समाज

    Showing 6,471-6,480 of 9,984 items.
  • जेनजी आन्दोलनपछि माओवादी भित्र नेतृत्व संकट, जनार्दनले मागे प्रचण्डको राजीनामा

    काठमाडौं— नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को राजीनामा माग गरेका छन्। जेनजी आन्दोलनले परम्परागत नेतृत्वप्रति गम्भीर प्रश्न उठाएको भन्दै शर्माले नेतृत्व हस्तान्तरणको माग गरेका हुन्।उनका अनुसार आन्दोलनले थिग्रिएको राजनीतिक प्रणाली, नेतातन्त्र र दलाली संस्कृतिको विरोध गर्दै नयाँ नेतृत्वको खोजी गरेको छ। शर्माले यस विषयमा पार्टी पंक्तिमा छलफल थालेका छन्।जुलुसका क्रममा भदौ २३ गते हिंसा भड्किएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए। त्यसपछि राष्ट्रपति र अन्य शीर्ष नेताहरूलाई सुरक्षाका लागि सेनाको सहायतामा सुरक्षित स्था

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 753 पटक पढिएको
  • मन्त्री घिसिङ भन्छन जेनजी शहिदको सपना साकार पार्न सरकार प्रतिबद्ध छ

    काठमाडौं— उर्जा, जसस्रोत तथा सिंचाई, यातायात तथा भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनमा ज्यान गुमाएका शहिदहरुको सपना पूरा गर्ने तर्फ सरकारको ध्यान गएको बताएका छन् । मंगलबार पशुपतिमा शहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले शहिदहरुको बलिदानले देशलाई निकास दिन्छ भन्ने सबैको विश्वास रहेको भन्दै त्यसलाई साकार पार्न अग्रसर रहेको बताए । उनले भने, ‘हाम्रा जेनजी युवा पुस्ताका भाईहरुले सुरु गरेको आन्दोलनले एउटा ठूलो परिवर्तन ल्याएको छ । उहाँहरुले देशको लागि धेरै ठूलो योगदान दिनु भएको छ । उहाँको बलिदानले देशलाई निकास दिन्छ भन्ने सबैको विश्वास छ । त्यसलाई हामीले स

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 684 पटक पढिएको
  • जेनजी आन्दोलनमा क्षतिग्रस्त सञ्चारगृहहरूको पत्रकार महासङ्घद्वारा अनुगमन

    काठमाडौं—  जेनजी आन्दोलनका क्रममा विभिन्न सञ्चारगृहहरूमा भएको क्षतिको नेपाल पत्रकार महासङ्घले स्थलगत अनुगमन गरेको छ।महासङ्घका अध्यक्ष निर्मला शर्मासहितको टोलीले सोमबार राजधानीका प्रमुख सञ्चारगृहहरूको निरीक्षण गरेको हो। आन्दोलनका क्रममा कान्तिपुर टेलिभिजन, कान्तिपुर पब्लिकेसन, अन्नपूर्ण पोस्ट, थाहा सञ्जाल, कान्तिपुर एफएम लगायतका सञ्चार संस्थाहरूमा तोडफोड र आगजनी भएको थियो। केही सञ्चारगृहहरू अझै पनि प्रतीकात्मक संरचना मार्फत सेवा सञ्चालन गरिरहेका छन्।अनुगमनपछि पत्रकार महासङ्घले विज्ञप्ति जारी गर्दै भौतिक संरचनामा ठूलो क्षति पुगे पनि पत्रकारहरूले आफ्नो पेशागत दायित्व निर्वाह गर्दै लोकतन्त्रक

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 627 पटक पढिएको
  • पर्वत कारागारबाट कैदी भगाउन सहयोग गर्ने १४ जना पक्राउ

    काठमाडौं— पर्वत जिल्ला कारागारबाट कैदी र थुनुवा भगाउन मद्दत गरेको अभियोगमा एक महिला सहित १४ जनालाई प्रहरीले पक्राउ गरेको छ। देशमा जारी असामान्य अवस्थाको फाइदा उठाउँदै हुलहुज्जतको बीचमा कैदी भगाएको आरोपमा शनिबार उनीहरूलाई नियन्त्रणमा लिइएको हो।जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार कुश्मा नगरपालिकाबाट १२ जना, विहादी गाउँपालिकाबाट १ जना र चितवनबाट १ जना गरी कुल १४ जनालाई पक्राउ गरिएको हो। उनीहरूविरुद्ध कारागार ऐन, २०७९ अन्तर्गत अनुसन्धान सुरु गरिएको प्रहरी स्रोतले जनाएको छ।प्रहरीका अनुसार केही पक्राउ परेकाविरुद्ध सार्वजनिक सम्पत्तिमा तोडफोड गरेको आरोपसमेत छ।यसअघि भदौ २५ गते राति पर्वत कारागारबाट

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 648 पटक पढिएको
  • लुटपाटमा परेका सामान नओसार्न ट्रक व्यवसायी महासंघको आग्रह

    काठमाडौं— नेपाल ट्रक यातायात व्यवसायी महासंघले जेनजी आन्दोलनका क्रममा लुटपाट तथा चोरी भएका सामग्रीको ढुवानी नगर्न आफ्ना सदस्य व्यवसायीहरूलाई आग्रह गरेको छ।महासंघका महासचिव राजेन्द्रविक्रम बानियाँद्वारा सोमबार जारी सूचनामा भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा विभिन्न पसल, गोदाम तथा सरकारी कार्यालयहरूमा भएको आगजनी र तोडफोडसँगै चोरी भएका सामान अवैध रूपमा ट्रकमार्फत ओसारपसार हुने आशंका व्यक्त गरिएको छ।'उक्त सामग्रीमा हतियार, इलेक्ट्रोनिक्स तथा अन्य महत्त्वपूर्ण उपकरणहरू पर्न सक्ने भएकाले यस्ता वस्तुहरूको ढुवानी गैरकानुनी कार्यमा गनिन्छ,' महासंघले जनाएको छ।महासंघले आफ्ना सबै सदस्य संघ–संस्थालाई सजग र

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 586 पटक पढिएको
  • अग्रिम टिकट बुकिङ प्रक्रिया सुरु भइसकेको छ : अध्यक्ष स्वाँर

    काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष बिजय बहादुर स्वाँरले चाडपर्व लक्षित गर्दै सार्वजनिक यातायातहरुले अग्रिम तीन दिनको टिकट बुकिङ सुरु भएको जानकारी दिएका छन् । मंगलबार यातायात विभागसँगको छलफलका क्रममा बोल्दै उनले अनिवार्य टिकट हुनुपर्ने र त्यसको लागि अहिले तीन दिनको टिकट बुकिङ सुरु भइसकेको बताएका छन् । ‘यसपाली छुट्टै अग्रिम खुल्यो भनेर भन्न पर्दैन । त्यसको लागि मिति तोक्नुपर्दैन । अग्रिम सुरु भइसकेको छ । अहिले गएर हेर्नुभयो भने दुईतीन दिनको टिकट दिइरहनु भएको छ । ट्राफिक प्रहरीको सहायक निरीक्षक नमराज अधिकारीसँग गएर कम्तिमा तीन दिनको लागि लिन थाल्यौं पनि भनेका छ

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 344 पटक पढिएको
  • सिराहामा ३७ वटा भौतिक संरचनामा क्षति

    सिरहा । जेनजी आन्दोलनको क्रममा सिराहा जिल्लामा १२ स्थानीय तहको कार्यालयसहित कम्तीमा ३७ वटा भौतिक संरचनामा क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयद्वारा सङ्कलन गरिएको प्रारम्भिक विवरणअनुसार सरकारी र निजी दुवै सम्पत्तिमा पूर्ण, आंशिक र सामान्य क्षति भएको छ ।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्र कुमार पासवानका अनुसार, प्रदर्शनको क्रममा सातवटा वडा कार्यालयमा तोडफोड तथा आगजनी गरिएको छ । आन्दोलनकारीले जिल्ला अदालत, नापी कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय, आन्तरिक राजस्व कार्यालय लहान, डिभिजन वन कार्यालय लहान, यातायात व्यवस्था विभाग लहान, नेपाल खाद्य संस्थान लहान लगायतका कार्यालयमा तोडफोड

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 455 पटक पढिएको
  • ब्याजदरमा सामान्य गिरावट, निक्षेप र कर्जामा पनि कमी

    काठमाडौं— चालु आर्थिक वर्ष २०८२/८३ को साउन महिनासम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट देखिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तिय स्थिति सम्बन्धी प्रतिबेदनले ब्याजदर घटेको देखाएको हो ।उक्त प्रतिबेदन अनुसार अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर गत वर्ष साउनमा २.९९ प्रतिशत रहेकोमा यो वर्षको साउनमा २.७५ प्रतिशतमा झरेको पाइएको छ । त्यस्तै, ९१ दिने ट्रेजरी बिलको ब्याजदर पनि २.९४ प्रतिशतबाट घटेर २.६५ प्रतिशतमा पुगेको छ ।विभिन्न बैंकहरूको आधारदरमा पनि उल्लेख्य कमी आएको छ । २०८२ साउनमा वाणिज्य बैंकहरूको औसत आधारदर ५.७८ प्रतिशत, वि

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 640 पटक पढिएको
  • गृहमन्त्री अर्यालद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयको अनुगमन

    काठमाडौं । गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखानाको अनुगमन गरेका छन् । गत भाद्र २३–२४ गते भएको जेनजीहरुको आन्दोलनमा सहभागी प्रदर्शनकारीहरुले बग्गीखानामा तोडफोड सहित आगजनी गरेका थिए । आज मंगलबार मन्त्री अर्यालले आगजनीपछि कार्यालयको अनुगमन गरेका हुन् ।अवलोकन पछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले देशलाई नष्ट पार्ने काम कसैले पनि गर्न नहुने भन्दै निजी तथा सार्वजनिक सम्पति जलाएर गलत काम भएको बताए । त्यस्तै उनले सबै स्टेकहोल्डरहरुको कुरा आएपछि ट्राफिक प्रहरी कार्यालयमा पुननिर्माणको काम अगाडि बढाउने पनि जानकारी दिए । उनले भने,‘हामी

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 424 पटक पढिएको
  • कर्णालीमा दशैंको चहलपहल: १८ स्थानमा सुपथ मूल्य पसल, थप २४ स्थानमा सुरु गरिने

    सुर्खेत— चाडपर्वलाई लक्षित गर्दै कर्णाालीका विभिन्न १८ वटा स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको जिल्ला शाखा र डिपोहरुमा सस्तो पसल सञ्चालन गरिएको हो । सोमबारदेखि कर्णालीका सल्यान बाहेक नौ जिल्लाका १८ वटा स्थानबाट सुपथ मुल्यमा पसल सञ्चालनमा ल्याइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालयका प्रमूख केशवराज बुढाले बताए । कर्णालीका कालिकोट, मुगु, डोल्पा र जाजरकोटका तीन/तीन स्थानमा, हुम्ला २ स्थानमा र दैलेख, जुम्ला रुकुमपश्चिम र सुर्खेत जिल्लामा एक/एक स्थानमा सुपथ मुल्य पसल सञ्चालनमा ल्याइएको कार्यालय प्रमूख बुढाले ज

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 679 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.