काठमाडौं— बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेको छ ।बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी वीरगंज महानगरपालिका—१४ बस्ने २७ वर्षीय सुरेन्द्र पटेललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।उक्त मुद्दामा ३ दिन कैद र ४ लाख रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका—१२ श्रीपुरबाट पक्राउ गरेको हो ।उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत पर्सा पेश गरिएको छ ।
रुपन्देही— नक्कली नेपाली नोट उत्पादन तथा कारोबारमा संलग्न रहेको आरोपमा एक भारतीय नागरिकसहित ६ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट एक हजार रुपैयाँ दरका नक्कली नोट, नोट छाप्ने उपकरण तथा अन्य सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार बुटवल उपमहानगरपालिका–६, नेपालगञ्ज रोडस्थित एक पसलमा छापा मार्ने क्रममा गिरोहका सदस्यहरू पक्राउ परेका हुन्। उनीहरूको साथबाट एक हजार रुपैयाँ दरका ६२२ थान नक्कली नोट बरामद गरिएको छ, जसको कुल मूल्य ६ लाख २२ हजार रुपैयाँ बराबर रहेको छ।पक्राउ पर्नेमा बुटवल–११ की ३६ वर्षीया गंगा कुमारी पूर्वछाने, कास्कीको पोखरा महानगरपालिका–१ का किरणकृष्ण तिवारी ९कृष्ण०, कपि
काठमाडौं— नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको हात भाँचिएको भन्ने समाचारको उनको सचिवालयले खण्डन गरेको छ।शुक्रबार विज्ञप्ति जारी गर्दै सचिवालयले सामाजिक सञ्जाल र केही अनलाइन माध्यममा प्रसारित ‘देउवा लडेर हात भाँचिएको’ भन्ने दाबी पूर्ण रूपमा असत्य र भ्रामक भएको जनाएको हो।सचिवालयका अनुसार देउवा न त लडेका छन्, न त उनको हात नै भाँचिएको छ। आधिकारिक पुष्टि नै नभएका सूचना सार्वजनिक गरेर भ्रम फैलाउने प्रयासप्रति सचिवालयले गम्भीर असन्तुष्टि जनाएको छ।विज्ञप्तिमा आधारहीन समाचार र अफवाहले समाजमा अनावश्यक भ्रम सिर्जना गर्ने भएकाले यस्ता सामग्री प्रचार–प्रसार नगर्न आग्रह गरि
काठमाडौं— मानव सेवा आश्रममा आश्रित बालबालिकाको शिक्षालाई निरन्तरता दिन तथा काठमाडौं महानगरपालिकाले सडकबाट उद्धार गरेका असहाय र घरबारविहीन व्यक्तिको स्वास्थ्योपचारमा सहयोग पुर्याउने उद्देश्यले आइडीपी एजुकेसन स्टुडेन्ट सर्भिसले ४० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ।संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत प्रदान गरिने उक्त सहयोगमध्ये २७ लाख रुपैयाँ बालबालिकाको शिक्षा र बाँकी १३ लाख रुपैयाँ उद्धार गरिएका व्यक्तिको स्वास्थ्योपचारमा खर्च गरिने जनाइएको छ।यसका लागि काठमाडौं महानगरपालिका, आइडीपी एजुकेसन स्टुडेन्ट सर्भिस र मानव सेवा आश्रमबीच त्रिपक्षीय सम्झौता भएको छ। सम्झौतामा महानगरपालिका
काठमाडौं / सुदूरपश्चिम प्रदेशका दार्चुलासहित विभिन्न जिल्लामा आज साउन १ गते परम्परागत रुपमा लुतो पर्व मनाउने चलन छ ।साउने संक्रान्तिका अवसरमा मनाइने यो पर्व रोगव्याधि, लुतो प्रतीकात्मक रूपमा घर र गाउँबाट बाहिर पठाउने विश्वाससँग जोडिएको छ । पर्वका अवसरमा साँझपख स्थानीय बासिन्दाले सल्लोको दियालो, सुक्खा काठ तथा अन्य स्थानीय सामग्रीबाट बनाइएको राँको मशाल बाली घर, आँगन, गोठ र खेतबारी वरिपरि घुमाउने गर्छन् । त्यसपछि राँकोलाई गाउँको सीमा, चौबाटो वा खोल्सोतर्फ लगेर फाल्ने परम्परा छ । दार्चुलाका ग्रामीण बस्तीमा विशेष गरी युवायुवती र बालबालिका सामूहिक रूपमा राँको बोकेर चौबाटोमा जम्मा भैइ ‘लुत
काठमाडौं— सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूलाई कानुनबमोजिम सम्पत्ति विवरण बुझाउन स्मरण गराएको छ ।भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) तथाबमोजिम अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ क को उपदफा (१) को प्रयोजनार्थ सङ्घीय संसद्का सदस्यहरूलाई आर्थिक वर्ष २०८२/८३ समाप्त भएको मितिले ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह गरिएको हो ।संसद् सचिवालयका उपसचिव अधिराज राईले सांसदहरूले आफ्नो वा आफ्नो परिवारका नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरणलाई खामबन्दी गरी सांसद सुविधा व्यवस्थापन शाखामा दर्ता गर्न अनुरोध गरिएको जानकारी दिए
काठमाडौं— लोक सेवा आयोगले आफ्नो पदपूर्ति प्रक्रियामा “प्रोसेस रि-इन्जिनियरिङ” सहित नयाँ कार्यतालिका सार्वजनिक गरेको छ।१. सवै पदका विज्ञापन देखि सिफारिस सम्मका कामहरु सोही आ.व. (असार मसान्त) भित्रमा सम्पन्न हुनेछन्।२. भदौ महिनाको अन्तिम बुधवारदेखि विज्ञापन सुरू हुनेछन्।३. साविकमा सहसचिव र उपसचिव दुवै पदको विज्ञापन असोजमा हुने गरेकोमा अवदेखि सहसचिव पदको भदौ महिनामा र उपसचिव पदको असोज महिनामा विज्ञापन हुनेछन् ।४. एउटा श्रेणीका सवै पद (अप्राविधिक र प्राविधिक) को विज्ञापन एउटै मितिमा हुनेछन् ।५. सवै पदका लिखित परीक्षाहरू वर्षा याम अगावै सम्पन्न हुनेछन्।
काठमाडौं । दुर्गेश थापा र प्रियंका कार्की अभिनीत चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीत ‘ताराबाजी लैलै’ विरुद्ध सरकारसमक्ष औपचारिक उजुरी परेको छ। तनहुँका एक शिक्षकले गीतले शिक्षक, विशेषगरी महिला शिक्षक र शिक्षण पेसाको गरिमामाथि आघात पुर्याएको भन्दै सूचना तथा सञ्चार मन्त्रालयमा प्रतिबन्धको मागसहित लिखित निवेदन दिएका हुन्।तनहुँको व्यास नगरपालिका–११ स्थित बाराही माध्यमिक विद्यालयका शिक्षक रमेशबाबु भट्टराईले मन्त्रालयमा दर्ता गराएको निवेदनमा उक्त गीतमा प्रयोग भएका शब्द र प्रस्तुतीकरणले शिक्षण पेसाको सम्मानमा आँच पुर्याएको दाबी गरेका छन्। निवेदनमा गीतले महिला शिक्षकको छविलाई अमर्यादित बनाएको तथा
काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजमा झूटलाई सत्यका रूपमा पत्याउने प्रवृत्ति बढ्दै गएको टिप्पणी गरेका छन्।शुक्रबार नयाँ वेबसाइट र मोबाइल एप सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमालेविरुद्ध योजनाबद्ध रूपमा झूटो प्रचार र दुष्प्रचार भइरहेको दाबी गरे। आफूहरूले गरेका कामको श्रेय अरूले लिने र झूटो कथा निर्माण गरेर जनतालाई भ्रमित बनाउने प्रवृत्ति बढेको उनको भनाइ थियो।उनले भने,‘झुटो कहानी रचना गर्ने, हामीले नै गरेका कामहरूको चर्चा नहुने, अरूकै नाममा आउने, जादु गरेजस्तो एकैछिनमा यस्तो काम भयो भन्ने हल्ला गर्ने र त्यसलाई मानिसले पत्याउने प्रवृत्ति समाजमा मौलाएको छ ।कालोलाई
मुगु / कर्णाली प्रदेशका विभिन्न जिल्लामा आज साउने सङ्क्रान्ति पर्वका अवसरमा परम्परागत रूपमा झराको राँको बालेर उत्साहका साथ मनाइँदैछ । आधुनिक जीवनशैली र प्रविधिको विकाससँगै कतिपय पुराना संस्कारहरू हराउँदै गएपनि कर्णालीका ग्रामीण बस्तीहरूमा भने यो मौलिक परम्परा अझै जीवितै रहेको हो। मुगु, हुम्ला, जुम्ला, कालिकोट, डोल्पा, दैलेख, जाजरकोट, सुर्खेत, सल्यान र रुकुम पश्चिमका ग्रामीण क्षेत्रमा साउने सङ्क्रान्तिको साँझ झराको राँको बाल्ने चलन छ । जङ्गलबाट ल्याइएको खोटोयुक्त काठ झरा बाट बनाइएको राँको बालेर घरआँगन, छत तथा गाउँ वरिपरि घुमाउने गरिन्छ ।पुस्तौँदेखि चल्दै आएको यो परम्परामा बालबालिका, य
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.