समाज

    Showing 881-890 of 11,012 items.
  • सम्पत्ति शुद्धीकरण अनुसन्धानको घेरामा देउवा परिवार, जयवीरलाई विभागको सात दिने हाजिरी पुर्जी

    काठमाडौं— सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका छोरा जयवीर सिंह देउवामाथि सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी अनुसन्धान अघि बढाएको छ। विभागले सार्वजनिक सूचना जारी गर्दै उनलाई सूचना प्रकाशित भएको मितिले  सात दिनभित्र ललितपुरको पुल्चोकस्थित विभागको कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ।विभागका अनुसार डडेलधुराको साविक आसिग्राम गाविस–५ स्थायी ठेगाना भई हाल काठमाडौं महानगरपालिका–२, बुढानीलकण्ठ बस्ने ३१ वर्षीय जयवीरलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ४१ बमोजिम बयानका लागि बोलाइएको हो। विभागले लामो समयदेखि

    • प्रकाशित मितिः असार २३, २०८३
    • 615 पटक पढिएको
  • राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौं /  राष्ट्रियसभा बैठक आज बस्ने भएको छ । मंगलबार बैठक अपराह्न १२ः१५ वजे बस्ने भएको हो । बैठममा ‘विनियोजन विधेयक, २०८३’ अन्तर्गत विभिन्न शीर्षकहरूमध्ये मन्त्रालयको छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, रक्षा मन्त्रालय जवाफ दिने कार्यसूची रहेको छ । राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय य

    • प्रकाशित मितिः असार २३, २०८३
    • 167 पटक पढिएको
  • सिद्धार्थ बैंकमा किर्ते कागजात र कर्जा अनियमितताको आरोप, छानबिनको माग

    काठमाडौं / सिद्धार्थ बैंकको मनिग्राम रुपन्देही शाखाले किर्ते कागजातको प्रयोग गरी सेवाग्राहीलाई झुटो कर्जामा फसाएको भन्दै पिडित सेवाग्राहीले छानबिनको माग गरेका छन् ।बैंकले कालोसूचीमा रहेको कम्पनीको नाममा करोडौँ कर्जा प्रवाह गरेको तथा राष्ट्र बैंकको कारबाहीबाट बच्न आफूहरुलाई प्रयोग गरिएको भन्दै पीडितहरुले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै छानबिन गर्न माग गरेका हुन् । पीडितमध्येका एक दिलिप ओलीले मनिग्राम रुपन्देही शाखाले आफूले माग नगरेको कर्जा स्वीकृत गराएको, किर्ते कागजात तयार गरी कालोसूचीमा रहेको कम्पनीका नाममा करोडौं रुपैयाँ कर्जा प्रवाह गरेको तथा त्यसलाई ढाकछोप गर्न आफूलाई प्रयोग ग

    • प्रकाशित मितिः असार २३, २०८३
    • 240 पटक पढिएको
  • आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: मन्त्री यादव

    काठमाडौं / युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले आन्तरिक रोजगारी सिर्जना तथा श्रम क्षेत्रको सुधारका लागि सरकार युद्धस्तरमा काम गरिरहेको बताएका छन्।राष्ट्रिय सभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री यादवले सरकारले आगामी वि.सं. २०८३ देखि २०९२ सम्मको दशकलाई ‘रोजगार प्रवद्र्धन दशक’ का रूपमा घोषणा गरिसकेको र सोहीअनुसार राष्ट्रिय रोजगार नीति–२०८३ को मस्यौदा तयार भइरहेको जानकारी दिए। उनले मुलुकमा पहिलोपटक ‘हेरचाह अर्थतन्त्र’ सम्बन्धी नीति निर्माणको प्रक्रिया पनि सुरु गरिएको बताए।उनले भने, ‘आन्तरिक रोजगारीलाई प्रातमिकतामा राखेर सरकारले २०८३ देखिको दशकलाई ‘रोजगार प्रवद्र्धन दशक’

    • प्रकाशित मितिः असार २२, २०८३
    • 215 पटक पढिएको
  • त्रिपुरेश्वरमा सातौं अन्तर्राष्ट्रिय सोतोकान कराँते

    काठमाडौं / त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा शुक्रबाट सुरु भएको तीनदिने कार्यक्रमको पहिलो दिन प्राविधिक सेमिनारको आयोजना गरिएको छ ।विश्व सोतोकान कराँते महासङ्घका उप–मुख्य प्रशिक्षक तथा विशेष अतिथि तारो कासुयाले उक्त सेमिनारको अगुवाई गरेका थिए । नेपाल सोतोकान कराते सङ्घका अध्यक्ष तथा प्रमुख प्रशिक्षक हेम कुमार श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन समारोहका अवसरमा संघका महासचिव रञ्जन प्रकाश श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए । त्यसैगरी नेपाल सोतोकान कराते सङ्घका प्रमुख सल्लाहकार विष्णुगोपाल श्रेष्ठले आफ्नो धारणा प्रस्तुत गरेका थिए ।राष्ट्रिय खेलकुद परिषद् ९राखेप०का सदस्य–सचिव रामचरित्र मेहत

    • प्रकाशित मितिः असार २२, २०८३
    • 204 पटक पढिएको
  • पुस्तकमार्फत नेपाललाई आत्मनिर्भर र समृद्ध राष्ट्र बनाउन प्रस्ताव

    काठमाडौं / पूर्व राज्यमन्त्री, उद्योगपति तथा समाजसेवी हरिप्रसाद पाण्डेद्वारा लिखित ‘सम्पूर्ण नेपालीले प्रतिज्ञा गरौँः समृद्धि प्राप्त नगरि मर्ने छैनौं’ नामक पुस्तक सार्वजनिक गरिएको छ ।सोमबार मातृसेवा प्रतिष्ठान नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पुस्तकको विमोचन गरिएको हो । पुस्तक विमोचनपछि बोल्दै लेखक पाण्डेले नेपाललाई आत्मनिर्भर र समृद्ध राष्ट्र बनाउन पुस्तकमार्फत विभिन्न व्यवहारिक प्रस्ताव अघि सारेको बताए । देशको गरिबी, परनिर्भरता र कमजोर अन्तर्राष्ट्रिय पहिचान अन्त्य गर्न प्रत्येक नेपालीले राष्ट्रिय व्रतका रूपमा तीन वटा नियम अपनाउनुपर्ने उनको भनाइ थियो । उनले भने, ‘हाम्रो

    • प्रकाशित मितिः असार २२, २०८३
    • 210 पटक पढिएको
  • अब रगत होइन, पसिना बगाउने समय आएको छ: अध्यक्ष राई

    काठमाडौं / श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले संविधानका आधारभूत व्यवस्थामाथि हस्तक्षेप नगर्न आग्रह गर्दै अब मुलुकमा रगत होइन, पसिनाको क्रान्ति आवश्यक रहेको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा सरकारको १०० दिनको समीक्षा गर्दै साम्पाङले व्यवस्था परिवर्तनका लागि हजारौँ नेपालीले बलिदान दिएको स्मरण गराउँदै प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्नेमा जोड दिए। उनले भने,‘देशमा रगत होइन, पसिना बगाउनुपर्छ । व्यवस्था परिवर्तनले मात्रै जीवनस्तर बदलिँदैन, काम गर्ने संस्कृतिको विकास गर्नुपर्छ ।’ साम्पाङले रोजगारीको अभावका कारण ठूलो संख्यामा नेपाली युवा विदेशिन बाध्य भइरहेको उल्लेख

    • प्रकाशित मितिः असार २२, २०८३
    • 212 पटक पढिएको
  • बैतडीमा कच्ची घर भत्किँदा आठ महिनाकी गर्भवतीसहित तीन जना घाइते

    बैतडी— जिल्लाको मेलौली नगरपालिका–१ सिराडमा कच्ची घर भत्किँदा आठ महिनाकी गर्भवतीसहित तीन जना घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता भुवनप्रसाद तिमिल्सिनाका अनुसार सुने पार्कीको ढुङ्गा–माटोले बनेको दुई तले कच्ची घरको मुख्य निधाल भाँचिएपछि घर भत्किएको हो।घटनामा पार्कीकी १८ वर्षीया छोरी मनीषा पार्की, १३ वर्षीया चाँदनी पार्की र आठ महिनाकी गर्भवती २२ वर्षीया बुहारी प्रिया पार्की घाइते भएका छन्। घाइतेमध्ये प्रियाको अवस्था केही गम्भीर रहेको प्रहरीले जनाएको छ भने अन्य दुई जनाको अवस्था सामान्य रहेको छ।घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय तश्चदेहीबाट प्रहरी सहायक हवल्दार घ

    • प्रकाशित मितिः असार २२, २०८३
    • 516 पटक पढिएको
  • नेप्से २६ अङ्कले ओरालो लाग्यो

    काठमाडौं— धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २६ दशमलव २९ अङ्कले ओरालो लागेर दुई हजार ६२७ दशमलव ११ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ५३ अङ्कले ओरालो लागेर ४५६ दशमलव २७ मा पुगेको छ । कूल ३५६ कम्पनीको ७५ लाख ४० हजार ४१८ कित्ता शेयर रु तीन अर्ब ५५ करोड ७९ लाख ८१ हजार ४९८ मूल्यमा खरिद बिक्री भएको छ । 

    • प्रकाशित मितिः असार २२, २०८३
    • 482 पटक पढिएको
  • प्रधानमन्त्री भाइरल होइन, जिम्मेवार बन्नुपर्छ: नेता आङदेम्बेले

    काठमाडौं / नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकारको पहिलो १०० दिनको समीक्षा गर्दै प्रधानमन्त्रीको कार्यशैली, संसदीय उत्तरदायित्व, सुशासन, संवैधानिक प्रक्रिया र सुकुम्बासी व्यवस्थापनलगायत विषयमा सरकारको कडा आलोचना गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै आङदेम्बेले १०० दिनमै चमत्कारको अपेक्षा नगरेपनि सरकारको सोच, प्राथमिकता, लोकतन्त्रप्रतिको दृष्टिकोण र कार्यशैलीको मूल्याङ्कन गर्ने आधार भने यही अवधिले दिने बताए । उनले सरकारले सार्वजनिक गरेका केही उपलब्धिलाई सकारात्मक रूपमा लिँदै सुशासन, भ्रष्टाचार नियन्त्रण, प्रशासनिक सुधार र सेवा प्रवाहमा भएका प्रयासको स्वा

    • प्रकाशित मितिः असार २२, २०८३
    • 173 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.