समाज

    Showing 931-940 of 6,564 items.
  • ईश्वर पोखरेल प्यानलबाट उपाध्यक्षमा विष्ट र उपमहासचिवमा भट्टराई विजयी

    काठमाडौं— नेकपा एमालेको महाधिवेशनमा ईश्वर पोखरेल प्यानलबाट उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई विजयी भएका छन् ।निर्वाचन आयोगका अनुसार गोकर्णराज विष्टले उपाध्यक्षमा १३६८ मत पाएर विजयी भएका हुन भने उपमहासचिवमा योगेशले १३४८ मत पाएका हुन् । ११औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि काठमाडौंको भृकुटीमण्डपमा भएको निर्वाचनमा २ हजार २६३ प्रतिनिधिसभा थिए, जसमा २ हजार २२७ प्रतिनिधिले मतदान गरेका थिए ।

    • प्रकाशित मितिः पुस ३, २०८२
    • 405 पटक पढिएको
  • गोरखापत्र एकेडमीले अर्थतन्त्र गतिशील बनाउन योगदान पुर्याउने

    काठमाडौं— उपराष्ट्रपति रामसहाय प्रसाद यादवले गोरखापत्र संस्थानले सञ्चालन गर्न लागेको गोरखापत्र एकेडमीले देशको अर्थतन्त्र गतिशील बनाउन योगदान पुर्याउने बताएका छन् ।विहीबार गोरखापत्र संस्थानले आयोजना गरेको ‘गोरखापत्र डिस्कोर्स’ कार्यक्रममा बोल्दै उनले सरकारका उच्च अधिकारी, नीति निर्माता, उद्योगी व्यवसायी, विज्ञ, विश्लेषक तथा सञ्चारकर्मीहरुको सहभागिता सराहनीय भएको बताए ।विमर्शले अर्थतन्त्रको वर्तमान अवस्था, चुनौती र सम्भावनासहित सरकारको प्रयास र निजी क्षेत्रको अपेक्षाको गहन विश्लेषण गर्दै ठोस निष्कर्षमा पुग्ने विश्वास लिएको व्यक्त गरे ।‘गोरखापत्र संस्थानले गोरखापत्र एकेडमी सञ्चालनमा ल्याउँदै देशक

    • प्रकाशित मितिः पुस ३, २०८२
    • 366 पटक पढिएको
  • केपी ओली लगातार तेस्रोपटक एमालेको अध्यक्षमा निर्वाचित

    काठमाडौं— नेकपा (एमाले)को अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रोपटक विजयी भएका छन् ।काठमाडौंमा सम्पन्न पार्टीको ११औँ महाधिवेशनमा ईश्वर पोखरेललाई १०९९ मतले पराजित गर्दै ओली तेस्रोपटक पार्टीको अध्यक्षमा विजयी भएका हुन् । अध्यक्ष पदमा ओलीले १६६३ मत प्राप्त गर्दा पोखरेलले ५६४ मत प्राप्त गरे ।ओली नवौँ महाधिवेशनमा माधवकुमार नेपाललाई ५६ मतले पराजित गरेर पहिलोपटक अध्यक्षमा निर्वाचित भएका थिए । त्यस्तै, उनी दशौँ महाधिवेशनमा भीम रावललाई पराजित गरेर दोस्रोपटक अध्यक्षमा निर्वाचित भएका थिए ।११औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि काठमाडौंको भृकुटीमण्डपमा भएको निर्वाचनमा २ हजार २६३ प्रतिनिधिसभा थिए, जसमा २

    • प्रकाशित मितिः पुस ३, २०८२
    • 386 पटक पढिएको
  • मेडिकल काउन्सिलले खुलायो चिकित्सक दर्ता प्रमाणपत्र परीक्षाको अनलाईन आवेदन

    काठमाडौं— नेपाल मेडिकल काउन्सिलले चिकित्सक दर्ता प्रमाणपत्र परिक्षाको अनलाईन आवेदन खुला गरेको छ । काउन्सिलले बिहीबार सावर्जनिक सुचना जारी गर्दै ७४ औं चिकित्सक दर्ता प्रमाणपत्र परीक्षाका लागि आवेदन खुलाएको हो ।योग्य व्यक्तिले शुक्रबारदेखि पौष २४ गतेसम्म फारम भर्न सकिने सुचनामा उल्लेख छ । त्यस्तै परिक्षाको मिति माघ १३ देखि १५ गतेसम्म लागि तोकिएको छ । ललितपुरको इन्जिनियरिङ्ग अध्ययन संस्थानमा परिक्षा हुने सुचनामा उल्लेख छ ।अनलाइन आवेदन फाराम भर्ने र बुझाउने व्यवस्था चौबीसै घण्टा खुला हुनेछ । अनलाइन बाहेकको माध्यमबाट बुझाएको आवेदन फाराम र शुल्क मान्य नुहने कानउन्सिलले जनाएको छ ।

    • प्रकाशित मितिः पुस ३, २०८२
    • 378 पटक पढिएको
  • अर्थमन्त्री खनाल भन्छन् कर एवम् राजस्व वृद्धिले अर्थतन्त्र चलायमान भएको संकेत गर्छ

    काठमाडौं— अर्थमन्त्री रामेश्वर खनालले पछिल्लो तीन महिनाको अवधिमा करिब करिब १० प्रतिशतको हाराहारीमा कर एवम राजस्व वृद्धि भएको बताएका छन् । विहीबार काठमाडौंमा आयोजित गोरखापत्र डिस्कोर्समा उनले आर्थिक गतिविधि लयमा फर्किएको भन्दै असोज, कार्तिक, मंसिर र पुषको आजको अवधिसम्म आइपुग्दा करिब १० प्रतिशतको हाराहारीमा कर, राजस्व वृद्धि भएको बताए ।उनले भने, ‘अर्थतन्त्रमा आर्थिक गतिविधिहरु चलायमान छन् कि छैनन्, उत्पादनका कामहरु बढेका छन् कि छैनन्, आम उपभोक्ताको मनोबल बढेको छ कि छैन भन्ने सूचकहरु मूलभूत रुपमा सरकारको कर र राजस्व संकलन साथै भन्सारमा भइरहेको संकलनले संकेत गर्छ । यि सबै हेर्दा गएको तीन महिनाको अ

    • प्रकाशित मितिः पुस ३, २०८२
    • 377 पटक पढिएको
  • ललितपुरको लुभुमा इनारभित्र शव भेटियो, हत्या गरी फालिएको आशंका

    काठमाडौं— ललितपुर महानगरपालिका–लुभु क्षेत्रमा एक व्यक्तिको शव इनारमा फेला परेको छ। मृतक सिन्धुली जिल्लाका केशव हायु रहेको जिल्ला प्रहरी परिसर ललितपुरले पुष्टि गरेको छ।प्रहरीका अनुसार वैदेशिक रोजगारीको तयारीका क्रममा ललितपुरस्थित एक कृषि फार्ममा बस्दै आएका हायुको शव फार्म नजिकैको इनारभित्र फेला परेको हो। घटनास्थलको अवस्थालाई हेर्दा हत्यापछि शव इनारमा फालिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।बुधबार साँझ स्थानीयवासीको सूचनापछि प्रहरी टोली घटनास्थलमा पुगेर शव उद्धार गरेको थियो। घटनाबारे थप अनुसन्धान अघि बढाइएको र केही शंकास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः पुस ३, २०८२
    • 357 पटक पढिएको
  • मुलुक अब आर्थिक निर्माणको दिशामा अघि बढाउनुपर्छः मन्त्री खरेल

    काठमाडौ— नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकलाई अब आर्थिक निर्माणको दिशामा अघि बढाउनुपर्ने आवश्यकता औँल्याएका छन् । बिहीबार गोरखापत्र संस्थानद्वारा आयोजित ‘गोरखापत्र डिस्कोर्स’ उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री खरेलले देशको समग्र विकासका लागि यस्ता विमर्श उपयोगी हुने बताए ।उनले जेन–जी जनआन्दोलनपछि मुलुकले ठूलो मानवीय र भौतिक क्षति बेहोर्नुपरेको उल्लेख गर्दै करिब ७६ जनाले ज्यान गुमाएको, २५ सयभन्दा बढी व्यक्ति घाइते भएको र ८४ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको जानकारी दिए । यस्तो अवस्थामा व्यापक पुनर्निर्माण आवश्यक रहेको उनको भनाइ थियो ।उनले भने, ‘

    • प्रकाशित मितिः पुस ३, २०८२
    • 348 पटक पढिएको
  • साकोस शिखर गोष्ठी सुरु, सहकारी अभियान सुदृढ बनाउन रणनीतिक उन्नयनमा जोड

    काठमाडौ—  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को अवसरमा ‘सदृढ अभियान सुनिश्चितताका लागि रणनीतिक उन्नयन र नियामकीय अनुकूलन’ विषयक दुईदिने साकोस शिखर गोष्ठी–२०८२ सुरु गरेको छ । बिहीबारदेखि सुरु भएको गोष्ठी शुक्रबारसम्म सञ्चालन हुनेछ । उद्घाटन कार्यक्रममा बोल्दै नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले साकोस अभियानले समग्र सहकारी क्षेत्रलाई मार्गदर्शन गर्दै आएको उल्लेख गरे ।उनले सहकारी अभियानको इतिहास, वर्तमान र भविष्यलाई सुदृढ बनाउन साकोस शिखर गोष्ठीले महत्वपूर्ण भूमिका खेलेको बताए ।अध्यक्ष ढकालले सहकारी क्षेत्रप्रति देखिँदै आएको नकारात्म

    • प्रकाशित मितिः पुस ३, २०८२
    • 349 पटक पढिएको
  • एमाले महाधिवेशनः यस्तो छ पछिल्लो मतपरिणाम

    काठमाडौ—  नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत भएको मतदानको परिणाम आउनेक्रम जारी छ । विहीबार विहान ११ बजे प्राप्त परिणाम अनुसार अध्यक्षमा केपी शर्मा ओलीले अग्रता कायम राखेका छन् ।महासचिवमा शंकर पोख्रेलले अग्रता लिइरहेका छन् । दुई वटा बुथको १६ वटा चिप्समा भएको ४ सय ४३ मत गन्दा अध्यक्षका उम्मेदवार ओली अगाडि देखिएका हुन् ।यस्तो छ पछिल्लो परिणामअध्यक्षकेपी शर्मा ओलीः ३३३ईश्वर पोखरेलः ११०उपाध्यक्षअरुण नेपालः ७९गुरु प्रसाद बरालः २४२गोकर्ण राज विष्टः २५६टकं प्रसाद कार्कीः ७५पर्शुराम मेघि गुरुङ्गः ८६पृथ्वी सुव्वा गुरुङः ३५६भिम प्रसाद आचार्यः ५१रघुजी पन्तः २५३रामबहादुर थापा बादलः ३०९विन

    • प्रकाशित मितिः पुस ३, २०८२
    • 362 पटक पढिएको
  • एमाले महाधिवेशन:ओली अग्रस्थानमा, केही पदमा कडा प्रतिस्पर्धा

    काठमाडौ— नेकपा (एमाले) को ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको मतदानको नयाँ मतपरिणाम सार्वजनिक भएको छ। अहिलेसम्मको गणनाअनुसार अध्यक्ष केपी शर्मा ओलीले ४८९ मत प्राप्त गरेका छन्।त्यस्तै, ईश्वर पोखरेलले १७७ मत पाएका छन्त्य भने पदाधिकारीतर्फ शंकर पोखरेलले ३६४ मत, सुरेन्द्र पाण्डेले ३०२ मत प्राप्त गरेका छन्। मतगणना जारी रहेकाले अन्तिम नतिजा आउन बाँकी छ।प्रारम्भिक मतपरिणामले संस्थापन पक्ष अग्रस्थानमै देखिए पनि केही पदमा प्रतिस्पर्धा चर्को बन्दै गएको महाधिवेशनस्थल स्रोतले जनाएको छ।

    • प्रकाशित मितिः पुस ३, २०८२
    • 366 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा