विदेश

    Showing 711-720 of 1,587 items.
  • फेरि गयाे टर्कीएमा भूकम्प

    टर्कीएमा ६ दशमलव ४ रेक्टरस्केलको अर्को भूकम्प गएको छ । टर्कीएको प्रकोप तथा आपत्कालीन एजेन्सी अफादका अनुसार स्थानीय समय अनुसार गएराति आठ बजेर ४ मिनेटमा भूकम्प गएको हो । नयाँ भूकम्पमा परि  तीन जनाको ज्यान गएको छ । यो भूकम्पले अन्टाक्यामा क्षति पुर्याएको छ ।टर्कीए र सिरियामा गरी ६ सय ८० जनाभन्दा धेरै घाइते भएका छन् । केही मानिसहरु भग्नावशेषमा फसेका छन् । उनीहरुको खोजी तथा उद्धारको काम भइरहेको छ ।नयाँ भूकम्पपछि पनि केही परकम्प गएको बीबीसीले जनाएको छ । यसअघि गएको माघ २३ गते अर्थात् फेब्रुअरी ६ तारिखमा गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पले टर्कीए र सिरियामा गरी ४५ हजारभन्दा

    • प्रकाशित मितिः फागुन ९, २०७९
    • 251 पटक पढिएको
  • भूकम्पमा परी  ४६ हजारभन्दा बढीको मृत्यु

    अंकारा : टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत माघ २३ गते गएको भूकम्पमा परी  ४६ हजारभन्दा बढीको मृत्यु भएको छ भने हजारौं घाइते भएका छन्। टर्कीको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर ७.८ म्याग्निच्युडको भूकम्पबाट दश वटा प्रान्तमा अकल्पनीय क्षति भएको छ।विपद् तथा आपत्कालीन व्यवस्थापन प्राधिकरण आज साँझदेखि खोजी तथा उद्धार स्थगन गरिने जनाउँदै ४ लाख ३० हजार मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको बताएको छ। साथै खोज तथा उद्धारमा १३ हजार स्वयम्सेवक एवम् अन्य सहायताकर्मी परिचालन गरिएको जनाइएको छ।हालसम्म टर्कीमा ४० हजार छ सय ४२ जना तथा सिरियामा ५ हजार आठ सयले ज्यान गुमाएका दुवै देशका सरकार

    • प्रकाशित मितिः फागुन ७, २०७९
    • 128 पटक पढिएको
  • दमास्कसमा इजरायलकाे मिसाइल आक्रमण : १३ जनाको मृत्यु

    एजेन्सी : सिरियाको राजधानी दमास्कसमा इजरायलले मिसाइल आक्रमण गरेको छ। मिसाइल आक्रमणबाट १३ जनाको मृत्यु भएको छ। सो हमलामा २८ बढि घाइते भएका छन्।सरकारी टेलिभिजनमा देखाइएको भीडीयोमा एक १० तले भवन पूर्णरुपमा क्षति पुगेको छ। इजरायलले आक्रमण गरेको क्षेत्रमा भारी सुरक्षा व्यवस्थासहितको आवासीय परिसर निर्माण गरिएको छ । यो क्षेत्रमा बाक्लो बस्ती रहेको बताइएको छ।समाचार एजेन्सी रोयटर्सका अनुसार इजराइलले सो घटनाको जिम्मा लिन भने इन्कार गरेको छ।

    • प्रकाशित मितिः फागुन ७, २०७९
    • 126 पटक पढिएको
  • रुसी सेनाद्वारा युक्रेनकोतेल प्रशोधन केन्द्रमा मिसाइलको वर्षा

    काठमाडौं - रुसी सेनाले युक्रेनको बख्मुटमा मिसाइलको वर्षा गराएको छ।किभका अनुसार बख्मुटको मुख्य तेल प्रशोधन केन्द्रमा रुसी सैनिकले मिसाइलको वर्षा गराएको हो। रुसी भाडाको सैनिक समूह वाग्नर मार्सेनरीले बख्मुट २ महिनाभित्र नियन्त्रणमा लिने घोषणा गरेको महिना दिनभित्रै बख्मुटमा ठूलो आक्रमण भएको हो। ३६ भन्दा बढी मिसाइल खसेको तेल प्रशोधन केन्द्रमा कति क्षति भयो भन्ने एकिन विवरण आइनसकेको युक्रेनी एयरफोर्सले जनाएको छ। युक्रेनले कम्तीमा १६ आक्रमण भने निस्तेज पारिएको दाबी गरेको छ। रुसी सेना केही समययता डोनेत्सकको सानो सहर बख्मुटमाथि केन्द्रित भएको छ।  यो सहरबाट कम्तीमा ७० हजार मानिस विस्

    • प्रकाशित मितिः फागुन ५, २०७९
    • 183 पटक पढिएको
  • युक्रेन युद्धमा लड्न अस्वीकार गर्ने एक सैनिकको रुसले गर्यो निर्मम हत्या

    रुसले युक्रेन युद्धमा लड्न अस्वीकार गरेका एक सैनिकको निर्मम हत्या गरेको छ। हालै युक्रेनबाट फर्केका वैगनआर समूहका एक सैनिकको हथौडाले टाउकोमा हानेर हत्या गरेको भिडियो सार्वजनिक भएको छ। उनी युक्रेनबाट छुटेका ६३ जना रुसी सैनिकमध्ये एक थिए। उनको नाम डीमित्री याकुशान्को थियो र उनी रूसको तर्फबाट युद्धमा संलग्न निजी वैगनआर सेनाका सदस्य थिए।याकुशान्कोमाथि जानीजानी युद्ध त्यागेर युक्रेनतर्फ भागेको आरोप लागेको थियो। 'युद्धभूमिमा लड्दा मैले महसुस गरें कि यो लडाईं मेरो होइन', उनले एक भिडियोमा भनेका थिए।रुस र युक्रेनले फेब्रुअरी ४ मा युद्धका क्रममा कब्जामा लिएका सैनिकको आदानप्रदान गरेका थिए। द इन्साइडरका अन

    • प्रकाशित मितिः फागुन ४, २०७९
    • 230 पटक पढिएको
  • भूकम्पमा परी मृत्यु हुनेको संख्या ४० हजार नाघ्याे

    झापा : सिरिया र टर्कीको सीमामा गतहप्ता गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ४० हजार नाघेको छ।टर्की​मा मात्रै भूकम्पमा परी ३५ हजार ४ सय १८ जनाले ज्यान गुमाएको त्यहाँका अधिकारीले जनाएका छन। सिरियामा ५ हजार ८ सयले ज्यान गुमाएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।टर्कीबाट उत्तरपश्चिम सिरियामा बाब अल–सलाममा मानवीय सहायता बोकेका दशवटा अन्तर्राष्ट्रिय आप्रवासन संगठनका ट्रकहरू पुगेका छन्।  टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले भग्नावशेषबाट ८ हजारभन्दा बढी मानिसको जिउँदै उद्धार गरेको बताएका छन्। ​भूकम्पपछि सिरियामा ५ दशमलव ३ मिलियन मानिस घरबारविहीन हुन सक्ने

    • प्रकाशित मितिः फागुन ३, २०७९
    • 250 पटक पढिएको
  • क्यानडाको आकाशमा उडिरहेको अज्ञात वस्तु अमेरिकी सेनाको युद्धक विमानले खसाल्यो

    काठमाडौं - क्यानडाको आकाशमा उडिरहेको एक अज्ञात वस्तुलाई अमेरिकी वायु सेनाको युद्धक विमानले क्षेप्यास्त्र प्रहार गरी खसालेको छ। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पछिल्लो पटक देखिएको उक्त अज्ञात वस्तुले क्यानडाको हवाई क्षेत्रको उल्लंघन गरेको र उत्तर पश्चिम क्यानडाको युकोनमा खसालिएको पुष्टि गरेका छन्।पछिल्लो साता अमेरिकी आकाशमा उडिरहेको चिनियाँ जासुस बेलुनलाई खसालिएको चर्चा सेलाउन नपाउँदै फेरि अर्को अज्ञात वस्तु भेटिएको यो तेस्रो घटना हो।उक्त वस्तुलाई खसाल्न तथा पछ्याउन क्यानडा र अमेरिका दुवै देशका वायु सेनाको यान परिचालन गरिएको र अमेरिकी एफ २२ युद्धक विमानले उक्त वस्तुलाई क्षेप्यास्त्

    • प्रकाशित मितिः माघ २९, २०७९
    • 224 पटक पढिएको
  • भूकम्पमा परी टर्की र सिरियामा मृत्यु हुनेको संख्या २८ हजार नाघ्याे

    काठमाडौं : शक्तिशाली भूकम्पमा परी टर्की र सिरियामा  मृत्यु हुनेको संख्या २८  हजार नाघेको छ। टर्कीएमा मात्रै २४  हजार ६२७ जना र सिरियामा तीन हजार, ५७५  जनाले ज्यान गुमाका छन्। मानवीय सहायता परिचालनमा समन्वय गरिरहेका संयुक्त राष्ट्रसङ्घका अधिकारीले करिब ५३ लाख सिरियाली घरबारविहीन भएका अनुमान गरेको छ। टर्कीए र सिरियाका नौ लाख भूकम्पपीडितलाई  खाना तत्काल आवश्यक भएको बताएका छन्।टर्कीएले विद्रोही नियन्त्रणमा रहेको सिरियाका केही भागमा आफ्नो भूमिबाट दुईतर्फी बाटो खोल्ने प्रयास भइरहेको जनाएको छ। उद्धारकर्मीहरू भूकम्पपछिका एक सय घण्टादेखि प्रतिकूल मौसममा पनि भग्नावशेषब

    • प्रकाशित मितिः माघ २९, २०७९
    • 195 पटक पढिएको
  • टर्की भूकम्पमा परी २१ हजार जनाको मृत्यु

    अंकारा - टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म २१ हजार जनाको मृत्यु भएको छ भने दशौं हजार घाइते भएका छन् ।टर्कीको विपद् व्यवस्थापन निकायले अन्तरराष्टिय सहायताका निम्ति अपील गरेको छ । अन्तर्राष्टिय रेडक्रस र रेड क्रिसेन्ट सोसाइटीले तत्काल आफ्नो आपत्कालीन कोषबाट तत्काल नगद सहायता परिचान गर्ने बताएको छ । सिरिया र टर्कीका भूकम्प पीडितको सहयोगका लागि उक्त रकम निकासा गरिने सोसाइटीले जनाएको छ ।  संयुक्त राष्ट्रसङ्घीय सहायता निकाएका छ वटा विशाल वाहन राहत सामग्री लिएर टर्कीको सिमाना पार गरेर सिरिया पुगेका छन् । यो सहायता सिरियाका लागि पहिलो अन्तर्राष्टिय सहयोग ह

    • प्रकाशित मितिः माघ २७, २०७९
    • 210 पटक पढिएको
  • टर्की र सिरियामा भूकम्पमा परेर ज्यान गुमाउनेको सङ्ख्या १५ हजार पुग्यो

    भूकम्पमा परेर टर्की र सिरियामा ज्यान गुमाउनेको सङ्ख्या १५ हजार पुगेको छ । गएको सोमवार आएको भूकम्पमा परेर ज्यान गुमाउनेको सङ्ख्या बझै बढ्ने अनुमान छ । अहिलेसम्म १५ हजार जनाको ज्यान गएको पुष्टि भएको बीबीसीले जनाएको छ । भूकम्पका कारण कयौँ घाइते भएका छन् ।भग्नावशेषमा पुरिएका कतिपयको अझै उद्धार हुन सकिरहेको छैन । राहत तथा उद्धारका प्रयास भइरहेका छन् भने हराइरहेकाहरुको खोजी पनि भइरहेको छ । आलोचकहरुले राहत तथा उद्धारको काम सुस्त भएको भन्दै टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको आलोचना गरेका छन् । तर, राष्टपति एर्दोगानले भने सरकारको बचाउ गर्नु भएको छ ।उहाँले राहत तथा उद्धारमा केही कठिनाइ भ

    • प्रकाशित मितिः माघ २६, २०७९
    • 96 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा