दिएको छ।निर्वाचन व्यवस्थापन, मतदाता शिक्षा तथा निर्वाचनसँग सम्बन्धित कार्यक्रमहरूमा अव
काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीसँग आज थारू कल्याणकारिणी सभाको एक प्रतिनिधिमण्डलले भेट गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रतिनिधिण्डलले प्रधानमन्त्री कार्कीलाई थारू राष्ट्रिय माघी महोत्सवमा उपस्थितिका निम्ति निम्तो पनि दिएको छ ।मूल आयोजक समितिका संयोजक एवम् थारू कल्याणकारिणी सभाका अध्यक्ष प्रेमीलाल चौधरीले प्रधानमन्त्री कार्कीलाई माघ १ गते टुँडिखेलमा आयोजना हुने कार्यक्रमका लागि निमन्त्रणापत्र हस्तान्तरण गरे ।त्यस अवसरमा अध्यक्ष चौधरीले प्रधानमन्त्री कार्कीलाई थारूहरूका माग र मुद्दालाई सम्बोधन गर्न आग्रह गरे । उनले संविधान बनेको १० वर्षमा पनि थारूको निजामती सेवामा आरक्ष
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.