काठमाडौं— काठमाडौंको माइतीघर मण्डलामा निजी विद्यालयका संगठनहरू प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले ५ बुँदे माग राख्दै प्रदर्शन गरिरहेका छन् । 

विद्यालय शिक्षा विधेयकलाई अन्तिम रूप दिने तयारी भइरहेका बेला उनीहरूले ‘गैरनाफामूलक चाहिँदैन, कम्पनी मास्न पाइँदैन’ जस्ता प्लेकार्ड बोकेर विरोध जनाइरहेका हुन् । 

कम्पनी ऐनअन्तर्गत दर्ता विद्यालयलाई गैरनाफामूलक बनाउने व्यवस्था हटाउनुपर्ने, पूर्ण छात्रवृत्तिबाट पोशाक–स्टेसनरी उपलब्ध गराउनुपर्ने र छात्रवृत्ति सम्बन्धी अधिकार विद्यालयलाई नै दिनुपर्नेजस्ता माग उनीहरूले राखेका छन् ।

यसैबीच शिक्षा समितिले निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाउने र १०–१५ प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने सहमति गरेको छ। तर, आन्दोलनरत यी संगठनहरूले भने आफ्ना माग सम्बोधन नभए ८ भदौदेखि निर्णायक आन्दोलन गर्ने चेतावनी दिइरहेका छन् ।