झापा— झापाको बिर्तामोडमा आज बिहान चट्याङ लागेर एक महिलाको ज्यान गएको छ।
बिर्तामोड नगरपालिका–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आज बिहान करिब ११ बजेतिर परेको वर्षासँगै अचानक चट्याङ परेको थियो। सो समयमा दिलकुमारी बाख्रा लिन खेततर्फ गएकी दिलकुमारीलाई चट्याङ लागेको प्रहरीको भनाइ छ ।
घटनापछि स्थानीयले उनलाई गम्भीर अवस्थामा उद्धार गरेर तुरुन्तै उपचारका लागि बिर्तासिटी अस्पतालतर्फ लैजादै गर्दा बाटोमै उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।