काठमाडौं— नेपाली कांग्रेसले राष्ट्रिय सभाको अधिवेशन अबिलम्ब बोलाउन माग गर्दै राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग भेटवार्ता गरेको छ ।कांग्रेस राष्ट्रिय सभाका प्रमुख सचेतक कृष्णबहादुर रोकाय नेतृत्वमा गएको टोलीले आइतबार राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाललाई भेटेर नेपाली कांग्रेस संसदीय दलको निर्णबारे जानकारी गराउँदैं यस्तो माग गरेका हुन् ।गत पौष १० गते बसेको कांग्रेस संसदीय दलको बैठकले ‘देशमा बदलिएको राजनीतिक बिषम परिस्थीतिमा असंवैधानिक ढंगबाट प्रतिनिधि सभा विघटन भएको अवस्थामा जनताका आवाजहरु उठाउने सार्वभौम संघीय संसद अन्तर्गत राष्ट्रिय सभा मात्र कायम रहेको हुँदा राष्ट्रिय सभा
काठमाडौं— नेपाली खेलकुद पत्रकारिताको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आगामी पुस २३ गते पोखरामा एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८१ आयोजना गर्ने भएको छ ।प्रत्येक वर्ष आयोजना गर्दै आएको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड कार्यक्रम पोखराको न्यूरोडस्थित पोखरा सभागृहमा हुने आइतबार पत्रकार सम्मेलन मार्फत मञ्चले जानकारी गराएको हो ।यसअघि भदौ २९ गते अवार्डको २२औँ संस्करण आयोजना गर्ने तयारी पूरा भए पनि भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण सिर्जित विषम परिस्थितिले कार्यक्रम स्थगित गर्नुपरेको थियो ।आन्दोलनका क्रममा पहिल्यै तय गरिएको पोखरा इभेन्ट सेन्टर पूर्ण रूपमा क्षतिग्रस
काठमाडौं— गत भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनको स्मृति झल्काउने तस्विर एवम चित्रकलाहरु संघीय संसद् भवन अगाडि प्रदर्शनी गरिएको छ ।वीरगति प्राप्त गरेका जेनजी शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै फोटो प्रदर्शनी गरिएको हो ।सोही क्रममा कार्यक्रम आयोजक समितिका सदस्य आयुष बस्यालले राज्य संयन्त्रले जेनजी र जनताको आवाजहरु दबाउने प्रयास गरेको भन्दै त्यसको लागि यो प्रदर्शन गरिरहेको बताए ।उनले भने, ‘राज्य संयन्त्रले हाम्रो आवाजहरु दबाउने प्रयास गर्नुभयो । त्यसको लागि यो प्रदर्शन गरिरहेका हौं । त्यो पद नै कस्तो हो कस्तो त्यहाँ पुगेपछि सबै एउटै हुने ।’यस्तै, प्रदर्शनीमा सहभागी अमूल्य आचार्यले
काठमाडौं— प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूको बन्द सूची संकलन प्रक्रिया आजदेखि सुरु हुँदैछ ।निर्वाचन आयोगले कार्यतालिका अनुसार सबै प्राविधिक तथा प्रशासनिक तयारी पूरा भएको जनाएको छ ।आयोगका अनुसार आज आइतबार र भोलि सोमबार दर्ता भएका राजनीतिक दलहरूले मात्र समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची आयोगमा बुझाउन पाउनेछन् । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बन्द सूची पेसदेखि अन्तिम प्रकाशनसम्मको सम्पूर्ण प्रक्रिया समयसीमा भित्रै सम्पन्न गरिने स्पष्ट पारे ।पेस गरिएका बन्द सूचीको पुस १५ देखि २० गतेसम्म छानबिन गरिनेछ । छानबिनका क्रममा कानुनअनुसार समावेश
काठमाडौं— सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक निर्वाचनतर्फ अघि बढेको बताएका छन् ।आइतबार कास्कीको पोखरामा आयोजित ‘आमसंचारलाई व्यावसायिक बनाउन यस क्षेत्रमा विकसित अवधारणा’ सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रमको उद्घाटन गर्दै उनले शनिबार प्रधानमन्त्रीसँग भएको प्रमुख तीन दलका शीर्ष नेताहरूबीचको छलफलमा निर्वाचनमा जाने सहमति भएको बताए ।उनले भने,‘पछिल्लो हप्ता सरकारले राजनीतिक दल, जेनजी प्रतिनिधि र सरोकार भएका पक्षहरूसँग सघन छलफल गरेको छ, मुख्य राजनीतिक दलका कार्यालय र शीर्ष नेताका निवासमै पुगेर सरकारले वार्ता गरेको छ । सबै राजनीतिक दलहरू निर्वाचनको तयारीम
काठमाडौं— पछिल्लो समय नेपालको राजनीतिक वृत्तमा तीव्र हलचल देखिएको छ । गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि नेपाली राजनीतिले अपेक्षाभन्दा फरक मोड लिएको छ ।कांग्रेस–एमाले गठबन्धनमा बनेको सरकार अल्पकालमै पतन भयो र त्यसपछि शुसीला कार्कीको नेतृत्वमा जेन–जी सरकार गठन भयो । सरकार बने पनि राजनीतिक अस्थिरता भने कायमै देखिएको छ । यसैबीच नयाँ र पुराना दलहरूबीच नयाँ समीकरणहरू बन्न थालेका छन् । नयाँ दलहरू आपसी सहकार्यतर्फ उन्मुख देखिएका छन् भने पुराना दलहरू पनि पुनः एकताबद्ध हुने प्रयासमा छन् ।यही क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन श
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तोसिमा कार्कीले अब मुलुक नयाँ दिशामा अघि बढ्ने बताएकी छन् ।काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बिच बृहत् एकताको सहमति भएपछि सामाजिक सञ्जालमार्फत उनले अब क्रमश पूरा देश नै घण्टीमय हुँदै जाने र देशले काँचुली फेर्ने धारणा व्यक्त गरेकी छन् ।उनले फेरी सम्पूर्ण राष्ट्रप्रेमी नागरिक तथा वैकल्पिक शक्तिहरुलाई घण्टीमा गोलबद्द हुन आवहान गर्दै अब शान्त भद्र ‘निलो क्रान्ति’ मार्फत समुन्नत समृद्द नेपाल निर्माण गर्नुपर्ने बताईन् ।उनले लेखेकिछन्, ‘अब क्रमश पुरा देश नै घण्टीमय हुँदै जानेछ । देशले काँचुली फेर्नेछ ।
काठमाडौं— कारोबारको पहिलो दिन सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज छापावाल सुनको मूल्य तोलामा २ लाख ७० हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।अघिल्लो हप्ताको शुक्रबार छापावाल सुन तोलामा २ लाख ६९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने आज सुनको मूल्य १ हजार ३ सयले बढेर २ लाख ७० हजार ६०० कायम भएको हो ।सुनको मूल्य २ लाख ७० हजार नाघ्दा चाँदीको मूल्य समेत बढेर ४ हजार ८३५ रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार चाँदीको मूल्य ४ हजार ५६५ रुपैयाँ थियो ।
काठमाडौं— नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले नेपाली कला र कलाकारहरुको इतिहासलाई जोगाउनको लागि विभिन्न पुस्तकहरु प्रकाशन गरिरहेको छ ।प्रतिष्ठानले पश्चिमी कला, नेपाली कला, नेपाली चित्रकला, नेपाली मूर्तिकला, नेपाली हस्तकला तथा लोककलाको विषयमा विभिन्न पुस्तकहरु प्रकाशन गरेर कला संरक्षणमा पनि भूमिका निर्वाह गरिरहेको छ ।सम्बन्धित विभागले लेखकहरुलाई शोधवृत्ति प्रदान गर्दै आइरहेको छ भने त्यस अनुरुप कला इतिहासकार तथा कला समीक्षकहरुले आफ्ना विषयहरुमा अध्ययन र अनुसन्धान गरी पुस्तक तयार गर्छन् जसलाई प्रतिष्ठानले प्रकाशित गर्दछ । प्रतिष्ठानले कला विषयक जर्नल र म्यागजिनहरु पनि प्रकाशन गर्दै आइरहेको छ
काठमाडौं— नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राजनीतिमा बाह्य चुनौति थपिएको बताएका छन् ।उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहबीच आगामी निर्वाचनमा सहकार्य गर्ने सहमति भएसँगै राजनीतिमा बाह्य चुनौति थपिएको बताए । सामाजिक सञ्जालमा लेख्दै उपमहासचिव भट्टराईले जतिसुकै चुनौति बढेपनि भागेर होइन सामना गरेर अघि बढ्ने दृढता व्यक्त गरे ।यस्ता चुनौतिलाई सामना गर्न आन्तरिक एकता बलियो बनाउनुपर्ने भट्टराईको भनाइ छ । उनले राष्ट्र र पार्टीका एजेण्डा बोक्न सबैलाई आग्रह पनि गरेका छन् । कार्यशैली सुधार गरेर विगतका कमीकमजोरी सच्याउदै अघि बढ्न उनले सबैलाई आ
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.