समाज

    Showing 6,451-6,460 of 11,065 items.
  • वन्यजन्तुको स्वास्थ्य जाँचका लागि बर्दियामा हात्ती उपचार शिविर आयोजना

    बर्दिया— बर्दियामा हात्ती उपचार शिविर सञ्चालन गरिएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषमा रहेका घरपालुवा हात्तीको उपचारका लागि शिविरको आयोजना गरिएको हो । हरेक बर्ष गरिने शिविरमा बर्दिया राष्ट्रिय निकुञ्जका १३ ओटा र राष्ट्रिय प्रकृति संरक्षण कोषको एक गरि १४ हात्तीलाई उपचार गरिदै छ । उपचारका लागि अमेरिकाका केएसिफका १० जना विदेशी चिकित्सक, नेपाली चिकित्सक र प्राविधिक टोलीहरू खटिएका छन् । शिविरमा हात्तीको नङ् काट्ने, खोप लगाउने, रगतको नमुना संकलन गरि विभिन्न रोगहरू पत्ता लगाउने राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका भेटेनरी डाक्टर किरण रिजालले बताए  । 

    • प्रकाशित मितिः कार्तिक १९, २०८२
    • 642 पटक पढिएको
  • पछिल्लो राजनीतिक घटनाक्रमले नागरिकहरुको मनोविज्ञान हल्लिएको छः महामन्त्री कुन्ती शाही

    काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टीकी महामन्त्री कुन्ती कुमारी शाहीले नेपाली राजनीतिक दल र नेताहरूको चरित्रप्रति गम्भीर प्रश्न उठाउँदै वर्तमान राजनीतिक अवस्था ‘अत्यन्त जटिल र अविश्वासपूर्ण’ बनेको टिप्पणी गरेकी छन् ।राष्ट्रिय एकताको लागि नागरिक पहलद्वारा आयोजित ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’ अन्तर्गत ‘बदलिँदो राजनीतिः सच्चिदै कि सक्किदै दल ?’ विषयमा आयोजित दोस्रो प्यानल छलफलमा बोल्दै शाहीले पछिल्लो दुई महिनाको राजनीतिक घटनाक्रमले नागरिकहरुको मनोविज्ञान नै हल्लिएको बताइन् ।उनले भनिन्, ‘दुई महिनाभित्र पनि एउटा दलको जिम्मेवारी व्यक्ति मात्र होइन, हरेक नेपालीको मन र मस्तिष्क नै उथलपुथल भएको छ ।

    • प्रकाशित मितिः कार्तिक १९, २०८२
    • 588 पटक पढिएको
  • काभ्रेको मण्डनदेउपुरमा टिपर दुर्घटना, चालक किसिम राईको जलेर मृत्यु

    रामेछाप— काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ कोदारी सडकखण्डमा आज बिहान भएको टिपर दुर्घटनामा चालक किसिम राईको जलेर मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन् ।प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार बा ५ ख ४०७२ नम्बरको टिपर सडकबाट करिब १५० मिटर तल भिरमा खस्दा आगलागी भएको थियो । आगोले पुरै टिपर जले पछि चालक मण्डनदेउपुर नगरपालिका–७ झगारपुरका २८ वर्षीय किसिम राईको घटनास्थलमै मृत्यु भएको हो । टिपरका सहचालक सोही स्थानका २२ वर्षीय बिक्रम राई गम्भीर घाइते भएका छन् । शरीरका विभिन्न भागमा डढेका बिक्रमलाई स्थानीयले उद्धार गरी तत्काल धुलिखेल अस्पताल पु¥याएका थिए । प्रारम्भिक उ

    • प्रकाशित मितिः कार्तिक १९, २०८२
    • 590 पटक पढिएको
  • राजनितीक दलहरु व्यक्तिमुखी नभई प्रणालीमुखी सुधारतर्फ जानुपर्छः उपमहासचिव ज्ञवाली

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले दलहरूले व्यक्तिमुखी भन्दा प्रणालीमुखी सुधारतर्फ ध्यान दिनुपर्ने बताएका छन् ।राष्ट्रिय एकताको लागि नागरिक पहलद्वारा आयोजित ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’ अन्तर्गत ‘बदलिँदो राजनीतिः सच्चिँदै कि सक्किँदै दल ?’ शीर्षकमा आयोजित दोस्रो प्यानल छलफलमा बोल्दै उनले हालको राजनीतिक परिवेशमा प्रणाली सुदृढीकरण नै दीर्घकालीन समाधान हुने धारणा राखे ।उपमहासचिव ज्ञवालीले भदौ २३ र २४ गते सुशासन र भ्रष्टाचार नियन्त्रणको मागसहित सडकमा उत्रिएका युवाहरूको आन्दोलनलाई जनताको असन्तुष्टिको संकेतका रूपमा लिनुपर्ने बताए । उनले भने, ‘त्यो आन्दोलनले दे

    • प्रकाशित मितिः कार्तिक १९, २०८२
    • 170 पटक पढिएको
  • ओरालो लागेकाहरुको एकतामा निकास छैनः घनश्याम भुषाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले ओरालो लागेकाहरूको एकताले निकास दिन नसक्ने बताएका छन् ।बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कमजोर र ओरालो लागेकाहरूको एकताले उकालो लागिन्छ भन्ने भाष्य बनाउन खोजिएको बताउँदै यसले निकास दिन नसक्ने निष्कर्ष बताए । नेकपा एकीकृत समाजवादी पार्टीले पछिल्लोपटक पार्टीले नेकपा माओवादी केन्द्र सँग पार्टी एकता गर्न लागेको प्रति आपत्ति जनाउँदै उनले एमाले विभाजन गरेर एकीकृत समाजवादी बनाउँदा समाजवादको जिम्मेवारी आफूहरूले लिएको जिम्माको स्मरण गर्दै अहिले त्यो उद्देश्य कहाँ पुग्यो भन्दै प्रश्न गरे ।‘संकटमोचन गर्ने फर्मुला जुन तयार

    • प्रकाशित मितिः कार्तिक १९, २०८२
    • 196 पटक पढिएको
  • जेनजी विद्रोहले लोकतान्त्रिक प्रणाली माथि प्रश्न उठाएको छ : नेतृ झाक्रि

    काठमाडौँ । नेकपा एसकी नेतृ राम कुमारी झाँक्रीले  जेनजी विद्रोहले  लोकतान्त्रिक प्रणाली माथि प्रश्न उठाएको बताएकी छिन् ।बुधबार काठमाडौं मा आयोजित पत्रकार सम्मेलनमा बोल्दै झाक्रीले २३ र २४ गतेको विद्रोहबाट पार्टीहरु सचेत हुन आश्यक रहेको भन्दै उक्त विद्रोहले   लोकतान्त्रिक प्रणली माथि प्रश्न उठाएको बताएकी छिन् । ‘जेनजी विद्रोहले हाम्रो लोकतान्त्रिक प्रणाली माथि प्रश्न उठाएको छ । भदौ २३ र २४ गतेको विद्रोहले हामि सबैलाई सचेत बनाएको छ । २३ र २४ गतेको विद्रोह पछि हामीले पार्टीलाई बदलन खोजेकै हो । गलत स्वार्थ भएका पार्टीलाई एकता गर्दा लोकतन्त्र मासिन्छ कि भन्ने डर हामी सबैलाई

    • प्रकाशित मितिः कार्तिक १९, २०८२
    • 162 पटक पढिएको
  • जेनजी विद्रोह वर्षौंदेखि चलेको कुशासनको परिणाम होः गणेश कार्की

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय समिति सदस्य गणेश कार्कीले भदौ २३ र २४ गतेको घटना बर्षौदेखि चलि आएको कुशासनको नतिजा भएको बताएका छन् । बुधबार राष्ट्रिय एकताको लागि नागरिक पहलको आयोजनामा भएको राष्ट्रहित सर्वोपरि सम्मेलन २०८२ मा जेनजी विद्रोहको जरो विषयक बहसमा उनले कुशासन र सत्तामा बस्ने सिन्डिकेटले बनिरहेको एउटा बारुदलाई नेपो बेबी र सामाजिक सञ्जाल बन्दले झिल्को दिने काम गरेको भन्दै यो विद्रोह वर्षौदेखि भएको कुशासनको नतिजा भएको बताए । उनले भने, ‘यो सबै घटना कुशासनले भएको हो । यदि सुशासन हुने हो भने यो केही पनि हुने थिएन् । त्यसकारण यो घटनाको पछाडी को छ भनेर खोजि रहनु भन

    • प्रकाशित मितिः कार्तिक १९, २०८२
    • 217 पटक पढिएको
  • राष्ट्रिय गौरवको बूढीगण्डकी आयोजनाः लगानी संरचना तत्काल तय गर्ने तयारी

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले राष्ट्रिय गौरवको १,२०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजनाको लगानी मोडालिटी तत्काल टुङ्ग्याउनुपर्ने बताएका छन् ।उनले आयोजना प्रगतिका विषयमा ऊर्जा मन्त्रालयका सचिव चिरञ्जीवी चटौत र बूढीगण्डकी कम्पनी लिमिटेडका पदाधिकारीसँग छलफल गर्दै कम्पनी व्यवस्थापनलाई वित्तीय विश्लेषणमार्फत मोडालिटी छिट्टै तय गरी पेश गर्न आग्रह गरेका छन् ।मन्त्री घिसिङका अनुसार, जग्गा अधिग्रहण, वन क्षेत्रको प्रयोग, रुख कटानको क्षतिपूर्ति, भन्सार तथा मूल्यवृद्धि करमा छुट र पेट्रोलियम आयात करको केही रकम आयोजनामा प्रयो

    • प्रकाशित मितिः कार्तिक १९, २०८२
    • 180 पटक पढिएको
  • पासाङ शेर्पालाई संरक्षण गरेको आरोपमा एमाले नेतृत्वको आलोचना

    काठमाडौं— नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पामाथि बहुविवाह, मानव तस्करी, ठगी र चेक बाउन्सजस्ता गम्भीर आपराधिक मुद्दा विचाराधीन अवस्थामा रहेका छन् । अदालतले बहुविवाह प्रकरणमा उनलाई एक वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवानाको सजाय सुनाइसके पनि उनले अझैसम्म सजाय भुक्तान गरेका छैनन् ।यस्ता गम्भीर कानुनी मुद्दा खेपिरहेका फरार अभियुक्तलाई पार्टीको उच्च बैठकमा सहभागी गराएर अध्यक्ष केपी शर्मा ओलीले संरक्षण गरेको आरोप लाग्दैछ । प्रहरी र अदालतमा चलिरहेका मुद्दा र सार्वजनिक उजुरीका बीच पनि शेर्पालाई पार्टीभित्र सशक्त भूमिकामा राखिनु एमालेको नैतिकता, अनुशासन र जिम्मेवारीमाथि गम्भीर प्रश्न बनेको बताइए

    • प्रकाशित मितिः कार्तिक १९, २०८२
    • 513 पटक पढिएको
  • बारम्बार आन्दोलन र संक्रमणकालीन अवस्था मुलुकको स्थिरतामा बाधक : पूर्वप्रधान न्यायाधीश श्रेष्ठ

    काठमाडौं । पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठले मुलुकमा सधैंभरी आन्दोलन भइरहँदा संक्रमणकालीन अवस्थाबाट गुज्रिनु पर्ने बताएका छन् ।बुधबार ललितपुरमा राष्ट्रय एकताको लागि नागरिक पहलको आयोजनामा आयोजित राष्ट्रहित सर्वोपरि कन्क्लेभ २०८२ कार्यक्रममा बोल्दै उनले आन्दोलनबाट व्यवस्था परिवर्तन भएपनि जनताको अवस्थाहरुमा परिवर्तन हुन नसक्दा सधै्रभर आन्दोलन हुने र त्यसले संक्रमण निम्ताउने बताएका हुन् ।उनले संक्रमणकालीन अवस्थाले मुलुकमा अस्थिरता ल्याउन बताउदै भने, ‘नेपालमा आन्दोलनहरु धेरै भएका छन् विभिन्न कालखण्डमा लगभग १०÷१० वर्षमा केही न केही गरिरहन्छौं । आन्दोलनहरु हुने, व्यवस्थाहरु परिवर्तन हुने र परिस्

    • प्रकाशित मितिः कार्तिक १९, २०८२
    • 278 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.