भक्तपुर— भक्तपुरको गट्ठाघरमा साउन ३१ मा ट्रकले स्कुटरलाई ठक्कर दिएको घटनाबारे छानबिन समितिले ट्रकचालकको लापर्बाहीका कारण दुर्घटना भएको निष्कर्ष निकालेको छ । बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिँदा ओखलढुङ्गाको चिसङ्खुगढी–४ का उत्तम कोइरालाको घटनास्थलमा नै मृत्यु भएको थियो । प्रहरी उपरीक्षक प्रजित केसी नेतृत्वको छानबिन समितिले सो दुर्घटनाबारे तयार पारेको प्रतिवेदन मङ्गलबार उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण वज्राचार्यलाई बुझाएको छ ।वज्राचार्यले ट्रकचालकको गम्भीर लापर्बाहीले दुर्घटना भएको निष्कर्ष प्रतिवेदनमा उल्लेख गरिएको
काठमाडौं- योगी पाइलट बाबाको निधन भएको छ । मंगलबार दिउँसो २ देखि ३ बजेको बीचमा मुम्बईस्थित कोकिलाबेन अस्पतालमा उनको निधन भएको निजी चिकित्सक डा. अनिल मिश्रले जानकारी दिए ।डा मिश्रका अनुसार पाइलट बाबालाई उक्त अस्पतालमा एक महिना आठ दिनसम्म आईसीयूमा राखेर उपचार गरिएको थियो । ८६ वर्षका उनी लामो समयदेखि मधुमेहको समस्याबाट पीडित थिए । पछिल्लो समय छातीमा खराबी देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।पाइलट बाबाको अन्त्येष्टि बुधबार भारतकै हरिद्वारमा हुने डा। मिश्रले जानकारी दिए।
काठमाडौं- सिन्धुपाल्चोकमा सुक्खा पहिरो झरेका कारण इन्द्रावती नदी थुनिएको छ ।नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले दिएको जानकारीअनुसार पाँचपोखरी थाङपाल ७ स्थित क्षेत्रीय अस्पतालको माथिल्लो भागबाट सुक्खा पहिरो खसेको छ ।
काठमाडौँ- ललितपुरको कुम्मेश्वरस्थित एउटा घरमा आगलागी भएको छ । कुम्मेश्वर बंगलामुखी मन्दिरको पूर्वतर्फ रहेको अजिरमान बज्राचार्यको घरमा सोमबार आगलागी भएको हो ।बज्राचार्यको तीनतले घरमा लागेको आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक एवं सूचना अधिकारी नरेशराज सुवेदीले जानकारी दिए ।
पूर्वी नवलपरासी-पूर्वी नवलपरासीको कावासोतीमा कुलोमा बगेर एक बालकको मृत्यु भएको छ । आज बिहान कावासोती नगरपालिका-४ चिलाहमा कुलोमा बगेर स्थानीय ११ वर्षिय शिविर बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ । बालक बगेको जानकारी पाएपछि खटिएको प्रहरीसहितको उद्धार टोलीले केही तल बिकको शव फेला पारेको हो ।
म्याग्दी— मालिका गाउँपालिकामा एक महिलाको विभत्स हत्या भएको छ । मालिका गाउँपालिका–३ डाँडागाउँस्थित गलकोटमा स्थानीय ३५ वर्षीय दलविर श्रीपालीले धारिलो हतियार प्रहार गरी छिमेकी ४३ वर्षीया बिनाकुमारी बिकको हत्या गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी राजन रायमाझीले जानकारी दिए । उनका अनुसार आइतबार साँझ पौने ७ बजे दलबिरको हतियार प्रहारबाट गम्भीर बिनाकुमारीको घटनास्थलमै मृत्यु भएको हो । घटनास्थलमा बन्चरो, दाउ र हँसिया फेला परेको छ ।प्रहरीले घटनास्थलको मुचुल्का तयार पारी शव पोष्टमार्टमका लागि बेनी अस्पताल र फरार अभियुक्तलाई पक्राउ गरी बेनी ल्याएको छ ।मृतक बिनाकुमारीको टाउको लगायत श
सोलुखुम्बु– सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री)ले थामे क्षेत्रमा बाढीको जोखिम अझै रहेको बताएकी छन्। शुक्रबार दुईवटा हिमताल फुट्दा बाढी आएको पुष्टि गर्दै उनले सो क्षेत्रमा बाढीको जोखिम अझै रहेको बताइन्।आज क्षतिग्रस्त थामे क्षेत्रको रक्षामन्त्री मानवीर राई र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलसहितको टोलीले हवाई निरीक्षण गर्नुभयो,’ उनले भनिन्, ‘निरीक्षणपछि हिजो दुईवटा हिमताल फुटेकाले बाढी आएको पुष्टि भएको छ, सो क्षेत्रमा बाढीको जोखिम कायमै छ।’जोखिममा रहेका भनिएका हिमताल जोगाउन सक्ने सम्भावना कम रहेको विपद् व्यवस्थापन समितिल
काठमाडौँ- भक्तपुरको गठ्ठाघरमा गत बिहीबार (साउन ३१) गते भएको सवारी दुर्घटनाबारे छानबिन गर्न समिति बनेको छ। भक्तपुरका सहायक जिल्ला अधिकारी डोरेन्द्र निरौलाको नेतृत्वमा ४ सदस्यीय छानबिन समिति बनेको हो। दुर्घटनाका सम्बन्धमा सरोकारवाला सबै पक्षसँग छलफल गरेर सत्यतथ्य अध्ययन गरी एक साताभित्र प्रतिवेदन पेस गर्न गृह मन्त्रालयले उक्त समितिलाई कार्यादेश दिएको छ।गृहमन्त्री रमेश लेखकले गट्ठाघर दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरलाई निर्देशन दिएका थिए। उक्त निर्देशनपछि शुक्रबार बनेको समितिमा भक्तपुर परिसरमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) राजन क
कञ्चनपुर— भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिने भएकाले कञ्चनपुरको महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार परियोजनाको बाँधको सिल्ट सफाइ गर्नका लागि आज बाँधका ढोका खोल्ने जानकारी आएको छ ।आज बिहान ८ बजेदेखि भोलि बेलुकासम्म बाँध सफा गर्न ढोका खोल्न लागिएकाले महाकाली नदीको जलस्तर बढ्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन भनिएको छ ।
चितवन – ६ पालिकामा १० हजारभन्दा बढी पशुचौपायालाई लम्पी स्किन रोगविरुद्ध खोप लगाइएको छ । कालिका नगरपालिकाबाहेक अन्य पालिकामा १० हजारदुई सय ७९ चौपायालाई खोप लगाइएको हो ।पशु सेवा कार्यालय र स्थानीय पालिकाहरूको सहकार्यमा लम्पी स्किनविरुद्ध खोप लगाइएको हो । सेवा कार्यालयका अधिकृत भीम भट्टले भरतपुर महानगरपालिकाका दुई हजार आठ सय गाईभैँसीमा लम्पी स्किनविरुद्ध खोप लगाइएको बताए ।खैरहनी नगरपालिकामा दुई हजार, राप्ती नगरपालिकामा एक हजार नौ सय ३६, रत्ननगर नगरपालिकामा एक हजार पाँच सयवटा गाईभैँसीमा खोप लगाइएको छ ।साउन २५ देखि ३१ गतेसम्म सप्ताहव्यापी रूपमा सञ्चालन गरिएको खोप अभियानमा माडी नगरपालिकाका एक हजार द
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.