सिन्धुली— जिल्लाको मरिण गाउँपालिका अन्तर्गत मूलकोट क्षेत्रमा एक ईभी (इलेक्ट्रिक) गाडी दुर्घटना भएको छ।
उक्त गाडी काठमाडौंबाट पूर्वतर्फ गइरहेको क्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । दुर्घटनाको कारण हालसम्म खुलाइएको छैन।
दुर्घटनामा केही यात्रु घाइते भएको प्रहरीले जनाएको छ। उनीहरूको उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लगिएको छ। तर हालसम्म दुर्घटनाबाट भएको क्षतिको यकिन विवरण भने सार्वजनिक गरिएको छैन।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।