समाज

    Showing 5,561-5,570 of 6,767 items.
  • गोल्ड कपलाई व्यापक बनाउन भद्रपुर रन

     झापा । मिति नजिकिँदै जाँदा भद्रपुर झापा गोल्ड कप आयोजक समितिले प्रतियोगितालाई अझ व्यापक बनाउन भद्रपुर रन-२०७९ को आयोजना गरेको छ ।आज आयोजित मिनि म्याराथन ‘भद्रपुर रन–२०७९’ को उपाधि हपन्वा टुडू र सुस्मिता राईले जितेका छन् । भद्रपुर झापा गोल्ड कपको आयोजनामा भएको पाँच किलोमिटर दूरीको भद्रपुर रनमा पुरुषतर्फ हपन्वाले १८ मिनेट १७ सेकेन्ड र महिलातर्फ सुस्मिताले ३२ मिनेटमा दूरी पार गर्दै उपाधि हात पारेका हुन् । त्यस्तै, पुरुषतर्फ आशिषकुमार दोस्रो र सुदीप राई तेस्रो भए । महिलातर्फ विन्दा राई दोस्रो र मनिता राई तेस्रो भए । भद्रपुर–६ स्थित मेची पुलबाट सुरु भएको प्रतियोगिता भद्

    • प्रकाशित मितिः फागुन १, २०७९
    • 373 पटक पढिएको
  • जनयुद्ध दिवसमा भोलि देशैभर सार्वजनिक बिदा

    झापा । भोलि देशैभर सार्वजनिक बिदा हुने भएको छ । आइतबार बसेको मन्त्री परिषद्को बैठकले देशैभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।सोमबार माओवादी जनयुद्ध दिवसका रुपमा सार्वजनिक बिदा दिइने भएको हो । यसअघि बागमती प्रदेश सरकारले प्रदेशभर बिदा दिने निर्णय गरेको थियो ।

    • प्रकाशित मितिः माघ २९, २०७९
    • 538 पटक पढिएको
  • १५ जना युवालाई बिर्तामोड ८ द्वारा सिपविकास तालिम प्रदान

    बिर्तामोड । झापाको बिर्तामोड ८ मा सञ्चालित ३ महिने सिप बिकास तालिमको आइतबार एक समारोहका समापन गरिएको छ ।सिप बिकास तालिम केन्द्र भद्रपुर झापा र बिर्तामोड नगरपालिका वडा नम्बर ८ को संयुक्त आयोजनामा तालिम गराइएको थियो ।८ नम्बर वडाका १५ जना युवा तथा लक्षित वर्गाको सहभागिता रहेको तालिममा वायरिङ, बिद्युत जडान, ट्रान्सफर्मर जडान, मर्मत लगायतमा तालिम प्रदान गरिएको प्रशिक्षक चेतन संग्रौलाले जानकारी दिनुभयो ।असोज २७ गतेबाट सञ्चालन भएको तालिम समापन समारोहका अध्यक्ष बिर्तामोड ८ का वडाअध्यक्ष अजय कार्कीले प्रशिक्षार्थीलाई तालिम लिएर प्रमाणपत्र बाकसमा राख्नु भन्दा पनि सिकेको सिप व्यवहारमा उतार्न आग्रह ग

    • प्रकाशित मितिः माघ २९, २०७९
    • 115 पटक पढिएको
  • मल्याणी गाउँका १७ घर परिवार एक वर्षदेखि खोलाको पानी पिउँदै

    डोटी - डोटीको बडीकेदार गाउँपालिका–१ मल्याणी गाउँका १७ घर परिवारले एक वर्षदेखि खोलाको पानी पिउँदै आएका छन् । २०७३ सालमा ग्रामीण विकास सेवा केन्द्र डोटीले अनुकूलन परियोजना अन्तर्गत निर्माण गरेकाे सोलारमुसको इन्भटर बिग्रिएपछि उनीहरुले ठूला खाेलाकाे पानी पिउनु परेकाे हाे । स्थानीयवासीको साझेदारीमा गाउँ नजिक रहेको खोलाबाट सोलार आयोजना निर्माण गर्दा केही समय गाउँमा खानेपानीकाे समस्या हटेकाे थियाे ।  त्यसअघि पनि उनीहरुले खाेलाकै पानी पिउने गरेका थिए । खानेपानी वितरणका लागि निर्माण गरिएका धारा, ट्याङ्की पनि जीर्ण बन्दै गएकाे छ।एक वर्षदेखि खानेपानी खोलाबाट बोकेर

    • प्रकाशित मितिः माघ २९, २०७९
    • 102 पटक पढिएको
  • बैंक विरुद्ध आन्दोलनको तयारी

    बिर्तामाेड । बैंकहरूले बढाएको ब्याजदर र उनीहरुले उद्यम व्यवसायका निम्ती कर्जा लिएका ऋणीहरुमाथि गरेको ज्यादतीविरुद्ध फागुन ५ गते शुक्रबार आन्दोलनको तयारी गरिएको छ । उद्योगी व्यवसायीहरूले बैंकहरुको ज्यादती सहन नसकेर सरकारलाई दबाब दिनका लागि सडक आन्दोलन गर्ने भएका हुन् ।  आफ्नो ब्यापार ब्यवसाय जोगाउनका बैंक तथा बित्तिय संस्थाले नदिएको भन्दै  सडक आन्दोलन गर्न बाध्य हुनु परेको संयुक्त मूल संघर्ष समितिका संयोजक  नरेश कटुवालले बताए । बैंकहरुले बढाएको चर्को ब्याजदरका कारण व्यवसायिहरु व्यवसायनै छोड्ने स्थितीमा पुगेको उनले बताए । उद्योगी व्यवसायीहरुका ९ वटा महासंघ र ३८ वटा संघहर

    • प्रकाशित मितिः माघ २९, २०७९
    • 822 पटक पढिएको
  • मेनपावरका शाखालाई आर्थिक कारोबारको अधिकार

    झापा । मेनपावका शाखा कार्यालयले अब आर्थिक कारोबार गर्न पाउने भएका छन् । श्रम तथा रोजगार मन्त्रालयले निर्माण गरेको नयाँ कार्यविधि २०७९ अनुसार मेनपावरका शाखालाई आर्थिक कारोबारको अधिकार दिएको हो । बैदेशिक रोजगार ऐन २०६४ ले शाखालाई आर्थिक कारोबार गर्न बन्देज गरेको थियो । बैदेशिक रोजगारीमा जाने युवाको हितका लागि नयाँ कार्यविधि बनाएर आर्थिक कारोबारको अधिकार शाखालाई दिएको बैदेशिक रोजगार बिभागका शाखा अधिकृत प्रदिप ढकालले बताए । उनले शाखा सञ्चालनका लागि दर्ता प्रकृया समेत खुलेको उल्लेख गरे । नयाँ कार्यविधि अनुसार एक मेनपावरले एक प्रदेशमा एक शाखा सञ्चालन गर्न पाउने छन् । यद्यपी देशभर गरि तीन व

    • प्रकाशित मितिः माघ २६, २०७९
    • 176 पटक पढिएको
  • दानबीरको घर बनाउन चन्दाको भर

    बिर्तामोड । विगतमा दुर्गा मावि गरामनीलाई करोडौंको जग्गा दान दिएर अहिले विचल्लीमा परेका जग्गादाता उजारु राजवंशीको परिवारका लागि घर निर्माण शुरु गरिएको छ । बुधवार बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाईले घरको शिलान्यास गरिन् । करिव ५ लाख रुपैयाँको लागतमा तीन कोठे पक्की घर बनाइदिन लागेको उजारु राजवंशी भवन निर्माण समितिका सदस्य इन्द्रसिंह राजवंशीले बताए । घर निर्माणका लागि विभिन्न दाताहरुले सहयोग गर्ने बचन दिएका छन् । घरको शिलान्यास गर्दै नगर प्रमुख प्रसाईले उहिले हुँदाखेरि विद्यालयलाई सहयोग गरेका राजवंशी परिवारलाई अहिले उनीहरुको नभएको अबस्थामा समाजले सहयोग गर्नुपर्ने बताइन् ।

    • प्रकाशित मितिः माघ २६, २०७९
    • 308 पटक पढिएको
  • सत्ता गठबन्धन विघटनको संघारमा

    झापा । सत्ता गठबन्धनमा राष्ट्रपतिको विषय पेचिलो बन्दै गएको छ । सरकार गठनका बेलाको सहमतिअनुसार एमालेले राष्ट्रपतिको उम्मेदवार आफ्नो हुनुपर्ने अडान राखिरहेको छ । तर, एमालेको समर्थनमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले भने एमालेलाई राष्ट्रपति नदिने योजना अनुसार ‘राष्ट्रिय सहमति’को एजेण्डा उठाएका छन् ।१० पुसमा भएको छलफलमा एमाले र माओबादी केन्द्र बीच राष्ट्रपति, प्रधानमन्त्री र सभामुखलगायतका विषयमा ‘भद्र सहमति’ भएको थियो । दुवै दलका नेताहरुले बताएअनुसार भद्र सहमतिमा एमालेले राष्ट्रपति लिने प्रधानमन्त्री र सभामुखमा एमाले र माओवादीबीच आधा–आधा कार्यकाल सहकार्य गर्ने भन्ने सहमति भएको थियो ।उक

    • प्रकाशित मितिः माघ २५, २०७९
    • 306 पटक पढिएको
  • सरकारी बिदा घटाउने प्रधानमन्त्रीको आशय

    झापा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी बिदा धेरै भएको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै उनले सरकारी बिदा धेरै भएका कारण सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक रहेको बताएका हुन् ।उनले भने, ’हाम्रा सरकारी बिदाहरू धेरै भए । यसले जनताका काम गर्ने समय कम भएको छ, सेवा प्रवाहमा समस्या देखिएको छ । यसबारे पुनर्विचार आवश्यक छ भनेर हामीले मन्त्रिपरिषद्मा पनि छलफल गरेका छौं । गृहकार्य गरेर यसमा पुनर्विचार गर्नुपर्छ ।’प्रधानमन्त्रीले प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस, गणतन्त्र दिवसमा एकै प्रकृतिका कार्यक्रम

    • प्रकाशित मितिः माघ २५, २०७९
    • 283 पटक पढिएको
  • खारेज होला त रविको मतदाता परिचयपत्र ?

    झापा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मतदाता परिचयपत्र खारेजीको माग गरिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिकता अवैध ठहर गरेपछि उनको मतदाता खारेजीको माग गरिएको हो । लामिछानेको नागरिकता नै अवैध ठहर भएकाले सोही नागरिकताको आधारमा बनाइएको मतदाता परिचयपत्र रद्द गर्न अधिवक्ता अनुपम भट्टराईले जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका छन् ।भट्टराईले ३७८७ नम्बरमा दर्ता गरेको निवेदनमा माघ १३ गतेको सर्वोच्चको फैसलापछि काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट उनले रितपूर्वक नागरिकता लिएको उल्लेख गर्दै भनेका छन्, ‘तत् सम्बन्धमा मतदाता नम्बर २६३४२९ को प्रयोग गरि निजले काठमाडौं क्षेत्

    • प्रकाशित मितिः माघ २५, २०७९
    • 102 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा