समाज

    Showing 4,411-4,420 of 6,706 items.
  • खानेपानी संकटलाई प्रदेश सरकारद्वार पानी ट्याङ्कर परिचालन गरी आपुर्ती गर्दै

    मधेश प्रदेश— जनमत पार्टीको नेतृत्वमा रहेको मधेस प्रदेश सरकारले वीरगञ्जसहित मधेसका विभिन्न क्षेत्रमा देखा परिरहेको खानेपानी संकट समाधानका लागि सक्रिय पहल थालेको छ। लगातारको गर्मी, वर्षा नहुनु, सुक्खा अवस्थाको विस्तार र जलस्रोतहरू सुक्दै जानुले गम्भीर पानी संकट निम्त्याएपछि सरकारले तत्काल राहतस्वरूप वारुणयन्त्र (फायर ब्रिगेड) र पानी ट्याङ्कर परिचालन गरेको हो।सरकारका प्रवक्ताका अनुसार, विशेषगरी वीरगञ्ज, सर्लाही, रौतहट लगायतका शहरी तथा ग्रामीण क्षेत्रमा पाइने खानेपानीको स्रोत सूखिन थालेपछि सर्वसाधारणको दैनन्दिन जीवन कष्टकर बन्दै गएको छ। यस्तो अवस्थामा जनताको आधारभूत आवश्यकताको संरक्षण गर्न प्रदेश

    • प्रकाशित मितिः असार ३२, २०८२
    • 486 पटक पढिएको
  • पहिरोले कागबेनी-कोरला सडक अवरुद्ध

    मुस्ताङ— उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको जोमसोम–कोरला सडकअन्तर्गत कागबेनीकोरला सडक पहिरोका कारण अवरुद्ध बनेको छ ।गए रातिको वर्षासँगै कोरला राजमार्गको मानेभिरमा सडकमाथिबाट चट्टानसहितको पहिरो खसेपछि कोरला सडक आज बिहानैदेखि अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।कागबेनीस्थित कागखोलाबाट करिब २०० मिटर उत्तरतर्फ कोरला सडकको मानेभिरमा सडकमाथिबाट चट्टानसहितको पहिरो खसेपछि सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए । केहीबेर अघिदेखि सडक अवरुद्ध सडक खुलाउन डोजरसहित आवश्यक जनशक्ति त्यसतर्फ पठाइएको उनले बताए ।

    • प्रकाशित मितिः असार ३२, २०८२
    • 449 पटक पढिएको
  • सिमलतालमा मिनी ट्रक दुर्घटना, दुई जना घाइते

    चितवन— नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा आज बिहान एक मिनी ट्रक दुर्घटना भएको छ। भारतबाट काठमाडौंतर्फ जाँदै गरेको यूपी ३२ जेड एन ७८८३ नम्बरको आयसर मिनी ट्रक आफैं अनियन्त्रित भई सडकबाट करिब ८० मिटर तल त्रिशूली नदी किनारमा खसेको हो।दुर्घटनामा ट्रक चालक भारतको लखनउ निवासी २१ वर्षीय आशिक यादव र सहचालक २० वर्षीय उत्तर सिंह घाइते भएका छन्। उनीहरूको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।ट्रकमा भारतबाट काठमाडौं ल्याउँदै गरिएको मेवा रहेको जनाइएको छ। दुर्घटनापछि घटनास्थलमा प्रहरी टोली खटिएको थियो भने थप अनुसन्धान भइरहेको छ।

    • प्रकाशित मितिः असार ३२, २०८२
    • 499 पटक पढिएको
  • गणतन्त्र र महिला अधिकारका मुद्दामा दलहरूलाई जवाफदेही बनाउन दबाब अभियान

    काठमाडौं—लोकतन्त्र र महिला अधिकारका लागि दबाब अभियानले राजनीति दलहरूलाई सचेत गराएको छ । पछिल्लो समय गणतन्त्रप्रति नागरिकमा वितृष्णा बढ्दै गएको भन्दै अभियानले दलहरू यसतर्फ सचेत हुनुपर्ने उल्लेख गरेको हो। आज एक विज्ञप्ति जारी गर्दै अभियानले नागरिकहरूको दशकौंको संघर्षबाट आएको गणतन्त्रलाई संस्थागत गर्ने जिम्मेवार सरकारले हालको भ्रष्टाचार, दण्डहिनता, बेथिती, हिंसा, वर्गीय विभेद, युवाहरूको निराशा र नागरिकका गुनासालाई सम्बोधन नगरेका कारण आम जनतामा, विशेष गरी युवाहरूमा वितृष्णा देखिएको उल्लेख गरेको छ । यसले लोकतन्त्रलाई कमजोर पार्दै पुनः परम्परागत असमानता र अन्यायलाई पुर्नजिवित गर्न सक्ने जो

    • प्रकाशित मितिः असार ३२, २०८२
    • 617 पटक पढिएको
  • तोलामा १३ सयले घट्यो सुन, कतिमा हुदै छ कारोबार ?

    काठमाडौं— नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज छापावाल सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँले घटेर १ लाख ९२ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यसअघि मंगलबार सुन तोलाको १ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी २ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः असार ३२, २०८२
    • 498 पटक पढिएको
  • २० वर्षदेखि फरार कर्तव्य ज्यान अभियुक्त कुटपिट प्रकरणमा परे पक्राउ

    दाङ— झन्डै १८ वर्षको उमेरमा कर्तव्य ज्यान मुद्दामा मुछिएर फरार रहेका अर्जुन बुढा मगर भनिने राजाबाबु बुढा मगर पक्राउ परेका छन्।गढवा गाउँपालिका–३, खैरेनी निवासी २७ वर्षीय बुढालाई इलाका प्रहरी कार्यालय गढवाले कुटपिटको विषयमा सोधपुछ गर्ने क्रममा पक्राउ गरेको हो।२०७६ साल माघ २४ गते उच्च अदालत पाटनले उनलाई कर्तव्य ज्यान र चोरी मुद्दामा २० वर्ष १ महिना १५ दिन कैद सजायको फैसला सुनाएको थियो। त्यसयता उनी फरार थिए।प्रहरीका अनुसार उनी कहिले अर्जुन, कहिले चुनु त कहिले राजाबाबु नाम प्रयोग गरेर गाउँघरमै बस्दै आएका थिए। उनले दाङको लमही क्षेत्रमै केही बालकहरूलाई चोरी गर्न लगाउने गरेको पनि अनुसन्धानबाट खुलेको छ

    • प्रकाशित मितिः असार ३२, २०८२
    • 462 पटक पढिएको
  • करार कर्मचारीलाई हाजिर नगराउन थलारा गाउँपालिकाको निर्देशन

    बझाङ — जिल्लाको थलारा गाउँपालिकाले करार सेवामा कार्यरत कर्मचारीहरूलाई हाजिर नगराउन सम्बन्धित वडा कार्यालय तथा स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको छ। मङ्गलबार सार्वजनिक सूचना जारी गर्दै मातहतका कर्मचारीहरुलाई हाजिर नगराउन निर्देशन दिएको हो ।गाउँपालिकाले असार ३० गतेको बैठक निर्णयअनुसार हालै लागू भएको ‘सुदूरपश्चिम प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन ऐन, २०८१’ का प्रावधानअनुसार करार सेवाको नवीकरण प्रक्रिया अघि नबढाइने बताएको छ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रयागराज पाध्याद्वारा जारी सूचनामा सेवा अवधि नवीकरण नहुने भएकाले करार कर्मचारीहरूलाई हाजिर नगराउन भनिएको हो।गाउँपालिकाको निर्णयसँगै क

    • प्रकाशित मितिः असार ३२, २०८२
    • 376 पटक पढिएको
  • सडक किनारैभरि ‘असारे फूल’ फुल्दा उर्लाबारीको रूप फेरियो

    थोरै लगानी र दृढ इच्छाशक्तिले पनि गाउँ सुन्दर बनाउन सकिन्छ भन्ने उत्कृष्ट उदाहरण बनेका छन् उर्लाबारी–९ डाँडाटोलका ५८ वर्षीय हर्क थेबे। विदेशबाट परिवारले पठाएको खर्चबाट थोरै बचत गर्दै उनले तीन वर्षअघि डाँडाटोलदेखि आमबारी बजारसम्मको सडक दुवैतर्फको जमिन सम्याउने कामबाट यो रूपान्तरण सुरु गरे। करिब दुई लाख ५० हजार रुपैयाँ खर्चेर जमिन सम्याए पछि उनले आफ्नै पहलमा ‘असारे’ फूलका बिरुवा रोपे। सुरुमा कतिपयले हाँसो ठट्टा गरे, केहीले आलोचना पनि गरे, तर उनले हार मानेनन्।आफ्नै सानो नर्सरीमा फूलका बिरुवा हुर्काउँदै हर्क थेबेले निरन्तर तीन वर्षसम्म स्याहार, सिँचाइ, मलजल र गोडमेल गर्दै आइपुगेका छन्। अहिले

    • प्रकाशित मितिः असार ३२, २०८२
    • 117 पटक पढिएको
  • दार्चुलामा तुइनबाट खसेर एक युवक महाकाली नदीमा बेपत्ता

    दार्चुला– दार्चुलाको व्याँस नगरपालिका–२, तल्लो दुम्लिङका २८ वर्षीय नारायण बुढाथोकी तुइनमार्फत महाकाली नदी पार गर्ने क्रममा खसेर बेपत्ता भएका छन्।जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक छत्रबहादुर रावतका अनुसार, नारायण बुढाथोकी नेपालतर्फको दुम्लिङबाट भारततर्फको घर्माधारतर्फ अवैध रूपमा तुइन प्रयोग गरी नदी पार गर्दै गर्दा अचानक खसेका हुन्।घटनाका बेला नारायणसँग अन्य दुई जना स्थानीय युवाहरू पनि थिए। तीमध्ये दुई जना सकुशल छन् भने नारायण नदीमा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ। घटना आज दिउँसो करिब १२ बजे भएको हो।प्रहरीका अनुसार यो तुइन नक्साबाट बाहिरको सीमाक्षेत्रमा अवैध

    • प्रकाशित मितिः असार ३१, २०८२
    • 282 पटक पढिएको
  • दाङमा नक्कली नोट र १९ किलो अफिमसहित पत्रकार पक्राउ

    दाङ –बाँकेको कोहलपुरबाट नक्कली नोट र लागूऔषधसहित एक पत्रकार पक्राउ परेका छन्।कोहलपुरबाट सञ्चालित जनगर्जन नेटवर्क प्रालिमा कार्यरत पत्रकार मनबहादुर सहकारीलाई १ हजार दरका ५१ थान नक्कली नोट र १९ किलो अफिमसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी लक्ष्मी खनालले जानकारी दिइन्।प्रहरीका अनुसार सहकारीलाई उनको कार्यलयबाटै पक्राउ गरिएको हो। अहिले उनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ।यस घटनाले पत्रकारिताको आडमा गैरकानुनी गतिविधि भइरहेको गम्भीर आशंका समेत जन्माएको छ।

    • प्रकाशित मितिः असार ३१, २०८२
    • 275 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा