आर्थिक

    Showing 211-220 of 3,730 items.
  • सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

    काठमाडौं— नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ ।आज सुनको मूल्यमा ६ हजार ५ सय रुपैयाले घटेर २ लाख ७५ हजार ५ सय रुपैयँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुनको मूल्य २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो ।त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ४ हजार ४ सय २५ रुपैयमा कारोबार भएको छ । आइबार चाँदीको मूल्य ४ हजार ५४० रुपैयाँमा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः चैत ९, २०८२
    • 397 पटक पढिएको
  • सोपान फर्मास्यूटिकल्सको आईपीओ निष्कासन

    काठमाडौं— सोपान फर्मास्यूटिकल्स लिमिटेडले आजदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ ।कम्पनीले कुल ४२ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएकोमा पहिलो चरणमा त्यसको १० प्रतिशत अर्थात् ४ लाख २९ हजार कित्ता शेयर श्रम स्वीकृति लिई विदेशमा रहेका नेपालीहरूका लागि छुट्याएको हो । इच्छुक आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम ११ हजार कित्तासम्मका लागि चैत १२ गतेभित्र आवेदन दिन सक्नेछन् । यदि यस अवधिमा पूर्ण आवेदन नपरेमा चैत २३ गतेसम्म समय थपिनेछ ।बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको यस आईपीओमा ‘मेरो शेयर’ अनलाइन वा सि–आस्बा सदस्य बैं

    • प्रकाशित मितिः चैत ९, २०८२
    • 372 पटक पढिएको
  • खाद्यान्नमा बढ्दो परनिर्भरताः आठ महिनामा २८ अर्बको चामल आयात, तरकारी र फलफूलको हिस्सा पनि ठूलो

    काठमाडौं— पछिल्लो समय नेपालको खाद्यान्न आयातमा परनिर्भरता झन् बढ्दै गएको पाइएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनाको तथ्यांकअनुसार धान–चामल, मकै, स्याउ र तरकारी जस्ता दैनिक उपभोग्य वस्तुहरूको आयातमा अघिल्लो वर्षको तुलनामा उल्लेख्य वृद्धि भएको छ ।भन्सार विभागको तुलनात्मक तथ्यांकअनुसार यस अवधिमा सबैभन्दा बढी आयात हुने खाद्य वस्तुमा चामल (धान, चामल र बासमतीसहित) अग्रस्थानमा रहेको छ । गत आर्थिक वर्ष २०८१/८२ को पहिलो आठ महिनामा २४ अर्ब ३६ करोड रुपैयाँको चामल आयात भएकोमा यस वर्ष १४.६ प्रतिशतले वृद्धि भई २७ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा ३ अर्ब ५५ करोड रुपैयाँले

    • प्रकाशित मितिः चैत ९, २०८२
    • 359 पटक पढिएको
  • बाजुराको हिमालीका अधिकांश अन्धकार बस्ती आठ महिनापछि पुनः झिलिमिली

    बाजुरा— बाजुराको सर्वाधिक विकट हिमाली गाउँपालिकाका अधिकांश अन्धकार बस्ती आठ महिना पछि झिलिमिली बनेका छन् । गत साउन २८ गते बिच्छ्या खोलामा आएको बाढीले कवाडी लघुजल विद् युतको नहर बगेपछि अधिकांश गाउँ बस्ती अन्धकार थिए ।लामो समयसम्म अन्धकार बनेका यहाँका अधिकांश बस्तीमा सात महिनापछि पुनस् विद्युत् सेवा आपूर्ति भएको हो । विच्छ्या खोलामा आएको बाढीले विद्युत् नहरसँगै स्थानीका घरजग्गा बगाएर करोडौँको क्षति समेत गरेको थियो।हिमाली गाउँपालिका र खत्याड गाउँपालिका बिच सम्झौता भई धुला चौर लगायतका बस्तीमा बिजुली सञ्चालनमा आएको हो ।अविरल वर्षाका कारण कुवासी खोला जलविद्युत योजना अवरुद्ध हुँदा गाउँपालिका केन्द्र

    • प्रकाशित मितिः चैत ९, २०८२
    • 400 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।   नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्राको विनिमयदर निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिद दर १४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५० रुपैयाँ २४ पैसा तोकिएको छ ।युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ १५ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९९ रुपैयाँ ६६ पैसा र बिक्रीदर २०० रुपैयाँ ४६ पैसा, स्विस फ्रयाङ्क एकको खरिददर १८९ रुपैयाँ ९० पैसा र बिक्रीदर १९० रुपैयाँ ६६ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ १० पैसा र बिक्रीदर १०५ रुपैयाँ ५२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ०४ पैसा र बिक्रीदर १०९ रुपैयाँ

    • प्रकाशित मितिः चैत ९, २०८२
    • 183 पटक पढिएको
  • नेप्से परिसूचक उच्च अंकले बढ्यो

    काठमाडौं— साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक उच्च अंकले बढेको छ ।यस दिन बजार ५४.५१ अंक अर्थात् १.८९ प्रतिशतले बढेर परिसूचक २९३१.५५ विन्दु कायम भएको छ ।६ करोड १४ लाख सात हजारभन्दा बढी कित्ता सेयर दुई लाख चार हजार ९५५ पटकका किनबेच हुँदा २३ अर्ब ५९ करोडको कारोबार भएको छ । आज ३६४ कम्पनीको सेयर किनबेच हुँदा १८३ कम्पनीको मूल्य बढ्यो भने ७३ वटाको घट्यो । यस्तै आठवटा कम्पनीको सेयर मूल्यमा कुनै फेरबदल भएन ।६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, अभियान लघुवित्त, सोलु हाइड्रोपावर र होटेल फरेस्ट इनको मूल्यमा

    • प्रकाशित मितिः चैत ८, २०८२
    • 404 पटक पढिएको
  • आठ महिनामा भित्रियो ८२ अर्बको डिजेल, ४३ अर्ब ८९ करोडको पेट्रोल

    काठमाडौं— चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब ११ खर्बको व्यापार घाटा बेहारेको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको गत फागुन मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांकअनुसार उक्त अवधिमा कुल १४ खर्ब ४० अर्ब ३६ करोड २२ लाखको कुल वैदेशिक व्यापारमा मुलुकले १० खर्ब ९८ अर्ब १३ करोड ८२ लाख घाटा बेहोरेको हो ।पछिल्लो आठ महिनामा १२ खर्ब ८९ अर्ब २५ करोडको आयात र एक खर्ब ९१ अर्ब ११ करोड २० लाख बराबरको निर्यात भएको विभागले जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा आयात १२ दशमलव ५४ र निर्यात २९ दशमलव ८३ प्रतिशतले बढेको छ ।गत फागुन मसान्तसम्ममा भारतसँगक

    • प्रकाशित मितिः चैत ८, २०८२
    • 422 पटक पढिएको
  • जाजरकोट उद्योग वाणिज्य संघको अध्यक्षमा रमेश केसी

    सुर्खेत— जाजरकोट उद्योग वाणिज्य संघको अध्यक्षमा रमेश केसी निर्वाचित भएका छन् । संघको नयाँ नेतृत्वका लागि शनिबार भएको निर्वाचन प्रक्रियामा सबै पदहरुमा आवश्यक सङ्ख्यामा मात्र उम्मेदवारी परेपछि नयाँ कार्य समिति निर्विरोध निर्वाचित भएको हो ।निर्वाचन समितिका संयोजक भीमबहादुर सिंहका अनुसार वरिष्ठ उपाध्यक्षमा मोहन खड्का, उपाध्यक्षमा रेशमबहादुर खड्का, महासचिवमा सूर्यबहादुर रोकाय, कोषाध्यक्षमा दीपक वि।क। तथा सचिवमा पूर्णबहादुर कार्की निर्विरोध निर्वाचित भएका छन् ।संघको सदस्यहरूमा विनोद कुमार घर्ती, मधुकर हमाल, युवराज शर्मा, मिलन प्रकाश चन्द, हेमन्त कुमार खत्री, शान्त राज हमाल, गणेश वि।स्वामी, मधुमिता श

    • प्रकाशित मितिः चैत ८, २०८२
    • 373 पटक पढिएको
  • कर्णाली प्रदेशमा बजेट कार्यान्वयनको कछुवा गतिः ८ महिनामा विकास खर्च २० प्रतिशत मुनि

    सुर्खेत— कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको दुई चौमासिक अवधि पार गरिसक्दा पनि बजेट कार्यान्वयनमा उत्साहजनक नतिजा देखाउन सकेको छैन । आर्थिक वर्ष २०८१/८२ को ८ महिना (फागुन मसान्त) बितिसक्दा प्रदेशको विकास बजेट खर्चको अवस्था अत्यन्तै निराशाजनक देखिएको छ ।प्रदेश सरकारले यस अवधिमा आफ्नो कुल पुँजीगत बजेटको २० प्रतिशत पनि खर्च गर्न नसक्दा विकास निर्माणका कामहरू ठप्प प्रायः देखिएका छन् । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार फागुन मसान्तसम्म कर्णाली प्रदेश सरकारले १९.६४ प्रतिशत अर्थात् ६ अर्ब ४८ करोड १६ लाख ४८ हजार ५६५ रुपैयाँ मात्र विकास बजेट खर्च गरेको छ ।सरकारले चालु आर्थिक वर्षका लागि कुल

    • प्रकाशित मितिः चैत ८, २०८२
    • 376 पटक पढिएको
  • सानिगाड हाइड्रोको आईपीओ आजदेखि खुला

    काठमाडौं— सानिगाड हाइड्रो लिमिटेडले आजदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन खुला गरेको छ ।कम्पनीले जारी पूँजीको ३० प्रतिशत बराबर ८५ लाख ५० हजार कित्ता शेयर निष्काशन अनुमति पाएकोमा यस चरणमा २८ लाख ५० हजार कित्ता स्थानीयका लागि र ५ लाख ७० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याएको छ । स्थानीयतर्फ बझाङको बुंगल नगरपालिकाका वडा नं. १, २ र ४ का अति प्रभावित तथा अन्य वडाका बासिन्दाले आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन पाइनेछ ।स्थानीयका लागि आईपीओ छिटोमा चैत २२ गतेसम्म खुला रहनेछ भने

    • प्रकाशित मितिः चैत ८, २०८२
    • 361 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.