समाज

    Showing 6,671-6,680 of 6,821 items.
  • नाली खन्दा बम फेला पर्यो

    टीकापुर / कैलालीको टीकापुर नगरपालिका–१ मुनुवा रोडको खाद्य गोदाम नजिक आइतबार बम फेला परेको छ । बाटोको किनारमा जेसिबीले नाली खन्ने क्रममा खाद्य गोदाम नजिकै बम फेला परेको हो । त्यहाँ फेला परेको बम नै भएकाले र निस्क्रिय पार्नका लागि नेपाली सेनाको गोराँगे ब्यारेकलाई खबर गरिसकिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।फेला परेको बम सशस्त्र द्वन्द्वका बेला राखिएको हुनसक्ने आशङ्का गरिएको छ । प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिइसकेको छ । आज बिहान सेनाको बम डिस्पोजल टोली टीकापुर आउन थालेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बमले जानकारी दिएका छन् । 

    • प्रकाशित मितिः चैत ९, २०७७
    • 69 पटक पढिएको
  • ब्राउन सुगरसहित चार पक्राउ

    बिर्तामोड / ठुलो परिमाण्मा लागुऔषध सहित झापाको  बिर्तामोडबाट  प्रहरीले चारजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाले आइतबार बिर्तामोड ३ को  भद्रपुर सडक क्षेत्रबाट चार जनालाई ब्राउन सुगर र अन्य लागुऔषध सहित पक्राउ गरिएको जनाएको छ ।झापा प्रहरीले लागुऔषध विरुद्द चलाएको अप्रेशनका क्रममा लगातार केहि दिन यता लागुऔषध ओसारपसारमा संलग्नलाई पक्राउ गरिरहेको छ । लागुऔषध ओसारपसारमा संलग्न रहेको आशंकामा चेकजाँचको क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।पक्राउ पर्नेमा झापाको  का बस्ने ३५ वर्षीय पञ्चानन्द राजवंशी,  कचनकवल ६ कै ५० वर्षीय हेमनारायण राजवंशी, उर्लाबारी

    • प्रकाशित मितिः चैत ९, २०७७
    • 86 पटक पढिएको
  • सवारी ज्यान मुद्दामा फरार चालक १८ वर्षपछि पक्राउ

    कैलाली  / कैलालीमा सवारी ज्यान मुद्दामा फरार एक ट्र्याक्टर चालकलाई १८ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका–६ लोखरीका उमेश भन्ने उपेन्द्र स्वार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले जानकारी दिएका हुन्।प्रहरी निरीक्षक थापाका अनुसार २०५९÷११÷३० गते स्वारले चलाएको से१त ११४१ नंको ट्र्याक्टरबाट सोही ठाउँका धनिराम डगौराको च्यापिन गई मृत्यु भएको र निज चालक भागी फरार रहेका थिए । खोज तलास गर्ने क्रममा निज चालकलाई इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले जोशीपुर गाउँपालिका–६ लोखरी गाउँमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी थप अनुसन्

    • प्रकाशित मितिः चैत ९, २०७७
    • 75 पटक पढिएको
  • फोहोरमा डुब्यो भद्रपुर (भिडियो सहित)

    बिर्तामोड / भद्रपुर नगरपालिकाको फोहोरमैला व्यावस्थापनको माग गरेको स्थानियले एक दशक भयो । तर फोहोरमैला व्यवस्थापनकार्य भने जिउँकातिउँ छ ।तत्कालिन समयमा फोहोरमैलाको उचित व्यवस्थापनको माग गर्दै आएका हाल भद्रपुरनगरपालिकाका मेयर जिवन कुमार श्रेष्ठ र ल्यान्डफिलड साइडको जग्गा खरिद गर्ने समितिमा रहेकी चन्द्रकला श्रेष्ठ अहिले नगरपालिकाकी उपप्रमुख रहेकी छिन् ।गुप्तचर खबरले यो बिषयमा तयार पारेको हेरौँ विशेष रिर्पोट             

    • प्रकाशित मितिः चैत ८, २०७७
    • 73 पटक पढिएको
  • किसानलाई पावर टिलर हस्तान्तरण

    कञ्चनपुर  / कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाका किसानलाई खेत जोत्न प्रयोग हुने पावर टिलर हस्तान्तरण गरिएको छ । प्रधानमन्त्री आधुनिकिकरण परियोजनाअन्र्तगत सञ्चालित गहुँ ब्लकमा आवद्ध किसानलाई कृषि औजार तथा उपकरण हस्तान्तरण गरिएको हो ।

    • प्रकाशित मितिः चैत ८, २०७७
    • 87 पटक पढिएको
  • बिक्रीका लागि माछाको सुकुटी बनाइँदै

    दुल्लू / आठविस नगरपालिकाले कर्णाली नदीमा साना माछा मार्न रोक लगाए पनि साना माछा  मारेर  बिक्रीका लागि सुकुटी बनाइँदै । कर्णालीमा साना माछा मार्दा माछा नै लोप हुने अवस्था आएपछि विसं २०७६ चैत १ गतेदेखि कालिकोटसँग सिमाना जोडिएको दही खोलादेखि रामाघाटसम्म साना माछा मार्न नगरपालिकाले रोक लगाएको थियो  । वेला वेलामा सम्बन्धी निकायको ध्यान नपुग्दा यहाँ साना माछा मार्ने कार्य जारी रहेको छ ।

    • प्रकाशित मितिः चैत ८, २०७७
    • 94 पटक पढिएको
  • लागुऔषध सहित १ पक्राउ

    बिर्तामोड / झापामा ब्राउनसुगर सहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका–३ का २६ बर्षीय सुवास लिम्बु रहेका छन् । उनलाई शनिवार दिउँसो, ईलाका प्रहरी कार्यालय बुधवारेबाट खटिएको प्रहरी टोलीले ५ ग्राम  ब्राउनसुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका लिम्बुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  प्रदेश नं. १ प्रहरी कार्यालय बिराटनगरले जनाएको  छ ।

    • प्रकाशित मितिः चैत ८, २०७७
    • 85 पटक पढिएको
  • छोरीको जन्मसँगै वियोगको वातावरणको अन्त्य हुनु आवश्यक छ, : उपसभामुख

    जनकपुरधाम / प्रदेश नं २ का उपसभामुख उपमा देवले समाजमा महिलालाई कमजोर बुझ्ने पुरानो मानसिकतामा क्रमिकरूपले परिवर्तन हुँदै गएको बताएका छन् । सखी बहिना मैथिलानी समूहद्वारा जनकपुरधाममा आयोजित संस्था दर्ता शुभकामना एवं होली उत्सवमा उपसभामुख देवले परिवारमा छोरीको जन्मसँगै वियोगको वातावरण र दुःखको संसार सम्झिने मनोविज्ञानको अन्त्यको प्रयास हरेक क्षेत्राट हुनु जरूरी रहेको जनाएका छन् । महिलालाई मान, सम्मानले अवसरमा सहभागितासँगै प्रतिभाले कमजोर नभएको प्रमाणित गरेको प्रसङ्ग पनि उनले उल्लेख गरे । प्रदेशसभा सदस्य रामअशीष यादवले सखी बहिना सुरभि भएको चर्चा गर्दै भाषा, संस्कार, सभ्यताको संरक्षणमा सं

    • प्रकाशित मितिः चैत ८, २०७७
    • 86 पटक पढिएको
  • सिङ्गो गाउँकै पुर्जा अरुको नाममा

    नवलपरासी  \ नवलपुरको कावासोती नगरपालिका–४ हसौरा क्षेत्रका स्थानीयवासी आफूले जोतभोग गरेको जग्गाको पुर्जा अर्कैको नाममा हुँदा चिन्तित बनेका छन् । हसौरा, चिलाहा, सालघारी, चिलाहा खोलापारि, स्कूलटोल, बगनासे, कुसनरी, सातबिघा, बीचटोल, ढुङ्गेनीका बासिन्दा पुर्जाविहीन बन्दा समस्यामा परेका छन् । लामो समयदेखि बसोबास गरेको जमिन भूमाफियाले आफ्नो नाममा पुर्जा बनाउँदा यस क्षेत्रका बासिन्दा समस्यामा परेका हुन् ।यहाँको  ७० बिघा जग्गाको करिब २५ जनाले आफ्नो नाममा पुर्जा निकालेका छन् । पुर्जा निकाल्नेहरु काठमाडौँ, धादिङ, पोखरा, वीरगञ्जलगायतका व्यक्ति भएको जनाइएको छ । विसं २०३१ देखि बसोबास गर्दै आएको भए

    • प्रकाशित मितिः चैत ८, २०७७
    • 73 पटक पढिएको
  • जङ्गली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

    चितवन / जङ्गली हात्तीको आक्रमणबाट पश्चिम चितवनमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१३ उजेलीनगर घर भई सोही स्थानको गङ्गानगर भाइको घरमा गएकी ५० वर्षीया तीलमाया भुजेल रहेकी छन् ।इलाका प्रहरी कार्यालय गीतानगरका अनुसार आज बिहान करिब ४ः०० बजेको समयमा जङ्गली हात्तीको आक्रमणबाट भुजेलको घटनास्थलमा नै मृत्यु भएको हो । यस्तै हात्तीले सोही स्थानमा तीनवटा घर पूर्णरूपमा क्षति पुर्याएको कार्यालयले जनाएको छ ।हात्तीको आक्रमणबाट भएको पूर्ण क्षतिको विवरण आइसकेको छैन । हात्तीले घर भत्काउन लागेपछि बाहिर निस्किएर भाग्ने क्रममा उनलाई हात्तीले आक्रमण गरेको हो ।

    • प्रकाशित मितिः चैत ८, २०७७
    • 80 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा