समाज

    Showing 5,551-5,560 of 6,767 items.
  • बिर्तामोड नगरपालिका १ द्वारा अति विपन्न दुई जनालाई ठेला भ्यान वितरण

    झापा । बिर्तामोड नगरपालिका वडा नम्बर १ ले अति विपन्न दुई जनालाई ठेला भ्यान वितरण गरेको छ । वडाले विपन्न रोजगार कार्यक्रम अन्तर्गत उक्त सामग्री वितरण गरेको हो । ठेला भ्यान पाउनेहरुमा स्थानीय लक्ष्मी राजवंशी र गोमादेवी पोख्रेल गौतम रहेका छन् । उनीहरुलाई ३५ हजार गोटाका ठेला भ्यान वितरण गरेको वडाअध्यक्ष अग्निप्रसाद पाण्डेले जानकारी दिए । मागका आधारमा राजवंशी र गौतमलाई ठेला भ्यान वितरण गरीएको वडासचिव टिका अधिकारीले बताइन् । वडाबाट ठेलाभ्यान पाएपछि आफुलाई गरिखानका लागि सहयोग पुगेको गौतमले बताइन् । श्रीमान वितेपछि परिवार पाल्न सकस व्यहोर्दै आएकी गौतमले अव यसमा चटपटे लगायतका परिकार बेच्ने भन्दै ख

    • प्रकाशित मितिः फागुन १२, २०७९
    • 185 पटक पढिएको
  • पञ्चरत्न माविको ५५ औं बार्षीकोत्सव कार्यक्रम सम्पन्न

    झापा । बिर्तामोड नगरपालिका २ मा रहेको पञ्चरत्न माध्यमिक बिद्यालयको ५५ औं बार्षीकोत्सव सम्पन्न भएको छ ।बिद्यालय परिसरमा आयोजित बिषेश समारोहकाबिच स्मारिका विमोचन, सम्मान तथा प्रमाण पत्र बितरण कार्यक्रमको आयोजना गर्दै बिद्यालयले ५५ औं बार्षीकोत्सव मनाएको हो ।बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष भवानीप्रसाद ओलीको अध्यक्षता तथा प्रदेशसभा सदस्य एकराज कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पूर्व प्रधानाध्यापक तथा पूर्व शिक्षहरुलाई बिधाई तथा सम्मान गरिएको थियो ।सो अवसरमा बिद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरुलाई समेत सम्मान गरिएको थियो ।त्यस्तै जग्गा दाता र बिद्यालयलाई बिभिन्न क्षेत्रब

    • प्रकाशित मितिः फागुन १२, २०७९
    • 224 पटक पढिएको
  • ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ को फिल्ड अडिसन फागुन २० बाट

    दमक । सर्वाधिक पुरस्कार राशी भएको पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ को फिल्ड अडिसन झापाको दमकमा हुने भएको हो । दमकमा पत्रकार सम्मेलनको आयोजना गर्दै इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा हुने रियालिटी शो को बारेमा जानकारी गराइएको हो । पूर्वकालागि आगामी फागुन २० र २१ गते झापा दमकको सरस्वती मावि इँटाभट्टामा अडिसन हुने छ ।पत्रकार सम्मेलनमा इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाका सचिव सुरेन शेर्माले विश्वभर छरिएर रहेका नेपाली भाषीको अन्तरनिहित प्रतिभा गायन र नृत्यको माध्यमद्वारा प्रस्फुटन गर्ने उ

    • प्रकाशित मितिः फागुन ११, २०७९
    • 250 पटक पढिएको
  • फरार सांसद लक्ष्मी कोइरीको नाम राष्ट्रपति निर्वाचनको मतदाता नामावलीमा

    काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको लागि मतदाता नामावली सार्वजनिक गरेको छ । जहाँ फरार सांसद लक्ष्मी चौधरी कोइरीको पनि नाम समावेश छ ।उनी निलम्बनमा नपरेका कारण उनको नाम मतदाता नामावलीमा समावेश भएको निर्वाचन आयोगका अधिकारीहरु बताउँछन् । मतदाता नामावलीका सम्बन्धमा दाबी, विरोध र उजुरी गर्ने समय सुरु भएको र उजुरी आएको खण्डमा त्यसउपर छलफल हुने पनि आयोगले जनाएको छ ।गत ४ मंसिरको चुनावमा महोत्तरी-१बाट निर्वाचित कोइरीमाथि मधेस आन्दोलनका क्रममा एम्बुलेन्समा रहेका बिरामीलाई जबरजस्ती निकालेर हत्या गरेको आरोप छ । उनलाई उच्च अदालतले फरारको सूचीमा राख्दै पक्राउ गरेर अदालत पेस गर्न

    • प्रकाशित मितिः फागुन १०, २०७९
    • 186 पटक पढिएको
  • दुर्गा प्रसाईंसहित ८१ जनालाई कारबाही गर्न सिफारिस

    झापा : नेकपा एमाले प्रदेश नम्बर १ कमिटीले केन्द्रीय सदस्य दुर्गा प्रसाईंसहित ८१ जनालाई कारबाहीका लागि सिफारिस गरेको छ। शुक्रबार बसेको प्रदेश कमिटीको बैठकले प्रसाईंसहित ८१ जनालाई कारबाहीका लागि सिफारिस गरेको एमाले प्रदेश कमिटी सचिव चिन्तन पाठकले जानकारी दिए ।बैठकले प्रसाईंलाई केन्द्रीय सदस्यबाट निष्काशित गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरेको छ। प्रसाईंले केही दिनअगाडि पूर्व राजा ज्ञानेन्द्र शाहलाई राखेर धर्म र राष्ट्रियता बचाउने अभियान सुरु गरेका थिए।प्रदेश कमिटीको बैठकमा अनुपस्थित हुने, स्थानीय तहदेखि प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पार्टीविरुद्ध बागी विद्रोही भएकाहरुलाई कारबाहीका लागि

    • प्रकाशित मितिः फागुन ६, २०७९
    • 295 पटक पढिएको
  • अर्जुनधारा धाम परिसरमा निर्मित १०८ शिवलिङ्गको प्राण प्रतिष्ठा गरिने

    झापा - झापाको अर्जुधारा नगरपालिका स्थित अर्जुनधारा जलेश्वर धाम परिसरमा निर्मित १०८ शिवलिङ्ग तथा माता पार्वती मन्दिरको प्राण प्रतिष्ठा एवं समुद्घाटन आगामी फागुन ६ गते महाशिवरात्री पर्वका दिन गरिने भएको छ ।  धामले शिवरात्री पर्वको अवसरमा फाल्गुन १ गते देखी ६ गतेसम्म भजन कृतनका साथै शिवलिङ्ग अनावरण गर्न लागिएको मन्दिर परिसरमा आयोजित पत्रकार सम्मेलनमा धामका महासचिव शिवलाल खतिवडाले जानकारी दिए । बिर्तामोड निवासी कमल बस्नेत र झुमा बस्नेतको लगानीमा निर्माण गरिएको १०८ शिवलिङ्ग सहित पार्वती मन्दिर शिवरात्री पर्वकै दिन धामलाई हस्तान्तरण गरिने धामका लेखा समिति संयोजक कृष्ण पौड्यालले जानकारी दिए

    • प्रकाशित मितिः फागुन ४, २०७९
    • 246 पटक पढिएको
  • विवाह गर्न वडाको सिफारिस अनिवार्य

    झापा : सल्यानको कपुरकोट गाउँपालिकाले विवाह गर्न वडाको सिफारिस अनिवार्य गरेको छ।गाउँपालिकाभित्र बढ्दै गएको बालविवाह न्यूनीकरण गर्न भन्दै पालिकाका ६ वटै वडा कार्यालयमार्फत विवाहपूर्व अनिवार्य सिफारिसको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ।गाउँपालिकाले बालविवाह नियन्त्रण गर्न अनेकौं प्रयास गरे पनि न्यूनीकरण सम्भव नभएपछि विवाह गर्नुपूर्व वडाबाट सिफारिस लिनुपर्ने व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुनले बताए। यो व्यवस्था गाउँसभाबाट पारित भइसकेको उनको भनाइ छ।उनले जुनसुकै उमेर समूहका पालिकावासीले विवाह गर्दा अनिवार्य वडा कार्यालयमा जन्मदर्ता पेश गर्नुपर्ने र स्वीकृति लिनुपर्ने बताए

    • प्रकाशित मितिः फागुन ३, २०७९
    • 276 पटक पढिएको
  • ‘श्रीमदभागवत महापुराण’ नेपाली अनुवाद बिमोचन

    झापा - लेखक चन्द्रप्रसाद घिमिरेद्वारा लिखित ‘श्रीमदभागवत महापुराण’ (नेपालीमा अनुवाद गरिएको) किताब बिमोचन  गरिएको छ । उक्त पुस्तकको एक कार्यक्रमकाबिच पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिमोचन गरेका हुन् । शिवसताक्षी स्थित झिलझिलेमा रहेको वाटर किङडम पार्कमा सोमबार आयोजित आदिवासी जनजातीहरुले आयोजना गरेको सांस्कृतिक  महोत्सव कार्यक्रममा एमाले अध्यक्ष ओलीले घिमिरेले लेखेको पुस्तक सार्वजनिक गरेका हुन् । उनले घिमिरेले लेखेको महापुराण पुस्तकको चर्चा संगै महत्वका बारेमा दर्शाएका थिए । संस्कृत भाषामा उल्लेखित श्री मदभागवत  महापुरणलाई ने

    • प्रकाशित मितिः फागुन २, २०७९
    • 280 पटक पढिएको
  • दिब्या स्पिच एन्ड हेयरिङ्ग री ह्याबिलिटेसन सेन्टरको उद्घाटन

    बिर्तामोड । झापाको बिर्तामोड ४ मा दिब्या स्पिच एन्ड हेयरिङ्ग री ह्याबिलिटेसन सेन्टरको उद्घाटन गरिएको छ ।अटिजम बाट पिडित नानिबाबुहरुको उपचार तथा सिकाइ गराउने उद्देश्यले स्थापना भएको सेन्टरको सोमबार एक कार्यक्रमका बिच बिर्तामोड नगरपालिकाका नगर प्रमुख पबित्रा महतारा प्रसाइले गर्नुभयो ।स्मरण शक्ति कम भएका, ढिलो बोल्ने, बोली नफुटेका, अरु मानिस सग घुल्मेल गर्न नचाहने, कान राम्रो सँग नसुन्ने, एकोहोरो, उमेर बढ्दै गएपनी केटाकेटी पन भएका मानिस वा नानिबाबुहरुलाई उपचार सँगै सिकाइने संस्थापक हरिकुमार खनालले बताउनुभयो ।करिब २५ लाखको लगानीमा डा.राजु प्रसाद यादव र हरिकुमार खनाल खोल्नुभएको संस्थामा पचास ज

    • प्रकाशित मितिः फागुन २, २०७९
    • 399 पटक पढिएको
  • फेरियो मेची रङ्गशालाको मुहार

    झापा । वरिपरि रङरोगन गरि चिटिक्क सिंगारीएको प्याराफिट । बाटैबाट देखिने गरि सजावट गरिएको गेट र व्यवस्थित बनेको खेल मैदान । करिब दुइ महिना अगाडी हेरि नसक्नु रहेको झापाको भद्रपुर स्थित मेची रङ्गशालाको अहिलेको अवस्था हो यो । कुनै समय नाम चलेको यो रंगशाला खेलकुदका गतिविधि हुन छाडेसँगै उजाड बनेको थियो । तर, पछिल्लो समय मेची रंगशालाको मुहार फेरिएको छ । यो रंगशालाले नयाँ जीवन पाएको छ । भद्रपुर, झापा गोल्डकप हुने भएसँगै मेची रंगशालाको चमक फर्किएको हो । त्रिभुवन गोल्डकप भएयता यो रंगशालामा कुनै खेलकुद गतिविधि भएको थिएन । २०६१ देखि रंगशालाको संरक्षणमा पनि कसैको ध्यान पुगेन । रंगशालाका सबै संरचना

    • प्रकाशित मितिः फागुन २, २०७९
    • 599 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा