एजेन्शी  ।  इरानद्वारा अमेरिकी F-15 लडाकु विमान ध्वस्त, उद्धारमा गएका अन्य विमान पनि खसालिदिएकोछ।

इरान र अमेरिकाबीचको युद्धले निकै घातक मोड लिएको छ। इरानी सेनाले अत्याधुनिक अमेरिकी F-15 लडाकु विमानलाई काँधमा बोक्न मिल्ने 'हिट-सिकिङ' क्षेप्यास्त्र प्रहार गरी खसालेको पुष्टि भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार विमानको इन्जिनमा सिधै प्रहार भएको थियो।

खसेका पाइलटको उद्धारका लागि पठाइएका अन्य अमेरिकी विमानहरू— एउटा ए-१० (A-10), दुईवटा एमसी-१३०जे (MC-130J) हर्कुलस र एउटा हेलिकोप्टरलाई समेत इरानले ध्वस्त पारिदिएको छ। सीएनएन (CNN) का अनुसार थोरै लगानीका MANPADS क्षेप्यास्त्रहरू करोडौँ डलरका अमेरिकी युद्धविमानहरूका लागि काल सावित भएका छन्।

यस घटनाले अमेरिकी वायुसेनाको श्रेष्ठतामाथि गम्भीर चुनौती थपिदिएको छ।