समाज

    Showing 971-980 of 11,012 items.
  • राष्ट्रिय सेवा दलसम्बन्धी नयाँ विधेयकः जुनसुकै नेपाली नागरिकलाई पनि सैन्य तालिम दिन सकिने प्रस्ताव

    काठमाडौं— सरकारले राष्ट्रिय सेवा दलसम्बन्धी नयाँ विधेयकमार्फत आवश्यक परे जुनसुकै नेपाली नागरिकलाई पनि सैन्य तालिम दिन सकिने व्यवस्था प्रस्ताव गरेको छ। प्रस्तावित व्यवस्थाअनुसार नेपाल सरकार, मन्त्रिपरिषद्ले राष्ट्रिय आवश्यकताको आधारमा व्यक्ति वा संस्थालाई सैन्य तालिम दिने निर्णय गर्न सक्नेछ।विधेयकमा तालिम लिन इच्छुक व्यक्ति वा संस्थाले राष्ट्रिय सेवा दलमा निवेदन दिन सक्ने व्यवस्था गरिएको छ। साथै, तालिम प्राप्त गरेका व्यक्तिलाई आवश्यकता अनुसार स्वयंसेवकका रूपमा राष्ट्र सेवामा परिचालन गर्न सकिने उल्लेख छ।विद्यालय तथा विश्वविद्यालयका विद्यार्थीमा नेतृत्व क्षमता, अनुशासन र राष्ट्रिय एकताको भावना वि

    • प्रकाशित मितिः असार १९, २०८३
    • 438 पटक पढिएको
  • बर्डफ्लु नियन्त्रणमा कडाइ, सङ्क्रमित पन्छी बिक्री गरे कानुनी कारबाही

    काठमाडौं— देशका विभिन्न जिल्लामा बर्डफ्लु फैलिन थालेपछि पशुसेवा विभागले सङ्क्रमित कुखुरा, हाँस, बट्टाइलगायत पन्छी तथा तिनका उत्पादन बिक्री–वितरण नगर्न व्यवसायीलाई कडा निर्देशन दिएको छ। विभागले बर्डफ्लु पुष्टि भएका पन्छी बजारमा बिक्री गरेको पाइए कानुनअनुसार कारबाही गरिने चेतावनी दिँदै आमनागरिकको स्वास्थ्यमा जोखिम नपुर्‍याउन आग्रह गरेको छ।विभागका अनुसार गत चैतयता ११ जिल्लामा बर्डफ्लु देखिएपछि काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा प्राविधिक टोली तथा ‘र्यापिड रेस्पोन्स टिम’ परिचालन गरिएको छ। भाइरसले स्वरूप परिवर्तन गर्न सक्ने जोखिमलाई ध्

    • प्रकाशित मितिः असार १९, २०८३
    • 400 पटक पढिएको
  • प्राइम कमर्सियल बैंकको ३ अर्ब रुपैयाँको डिबेञ्चरमा आवेदन अवधि असार ३० सम्म थप

    काठमाडौं— प्राइम कमर्सियल बैंक लिमिटेडले निष्काशन गरेको ३ अर्ब रुपैयाँ बराबरको डिबेञ्चरमा आवेदन दिने अवधि थप गरेको छ । बैंकले असार १६ गतेदेखि बिक्री खुला गरेको ‘६.२५ प्रतिशत प्राइम बैंक डिबेञ्चर २०९३’ मा अब असार ३० गतेसम्म आवेदन दिन सकिने जनाएको हो ।बैंकका अनुसार मागभन्दा बढी आवेदन परेमा भने तोकिएको मितिअगावै सूचना प्रकाशित गरी निष्काशन बन्द गरिनेछ । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको छ ।कुल निष्काशनमध्ये १८ लाख कित्ता अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी १२ लाख कित्ता अर्थात् १ अर्ब २० करोड र

    • प्रकाशित मितिः असार १९, २०८३
    • 409 पटक पढिएको
  • नगर सभा १९ औँ अधिवेशनको चौथो बैठकबाट बजेट तथा, आर्थिक विधेयक तथा विनियोजन विधेयक सर्वसम्मत पारित

    काठमाडौं—  आर्थिक वर्ष आ.व. २०८३/०८४ का लागि काठमाडौं महानगरपालिकको ‘कार्यक्रम तथा बजेट’, ‘आर्थिक विधेयक’ र ‘विनियोजन विधेयक’ सर्वसम्मत पारित भएको छ । असार ४ गते बसेको नगरसभा १९ औँ अधिवेशनको चौथो बैठकमा कार्यवाहक प्रमुख सुनिता डंगोलले पेस गरेको २५ अरब ८८ करोड ३० लाख ५५ हजार रुपियाँ बजेट तथा कार्यक्रम, आर्थिक विधेयक र विनियोजन विधेयकमाथि छलफल गर्दै आज राष्ट्रिय सभा गृहमा बसेको बैठकले प्रस्ताव सर्वसम्मत पारित गरेको हो । पारित भएको बजेटमध्ये सञ्चित कोषमा व्ययभार पर्ने २५ अरब १३ करोड ३० लाख ५५ हजार रुपियाँ र वाह्य व्यय भार हुने ७५ करोड रुपियाँ गरी २५ अरब ८८ करोड ३० लाख ५५ हजार रुपिय

    • प्रकाशित मितिः असार १९, २०८३
    • 414 पटक पढिएको
  • डोल्पामा १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरु

    डोल्पा— डोल्पामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले बिहीबार मुड्केचुला गाउँपालिका–४ इलामा आयोजित कार्यक्रममा सुरुङ निर्माणको शुभारम्भ गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले संघ, प्रदेश र स्थानीय तहको संयुक्त स्वामित्व तथा लगानीमा अघि बढेको यो आयोजना डोल्पाको मात्र नभई समग्र कर्णाली प्रदेशको ऊर्जा तथा आर्थिक विकासका लागि कोशेढुंगा सावित हुने बताए ।आयोजना निर्धारित समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्दै उनले यसको सफल कार्या

    • प्रकाशित मितिः असार १९, २०८३
    • 405 पटक पढिएको
  • राष्ट्रियसभ बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौं— राष्ट्रियसभा  बैठक आज बस्ने भएको छ । बैठक शुक्रबार अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्ने भएको हो ।आजको बैठकमा राष्ट्रिय सभाका सचिव तुल बहादुर कंडेलले ‘आर्थिक विधेयक, २०८३’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशहरु सभा समक्ष टेबुल गर्ने कार्यसूची रहेको छ । विनियोजन विधेयक, २०८३ का विभिन्न शीर्षकहरूमध्ये निम्न लिखित मन्त्रालयको विनियोजन शीर्षकहरुमाथि समूहीकृत रुपमा छलफल हुने ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय, ग। पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्

    • प्रकाशित मितिः असार १९, २०८३
    • 437 पटक पढिएको
  • अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा प्रवेश

    काठमाडौं— फिफा विश्वकप २०२६ अन्र्तगको खेलमा स्पेनले अष्ट्रियालाई ३–० पराजित गरेको छ । राउन्ड अफ ३२ को खेलमा अष्ट्रियालाई ३–० ले पराजित गर्दै स्पेनले विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको हो ।स्पेनको जितमा मिकेल ओयार्जाबलले दुई तथा र पेड्रो पोरोले एक गोल गरे। खेलको ३६ औं मिनेटमा मिकेल ओयार्जाबलले गोल गर्दै स्पेनलाई अग्रता दिलाए । यसैगरी ६६ औं मिनेटमा पेड्रोले गोल गरे । खेल सकिनै लाग्दा ८९ औं उनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै स्पेनको जित सुनिश्चित गरे ।यो जितसँगै स्पेन विश्वकपका अन्तिम १६ मा प्रवेश गरेको छ । 

    • प्रकाशित मितिः असार १९, २०८३
    • 684 पटक पढिएको
  • बढ्दैछन् तारे होटल र रिसोर्ट

    काठमाडौँ। नेपालमा विदेशी पर्यटक आगमनमा भएको उत्साहजनक वृद्धिसँगै तारे स्तरका होटल र रिसोर्ट खुल्ने क्रम पनि बढ्दै गएको पाइएको छ ।विश्वको सर्वोच्च शिखर सगरमाथाको देश र भगवान् गौतम बुद्धको जन्मस्थल नेपालमा पछिल्लो समय पर्यटनका क्षेत्रमा लगानी बढ्दै गएको देखिएको हो । फलस्वरूप नेपालमा होटलजस्ता पर्यटन सेवाका क्षेत्रमा पनि लगानीकर्ता बढ्दै गएका छन् ।पर्यटन सेवा क्षेत्रमा बढ्दो यो आकर्षणको पछिल्लो उदाहरण नेपालमा थपिँदै गएका तारे होटल, रिसोर्ट तथा रेष्टुरेन्टहरू पनि हुन् । सङ्घीय राजधानी काठमाडौँ, पोखरा, चितवन, लुम्बिनी, भैरहवा, नेपालगन्ज, भद्रपुरजस्ता प्रमुख सहर र अन्य अन्य प्रमुख पर्यटकीय गन्तव्यमा

    • प्रकाशित मितिः असार १९, २०८३
    • 259 पटक पढिएको
  • गोरखापत्र संस्थानमा रावल र सुरक्षण मुद्रण केन्द्रमा ढुंगाना नियुक्त

    काठमाडौं / गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मत बहादुर रावल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । यसैगरी सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा देवराज ढुंगानालाई नियुक्त गरेको छ । साथै सरकारले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक  एआईजीहरूलाई सरुवा गरेको छ । सरकारका प्रवक्ता पोखरेलले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धर्मराज खड्का धनकुटालाई नियुक्त गर्ने निर्णय पनि गरिएको जानकारी दिए ।यस्तै, सरकारले कमैया श्रम निषेध गर्नेसम्बन्धी पहिलो संशोध

    • प्रकाशित मितिः असार १८, २०८३
    • 207 पटक पढिएको
  • कपडाको ‘कार्गो’मा सुनचाँदीका गहना

    काठमाण्डौं / त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सुन तथा चाँदीका गरगहनासहित दुई जना पक्राउ परेका छन् । जुत्ता, सारी र अन्य कपडा उल्लेख भएको कार्गो बाकस जाँच गर्दा सुन तथा चाँदीको जस्तो देखिने धातुका गरगहना फेला परेको थियो । उक्त सामग्री युनिक कार्गोले एपेक्स लजिष्टिकमार्फत काठमाडौंबाट संयुक्त राज्य अमेरिका पठाउन लागिएको प्रारम्भिक अनसुन्धानबाट खुलेको छ । प्रहरीले एपेक्स लजिस्टिकका सञ्चालक ४६ वर्षीय यज्ञराज सुवेदी र युनिक कार्गोका सञ्चालक ३४ वर्षीय रामप्रसाद दाहाललाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई आवश्यक कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको त्रिभुवन अन्तरर

    • प्रकाशित मितिः असार १८, २०८३
    • 197 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.