आर्थिक

    Showing 201-210 of 4,486 items.
  • मनिता मृत्यु प्रकरणमा अस्पताल दोषी, ३९ लाख क्षतिपूर्ति तिर्न अदालतको आदेश

    काठमाडौं । प्रसूति उपचारका क्रममा बिरामीको मृत्यु भएको घटनामा उपभोक्ता अदालतले एभरेस्ट अस्पताल र उपचारमा संलग्न स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.ज्योत्सना शर्मा तिवारीको चिकित्सकीय लापरबाही पुष्टि गरेको छ। अदालतले अस्पताललाई ३० लाख र चिकित्सकलाई ९ लाख रुपैयाँ गरी पीडित परिवारलाई कुल ३९ लाख रुपैयाँ क्षतिपूर्ति दिन आदेश दिएको हो।अदालतका अनुसार सिभियर प्रि–एक्लेम्प्सिया भएकी बिरामीलाई सिजेरियन शल्यक्रियाअघि अनिवार्य रूपमा दिनुपर्ने म्याग्नेसियम सल्फेट समयमै नदिइनु उपचार प्रक्रियाको गम्भीर त्रुटि थियो। शल्यक्रियापछि मात्र औषधि दिइएकाले बिरामीको अवस्था थप जटिल बनेको अदालतले ठहर गरेको छ।मनिता शर्म

    • प्रकाशित मितिः साउन १, २०८३
    • 290 पटक पढिएको
  • नयाँ आर्थिक वर्ष सुरु, कोशीले कति खर्च गर्यो अघिल्लो बजेट ?

    विराटनगर / नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै कोशी प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमा ७० प्रतिशतभन्दा बढी बजेट खर्च गर्न सफल भएको जनाएको छ । असामान्य राजनीतिक र प्रशासनिक परिस्थितिका बाबजुद अपेक्षाकृत रूपमा बजेट कार्यान्वयन भएको आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिंथेपले बताएका छन् । कुराकानीमा मन्त्री लिंथेपले जेनजी आन्दोलन, प्रतिनिधिसभा निर्वाचन तथा त्यसबाट सिर्जित प्रशासनिक अवरोधका कारण बजेट कार्यान्वयन प्रभावित भए पनि प्रदेश सरकारले ७० प्रतिशतभन्दा बढी खर्च गर्न सफल भएको बताए ।उनका अनुसार चालु आर्थिक वर्षको खर्च अघिल्ला वर्षको तुलनामा केही कम भए पनि देशका अन्य प्रदेशसँग तु

    • प्रकाशित मितिः साउन १, २०८३
    • 151 पटक पढिएको
  • सुनचाँदीको मुल्य घट्यो कतिमा भइरहेछ त कारोवार ?

    काठमाडौं। नेपाली सुनचाँदी बजारमा शुक्रबार सुनको मूल्य घटेको छ।शुक्रबार सुन प्रतितोला तीन हजार एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले का अनुसार आज सुन प्रतितोला दुई लाख ८२ हजार एक सय रुपैयाँमा कारोबार भईरहेको छ। बिहीबार उक्त सुन प्रतितोला दुई लाख ८५ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १२५ रुपैयाँले घटेर प्रतितोला चार हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।

    • प्रकाशित मितिः साउन १, २०८३
    • 75 पटक पढिएको
  • यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

    काठमाडौं— नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १५३ रुपियाँ ८६ पैसा र बिक्रीदर १५४ रुपियाँ ४६ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपियाँ ४० पैसा र बिक्रीदर १७७ रुपियाँ ०९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपियाँ ८० पैसा र बिक्रीदर २०८ रुपियाँ ६१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपियाँ ५७ पैसा र बिक्रीदर १९१ रुपियाँ ३२ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपियाँ ६९ पैसा र बिक्रीदर १०८ रुपियाँ ११ पैसा तोकिएको छ । राष्ट्र बैंकले क्यानेड

    • प्रकाशित मितिः साउन १, २०८३
    • 379 पटक पढिएको
  • बचतकर्तालाई अर्को झट्का- साउनदेखि ६ बैंकले फेरि घटाए निक्षेपको ब्याजदर

    काठमाडौं । नयाँ आर्थिक वर्षको सुरुवातसँगै बचतकर्ताका लागि निराशाजनक खबर आएको छ। साउन महिनादेखि ६ वटा वाणिज्य बैंकले निक्षेपमा दिने ब्याजदर थप घटाएका छन्, जसका कारण मुद्दती खातामा बचत गर्ने सर्वसाधारणले अब झन् कम प्रतिफल पाउने भएका छन्। २० वाणिज्य बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा औसत अधिकतम ब्याज ४.२६ प्रतिशतबाट घटेर ४.१९ प्रतिशतमा झरेको छ।यसपटक राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई, एनएमबि, सिटिजन्स, स्ट्यान्डर्ड चार्टर्ड र कुमारी बैंकले ब्याजदर घटाएका छन्। सबैभन्दा ठूलो कटौती राष्ट्रिय वाणिज्य बैंकले गरेको छ भने ग्लोबल आइएमई पनि उल्लेख्य रूपमा ब्याज घटाउने

    • प्रकाशित मितिः असार ३२, २०८३
    • 136 पटक पढिएको
  • विष्णु पौडेलसहित ७ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण अभियोगपत्र दर्ताको तयारी

    काठमाडौं । एमालेका वरिष्ठ नेता तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल सहित सात जनाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी पूरक अभियोगपत्र दर्ता गर्ने तयारी गरिएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले विशेष अदालतमा मुद्दा दायर गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको हो।विशेष सरकारी वकिल कार्यालयका अनुसार यसअघि व्यवसायी दीपक भट्ट विरुद्ध दर्ता भइसकेको मुद्दासँग सम्बन्धित पूरक अभियोगका रूपमा नयाँ प्रतिवादी थप गर्न लागिएको हो। यस प्रकरणमा व्यवसायी दीपक भट्ट, सुवी अग्रवाल लगायत सात जनालाई प्रतिवादी बनाउने तयारी गरिएको छ। अनुसन्धानबाट प्राप्त विवरणका आध

    • प्रकाशित मितिः असार ३२, २०८३
    • 186 पटक पढिएको
  • भोलिदेखि निजी अस्पतालमा उपचार महँगिने, हरेक बिरामीको बिलमा थपिँदै ३ प्रतिशत नयाँ शुल्क

    काठमाडौं । निजी अस्पतालमा उपचार गराउने सर्वसाधारणले शुक्रबारदेखि थप आर्थिक भार बेहोर्नुपर्ने भएको छ। सरकारले आर्थिक ऐन २०८३ कार्यान्वयनमा ल्याएसँगै अब निजी अस्पताल, नर्सिङ होम, पोलिक्लिनिक, ल्याब तथा निजी मेडिकल कलेजले बिरामीबाट लिने सबै सेवा शुल्कमा ३ प्रतिशत ‘स्वास्थ्य समता शुल्क’ अनिवार्य रूपमा असुल गर्ने भएका छन्।नयाँ व्यवस्थाअनुसार बिरामीले उपचार, परीक्षण, शल्यक्रिया वा अन्य कुनै पनि स्वास्थ्य सेवाको बिल तिर्दा कुल रकममा थप ३ प्रतिशत शुल्क तिर्नुपर्नेछ। उदाहरणका लागि, १० हजार रुपैयाँको उपचार खर्च भए अब त्यसमा ३०० रुपैयाँ अतिरिक्त जोडिनेछ।सरकारले उठाइने यो रकम गुणस्तरीय स्वास्थ्य सेवा विस्

    • प्रकाशित मितिः असार ३२, २०८३
    • 235 पटक पढिएको
  • अमेरिकाको नयाँ ‘ग्रीन कार्ड आवेदन दिनै १ लाख डलर धरौटी राख्नुपर्ने

    वासिङ्टन डीसी । अमेरिकामा स्थायी बसोबासको सपना देखिरहेका लाखौँ आप्रवासीका लागि ठूलो झट्का लाग्ने संकेत देखिएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ग्रीन कार्डका लागि आवेदन दिनेहरूसँग १ लाख अमेरिकी डलरसम्म ९करिब १ करोड ३५ लाख रुपैयाँ० धरौटी माग्ने नयाँ व्यवस्था ल्याउने तयारी गरेको छ।अमेरिकी सञ्चारमाध्यम वाल स्ट्रिट जर्नलका अनुसार यो प्रस्ताव अहिले अमेरिकी विदेश मन्त्रालयमा छलफलकै चरणमा छ। प्रस्ताव लागू भएमा विदेशस्थित अमेरिकी दूतावास तथा वाणिज्य दूतावासमार्फत आप्रवासी ९इमिग्रेन्ट० भिसाका लागि आवेदन दिनेहरू प्रत्यक्ष प्रभावित हुनेछन्।प्रस्तावअनुसार धरौटी रकम सबै आवेदकका लागि एउटै नहुन पनि सक्

    • प्रकाशित मितिः असार ३२, २०८३
    • 182 पटक पढिएको
  • १० लाखसम्मको आम्दानीमा अब १५ मात्र कर, नयाँ आयकर व्यवस्था शुक्रबारदेखि लागू

    काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३-०८४ सँगै सरकारले व्यक्तिगत आयकर प्रणालीमा ठूलो परिवर्तन लागू गरेको छ। शुक्रबारदेखि प्रभावमा आएको नयाँ व्यवस्थाअनुसार अब वार्षिक १० लाख रुपैयाँसम्म करयोग्य रोजगारी आय हुने व्यक्तिले केवल १ प्रतिशत कर मात्र तिर्नुपर्ने भएको छ।यसअघि ५ लाख रुपैयाँसम्म मात्र न्यूनतम करको सीमा रहेकामा सरकारले त्यसलाई दोब्बर बनाउँदै १० लाख पुर्‍याएको हो। सरकारले यो कदम मध्यमवर्गीय कर्मचारी र तलबभोगीको करभार घटाउने उद्देश्यले अघि सारेको जनाएको छ।नयाँ व्यवस्थाअनुसार १० लाखदेखि १५ लाख रुपैयाँसम्मको आयमा पहिलो १० लाखमा १० हजार रुपैयाँ कर लाग्नेछ भने बाँकी रकममा १० प्रतिशत दरले कर तिर्नुपर

    • प्रकाशित मितिः असार ३२, २०८३
    • 225 पटक पढिएको
  • भोलिदेखि सरकारी कर्मचारीको तलब बढ्दै

    काठमाडौं । नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारी कर्मचारीको तलब पनि बढ्ने भएको छ। सरकारले घोषणा गरेको १० प्रतिशत तलब वृद्धि र कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता शुक्रबारदेखि लागू हुँदैछ। यससँगै निजामती कर्मचारी, प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, शिक्षक तथा सार्वजनिक संस्थानका कर्मचारीको मासिक पारिश्रमिकमा उल्लेख्य वृद्धि हुनेछ। तलबसँगै प्रोत्साहन भत्ता थपिएपछि धेरै कर्मचारीको कुल आम्दानी करिब २१ प्रतिशतसम्म बढ्ने सरकारको दाबी छ।सबैभन्दा तल्लो तहका कार्यालय सहायकको आधारभूत तलब २७ हजार ६११ रुपैयाँबाट बढेर ३० हजार ३७२ रुपैयाँ पुगेको छ। यसबाहेक ५ हजार रुपैयाँ महँगी भत्ता र करिब ३ हजार रुपैय

    • प्रकाशित मितिः असार ३२, २०८३
    • 197 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.