फागुन २१ को निर्वाचनपछि एउटा राजनीतिक युगको अन्त्य हुनेछ, नयाँ युगको सुरु हुनेछ : उम्मेदवार गौतम

296 Shares
alt

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टीबाट चितवन क्षेत्र नम्बर ३ की उम्मेदवार सोविता गौतमले फागुन २१ गतेको निर्वाचन एउटा राजनीतिक युगको अन्त्य गरेर अर्को राजनीतिक युगमा प्रवेश गर्ने अवसर भएको बताएकी छिन् ।
शुक्रबार चितवनमा आयोजित ‘हामी आयौं परिर्वतन उद्घोष सभा’लाई सम्बोधन गर्दै उनले भ्रष्टाचार भइरहँदा सुशासन आउन नसक्ने भन्दै सुशासनको लागि भ्रष्टाचारयुक्त राजनीति गर्ने राजनीतिज्ञहरुको अन्त्य हुनैपर्ने बताइन् ।
उनले भनिन्,‘फागुन २१ गतेको निर्वाचन एउटा राजनीनीतिक युगको अन्त्य गरेर अर्को राजनीतिक युगमा प्रवेश गर्ने निर्वाचन हो । अहिलेसम्म भ्रष्टाचारले लिप्त भएको समाजको अन्त्य गरेर सुशासन भएको समाज निर्माण गर्ने अवसर पनि हो । उज्यालो र अध्यारोसँगै उभिन सक्दैन् । भ्रष्टाचार भइराख्यो भने सुशासन आउन सक्दैन् । त्यसैले हामी सुशासन चाहन्छौं भने भ्रष्टाचारयुक्त राजनीति गर्ने त्यस्ते राजनीतिज्ञहरुको अन्त्य हुनैपर्छ ।’
त्यस्तै उनले निर्वाचन तोकतन्त्रको सुन्दर अभ्यास भएको बताउँदै निर्वाचनबाट आम नागरिकहरुले आफ्नो मत सहि ठाउँमा सदुपयोग गरेर राम्रो नेतृत्व छान्न सके देशले एउटा दिशा प्राप्त गर्न सक्ने धारणा राखिन् ।
‘निर्वाचन तोकतन्त्रको सुन्दर अभ्यास हो । यो निर्वाचनबाट आम नागरिकहरुले आफ्नो मत सहि ठाउँमा सदुपयोग गरेर राम्रो नेतृत्व छान्नुभयो भने देशले एउटा दिशा प्राप्त गर्न सक्छ । यदी मतको सहि सदुपयोग भएन भने दिशा होइन् देशले दशा व्यहोर्न पर्छ । गएका निर्वाचनहरुले कुन दशामा नेपाली जनतालाई राखेका छन् त्यो भनिराख्न पर्दैन्’ उनले भनिन् ।


सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.