समाज

    Showing 7,141-7,150 of 11,065 items.
  • भरतपुर विमानस्थलमा हवाई यात्रुको चाप बढेपछि बस सेवा सञ्चालनमा

    चितवन— हवाई यात्रुको चाप बढेपछि स्थानीय प्रशासनको पहलमा भरतपुर विमानस्थलबाटै काठमाडौंका लागि बसको व्यवस्था गरिएको छ । विमानस्थलमा टिकट नपाएर अलपत्र परेका यात्रुलाई बसमार्फत् काठमाडौं पठाइएको हो । शनिबार हवाई सेवा अवरुद्ध बनेपछि शनिबारका लागि टिकट लिएका यात्रु र आजका लागि पुनः विमानस्थल पुगेका यात्रुका कारण विमानस्थलमा यात्रुको चाप अत्याधिक बढेको थियो । काठमाडौं जाने सडक मार्ग रोकिएपछि हवाई यात्रुको चाप अत्याधिक बढेको हो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विमानस्थल पुगेर अवस्था हेरेपछि उनले यातायात व्यवसायीसँग आग्रह गरेर विमानस्थलबाटै यात्रु लैजाने व्यवस्था मिलाएको हो । एउटा माइक्र

    • प्रकाशित मितिः असोज १९, २०८२
    • 512 पटक पढिएको
  • इलाममा बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या २८ पुग्यो

    काठमाडौं  । इलामका विभिन्न स्थानमा गएको पहिरोमा परेर हालसम्म २८ जनाको मृत्यु भएको छ । माइजोगमाई गाउँपालिकामात्रै ८ जनाको मृत्यु भएको छ ।सुर्योदय नगरपालिकामामा ५ जना, माङसेवुङ गाउँपालिकामा ३, इलाम नगरपालिका –६ मा ६ जना ,देउमाई नगरपालिकामा २ जना, फाकफोकथुङ गाउँपालिकामा १ जना ,सन्दकपुर गाउँपालिकामा ३ जना गरी जम्मा २८ जनाको मृत्यु भएको हो । कोशी प्रदेशका विभिन्न क्षेत्र जलमग्न भएका छन् । अझै केही दिन वर्षा हुने सम्भावना भएका कारण बाढी, पहिरो र डुबानको समस्या अझ बढ्न सक्ने अनुमान गरिएको छ । 

    • प्रकाशित मितिः असोज १९, २०८२
    • 319 पटक पढिएको
  • बर्षा रोकिएसँगै हेटौँडाको जनजीवन सामान्यतर्फ

    हेटौँडा । वर्षा रोकिएसँगै आज(आइतबार) हेटौँडाको आकाश आंशिक खुलेको छ । विगत केही दिनदेखिको अविरल वर्षापछि आज बिहानदेखि घाम देखिँदा जनजीवन सामान्य बन्दै गएको छ ।सडकमा सवारीसाधनको आवागमन बढेसँगै बजार र गल्लीहरूमा चहलपहल बढेको छ । वर्षाका कारण घरभित्र सीमित रहन बाध्य भएका सर्वसाधारण आज बिहानदेखि दैनिक क्रियाकलापमा फर्किएका छन् । वर्षासँगै प्रभावित भएका सडकहरूमा मर्मत कार्य सुरु हुन थालेको छ भने स्थानीय व्यवसायीले पनि पसलहरू नियमित रूपमा सञ्चालन गर्न थालेका छन् । मौसम विभागका अनुसार आज दिउँसो आंशिक बदली रहने भए पनि हेटौँडामा ठूलो वर्षाको सम्भावना कम रहेको छ ।

    • प्रकाशित मितिः असोज १९, २०८२
    • 340 पटक पढिएको
  • इलाममा बाढीपहिरो : हेलिकप्टर अवतरणमा समस्या

    विराटनगर । इलाममा बाढीपहिरोका कारण घाइतेहरूलाई उद्धारका लागि पठाइएको नेपाली सेनाको हेलिकप्टरले प्रतिकूल मौसमका कारण अवतरण गर्न नसक्दा उद्धार कार्यमा चुनौती थपिएको छ ।माङसेबुङ–१, गजुरमुखीबाट घाइते लिएर धरानस्थित घोपा क्याम्पतर्फ गइरहेको हेलिकप्टर खराब मौसमका कारण अवतरण गर्न असफल भएको हो । विराटनगरको नोबेल अस्पतालमा ल्याण्ड गर्ने प्रयास पनि असफल भएपछि हेलिकप्टरलाई इटहरी फर्काएर सुरक्षित अवतरण गरिएको छ ।हाल इटहरीमै घाइतेहरूको अवस्था स्थिर राखिएको र मौसम सुधार भएपछि पुनः धरानको घोपा क्याम्प लैजाने तयारी भइरहेको बताइएको छ ।नेपाली सेनाको हेलिकप्टरले पहिरो प्रभावित क्षेत्रबाट गर्भवती महिलासहित घ

    • प्रकाशित मितिः असोज १९, २०८२
    • 308 पटक पढिएको
  • दुई दिनमा विपद्‌मा परेर ४० जनाको मृत्यु, ११ जना बेपत्ता

    काठमाडौं— पछिल्लो दुई दिनमा विपद्का घटनामा परी देशभर ४० जनाको मृत्यु भएको छ । बाढीपहिरो, चट्याङ तथा सवारी दुर्घटनामा परी १३ जना घाइते भएका सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।विपद्का घटनामा परी ११ जना बेपत्ता भएका छन् । बाढीपहिरोबाट इलाम जिल्लामा मात्रै २८ जनाको मत्यु र दुई जना गम्भीर घाइते भएको सशस्त्र प्रहरीले जनाएको छ ।इलामको सूर्योदय नगरपालिकामा पाँच, इलाम नगरपालिकामा छ, देउमाई नगरपालिकामा दुई, फाकफोकथुम गाउँपालिकामा एक, माङ्सेबुङ गाउँपालिकामा तीन, माइजोगमाई गाउँपालिकामा आठ र सन्दकपुर गाउँपालिकामा तीन जनाको मृत्यु भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।यसैगरी बाढ

    • प्रकाशित मितिः असोज १९, २०८२
    • 498 पटक पढिएको
  • नौँ दलित परिवारलाई प्रहरीले सुरक्षित स्थानमा सार्यो

    वीरगन्ज । अविरल वर्षाका कारण डुबानको समस्या बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय पर्साले नौं दलित परिवारलाई सुरक्षित स्थानमा सारेको छ । डुबानमा परी व्यक्तिको ज्यान जाने सम्भावना बढ्दै गएपछि वीरगन्ज महानगरपालिकाको वडा नं. १९ का ती परिवारलाई सुरक्षित स्थानतर्फ सारिएको हो ।घरमा पानी पस्न थालेपछि ज्यानमाथि जोखिम बढेपछि गएराति वीरगन्ज महानगरपालिका–१९ मा पर्ने डुम बस्तीबाट ६ परिवारलाई सोही स्थानमा रहेको भुवनेश्वर धर्मशालामा र ३ परिवारका १३ जनालाई वीरगन्जको लालबंगलामा सारिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । उनले वर्षाले जिल्लाका अधिकांश

    • प्रकाशित मितिः असोज १९, २०८२
    • 284 पटक पढिएको
  • एकतर्फी सवारी संचालनको तयारीमा प्रशासन

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सडकमा यात्रुहरुको चापलाई मध्यनजरगरी पहिरो पन्छाई एकतर्फीरुपमा सवारी संचालनको लागि आवश्यक तयारीको कार्य गरिरहेको जानकारी दिएको छ । आइतबार एक सूचना जारी गर्दै कार्यालयले हाल मौसममा क्रमिक सुधार हुँदै गएकाले धादिङ, नुवाकोट र काठमाडौ दक्षिणकाली सडक खण्डका पहिरोहरु पन्छाएर सडक सूचारु गर्ने कार्य द्रुतगतिमा भइरहेको जानकारी दिएको हो । विगत दुई दिनदेखि परेको अविरल वर्षाका कारण काठमाडौंबाट पृथ्वी राजमार्ग हुँदै बाहिरिने सवारी साधनहरु, काठमाडौंबाट नुवाकोटतर्फ जाने सवारी साधनहरु र काठमाडौं दक्षिणकाली हुँदै हेटौडातर्फ जाने सवारी साधनहरुलाई पूर्णरुपम

    • प्रकाशित मितिः असोज १९, २०८२
    • 276 पटक पढिएको
  • इलाम पहिरोः मृत्यु हुनेको संख्या २८ पुग्यो

     इलाम— इलामका विभिन्न ठाउँमा गएको पहिरोमा परेर २५ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरीका अनुसार, इलाम नगरपालिका–६, घोसमा ६ जनाको मृत्यु  भएको हो । त्यसै गरी सूर्योदय नगरपालिकामा पाँच, देउमाई गाउँपालिकाका दुईजना, खापखुकपुङ गाउँपालिकाका एकजना, मान्सेबुङ गाउँपालिकाका तीनजना, माईजोगमाई गाउँपालिकामा आठ जना र सन्दकपुर गाउँपालिका तीन जनाको मृत्यु भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाको भनाइ छ । 

    • प्रकाशित मितिः असोज १९, २०८२
    • 2,285 पटक पढिएको
  • टिकटक बनाउन खोलामा हाम फालेका युवक बेपत्ता

    सिमरा— बाराको प्रसौनी गाउँपालिका–५ स्थित दुधौरा खोलाले शनिबार एक किशोरलाई बगाएर बेपत्ता बनाएको छ।टिकटक भिडियो बनाउने क्रममा १७ वर्र्षीय बिक्की खोलामा हाम फालेपछि बेपत्ता भएका हुन्। जिल्ला प्रहरी कार्यालय, बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितका अनुसार, दुई जना युवक खोलामा हाम फालेका थिए। तीमध्ये एकजनालाई सुरक्षित निकालिएको छ भने विक्की भने बेपत्ता भएका हुन्।घटनापछि खोजी कार्यका लागि प्रहरी टोली घटनास्थल पुगेको छ। उद्धार प्रयास जारी रहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः असोज १९, २०८२
    • 766 पटक पढिएको
  • चट्याङ परेपछि भएको आगलागीबाट काभ्रेको एक घरमा पूर्ण क्षति

    काठमाडौं—  गएराति परेको चट्याङबाट काभ्रेको पनौती नगरपालिका-३ का राजु सापकोटाको घर जलेर क्षति भएको छ । शनिबार राति चट्याङ परेपछि भएको आगलागीमा परी तेलमालेका सापकोटाको घर पूर्ण क्षति भएको हो । वर्षासँगै परेको चट्याङपछिको आगलागीमा परेर घरमा भएका सुन चाँदी, लत्ताकपडा र अन्नपातसहितका सबै सामग्री नष्ट भएको सापकोटाले बताए । २०७२ सालको भूकम्पपछि सापकोटाले ज्याला मजदुरी गरेर बनाएको घर चट्याङपछि आगलागीमा परेको हो । सापकोटाले ज्याला मजदुरी गरेर परिवारको गुजारा गर्दै आएका छन् । उनको परिवारमा श्रीमती, एक छोरा 

    • प्रकाशित मितिः असोज १९, २०८२
    • 763 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.