विदेश

    Showing 731-740 of 1,587 items.
  • तालिबानद्वारा युद्धविराम फिर्ता, देशभर आक्रमण गर्ने घोषणा

    एजेन्सी  / पाकिस्तानको तालिवान समूहले गत सरकारसँग भएको युद्धविराम फिर्ता लिएको छ । गत जुन महिनामा पाकिस्तान सरकार र तालिबानबीच युद्धविरामको सम्झौता भएको थियो । तर सरकारले सम्झौता पालना नगरेको भन्दै तालिबानले पनि सम्झौताबाट आफू पछि हटेको जनाएको छ ।तालिबानले आफ्ना लडाकुहरूलाई देशभर आक्रमण गर्न आदेश दिएको छ । तहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) सन् २००७ मा स्थापना भएको थियो । त्यसयता उसले गरेका आक्रमणबाट सयौँ नागरिकको ज्यान गइसकेको छ ।

    • प्रकाशित मितिः मंसिर १३, २०७९
    • 142 पटक पढिएको
  • क्यामरुनमा पहिरो जाँदा १४ जनाको मृत्यु, अन्य केही बेपत्ता

    एजेन्सी / क्यामरुनको राजधानी याओन्देमा आइतबार पहिरोमा परेर कम्तीमा पनि १४ जनाको मृत्यु भएको बताइएको छ ।  समाचार एजेन्सीका अनुसार पहिरोमा परेर १४ जनाको मृत्यु भएको छ भने अरु केही बेपत्ता छन् ।पछिल्लो समयमा बाढी र पहिरोको प्रकोप बढेको बताइएको छ । यस क्षेत्रका नागरिकको मुत्यु संस्कारका क्रममा जम्मा भएका नागरिक पहिरोमा परेका थिए । त्यस क्रममा जम्मा भएका १४ जनालाई पहिरोले लगेको र अरु केही भाग्न सफल भएका थिए । त्यसमा परेर केही व्यक्ति हराएका र उनीहरुको खोजी जारी रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरी घटनास्थलमा पुगेको र उद्धार तथा खोजीको काम जारी राखेको बताइएको छ ।

    • प्रकाशित मितिः मंसिर १२, २०७९
    • 128 पटक पढिएको
  • मलेसियामा श्रमिकका लागि घुम्ती सेवा

    एजेन्सी  / मलेसियास्थित नेपाली दुतावासले मलेसियाका विभिन्न शहरमा घुम्ती सेवा सुरु गरेको छ । राजदूत डिल्लीराज पौडेलका अनुसार वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेका नेपाली श्रमिकको सुविधाका लागि श्रमिकहरू कार्यरत रहेको शहरमै दुतावासबाट सेवा प्रवाह गर्न घुम्ती सेवा सञ्चालन गरिएको हो । बुधबार क्वालालम्पुरबाट करिब चार घण्टा मोटर बाटोको दूरीमा रहेको जोहरवारुमा राजदूत पौडेलले अस्थायी घुम्ती सेवाको उद्घाटन गरेका छन् । गैरआवासीय नेपाली संघ लगायत नेपाली संघ संस्थाहरुसँगको सहकार्यमा घुम्ती सेवा संचालन गरिएको हो ।एक हजार भन्दा धेरै नेपाली उपस्थित भएको कार्यक्रममा २ सय ८० जना श्रमिकले

    • प्रकाशित मितिः मंसिर १, २०७९
    • 127 पटक पढिएको
  • म्यानमारको सेनाले गर्‍यो पूर्व बेलायती राजदूतसहित ६ हजार कैदी रिहा

    एजेन्सी / म्यानमारको सेनाले बिहीबार विदेशी नागरिकसहित ६ हजार कैदीलाई रिहा गरेको छ । पूर्व बेलायती राजदूत विकी बोमन, जापानी पत्रकार तोरु कुबोटा र आङ सान सुकीको अपदस्थ सरकारका अष्ट्रेलियाली सल्लाहकार सन टर्नेललाई रिहा गरिएको एक शीर्ष सेना अधिकारीले एएफपी समाचार एजेन्सीलाई जानकारी दिएको छ ।सन् २००२ देखि २००६ सम्म राजदूत रहेकी बोमनलाई अगस्टमा श्रीमान्‌सहित हिरासतमा लिइएको थियो । उनी विदेशी नागरिक दर्ता कागजातमा रहेको ठेगानाभन्दा फरक ठेगानामा बस्दै थिइन् । र, उनले यसबारे जानकारीसमेत दिएकी थिइनन् ।बोमनलाई पतिसँगै प्रारम्भिक हिरासतमा राखेर जेल पठाइएको थियो । बोमनका पति टान लिन, एक प्रसिद्ध कलाका

    • प्रकाशित मितिः मंसिर १, २०७९
    • 131 पटक पढिएको
  • डोनल्ड ट्रम्पले राष्ट्रपतिका लागि उम्मेदवारी दिने

    एजेन्सी / अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा  उम्मेदवारी दिने घोषणा गरेका छन् । फ्लोरिडास्थित आफ्नो निवासमा मार ए लागो अगाडि भेला भएका समर्थकहरूलाई सम्बोधन गर्दै ट्रम्पले अमेरिकालाई पुनः वैभवशाली बनाउनका लागि पुनः उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।यो मेरो मात्रै अभियान होइन, हाम्रो अभियान हो भन्दै उनले आफ्नो अभियानले अमेरिकालाई पुनः एकीकृत गर्ने दाबी पनि गरे । संसदीय निर्वाचनमा आफ्नो पक्षका थुप्रै उम्मेदवारहरू पराजित भएको र रिपब्लिकन सिनेटमा पनि बहुमत पुर्याउन असफल भएको बेला ट्रम्पले २०२४ को उम्मेदवारी घोषणा गरेका हुन् ।ट्रम्पले उम्मेदवारी घोषणा

    • प्रकाशित मितिः कार्तिक ३०, २०७९
    • 123 पटक पढिएको
  • तीन फुटबल खेलाडीको गोली हानी हत्या

    एजेन्सी / अमेरिकाको युनिभर्सिटी अफ भर्जिनिया फुटबल टिमका तीन सदस्यलाई क्याम्पसमा गोली हानी हत्या गरिएको छ । आइतबार साँझ फिल्ड ट्रिपबाट फर्किएका विद्यार्थीले भरिएको बसमा गोली चल्दा उनीहरूको मृत्यु भएको हो । मारिनेहरूमा भर्जिनिया बीचका दोस्रो वर्षका विद्यार्थी डेभिन चन्डलर, फ्लोरिडाको मियामीका चौथो वर्षका विद्यार्थी डिसेन पेरी र रिच हिल, साउथ क्यारोलिनाका तेस्रो वर्षका विद्यार्थी लाभेल डेभिस रहेका छन्।त्यस्तै अन्य दुई जना घाइते भएका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार युनिभर्सिटी क्याम्पसको पार्किङ ग्यारेजमा उनीहरूमाथि आक्रमण भएको हो । घटनामा संलग्न एक सन्दिग्धलाई भने पक्राउ गरेको छ ।

    • प्रकाशित मितिः कार्तिक २९, २०७९
    • 151 पटक पढिएको
  • नतासा बनिन स्लोभेनियाकी पहिलो महिला राष्ट्रपति

    एजेन्सी  / स्लोभेनियाले पहिलो महिला राष्ट्रपति पाएको छ । नतासा पिर्क मुसार देशको पहिलो महिला राष्ट्रपतिको रुपमा निर्वाचित भएकी हुन् । पत्रकार तथा वकिल मुसार अमेरिकी पूर्वप्रथम महिला मेलानिया ट्रम्पसँग निकट मानिन्छिन् । उनले पूर्वविदेशमन्त्री आन्जे लोगरलाई पराजित गरेकी छन् । मुसारले करिब ५४ प्रतिशत मत प्राप्त गरेकी थिइन् भने लोगरले ४६ प्रतिशतभन्दा बढी मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।करिब २० लाख जनसङ्ख्यामा ४९ दशमलब ९ प्रतिशत मतदान भएको आयोगले जनाएको छ । डोनाल्ड ट्रम्प राष्ट्रपति हुँदा मेलानिया ट्रम्पको हितको रक्षा गर्न मुसारलाई वकिलको रूपमा नियुक्त गरिएको थियो ।

    • प्रकाशित मितिः कार्तिक २८, २०७९
    • 117 पटक पढिएको
  • इस्तानबुलमा विस्फोट हुँदा ६ जनाको मृत्यु

    एजेन्सी / टर्कीको राजधानी इस्तानबुलको मुटुको एउटा व्यस्त सडकमा विस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ।आइतबार साँझ भएको सो विस्फोटमा ८१ जना घाइते बढी घाइते भएका स्थानीय गभर्नरले जनाएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।उपराष्ट्रपति फुआत ओक्तेले विस्फोटलाई एक महिलाले गराएको आतङ्कवादी हमला भएको अनुमान गरिएको बताए । इस्तानबुलमा एक पत्रकार सम्मेलनमा उनले आक्रमणको निन्दा गर्दै हमलामा ‘आतङ्कको गन्ध’ आएको बताए ।न्याय मन्त्री बेकिर बोजडागले विस्फोट हुनुभन्दा केही मिनेटअघि एउटी महिला ४० मिनेटभन्दा बढी समयसम्म विस्फोट क्षेत्रमा रहेका बताए । राष्ट्र

    • प्रकाशित मितिः कार्तिक २८, २०७९
    • 111 पटक पढिएको
  • विश्वयुद्धकालीन दुई विमान ठोक्किएर दुर्घटनाग्रस्त

    एजेन्सी / अमेरिकामा विश्वयुद्धकालीन दुई पुराना विमानहरू ठोक्किएर दुर्घटनाग्रस्त भएका छन् । टेक्सास राज्यस्थित डलास नजिक एउटा स्मारक एयर शोमा भाग लिइरहेका बेला उक्त विमानहरू ठोक्किएर दुर्घटनाग्रस्त बनेको हो ।फुटेजमा कम उचाइमा रहेका विमानले एकअर्कालाई प्रहार गरिरहेको देखिन्छ । एउटा विमान आधा टुक्रा परेको र भुइँमा खस्दा आगो लागेको देख्न सकिन्छ ।दुई विमानमा कति जना सवार थिए वा कोही बाँचे भने तत्काल खुल्न सकेको छैन । दुईमध्ये एउटा बोइङ बी–१७ फ्लाइङ फोट्र्रेस थियो । संघीय उड्डयन प्रशासनले शनिबारको विंग्स ओभर डलास एयर शोमा भएको दुर्घटनाको अनुसन्धान गर्ने बताएको छ ।हताहतिको संख्या अझै पुष्टि भइनसकेको

    • प्रकाशित मितिः कार्तिक २७, २०७९
    • 114 पटक पढिएको
  • हतियारधारीको आक्रमणबाट मेक्सिकोमा ९ जनाको मृत्यु

    एजेन्सी / हतियारधारीहरूले मध्य मेक्सिकोको गुआनाजुआटो राज्यको एउटा बारमा आक्रमण गर्दा ९ जनाको मृत्यु भएको छ । उक्त हत्यामा लागू औषध तस्करहरूको संलग्नता रहेको स्थानीय अधिकारीहरूले जनाएका छन् । अपासियो एल अल्टो सहरमा उक्त हमला भएको हो । ‘हतियारधारी पुरुषको एक समूहले लेक्सस बारमा हमला गर्दा पाँच पुरुष र चार महिलाको मृत्यु भएको बताइएको छ । स्थानीय सञ्चारमाध्यमले पछिल्लो आक्रमण सान्ता रोजा डे लिमाका नेता जुआन रोडोल्फो येपेजको मंगलबार पक्राउ गरेको बदला भएको बताएका छन् । गुआनाजुआटो एक औद्योगिक राज्यमा जलिस्को न्यु जेनेरेसन र सान्ता रोजा डे लिमा ड्रग तस्करबीच हिंसात्मक झडप हुने गर्छ । 

    • प्रकाशित मितिः कार्तिक २६, २०७९
    • 127 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा