समाज

    Showing 931-940 of 11,012 items.
  • सीआईबीको नाममा धम्कीपूर्ण इमेल पठाएर ठगी प्रयास, सर्वसाधारणलाई नझुक्किन आग्रह

    काठमाडौं— नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को नाम र ब्युरो प्रमुखको परिचय दुरुपयोग गर्दै धम्कीपूर्ण इमेल पठाउने गिरोह सक्रिय भएको पाइएको छ। घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सीआईबीले सर्वसाधारणलाई यस्ता इमेलप्रति सचेत रहन आग्रह गरेको छ।सीआईबीले सोमबार जारी गरेको विज्ञप्तिअनुसार केही व्यक्तिले ब्युरोको नाम प्रयोग गर्दै विभिन्न व्यक्तिलाई कानुनी कारबाहीको त्रास देखाउने र तत्काल सम्पर्क गर्न दबाब दिने प्रकृतिका इमेल पठाइरहेका छन्।ती इमेलमा ‘यदि तपाईंविरुद्ध सीआईबीबाट कानुनी कारबाही हुन नदिन चाहनुहुन्छ भने तुरुन्त यस सन्देशको जवाफ दिनुहोस्, अन्यथा अदालतमा मुद्दा दायर गरिन

    • प्रकाशित मितिः असार २१, २०८३
    • 415 पटक पढिएको
  • कांग्रेसलाई धनकुटामा झट्काः संविधानसभा सदस्य अञ्जना ताम्लीसहित १९ नेताले एकैसाथ पार्टी छोडे, गगन थापालाई लेखे पत्र

    धनकुटा— धनकुटामा नेपाली कांग्रेसलाई ठूलो राजनीतिक झट्का लागेको छ। दोस्रो संविधानसभा सदस्य अञ्जना ताम्लीसहित १९ जना नेता तथा कार्यकर्ताले पार्टीको साधारण सदस्यसमेत नरहने गरी सामूहिक रूपमा कांग्रेस परित्याग गरेका छन्।उनीहरूले कांग्रेसका केन्द्रीय सभापति गगनकुमार थापालाई सम्बोधन गर्दै पत्र पठाएका छन्। पत्रमा पार्टीभित्र बसेर काम गर्ने वातावरण समाप्त भएको, वैचारिक असहमति बढ्दै गएको र संगठनले आफ्ना धारणा सुन्ने अवस्था नरहेकाले पार्टी छोड्न बाध्य भएको उल्लेख गरिएको छ।पार्टी छोड्नेमध्ये संविधानसभा सदस्य तथा कांग्रेस महासमिति सदस्य अञ्जना ताम्ली, कांग्रेस कोशी प्रदेश सदस्य मिना राई, क्षेत्रीय सदस्य यु

    • प्रकाशित मितिः असार २१, २०८३
    • 396 पटक पढिएको
  • ट्राफिक कारबाहीमा पाँच लाख २८ हजार राजस्व असुली

    काठमाडौँ। बितेका २४ घण्टामा एक हजार ८१३ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु पाँच लाख २८ हजार ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको नौ, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १०५,  सङ्केत बत्ती उल्लङ्घनकर्ता ११९ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका ११५ जनालाई कारबाही गरिएको हो । यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १०२, निषेधित क्षेत्रमा हर्न बजाउने ७९, सडकपेटीमा ‘पार्किङ’ गर्ने ११७, एकतर्फी सडकमा सवारी चलाउने ६५ र अन्य सवारी नियम पालना नगरेका एक हजार ११० जनालाई कारबाही गरिएको हो ।

    • प्रकाशित मितिः असार २१, २०८३
    • 200 पटक पढिएको
  • जंगली हात्तीको आक्रमणबाट घरमै सुतिरहेका आमाछोराको मुत्यु

    काठमाडौं— चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा जंगली हात्तीले घरमै आक्रमण गर्दा आमा र छोराको मृत्यु भएको छ। शनिबार राति आफ्नै घरमा सुतिरहेका २५ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।रातिको समयमा जंगली हात्ती बस्तीमा पसेर कच्ची घरमा आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभूषण यादवले जानकारी दिए । हात्तीलाई धपाउने प्रयासस्वरूप आशिकाका श्रीमान् पूर्ण बोटेले आगो बाल्दा घरमा समेत आगलागी भएको थियो।घटनापछि तत्काल प्रहरी र स्थानीयवासी घटनास्थलमा पुगेका थिए। उनीहरूको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइए पनि आमा र छोरा

    • प्रकाशित मितिः असार २१, २०८३
    • 451 पटक पढिएको
  • सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको जोड

    बाँके— ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना निर्धारित समय सीमाभित्र सम्पन्न गर्न सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन् । उनले आयोजनाको सफल कार्यान्वयनले बाँके जिल्लाको कृषि उत्पादन, खाद्य सुरक्षा तथा ग्रामीण अर्थतन्त्रमा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे ।आयोजनाको स्थलगत निरीक्षणपछि कर्मचारी तथा लाभान्वित किसानहरूसँग भएको अन्तरक्रियामा मन्त्री श्रेष्ठले सरकारले आयोजनाका लागि आवश्यक बजेटको सुनिश्चित गर्न प्रतिबद्ध रहेको स्पष्ट पार्दै निर्माण कार्यलाई तीव्रता दिन सुझाव दिए । उनले राष्ट्रिय गौरवको यस आयोजनालाई

    • प्रकाशित मितिः असार २१, २०८३
    • 434 पटक पढिएको
  • दुई संसदीय समितिको बैठक बस्दै

    काठमाडौं— दुई संसदीय समितिको बैठक बस्ने भएको छ । आइतबार अर्थ समितिको १२औं बैठक र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्ने भएको छ ।आज बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा आ.व.२०८३/८४को मौद्रिक नीतिमा समेट्नु पर्ने विषयहरूका सम्बन्धमा विज्ञ एवं सरोकारवालाहरूसँग छलफल हुने कार्यसूची रहेको छ ।यसैगरी, महिला तथा सामाजिक मामिला समितिको बैठक दिउसो २ बजे बस्ने भएको छ । बैठकमा समितिको कार्यविधि तथा आचार संहिता मस्यौदा उपसमितिले तयार पारेको प्रतिवेदनका सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ । समितिको हालै सम्पन्न स्थलगत अनुगमन भ्रमणको प्रतिवेदनका सम्बन्धमा छलफल हुने छ ।

    • प्रकाशित मितिः असार २१, २०८३
    • 380 पटक पढिएको
  • पाराग्वेलाई हराउँदै फ्रान्स विश्वकपको क्वाटरफाइनलमा प्रवेश

    काठमाडौं— फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा पाराग्वेलाई हराउँदै फ्रान्स क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा पाराग्वेलाई १–० गोलले हराउँदै फ्रान्सले क्वाटरफाइनलमा प्रवेश गरेको हो ।  फ्रान्सका किलियन एम्बाप्पेले खेलको ७० औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे ।यस जितसँगै फ्रान्स क्वाटरफाइनलमा प्रवेश गरेको हो । पाराग्वे भने प्रतियोगिताबाट बाहिरिएको छ ।

    • प्रकाशित मितिः असार २१, २०८३
    • 408 पटक पढिएको
  • मोरक्को विश्वकपको क्वाटरफाइनलमा प्रवेश

    काठमाडौं— फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा क्यानडालाई हराउँदै मोरक्को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।ह्युस्टन रंगशालामा सम्पन्न खेलमा क्यानडालाई ३–० ले हराउँदै मोरक्को विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।मोरक्कोका मिडफिल्डर अज्जेदिन ओनाहीले दुई गोल गरेका थिए । मोरक्कोका लागि मिडफिल्डर अज्जेदिन औनाहीले खेलको ५०औं र ८२औं मिनेटमा दुई गोल गर्दै टोलीलाई अग्रता दिलाए । खेलको इन्जुरी समयको अन्तिम मिनेटमा सुफियान रहिमीले तेस्रो गोल गर्दै मोरक्कोको जित सुनिश्चित गरे ।यो जितसँगै मोरक्को विश्वकपको क्वाटरफाइनलमा प्रवेश हो ।

    • प्रकाशित मितिः असार २१, २०८३
    • 1,383 पटक पढिएको
  • सरकारका १०० दिनः उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम

    काठमाडौं—  चालु आर्थिक वर्षमा १३ वटा चिनी मिलबाट ६८ हजार उखु किसानले पाउनुपर्ने कुल १३ अर्ब ७६ करोड रुपैयाँ मध्ये करिब ९२ प्रतिशत रकम मिलहरूले भुक्तानी गरिसकेको सरकारले जनाएको छ ।वर्तमान सरकार गठन भएको १०० दिनका अवसरमा आज सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आयोजना गरेको पत्रकार सम्मेलनमा विगतका वर्षमा उखु किसानले भुक्तानीका लागि ६ देखि ८ महिनासम्म कुर्नुपर्ने बाध्यता रहेकोमा यसवर्ष आर्थिक वर्षभित्रै रकम उपलब्ध गराउने प्रभावकारी व्यवस्था गरिएको जानकारी दिए ।  सरकारका तर्फबाट दिइने प्रतिक्वीन्टल ७० रुपैयाँका दरको करिब एक अर्ब ५२ करोड रुपैयाँ अनुदान रकम सम

    • प्रकाशित मितिः असार २१, २०८३
    • 404 पटक पढिएको
  • आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?

    काठमाडौं— नेपाल राष्ट्र बैंकले आज (आइताबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७४ रुपैयाँ ६५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ९९ पैसा र बिक्रीदर २०३ रुपैयाँ ७९ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ५० पैसा र बिक्रीदर १०५ रुपैयाँ ९२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ १८ पैसा र बिक्रीदर १०७ रुपैयाँ ६१ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ७९ पै

    • प्रकाशित मितिः असार २१, २०८३
    • 422 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.