सर्लाही— माटोको ढिस्कोले पुरिएर गम्भीर घाइते भएका चार जनाको उपचारका क्रममा मृत्यु भएको छ।

ज्यान गुमाउनेमा महोत्तरी जिल्लाको सोनमा गाउँपालिका–६, मगरथानाका ६५ वर्षीया सायदा खातुन, ६ वर्षीया सविवा खातुन, ८ वर्षीय डिल्लु मंसुर र ९ वर्षीया नर्गिस खातुन रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार उनीहरूको जनकपुरधामस्थित प्रादेशिक अस्पताल मलंगवामा उपचारका क्रममा पौने ११ बजे मृत्यु भएको हो।

सर्लाहीको हरिपुर्वा नगरपालिका–१, हर्दी नदी किनार नजिक घटना भएको हो । बुधबार बिहान करिब सवा ९ बजे उनीहरू घर लिपपोत गर्नका लागि माटो खन्न गएका बेला अचानक माटोको ढिस्को खस्दा चारै जना पुरिएका थिए।