काठमाडौं— फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा अर्जेन्टिनाले इंग्ल्यान्डलाई २–१ ले पराजित गरेको छ । अमेरिकाको एटलान्टास्थित मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश हो । दोस्रो हाफको ५५औँ मिनेटमा एन्थोनी गोर्डनले इङ्ल्यान्डलाई अग्रता दिलाए । ८५औँ मिनेटमा एन्जो फर्नान्डेजले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।इन्जुरी समयको दोस्रो मिनेटमा लियोनल मेसीले दिएको आकर्षक क्रसमा वैकल्पिक खेलाडी लाउटारो मार्टिनेजले उत्कृष्ट हेडरमार्फत गोल गर्दै अर्जेन्टिनालाई २–१ को रोमाञ्चक जित दिलाए ।यो जितसँगै अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश ह
काठमाडौं— नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ७२ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ५१ पैसा र बिक्रीदर १७६ रुपैयाँ १९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ७८ पैसा र बिक्रीदर २०६ रुपैयाँ ५९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८९ रुपैयाँ ५६ पैसा र बिक्रीदर १९० रुपैयाँ ३० पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ७८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ३२ पैसा र बिक्रीदर १०९ रुपै
काठमाडौं— हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग नजिक र पूर्वमा सरदर स्थान आसपास रहेको छ।देशभरमा साधारणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थान र मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक/दुई स्थानमा हल्का देखि मध्यमसम्मको वर्षा भैरहेको छ।आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। देशको पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्ड
काठमाडौं / नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्मा ले पछिल्लो समय देशमा लगातार भइरहेका आत्मदाहका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटना रोक्न सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने माग गरेकी छन्।बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शर्माले गणेश नेपाली, अश्विन राउत र विवेक मण्डलको आत्मदाहका घटनाको पीडा सेलाउन नपाउँदै रौतहटका २८ वर्षीय गौतमकुमार सहनीले पनि आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको घटना सार्वजनिक भएको उल्लेख गरिन्।उनले सरकारले रोजगारी सिर्जना गर्ने प्रतिबद्धता जनाए पनि बेरोजगारी र निराशाबाट गुज्रिरहेका युवामा आशा जगाउन नसकेको टिप्पणी गरिन
विराटनगर / मोरङका युवाहरूले प्रस्तावित नयाँ ट्राफिक जरिवाना दर पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका छन्। उनीहरूले जिल्ला प्रशासन कार्यालय मोरङमार्फत प्रधानमन्त्री बालेन्द्र साहलाई ज्ञापनपत्र बुझाउँदै जरिवाना दर व्यवहारिक, न्यायोचित र नागरिकमैत्री बनाउन माग गरेका हुन्। विभिन्न युवा समूह, सामाजिक संघ–संस्था, मानवअधिकारकर्मी तथा सर्वसाधारणको संयुक्त तर्फबाट बुझाइएको ज्ञापनपत्रमा ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन, सडक सुरक्षाको सुदृढीकरण र दुर्घटना न्यूनीकरण राज्यको प्रमुख दायित्व भएको उल्लेख गरिएको छ। साथै, ट्राफिक नियमको पालना गर्नु प्रत्येक नागरिकको जिम्मेवारी रहेकोमा आफूहरू स्पष्ट रहे
काठमाडौं / नेपाली कांग्रेसका सांसद निष्कल राईले इलाम जिल्लाको सडक पूर्वाधारको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल मर्मत तथा पुनर्निर्माण गर्न माग गरेका छन् ।बुधबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद राईले मेची राजमार्गसहित इलामका विभिन्न सडकखण्ड अत्यन्त जीर्ण बनेकाले बिरामी र सुत्केरीलाई अस्पतालसम्म पुर्याउन समेत कठिनाइ भएको बताए ।उनले भने, ‘इलामको विषयमा यहाँ बोल्दै गर्दाखेरि, आज हामीले भनिरहेको इलामलाई हरित नगरी इलाम भनेर भन्थ्यौँ। तर आज हिलोमय इलाम हुन पुगेको छ। मेची राजमार्गको अवस्था यस्तो दर्दनाक छ कि त्यहाँ इलामबाट कोही नागरिक बिरामी भएको खण्डमा अथवा सुत्केरी
काठमाडौं / नेपाली कांग्रेसका सांसद निष्कल राईले इलाम जिल्लाको सडक पूर्वाधारको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल मर्मत तथा पुनर्निर्माण गर्न माग गरेका छन् ।बुधबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद राईले मेची राजमार्गसहित इलामका विभिन्न सडकखण्ड अत्यन्त जीर्ण बनेकाले बिरामी र सुत्केरीलाई अस्पतालसम्म पुर्याउन समेत कठिनाइ भएको बताए ।उनले भने, ‘इलामको विषयमा यहाँ बोल्दै गर्दाखेरि, आज हामीले भनिरहेको इलामलाई हरित नगरी इलाम भनेर भन्थ्यौँ। तर आज हिलोमय इलाम हुन पुगेको छ। मेची राजमार्गको अवस्था यस्तो दर्दनाक छ कि त्यहाँ इलामबाट कोही नागरिक बिरामी भएको खण्डमा अथवा सुत्केरी
काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अली भाटले प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विवादमा सभामुखले यथाशीघ्र निर्णय लिनुपर्ने माग गरेका छन्।बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भाटले उक्त विषयमा लामो समयदेखि आपत्ति जनाउँदै आएको उल्लेख गर्दै अब सभामुखले आफ्नो विवेक, संसदीय नियम र मर्यादाअनुसार निर्णय लिनुपर्ने बताए।उनले भने, ‘सम्माननीय सभामुख महोदय, यो सदन हजुरको विवेकको निर्णय सुन्न चाहन्छ। हजुरको विवेकले के भन्छ? किनभने प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रति हामीले महिनौँदेखि निरन्तर आपत्ति जनाउँदै आएका छौँ। यो विषयमा सदनको बहुमूल्य समय खर्च भइरहेको छ।
काठमाडौं । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बन्न आग्रह गर्दै सदनमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने माग गरेकी छन् ।बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै गुरुङले प्रतिनिधिसभा नियमावलीअनुसार प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुने व्यवस्था रहेको उल्लेख गर्दै सभामुखमार्फत प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन रुलिङ गर्न माग गरिन् ।उनले भनिन्,‘संसदमा निरन्तर सम्माननीय प्रधानमन्त्रीज्यूको खोजी भइरहेको छ । प्रतिनिधिसभा नियमावलीले प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बनाएको छ, त्यसैले प्रधानमन्त्रीलाई सदनमा उपस्थित भई सांसदका प्र
काठमाडौं / विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले विश्वभर रहेका नेपाली विज्ञ, अनुसन्धानकर्ता र पेशाकर्मीहरूलाई नेपालको नवप्रवर्तन यात्रामा सक्रिय योगदान गर्न आह्वान गरेका छन् । उनले नेपालको आर्थिक रूपान्तरणका लागि विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप र अनुभवलाई राष्ट्रिय विकाससँग जोड्नुपर्नेमा जोड दिए। विज्ञ, अनुसन्धानकर्ता, शिक्षाविद् तथा विदेशमा कार्यरत नेपाली पेशाकर्मीहरूसंगको छलफल कार्यक्रममा बोल्दै मन्त्री पुनले नवगठित मन्त्रालय अहिले शून्यबाट सुरुवात गरिरहेको बताउँदै यसको संस्थागत विकासका लागि स्वदेश तथा विदेशका नेपाली विज्ञहरूको सहकार्य अपरिहार्य रहेको बताए ।‘हाम्रो उ
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.