हेटौँडा— आज बिहानदेखि परेको पानीको कारण आन्तरिक तर्फको सबै उडान अहिले बन्द रहेको छ ।

पानी परेको कारण आन्तरिक उडान अहिले बन्द भएको हो । भने, अन्तर्राष्ट्रिय तर्फको जहाज उडान भने नियमित भइरहेको छ ।

त्रिभुवन विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाको अनुसार अहिले २० मिनेटदेखि आन्तरिक तर्फको सबै उडान बन्द रहेको छ । बिहान आन्तरिक तर्फ सबैतिर उडान भएको उनले बताए ।

उनले भने, आज बिहान सबैतिर आन्तरिक तर्फका जहाज उडेको थियो । अहिले पानी परेर जहाज उडेको छैन । अन्तर्राष्ट्रिय उडानमा केही समस्या छैन । मौसम सफा भएपछि आन्तरिक तर्फ जहाज उड्ने छन् ।