समाज

    Showing 5,511-5,520 of 6,767 items.
  • लमजुङमा पहिरो: तीन घर बगायो, चार जना बेपत्ता

    लमजुङ— लमजुङको क्ब्होंलासोथर गाउँपालिका-३ मा पहिरोले घर बगाउँदा चार जना बेपत्ता भएका छन् । उत्तरकन्याको बगुमस्थित पच्यु टोलमा गएराति पहिरोले तीन घर बगाउँदा ४ जना बेपत्ता भएका हुन् ।वडासदस्य विनप्रसाद घलेका अनुसार स्थानीय रूद्रमान गुरूङ, पञ्चकुमारी गुरूङ र गाउँपालिकाका योजना शाखा प्रमुख चित्र घलेको घर पहिरोले बगाएको छ। पहिरोमा परेर ६९ वर्षीय रूद्रमान गुरूङ, ३६ वर्षिय पञ्चकुमारी गुरूङ, उनका दुई छोरीहरू ७ वर्षिया ईच्छा गुरूङ र ५ नम्रता गुरूङ बेपत्ता भएका छन् । उनीहरुको खोजी जारी छ । रूद्रमानको श्रीमती छिमेकी घरमा सुतेको र चित्र घले गाउँपालिकाको केन्द्र मालिङमा रहेकाले पहिरोबाट बचेको वडासदस्य

    • प्रकाशित मितिः असार १२, २०८१
    • 466 पटक पढिएको
  • इलाममा अवैध रुपमा भित्रँदै गरेको १४ लाख बराबरको सामान बरामद

    इलाम— इलामको जौबारी तुम्लिङफाटक सीमाबाट अवैधरुपमा नेपाल भित्रिएका सामान बरामद भएको छ। सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी बलले चेकजाँचका क्रममा १४ लाख रुपैयाँ बराबरको सामान बरामद गरेको हो । बरामद गरिएका सामग्रीहरूमा २७ हजार मूल्य बराबरको गमबुट, १२ हजार रुपैयाँ मूल्य बराबरको चामल, चार हजार मूल्यको पार्लेजी बिस्कुट, आठ हजार रुपैयाँ बराबरको बिँडी, युरिया मल, भाडा धुने सावुन तथा तीन लाख ३१ हजार रुपैयाँ बराबरको विभिन्न ब्राण्डका रक्सी तथा १० लाख रुपैयाँ बराबरको दुई गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी नायव उपरीक्षक हेमबहादुर श्रेष्ठको नेतृत्वमा सीमा क्षेत्रको सुरक्षार्थ

    • प्रकाशित मितिः असार ११, २०८१
    • 1,352 पटक पढिएको
  • विद्यालय जाँदै गरेका बालकलाई खोलाले बगायो

    मोरङ— गोविने खोलाले विद्यालय जाँदै गरेका एक बालकलाई बगाएको छ । केराबारी गाउँपालिका–४ याङ्शीलाका चित्रबहादुर राईका छोरा ११ वर्षीय श्याम राईको खोलाले बगाएर मृत्यु भएको हो । वडाध्यक्ष शिवप्रसाद तामाङकाअनुसार श्यामलाई बिहान ९ बजेतिर खोलाले बगाएको थियो । खोजी गर्ने क्रममा खोलाले बगाएर १ सय मिटरजति तल पु¥याएको अवस्थामा ९ः५० बजेतिर शव फेला परेको थियो । वडाध्यक्ष तामाङका अनुसार बालकको टाउको, अनुहारलगायत शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा शव भेटिएको छ । मृतक श्याम केराबारी–४ चिउरी भञ्ज्याङस्थित जनकल्याण माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत थिए ।विद्यालयका प्रधानाध्यापक सुजन थेवेका अन

    • प्रकाशित मितिः असार ११, २०८१
    • 542 पटक पढिएको
  • बमजन बाल यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर

    काठमाडौँ-  'लिटल बुद्ध' उपनामले परिचित रामबहादुर बमजन बाल यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर भएका छन्। सर्लाही जिल्ला अदालतले उनलाई सोमबार दोषी ठहर्ने फैसला गरेको हो। उनी तपस्वी र दोस्रो बुद्ध समेत मानिन्थे। न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले उनलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि असार १७ गते पेसी तोकेको छ।यसै मुद्दामा मकवानपुरको थाहा नगरपालिका वडा नं ७ घर भएका तोप्चेङ महात्मा गुरु भन्ने ज्ञानकुमार बम्जन र सिन्धुलीको मरिण गाउँपालिका वडा नं ५ घर भएका जेबी गुरु भन्ने जितबहादुर तामाङले भने सफाइ पाएका छन्।यी दुई जनामाथि बमजनलाई लुकाउन र भगाउन भूमिका खेलेको अभियोग थियो। बम्जनमाथि धेर

    • प्रकाशित मितिः असार १०, २०८१
    • 638 पटक पढिएको
  • मेलम्चीको बाढीले अस्थायी पुल बगायो

    सिन्धुपाल्चोक– बाढीले मेलम्चीमा अस्थायी पुल बगाएको छ। आइतबार राति आएको बाढीले मेलम्ची नगरपालिका–११ स्थित फट्टेमा रहेको अस्थायी पुल बगाएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिए ।२०७८ सालको बाढीले पुल बगाएपछि सो स्थानमा ह्युमपाइप राखेर अस्थायी पुल बनाइएको थियो ।मेलम्ची बजार र मेलम्ची नगरपालिकाको वडा नम्बर ७ र ८ तथा पाँचपोखरी थाङपाल गाउँपालिकाका वडा नम्बर १ र २ तथा हेलम्बुका केही वडालाई अस्थायी पुलले जोडेको थियो ।पुल बगाउँदा वडाभित्र नै एक गाउँबाट अर्को गाउँ जान अहसज हुने भएको छ । मेलम्ची नगरपालिकाका प्रमुख तामाङका अनुसार वर्षा सुरु भएसँगै रातिको वर्षाले पुलमा क्षति पुगेको जन

    • प्रकाशित मितिः असार १०, २०८१
    • 457 पटक पढिएको
  • जङ्गली च्याउ खाँदा एकको मृत्यु, चार सिकिस्त

    मकवानपुर– मकवानपुरको राक्सिराङ गाउँपालिकामा जङ्गली च्याउ खाँदा एक मृत्यु भएको छ भने चारजना बिरामी भएका छन् ।आज राक्सिराङ गाउँपालिका–७, दगुवाङमा जङ्गली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी भएका थिए । स्थानीयले उद्धार गरी चितवनस्थित भरतपुर अस्पताल पु(याएकामा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।जङ्गली च्याउ खाँदा स्थानीय बलबहादुर प्रजा, उनकी ४५ वर्षीया श्रीमती जालिमाया प्रजा, छोरी १५ वर्षीया रेञ्जु प्रजा, आठ वर्षीया सविना प्रजा र १० वर्षीय छोरा सुशील प्रजा बिरामी भएका हुन् ।बलबहादुरको उपचारका क्रममा मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    • प्रकाशित मितिः असार ९, २०८१
    • 312 पटक पढिएको
  • ब्राजिलबाट फर्किए मेयर बालेन, विदेश रहँदा के के गरे ?

    काठमाडौं  । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिएर आज स्वदेश फर्किएका छन् । बैठकमा भाग लिन उनी असार ३ गते ब्राजिलको साओ पाउलो प्रस्थान गरेका थिए । स्वदेश फर्किएपछि बैठकमा भएका छलफल र नीति वहसका विषयमा संक्षिप्‍त प्रतिक्रिया दिँदै उनले भने, ‘ठूला शहर केन्द्रित बसाइँसराइको क्रमले भविष्यमा बढ्ने चाप व्यवस्थापन गर्न अहिलेदेखि नै नीति र संयन्त्र बनाउनुपर्छ । भौगोलिक, सामाजिक, आर्थिक जस्ता कारणले फरक फरक ठाउँका शहरहरूको समस्या फरक हुन सक्छन् । यति भएर पनि केही साझा कार्यक्रम सञ्चालन हुन सक्छन् । बैठकमा यसका नीतिगत पक्षमा छलफल

    • प्रकाशित मितिः असार ८, २०८१
    • 636 पटक पढिएको
  • पाँच प्रदेशमा फैलियो मनसुन, कहाँ कस्तो प्रभाव ?

    काठमाडौं  ।   अहिले देशका पाँचवटा प्रदेशमा मनसुनको प्रभाव फैलिएको छ। कोशी प्रदेशबाट भित्रिएको मनसुन मधेस, बागमती र गण्डकी प्रदेशको अधिकांश भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी भूभागसम्म फैलिएको छ ।जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अन्य प्रदेशमा भने अझै पश्चिमी वायु र स्थानीय वायुको प्रभाव न्यून छ । मनसुन र पश्चिमी वायुको प्रभावले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आज बिहान पूर्णतया बदली छ भने बाँकी भूभागमा आंशिक बदली छ ।अहिले गण्डकी प्रदेशका केही भूभाग तथा बागमती, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम

    • प्रकाशित मितिः असार ८, २०८१
    • 291 पटक पढिएको
  • पाल्पाका किसानले फलाएको तरकारीको प्रचार गर्ने अनौठो शैली

    पाल्पा । तानसेनमा किसानले उत्पादन गरेको तरकारीको अनौठो तरिकाले प्रचार गरेका छन्। जहाँ तरकारी जात्रा देखाइएको छ। युवायुवतीले शरीरभर तरकारी लगाएर प्रदर्शन गरेका थिए। शीरदेखि पाउसम्म विभिन्न थरीका तरकारी प्रदर्शन गर्दै हिँडेका युवायुवतीसँग तानसेन बजारमा सेल्फी खिच्नेको भीड नै लागेको थियो ।तानसेनको बसपार्क टुँडिखेल, भीमसेन टोल, नारायणस्थान, अशनटोल शीतलपाटी, मखनटोल हुलाक चोक, सिल्खानटोल हुँदै विशाल बजारसम्म तरकारीको जात्रा प्रदर्शन गरिएको थियो। कलाकारहरू गोकुल सारु र नानु मगरले आलु ,लसुन, प्याज, टमाटर, भिन्टी, करेला, लौका, बन्दा, काउली , बेगन, सेमी, बोडी, पर्वललगायतका तरकारीहरू शरीरभ

    • प्रकाशित मितिः असार ७, २०८१
    • 523 पटक पढिएको
  • काठमाडौंमा रोकिएन मेलम्चीको पानी, मनसुन सक्रिय भएपछिमात्रै मुहान बन्द गर्ने

    काठमाडौं  ।   मेलम्चीको पानी काठमाडौंमा नियमित हुने भएको छ । मनसुन सक्रिय नभएसम्मका लागि मेलम्चीको पानी काठमाडौं पठाइने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । समितिका अनुसार मुहानको पानी धमिलो नभएसम्मका लागि पानी नरोकिने भएको हो । मनसुन सुरु भएसँगै मेलम्ची खोलामा पानीको बहाव बढ्ने र खानेपानी पथान्तरण गर्ने संरचनामा जोखिम हुने सम्भावनालाई मध्यनजर गरेर काठमाडौं पानी पठाइने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्नप्रसाद लामिछानेले जानकारी दिए । उनले भने, 'आयोजनाको मुख्य हेडबक्समा पानी थिग्याउने संरचना नभएको र नदीमा धमिलो पानी आउने बित्तिकै हेडबक्स बन

    • प्रकाशित मितिः असार ७, २०८१
    • 328 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा