पाँचथर— तमोर नदीमा जिप खसेर भएको दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

पाँचथरको कुम्मायक– ३ कात्तिके भन्ने ठाँउबाट आज बिहान तमोर नदीमा जिप खसेको थियो । सो दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ६ पुगेको प्रहरीले जनाएको छ ।

अन्य ६ जना घाइते भएका छन्, उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ ।