समाज

    Showing 721-730 of 6,564 items.
  • मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि पोखरा–जोमसोम हवाई सेवा तीन महिनाका लागिस्थगित

    मुस्ताङ—  हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले पोखरा–जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित गरेका छन् ।नियमित उडान भर्दै आएका कम्पनीहरु समिट एयरलाइन्स र तारा एयरलाइन्सले प्रतिकूल मौसम, हिमपातको सम्भावना र पर्यटक अफसिजनका कारण हवाई सेवा स्थगित गरेको नागरिक उड्यन कार्यालय जोमसोमका प्रमुख दीपक पोखरेलले जानकारी दिए ।प्रमुख पोखरेलका अनुसार नियमित हवाई सेवा स्थगित भएपनि चार्टर र आपत्कालीन हेली सेवा नरोकिने बताए । तारा एयरलाइन्स मुस्ताङका स्टेशन इञ्चार्ज सुचन लालचनले कम्पनीले डिसेम्बर ४ देखि मार्च एक सम्म पोखरा–जोमसोम उडान स्थगित गरेको बताए। त्यसैगरी समिट

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 355 पटक पढिएको
  • क्रिसमसको अवसर पारेर फिल्म ‘मुगलान’ प्रदर्शनमा

    काठमाडौं— नेपाली फिल्म ‘मुगलान’ प्रदर्शनमा आएको छ । प्रभात पाल र स्मारिका ढकाल अभिनित फिल्म क्रिसमस–डेको अवसर पारेर बिहीबार रिलिज भएको हो । आशिष ढकालको लेखन तथा निर्देशन रहेको फिल्मले रोजगारी र उज्ज्वल भविष्यको खोजीमा मातृभूमि छाडेर विदेशिने युवाको कथालाई मार्मिक रूपमा प्रस्तुत गरेको छ ।फिल्ममा प्रभात र स्मारिकाका साथमा श्री शिवांशी, दिनेश डिसी, मोती सुवेदी, रामचन्द्र अधिकारी, राजुराज सोनी, रश्मी भट्ट, जीवन गौतम, सविन बाँस्तोलालगायत कलाकारहरूको अभिनय छ । गोमन सिंह निर्माता रहेको ‘मुगलान’ को सह–निर्माता रीता चौधरी हुन् ।नेपालमा नयाँ फिल्म रिलिज शुक्रबार गर्ने परम्परा भएपनि चाडपर्व तथा विशेष समय

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 412 पटक पढिएको
  • शहीद परिवारका सदस्यहरुले दिए सशक्त आन्दोलनमा उत्रिने चेतावनी

    जनकपुर— मधेश प्रदेशमा रहेका शहीद परिवारका सदस्यहरुले सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।बुधबार जनकपुरधाममा पत्रकार सम्मलेन गर्दै मधेशी शहीद प्रतिष्ठानका सदस्यहरुले सरकारले आफूहरुलाई हदै सम्मको बेवास्ता गरेको भन्दै एक हप्ता पछि सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।शहीदको नाममा नेता र मन्त्री बनेकाहरुले संघियता ल्याउन आफ्नो बलिदानी दिएका शहीद र उनीहरुको परिवारका सदस्यहरुलाई झुक्काउन मात्र खोजेको मधेशी शहीद प्रतिष्ठानका सदस्य एवम सहिद चंदिन पटेलका पिता अवदेश पटेलले बताए ।उनले शहीद परिवारका निम्ति बनाइएको मधेशी शहीद प्रतिष्ठानको नाममा १० करोड बजेट बिनियोजन गरिने भनिएकोमा जम्मा २ करोड

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 365 पटक पढिएको
  • सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं— नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। बुधबार सुन प्रतितोला दुई लाख ६८ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो। उक्त मूल्य हालसम्मकै उच्च हो।आज सुन प्रतितोला दुई लाख ६७ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यावसायीले जनाएको छ।बुधबारको तुलनामा बिहीबार सुन प्रतितोला ६ सय रूपैयाँ घटेको हो।यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। बुधबार तोलामा चार हजार चार सय २० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार चार हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ घटेको हो।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार चार सय ८० अमेर

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 374 पटक पढिएको
  • कोशीका क्रिकेट खेलाडी मिनेश थापाको दुर्घटनामा निधन

    विराटनगर— कोशी प्रदेशका प्रतिभाशाली क्रिकेट खेलाडी मिनेश थापाको दुर्घटनामा परी असामयिक निधन भएको छ ।विराटनगरमा भएको दुर्घटनामा गम्भीर घाइते भएका थापाको उपचारका क्रममा निधन भएको हो ।थापाको निर्धनप्रति नेपाल क्रिकेट संघ (क्यान) ले दुख व्यक्त गरेको छ । क्यानले भनेको छ–'कोशी प्रदेशका कुशल तथा प्रतिभाशाली क्रिकेट खेलाडी मिनश थापाको दुर्घटनामा परी भएको असामयिक निधनको दुःखद खबरले नेपाल क्रिकेट संघसहित सम्पूर्ण क्रिकेट परिवारलाई गहिरो शोकमा डुबाएको छ। दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन, आफन्तजन तथा खेलप्रेमीहरूलाई यो अपार दुःख सहन सक्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछौं ।

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 353 पटक पढिएको
  • बाजुराको गौमुल गाउँपालिकाले पालिकाका नागरिकलाई आयोडिनयुक्त नुन वितरण गर्ने

    बाजुरा— बाजुराको गौमुल गाउँपालिकाले पालिकाका नागरिकलाई आयोडिनयुक्त नुन वितरण गर्ने भएको छ । पालिकाले आजदेखि गाउँपालिकाका सबै वडाहरूमा आयोडिनयुक्त भानु नुन वितरण गर्ने भएको हो ।प्रति परिवार २२ केजीका दरले आयोडिनयुक्त भानु नुन वितरण गरिने गाउँपालिकाले जनाएको छ ।नुन लिन आउँने सेवाग्राहीहरुले आफ्नो नेपाली नागरिकताको फोटोकपी अनिवार्य साथमा लिएर आउँनु पर्ने छ।वडा नम्बर ३, ४, ५ र ६ का नागरिकहरुले गाउँपालिकाको केन्द्र घट्मुनाबाट नुन लिन लिनु पर्ने छ । त्यस्तै वडा नम्बर १ र २ का नागरिकहरुले सिम बजारबाट नुन प्राप्त गर्ने व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष हरी बहादुर रोकायाले जानकारी दिए ।नागरिकको सहजत

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 369 पटक पढिएको
  • प्रदेशस्तरीय विरोध सभा गर्दै जसपा नेपाल

    काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेशस्तरीय विरोध सभा गर्न लागेको छ ।२८ बुँदे मुख्य माग र राष्ट्रिय मुद्दा उठाउँदै विभिन्न सङ्घर्षका कार्यक्रम गर्दै आएको जसपा नेपालले शनिबारदेखि प्रदेशस्तरीय विरोध सभा गर्न लागेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।बस्नेतका अनुसार प्रदेशस्तरीय कार्यक्रमअन्तर्गत पुस १२ गते विराटनगरमा, १४ गते मधेस प्रदेशको जनकपुरमा, १५ गते वीरगञ्जमा र १७ गते लुम्बिनी प्रदेशको भैरहवामा विरोध सभाको आयोजना गर्न लागिएको हो ।यसबीच सातै प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण, पार्टी प्रदेश समितिहरुको अधिवेशनसमेत सम्पन्न गरिएकोे उनको भनाइ छ ।जसपा नेपालले सङ्घर

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 377 पटक पढिएको
  • डा. बालकृष्ण शर्मा भन्छन क्रिसमस मानव जीवनमा शान्ति, प्रेम र उद्धारको सन्देश बोकेको पर्व हो

    काठमाडौं—  ‘क्रिसमस’ अंग्रेजी शब्द क्राइस्ट मासबाट आएको हो, जसको अर्थ ख्रिष्टको भेला वा सभा भन्ने बुझिन्छ । क्रिसमस पर्व येशु ख्रिष्टको जन्मको सम्झनामा मनाइने इसाई धर्मको महत्वपूर्ण उत्सव हो ।ऐतिहासिक रूपमा क्रिसमस चौथो शताब्दीमा इसाई रोमन सम्राट कन्स्टेन्टाइनको शासनकालमा सुरु भएको मानिन्छ । पछि पोप जुलियसले येशु ख्रिष्टको जन्म दिवसको अवसरमा डिसेम्बर २५ लाई आधिकारिक रूपमा क्रिसमस डे घोषणा गरेका थिए ।क्रिश्चियन धर्मका अध्येता डा. बालकृष्ण शर्माले क्रिसमसको धार्मिक, ऐतिहासिक र आध्यात्मिक महत्त्वबारे प्रकाश पारे । उनका अनुसार बाइबलमा येशु ख्रिष्टको जन्म मितिबारे स्पष्ट उल्लेख नभए पनि उहाँको

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 377 पटक पढिएको
  • पूर्वदलीय विवाद टुंग्याउँदै राप्रपा र राप्रपा नेपाल एकतामा

    काठमाडौं— लामो समयदेखि विभाजित रहेका राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच बुधबार एकता सहमति भएको छ।राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले एकता सहमति पत्रमा साँझ ७ बजे हस्ताक्षर गरेका हुन् ।अनुसार सहमति भए पनि पद बाँडफाँटको कुरा नभएको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।उनले भने, ‘अहिलेसम्म सहमति मात्र भएको छ, पद बाँडफाँटको कुरा भइसकेको छैन। कमल थापा कुनै बार्गेनिङ नगरी एकताका लागि तयार हुनु भएको छ।’पूर्वाध्यक्ष थापाले ०७८ माघ २५ गते राप्रपाबाट अलग हुने घोषणा गरेका थिए। त्यसअघि ०७८ मंसिरमा भएको महाधिवेशनमा आफूलाई पराजित

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 361 पटक पढिएको
  • क्रिसमसले सामाजिक सद्भाव र सहिष्णुतालाई बलियो बनाओस्ः राष्ट्रपति पौडेल

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’को आवसरमा शुभकामना व्यक्त गरेका छन् ।उनले क्रिसमसले समाजमा आपसी सद्भाव, सहिष्णुता र मेलमिलाप प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका हुन् ।उनले शुभकामना सन्देश मार्फत यस पर्वले प्रेम, क्षमा, दया र शान्तिको मूल्यमा आधारित जीवनशैलीलाई बढावा दिई विभिन्न सांस्कृतिक र धार्मिक समुदायबीच आपसी समझदारी र भाइचारो मजबुत बनाउन सहयोग पुग्ने उल्लेख गरे ।राष्ट्रपतिले क्रिसमसको अवसरलाई सबै नेपालीबीच विश्वास, एकता र सामाजिक मेलमिलापको सन्देश फैलाउने अवसरका रूपमा लिन सुझाव दिए ।

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 362 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा