समाज

    Showing 5,331-5,340 of 6,767 items.
  • मौसममा सुधार हुँदै, अब ठूलो पानी नपर्ने

    काठमाडौं— देशको मध्य र पूर्वी क्षेत्रको मौसममा पनि क्रमिक सुधार हुन थालेको छ । तर एक, दुई दिन बदली र हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका मौसमविद रोजन लामिछानेले दिएको जानकारी अनुसार आज पूर्वी क्षेत्रका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ । एक, दुई दिनपछि मध्य र पूर्वी क्षेत्रको मौसम पनि सफा हुँदै जाने उनले बताए । पश्चिमी क्षेत्रबाट मनसुन बाहिरिन थाले पनि मध्य र पूर्वी क्षेत्रमा भने मनसुनी वायुको प्रभाव कायमै छ । सुदूरपश्चिम प्रदेशलगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशका पश्चिमी भू–भागको थोरै ठाउँहरूबाट मनसुन आज बाहिरिएको जल तथा मौसम विज्ञा

    • प्रकाशित मितिः असोज २१, २०८१
    • 251 पटक पढिएको
  • सहकारी पीडितको प्रदर्शन, आन्दोलनकारी प्रहरी नियन्त्रणमा

    काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध प्रदर्शन गर्ने सहकारी पीडितलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शनिबार चितवनमा आयोजित कार्यक्रममा सहभागी हुँदै गर्दा चितवन साहारा सहकारीका पीडितहरूले नारायणगढको लायन्स चोकमा प्रदर्शन गरेका थिए। प्रहरीले उनीहरूलाई कार्यक्रमस्थलमा पुग्न नदिएर नियन्त्रणमा लियो।पीडितहरूले शान्तिपूर्ण प्रदर्शन गर्न खोज्दा ढुङ्गा प्रहार भएको दाबी गरेका छन्। साहारा सहकारी पीडित संघर्ष समितिका संयोजक शालिकराम दुवाडीले समस्या सुनाउन खोज्दा हस्तक्षेप भएको बताए।

    • प्रकाशित मितिः असोज १९, २०८१
    • 582 पटक पढिएको
  • सुनसहित दुई भारतीय नागरिक पक्राउ

    हेटौँडा– पूर्व–पश्चिम सडकखण्डअन्तर्गत पर्ने हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५, रातोमाटेबाट प्रहरीले आज बिहान लुकाइछिपाइ ल्याइएको सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको महाराष्ट्र राज्य सांगली जिल्लाका २५ वर्षीय अभिषेक अजिनाथ कुटी र २७ वर्षीय राहुल भिट्टिहाल रहेका छन्। प्रहरीका अनुसार, बिहान ३ बजे पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटरमा यात्रा गरिरहेका अभिषेक र राहुललाई रोकी जाँच गर्दा उनीहरूको साथबाट आठ वटा बिस्कुट आकारको सुन बरामद गरिएको हो। सुनको तौल ८ किलो २४३ ग्राम ९७० मिलिग्राम रहेको छ।प्रहरीले उक्त सुनको मूल्य

    • प्रकाशित मितिः असोज १९, २०८१
    • 408 पटक पढिएको
  • दशैंमा सहुलियतका खसीबोका-च्याङ्ग्रा भोलिदेखि बेच्न थालिने

    काठमाडौं— विगतमा घटस्थापनादेखि खाद्य कम्पनीले खसी–बोका र च्यांग्रा बिक्री गर्दै आएकोमा यसपटक अविरल वर्षाले सडक अवरुद्ध पारेका कारण ढिलाइ भएको छ। खाद्य कम्पनीका सिइओ रमेश आचार्यले शनिबार बेलुकासम्म खसी–बोका र च्यांग्रा काठमाडौं ल्याइसक्ने र आइतबारबाट बिक्री थाल्ने जानकारी दिए। जिउँदो च्यांग्राको मूल्य प्रतिकिलो १२ सय ३० र जिउँदो खसी–बोकाको मूल्य ६ सय ३० रुपैयाँ प्रतिकिलोआसपास राख्ने तयारी भइरहेको उनले जानकारी दिए। निजी क्षेत्रले पनि दशैंका लागि खसी–बोकाको आपूर्ति बढाउन थालेको छ। कलंकी, टुकुचालगायतका बजारमा खसी–बोका ल्याएर बिक्री थालिएको काठमाडौं चौपाया खरिद–बिक्री वधशालाका अध्यक्

    • प्रकाशित मितिः असोज १९, २०८१
    • 187 पटक पढिएको
  • मेक्सिकोमा गोली चल्ला ११ नेपाली घाइते

    काठमाडौं— मेक्सिकोको दक्षिणी क्षेत्रमा मेक्सिकन सेनाले गोली प्रहार गरेको गाडीमा ११ जना नेपाली नागरिक सवार रहेको र कोही पनि हताहती नभएको नेपाली राजदुतावासले जानकारी दिएको छ ।उक्त घटनामा परेर विभिन्न देशका ६ जनाको मृत्यु भएको थियो । घटनामा ११ जना नेपाली सामान्य घाइते भएको र उनीहरू हाल मेक्सिकोको अध्यागमनको हिरासतमा रहेको अमेरिकास्थित नेपाली दुतावासले आज बिहान जारी गरेको सूचनामा जनाइएको छ ।  त्यस गाडीमा विभिन्न देशका ३३ आप्रवासी यात्रारत थिए ।मेक्सिकोको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै बिबिसीले जनाएअनुसार गत मंगलबार साँझ ग्वाटेमालासँगको सीमाबाट करिब २५ माइल (४० किमि) उत्तरमा घटना भएको थियो।&n

    • प्रकाशित मितिः असोज १९, २०८१
    • 352 पटक पढिएको
  • बाढीपहिरोमा परी काभ्रेमा मात्रै ७२ जनाको मृत्यु

    काभ्रे– काभ्रेमा शुक्रबार र शनिबार अविरल परेको वर्षाको कारण बाढीपहिरोमा परि मृत्यु हुनेको संख्या ७२ पुगेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेमा आजसम्मको तथ्यांकअनुसार ५ जना अझै बेपत्ता रहेका छन्।काभ्रेमा सबैभन्दा बढी पनौती नगरपालिकामा १८ जनाको ज्यान गएको छ भने वेथानचोक गाउँपालिकामा १२ जनाले ज्यान गुमाएका छन् । यस्तै तेमाल गाउँपालिकामा ९, मण्डनदेउपुर नगरपालिकामा ७, रोशी गाउँपालिकामा ७, नमोबुद्ध नगरपालिकामा ५, भुम्लु गाउँपालिकामा ३, बनेपा नगरपालिकामा ३ र धुलिखेलमा २ चौरीदेउरालीमा १ जनाले ज्यान गुमाएका छन् । बेपत्ताको खोजीकार्य सँगै स्थानीय तहले सहयओग सङ्कलन अभियान सुरु गरेका छन्।&nb

    • प्रकाशित मितिः असोज १८, २०८१
    • 360 पटक पढिएको
  • कपिलवस्तुमा स्याल आतंक : १० जना घाइते

    काठमाडौं–कपिलवस्तुको विजयनगर गाउँपालिका–३ अन्तर्गत पत्थरदेइया र माहादेइया गाउँमा स्यालले टोक्दा १० जना घाइते भएका छन् । बिहीबार स्यालको आक्रमणमा पत्थरदेइया गाउँका १२ वर्षीय माहाजार आलम, ५२ वर्षीय राजमती कोरी, ५५ वर्षीय जगनाथ अहिर, ५० वर्षीय भोला पासी, र १२ वर्षीय कृष्ण यादव किसन घाइते भएका हुन् ।यस्तै, माहादेइया गाउँका ५० वर्षीय वब्बु केवट, ३५ वर्षीय शिवकुमार यादव, ५० वर्षीय मुन्नालाल चौधरी, र १५ वर्षीय अर्जुन यादव पनि घाइते भएका छन् । इलाका प्रहरी कार्यालय गणेशपुरका अनुसार घाइतेलाई तत्काल अस्पतालमा पठाइएको छ भने बाँकीलाई शिवराज अस्पताल, बहादुरगञ्जमा खोप लगाइएको छ  । रेबिजको खोप अभाव

    • प्रकाशित मितिः असोज १८, २०८१
    • 533 पटक पढिएको
  • चितवन राष्ट्रिय निकुञ्जमा हात्तीको आक्रमण, एकजनाको मृत्यु

    काठमाडौं–चितवन राष्ट्रिय निकुञ्जको हात्तीको आक्रमणबाट एक माउतेको मृत्यु भएको छ । हरिपुर नगरपालिका–६ सर्लाहीका ३४ वर्षीय जग्दु सिंह बिहीबार साँझ हात्ती प्रजनन केन्द्र जाने क्रममा आक्रमणमा परेका हुन् ।निकुञ्जका प्रमुख डिलबहादुर पुनमगरका अनुसार, जग्दु पुल क्रस गरेर हिँड्दै गर्दा सिमलको रुखमुनि बसेको हात्तीले आक्रमण गरेको हो । यस घटनामा जग्दुका साथमा रहेका एक जना भागेर बाँच्न सफल भएका छन् ।

    • प्रकाशित मितिः असोज १८, २०८१
    • 481 पटक पढिएको
  • कोशी नदीमा चहलपहल बढ्दै

    काठमाडौं–सप्तरी र सुनसरीको सिमानामा रहेको कोशी नदीमा जलसतह घट्दै जाँदा चहलपहल पुनः बढेको छ । कोशी ब्यारेज हुँदै गन्तव्यमा जानेहरू निश्चिन्त देखिएका छन् । केही दिनअघि अविरल वर्षाले कोशीमा पानीको बहाव बढ्दा यहाँ आवतजावतमा रोक लगाइएको थियो । गर्मीयाम र चाडपर्वका बेला सधैँ चहलपहल हुने यस स्थानमा पुरानै अवस्था फर्किन थालेको स्थानीय भागवत मण्डलले बताएका छन् । दसैंको समयमा कोशी पुलमा विभिन्न स्थानबाट वनभोजका लागि आउने भीडको विश्वास यो वर्ष पनि कायम रहने छ । भारत विहार राज्यको सुपौलका भागवत मिस्त्रीले यहाँको अवस्था सुधार हुँदै गएको र अवलोकन गर्न आउनेको सङ्ख्या पनि बढेको बताए । कोशी क्षेत्रमा

    • प्रकाशित मितिः असोज १७, २०८१
    • 476 पटक पढिएको
  • साउदी राजपरिवारद्वारा बाढीपहिरोको क्षतिप्रति दु:ख व्यक्त

    काठमाडौं— साउदी अरेबियाका राजा सल्मान र प्रधानमन्त्री मोहम्मद बिन सल्मान बिन अब्दुलाजिज अल साउदले नेपालमा वर्षाको बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।राष्ट्रपति रामचन्द्र पौडेललाई पठाइएको सन्देशमा साउदी अरबले नेपालको पुनःनिर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। नेपालस्थित साउदी राजदूतावासले पनि बाढीपहिरोमा मृत्यु भएका व्यक्तिको प्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको उपचार र उद्धारमा साउदी अरबको समर्थन रहने बताएको छ।

    • प्रकाशित मितिः असोज १६, २०८१
    • 339 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा