समाज

    Showing 5,341-5,350 of 6,767 items.
  • सुनसरी, मोरङ, उदयपुरसहित कोशीका धेरै जिल्लामा भारी वर्षा

    काठमाडौं— पूर्वका सुनसरी, मोरङ, उदयपुरलगायतका जिल्लामा पानी परिरहेको छ । अहिले बिहान सुनसरीको तरहरा र आसपासका क्षेत्रमा ठूलो पानी परेको छ । थप पानी पर्न सक्ने भएकाले सर्दु, सुनसरी खोला, बुढी खोला, खेसलिया खोलालगायतका तटीय क्षेत्रमा आज दिउँसोसम्म नै सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।त्यस्तै मोरङको केराबारी वर्षामापन केन्द्रमा मध्यम वर्षा मापन भएको छ । त्यो क्षेत्र भएर बग्ने नदी/खोलामा पानीको बहाब केही बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।त्यस्तै उदयपुरको उदयपुरगढी वर्षामापन केन्द्रमा पनि सामान्यदेखि मध्यम वर्षा भइरहेकोले जोखिम क्षेत्रमा आवश्यक

    • प्रकाशित मितिः असोज १६, २०८१
    • 428 पटक पढिएको
  • फेरि भारी वर्षा हुने प्रक्षेपणपछि ‘हाइअलर्ट’ मा रहन गृहमन्त्रीको निर्देशन

    काठमाडौं— गृहमन्त्री रमेश लेखकले कोशी र बागमती प्रदेशमा हाइअलर्ट रहन सुरक्षा निकायका प्रमुखहरू, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण, प्रमुख जिल्ला अधिकारी, सुरक्षा संयन्त्र र स्थानीय तहहरुलाई निर्देशन दिएका छन्।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले कोशी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुने प्रक्षेपण गरेकाले सम्भावित जोखिमबाट बच्न आम नागरिकलाई सावधानी अपनाउन गृहमन्त्री लेखकले आग्रह गरेका हुन्।उनले भने, ‘वर्षाको पूर्वानुमान गरिएअनुसार मैले कोशी र बागमती प्रदेशका प्रमुख जिल्ला अधिकारी, प्रदेश र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुलाई अलर्ट रहन निर्द

    • प्रकाशित मितिः असोज १६, २०८१
    • 232 पटक पढिएको
  • आजदेखि सोह्रश्राद्ध अर्थात पितृपक्षको समापन

    काठमाडौं— आज असोज कृष्ण औँसी अर्थात् पितृपक्षको अन्तिम दिन।  असोज २ गतेदेखि प्रारम्भ भएको पितृपक्षको विधिवत् समापन हुँदै छ। साथै आज औँसी श्राद्ध पनि गरिन्छ।पितृपक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने पितृपक्षलाई सोह्रश्राद्ध पनि भनिन्छ। कुनै कारणवश यो पक्षका अरु तिथिमा गर्नुपर्ने श्राद्ध रोकिएको भए आज गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता छ। कुनै कारणवश रोकिए आज पनि गर्न नसकेमा आपत् धर्मअनुसार आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय मान्यता छ। दशैँ, तिहार र छठजस्ता महान चाड

    • प्रकाशित मितिः असोज १६, २०८१
    • 385 पटक पढिएको
  • वैकल्पिक मार्गबाट खोटाङ-काठमाडौं बस चलाइने

    काठमाडौं— खोटाङ यातायात प्रालिले तत्कालका लागि दिक्तेलबाट घुर्मी–सिन्धुली–बर्दिवास–हेटौँडा हुँदै काठमाण्डौसम्मको नियमित बस सेवा सञ्चालन गर्ने भएको छ । बाढीपहिरोले मध्यपहाडी लोकमार्गअन्तर्गतको दिक्तेल–घुर्मी–खुर्कोट हुँदै काठमाण्डौ आवतजावत गर्ने सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गका रुपमा आजदेखि दिक्तेलबाट घुर्मी–सिन्धुली–बर्दिबास–हेटौँडा हुँदै काठमाण्डौसम्मको बस सेवा सञ्चालन हुने भएको हो । क्षतिग्रस्त सडक तत्काल सञ्चालनमा आउने सम्भावना नदेखिएपछि वैकल्पिक रूपमा दिक्तेलबाट घुर्मी–सिन्धुली–बर्दिवास–हेटौँडा हुँदै काठमाण्डौसम्मको बस सेवा सञ्चालन गर्ने निर्णय गरिएको खोटाङ यातायात प्रालिका महासचिव रामकु

    • प्रकाशित मितिः असोज १६, २०८१
    • 233 पटक पढिएको
  • प्रधानमन्त्रीको आह्वान: जनताको पीडालाई राष्ट्रिय मानौं, विपद् प्रभावितलाई राहत वितरण सुरु

    काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबानबाट प्रभावित नागरिकको उद्धार र राहत वितरणको कार्य तीव्र गतिमा अगाडि बढिरहेको स्पष्ट पारेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले विपद् प्रभावितहरूको खोज, उद्धार, र राहत कार्य दुई दिनभित्र सम्पन्न गरिने बताए । प्रधानमन्त्री ओलीले बाढी र पहिरोका कारण जनताले भोगिरहेको दु:खलाई राष्ट्रिय पीडाको रूपमा लिँदै सबै नागरिक र संघ–संस्थालाई सहयोग पुर्याउन आग्रह पनि गरेका छन् । उनले घाइतेहरूको नि:शुल्क उपचारको व्यवस्था मिलाइएको र विपद् पछि सम्भावित स्वास्थ्य समस्याहरूको रोकथाम र नियन

    • प्रकाशित मितिः असोज १५, २०८१
    • 420 पटक पढिएको
  • ललितपुरमा भेटियो थप ६ जनाको शव

    काठमाडौं– वर्षाजन्य विपद्मा परी ललितपुरमा मृत्यु भएका थप छ जनाको शव फेला परेको नेपाल प्रहरीले पुष्टि गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले मंगलबार दिएको जानकारी अनुसार विपत्तीको खोज तथा उद्धारका क्रममा सोमबारसम्म ३४ जनाको र आज बिहानसम्म छ जना गरी हालसम्म ४० जनाको शव फेला परेको हो ।  फेला परेका शवमध्ये १७ जनाको शव पोष्टमार्टम भई आफन्तले बुझेर लगेको सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले जानकारी गराइन् । 'पाटन अस्पतालमा आएका शवमध्ये १७ जनाको शव पोष्टमार्टम भइ आफन्तले बुझेर लैजानुभएको छ, अरु फेला परेका शवलाई प्रहरीको सहयोग र समन्वयमा पोष

    • प्रकाशित मितिः असोज १५, २०८१
    • 486 पटक पढिएको
  • फेरि पूर्वबाट मौसममा बदली सुरु, कोशीको आकाश बादलले ढाक्यो

    काठमाडौं– ठूलो विपत्तिको सामना गरेर केही दिन खुलेको मौसममा आजदेखि कोशी प्रदेशबाट फेरि बदली सुरु भएको छ । जल तथा मौसमविज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशीमा बादलले ढाकिसकेको र त्यसको असर कोशीसहित मधेश प्रदेश, बागमती र गण्डकीसम्म देखिने जनाइएको छ ।मौसमविद् प्रतिभा मानन्धरका अनुसार बादल लाग्ने र हल्कादेखि मध्यम वर्षा हुनेछ । उनले भनिन्, 'विशेष गरी कोशी प्रदेशमा हल्का र मध्यम वर्षा हुने छ भने मधेस, बागमती र गण्डकी प्रदेशसम्मै फैलिनेछ, सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा कम नै छ ।'यो असर भोलि र पर्सिसम्मै रहने महाशाखाले जनाएको छ । तर ठूलो अनि लगातारको वर्षा भने नहुने मौसमविद्ले ब

    • प्रकाशित मितिः असोज १५, २०८१
    • 591 पटक पढिएको
  • अविरल वर्षाका कारण बाढीपहिरोमा २१७ जनाको मृत्यु, २८ जना बेपत्ता

    काठमाडौं – केही दिनको अविरल वर्षाले आएको बाढी, पहिरो र डुबानले हालसम्म २१७ जनाको मृत्यु भएको छ भने २८ जना अझै बेपत्ता छन्।गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार, यो प्राकृतिक विपद्मा १४३ जना घाइते भएका छन्। बाढीपहिरो प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतका लागि सुरक्षा निकाय परिचालन गरिएको छ। प्रभावितलाई खाद्यान्न र अन्य राहत सामग्री उपलब्ध गराइँदै छ भने घाइतेहरूको निःशुल्क उपचार भइरहेको छ।सरकारले खोज, उद्धार र राहतलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ भने अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको जानकारी दिइएको छ।

    • प्रकाशित मितिः असोज १५, २०८१
    • 524 पटक पढिएको
  • अविरल वर्षाका कारण २०० जनाको मृत्यु

    काठमाडौं–अविरल वर्षाका कारण देशभर बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएको छ । प्रहरीका अनुसार अहिलेसम्म २०० जनाको मृत्यु भएको छ भने १२७ जना घाइते भएका छन् । २६ जना अझै बेपत्ता छन् ।प्रहरीले ४ हजार २२२ भन्दा बढी मानिसलाई उद्धार गरेको जानकारी गराएको छ । सडक अवरुद्ध भएका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको छ । प्रहरीले बाटो खुलाउने प्रयास जारी राखेको छ ।लामो दूरीको यात्रा गर्नु पर्ने अवस्था आएमा सम्बन्धित जिल्ला प्रहरी कार्यालय वा निम्न नम्बरमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ । 

    • प्रकाशित मितिः असोज १४, २०८१
    • 660 पटक पढिएको
  • एनआरएनएले बाढीपहिरो प्रभावितका लागि १ करोड सहयोग गर्ने

    काठमाडौं– लगातारको भारी वर्षाका कारण बाढी, पहिरो, र डुबानबाट प्रभावित नेपालीलाई गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले रु १ करोडको सहयोग गर्ने निर्णय गरेको छ । सङ्घका अध्यक्ष डा. बद्री केसीका अनुसार आइतबारको भर्चुअल बैठकमा यो निर्णय गरिएको हो । बैठकले उपाध्यक्ष डा. हेमराज शर्माको संयोजकत्वमा आर्थिक सहयोग सङ्कलन समिति गठन गरेको छ, जसमा विभिन्न पदाधिकारी र क्षेत्रीय संयोजकहरू समावेश छन् । अध्यक्ष डा. केसीले एनआरएनएले प्रभावित क्षेत्रहरूमा राहत वितरणको तयारी गरिरहेको उल्लेख गरे । ज्यान गुमाएकाहरूको श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ । सङ्घले प्रभावित

    • प्रकाशित मितिः असोज १४, २०८१
    • 491 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा