काठमाडौं ९ मा जसपा नेपालका उम्मेदवार रणबीरले लिए उम्मेदवारी फिर्ता, कांग्रेसकी नानुलाई समर्थन

245 Shares

काठमाडौं–  काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ मा जसपा नेपालबाट उम्मेदवारी दिएका रणवीर सिंह क्षेत्रीले उम्मेदवारी फिर्ता लिदै नेपाली कांग्रेसकी उम्मेदवार नानू बाँस्तोलालाई समर्थन गरेका छन् ।

उनले आफ्नो उम्मेदवारी फिर्ता लिएको र नानुलाई समर्थन गरेको बताए। रणवीरको समर्थन सँगै कांग्रेस काठमाडौ ९ मा थप बलियो बनेको छ। आफुलाई समर्थन गरेपछि रणवीरलाईकांग्रेस उम्मेदवार नानू बाँस्तोलाले खादा लगाएर सम्मान गरिन।

प्रतिनिधि सभाको आगामी निर्वाचनका लागि यो क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी २४ जना उम्मेदवार मैदानमा छन्।

काठमाडौं क्षेत्र नं ९ मा ३४ वटा मतदान स्थल र ९० वटा मतदान केन्द्र रहेका छन्। राजनीतिक दलका १८ र स्वतन्त्र छ जना गरी कूल उम्मेदवार सङ्ख्या २४ जना छ। यस मध्ये २० पुरुष र चार महिला उम्मेदवार छन्।

यो निर्वाचन क्षेत्रमा कूल मतदाता सङ्ख्या ७८ हजार चार सय ९५ रहेकामा पुरुष मतदाता ४८ दशमलव ६९ प्रतिशत अर्थात् ३८ हजार दुई सय १७ र महिला मतदाता सङ्ख्या ५१ दशमलव ३१ प्रतिशत अर्थात् ४० हजार दुई सय ७८ रहेको छ .


सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.