दाङ— सर्पको टोकाइबाट दाङमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजपुर गाउँपालिका–३ खरदरियाका ५५ वर्षीय शालिकराम यादव रहेका छन ।
सोमबार (आज) बिहान उनलाई घरभित्र सर्पले टोकेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए । यादवको उपचारको क्रममा आज राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको प्रहरीको भनाइ छ ।
शालिकराम यादव शङ्कर माध्यमिक विद्यालय खरदरियामा प्रधानाध्यापकको रूपमा कार्यरत थिए।