विदेश

    Showing 221-230 of 1,585 items.
  • इजरायली हवाई आक्रमणमा यमनका प्रधानमन्त्रीसहित मन्त्रीहरुको मृत्यु

    काठमाडौं— हुथी समर्थित सरकारका प्रधानमन्त्री अहमद गालेब अल–रहावीसहित मन्त्रीहरु बिहीबार इजरायली हवाई आक्रमणमा मारिएको पुष्टि भएपछि यमनवासीहरु आक्रोशित बनेका छन् ।यमनवासीहरुले आफ्नो देशको सार्वभौमिकता जोगाउने र युद्धग्रस्त गाजालाई समर्थन गर्ने अठोट व्यक्त गरेका छन् । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले शनिबार राति विज्ञप्ति जारी गर्दै बिहीबार सानामा उच्च तहका हुथी नेताहरु भेला भएको स्थलमा आक्रमण गरिएको जनाएको छ । उक्त भेलामा प्रधानमन्त्री रहावीसहित वरिष्ठ हुथी नेताहरु सहभागी रहेको बताइएको छ ।इजरायली रक्षा मन्त्री इस्रायल काट्जले आक्रमणपछि वक्तव्य जारी गर्दै हुथी नेतृत्वमाथि “अभूतपूर्व प्रहार” गरिए

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • 545 पटक पढिएको
  • अफगानिस्तानमा ६.३ रेक्टर स्केलको भूकम्प, लगातार पराकम्प अनुभव

    काठमाडौं— अफगानिस्तानमा सोमबार बिहान ६.३रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) का अनुसार भूकम्प भारतीय समयअनुसार राति १२ः४७ बजे ३४.५० डिग्री उत्तर अक्षांश र ७०.८१ डिग्री पूर्व देशान्तरमा १६० किलोमिटर गहिराइमा केन्द्रविन्दु भएर गएको हो ।प्रारम्भिक भूकम्पपछि ४ देखि रेक्टर स्केलबीचका पराकम्पहरू पनि अनुभव गरिएको छ । सोही क्षेत्रमा ४.७, ४.३ र ५.० रेक्टर स्केलका भूकम्प पराकम्पको रूपमा गएका छन् । यीमध्ये ५ रेक्टर स्केलको पराकम्प ४० किलोमिटर गहिराइमा भएको हुँदा थप शक्तिशाली महसुस गरिएको बताइएको छ ।विशेषज्ञहरूको भनाइमा सतह नजिक अर्थात् मध्यम गहिराइका भूकम्पहर

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • 512 पटक पढिएको
  • प्रधानमन्त्री ओली र लाओका राष्ट्रपति सिसौलिथबीच भेटवार्ता

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोंगलुन सिसौलिथसँग भेटवार्ता गरेका छन्।सोमबार शाङ्घाइ सहयोग सङ्गठन (एससीओ) प्लसको शिखर सम्मेलनमा सहभागी हुन चीन पुगेका ओलीले बिहान लाओका राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन् । उनले यसअघि चिनियाँ राष्ट्रपति सी चिनफिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलगायत विभिन्न देशका राष्ट्र र सरकार प्रमुखसँग भेटवार्ता गरिसकेका छन्।

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • 461 पटक पढिएको
  • प्रधानमन्त्री ओलीले आज शाङ्घाइ शिखर सम्मेलनलाई सम्बोधन गर्दै

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले शाङ्घाइ सहयोग सङ्गठन (एससिओ) प्लस को शिखर सम्मेलनलाई सम्बोधन गर्दै छन् ।चीनको थियानजिनस्थित चीनको थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आजबाट सुरु भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधन गर्ने छन् । चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली यही भदौ १४ गतेदेखि पाँच दिने भ्रमणमा चीनमा छन् ।आजै रुसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिन, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जु, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोनसँग भेट

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • 446 पटक पढिएको
  • चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओली स्मृति संग्रहालयमा

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको थियानजिनस्थित चाउ इन्लाई र तेङ यिङ्चाओ  स्मृति संग्रहालयको अवलोकन गरेका छन्  ।चीन भ्रमणमा रहेको उनले आइतबार थियानजिनस्थित चाउ इन्लाई र तेङ यिङ्चाओ स्मृति संग्रहालयको अवलोकन गरेका हुन् । चिनियाँ राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन ओली शनिबारै बिहान तियानजिन प्रस्थान गरेका हुन् ।प्रधानमन्त्री ओलीले सोमबार (भदौ १६) तियानजिनमा हुने एससीओ प्लस शिखर सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम छ । एससीओ शिखर सम्मेलनको ‘साइडलाइन’मा प्रधानमन्त्रीले केही विश्व नेताहरूसँग भेटघाट गर्नेछन् ।

    • प्रकाशित मितिः भदौ १५, २०८२
    • 479 पटक पढिएको
  • मुख्यमन्त्री कार्की र इजरायलका राजदूत बासबीच शिष्टाचार भेट

    वीरगन्ज— मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव कार्की र नेपालका लागि इजरायलका राजदूत हानान गोडरबीच भेटवार्ता भएको छ।शिष्टाचार भेटमा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, सहकार्यका सम्भावना र प्रदेशस्तरीय साझेदारी लगायत विषयमा छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।मुख्यमन्त्री कार्कीले इजरायलसँग कृषिको आधुनिकीकरण, सीपमूलक तालिम, श्रमिक व्यवस्थापन र प्रविधि हस्तान्तरणमा सहयोगको अपेक्षा राखेको बताए।राजदूत गोडरले इजरायल नेपालसँग सम्बन्ध अझ बलियो बनाउन इच्छुक रहेको र प्रदेशस्तरीय पहलहरूमा पनि सहकार्य गर्न सकिने प्रतिक्रिया दिएका थिए।भेटवार्तामा प्रदेश सरकारका उच्च अधिकारीहरू समेत सहभागी थिए।

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 486 पटक पढिएको
  • उपराष्ट्रपति सुआनले आज पाटन दरबार स्क्वायर र स्वयम्भूनाथ स्तुपाको भ्रमण गर्ने

    काठमाडौं— नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन आज स्वदेश फिर्ता हुनु अघि पाटन दरबार स्क्वायर र स्वयम्भूनाथ स्तुपाको भ्रमण गर्ने भएकी छन् । गत शनिबार नेपाल भ्रमणमा आएकी उपराष्ट्रपति भो थि आन आज (सोमबार) पाटन दरबार स्क्वायर र स्वयम्भूनाथ स्तुपाको भ्रमण गर्ने भएकी हुन् । उनी आज करिब २ : १५ बजे उपराष्ट्रपति भो थि आनलाई पाटनमा संस्कृति मन्त्रालय, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र स्थानीय सरकारका सम्बन्धित अधिकारीहरूहरुले स्वागत गर्ने छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले विदाई उनलाई गर्नेछन् । 

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • 536 पटक पढिएको
  • रुस द्वारा युक्रेनी क्षेप्यास्त्र डिपोमा आक्रमण

    काठमाडौं— रुसले आइतबार आफ्नो सेनाले युक्रेनी क्षेप्यास्त्र डिपोहरूमा आक्रमण गरेको दाबी गरेको छ ।रुसी रक्षा मन्त्रालयको रिपोर्ट अनुसार, रुसी सेनाले पछिल्लो २४ घण्टा भित्र निप्रोपेट्रोभस्क क्षेत्रमा रहेको बस्ती नियन्त्रणमा लिएको छ र युक्रेनी क्षेप्यास्त्र डिपो, ड्रोन उत्पादन र भण्डारण सुविधाहरू, अस्थायी तैनाती बिन्दुहरू र अन्य स्थानहरूमा आक्रमण गर्दै धेरै दिशाहरूमा आक्रमणहरू जारी राखेको छ ।रुसी वायु रक्षा प्रणालीले तीन बहु–प्रक्षेपण रकेट प्रणाली राउन्डहरू र १७२ ड्रोनहरू खसालेको छ ।यसैबिच युक्रेनले रुसी रिफाइनरी र बन्दरगाह विरुद्ध आक्रामक कारबाहीको रिपोर्ट गरेको छ । युक्रेनी सशस्त्र बलका जनरल स्ट

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • 575 पटक पढिएको
  • भयतनामका उपराष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

    काठमाडौं— नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता जारी छ । आइतबार भियतनामका उपराष्ट्रपति सुआन र प्रधानमन्त्री ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको हो ।उपराष्ट्रपति सुआन, उपराष्ट्रपति यादवको निमन्त्रणामा शनिबार काठमाडौं आइपुगेकी हुन् । उनी सोमबार स्वदेश फर्कने कार्यक्रम छ ।

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • 523 पटक पढिएको
  • नेपाल र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता

    काठमाडौं— उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालको तीनदिने औपचारिक भ्रमणमा रहेकी भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनबीच प्रतिमण्डलस्तरीय भेटवार्ता भएको छ । आइतबार दुवै उपराष्ट्रपतिबीच भेटवार्ता भएको हो ।भेटवार्तामा धार्मिक समानता, धार्मिक तथा सांस्कृतिक पर्यटनका सम्भावना, द्विपक्षीय व्यापार, लगानी, डिजिटल प्रविधि र जनस्तरको सम्बन्ध विस्तारजस्ता विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  उपराष्ट्रपति सुआन, उपराष्ट्रपति यादवको निमन्त्रणामा शनिबार काठमाडौं आइपुगेकी हुन् । उनी सोमबार स्वदेश फर्कने कार्यक्रम छ ।

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • 609 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा