आर्थिक

    Showing 381-390 of 4,486 items.
  • सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार?

    काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १६०० सय रुपैयाँले घटेर २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको छ । सोमबार सुनको मूल्य २ लाख ८८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य आज घटेको छ । आज चाँदीको मूल्य ४ हजार ५९० रुपैयाँमा कारोबार भएको छ । सोमबार ४ हजार ७३० रुपैयाँमा कारोबार भएको थियो । 

    • प्रकाशित मितिः असार ९, २०८३
    • 152 पटक पढिएको
  • विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

    काठमाडौं । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्ने भएको छ । बैठक मंगलबार बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्ष बस्ने भएको हो । बैठकमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश,२०८३ जारी पश्चात् शिक्षा तथा खेलकुद मन्त्रालय मातहतका निकायहरु विश्वविधालय अनुदान आयोग, विश्वविधालय । राष्ट्रिय परीक्षा बोर्ड, बारेमा छलफल हुने कार्यसूची छ ।  यसैगरी, शिक्षक सेवा आयोग लगायत का कामकरबाही सञ्चालन र उक्त निकायका पदाधिकारीको नियुक्ति प्रकृयाको स्थिति’का बारेमा छलफल हुने कार्यसूची छ ।  

    • प्रकाशित मितिः असार ९, २०८३
    • 153 पटक पढिएको
  • राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको बाँध

    बाँके— नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजना अन्तर्गत बाँकेको अगैयास्थित राप्ती नदीमा सिक्टा सिँचाइ आयोजनाको ३ सय १७ मिटर लामो बाँध निर्माण गरिएको छ । आर्थिक वर्ष २०६२–०६३ मा सुरु भएको यस आयोजनाले बाँकेका विभिन्न स्थानीय तहअन्तर्गत करिब ४२ हजार ७७५ हेक्टर कृषि योग्य जमिनमा भरपर्दो सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखेको छ । हालसम्म २२ हजार हेक्तटररमा सिँचाइका लागि पानी उपलब्ध गराएको छ ।

    • प्रकाशित मितिः असार ९, २०८३
    • 389 पटक पढिएको
  • एकदर्जन ठुला उत्पादनमूलक कम्पनीको आईपीओ पाइपलाइनमा

    काठमाडौं । पछिल्लो समय नेपाली प्राथमिक शेयर आईपीओ बजारमा लामो समयदेखि जलविद्युत कम्पनीहरूको वर्चस्व रहँदै आएको अवस्थामा अब उत्पादनमूलक क्षेत्रका ठूला उद्योगहरू प्रवेश गर्ने तयारीमा छन् । धितोपत्र बोर्ड सेबोनको पाइपलाइनमा रहेका ठूला कम्पनीहरूको सूची हेर्दा आगामी दिनमा आईपीओ बजारको संरचनामै परिवर्तन आउने संकेत देखिएको छ । विगतका वर्षहरूमा बजारमा आउने अधिकांश आईपीओ जलविद्युत कम्पनीका हुने गरेका थिए । यसले लगानीकर्तालाई क्षेत्रगत विविधीकरणको अवसर सीमित बनाएको थियो । तर अहिले सिमेन्ट, स्टिल, लगानी तथा सञ्चार क्षेत्रका ठूला कम्पनीहरू शेयर निष्काशनको तयारीमा रहेकाले लगानीकर्ताले फरक–फरक क्षेत्रका कम्

    • प्रकाशित मितिः असार ९, २०८३
    • 166 पटक पढिएको
  • चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

    काठमाडौं— नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा असन्तुलन झन् गहिरिँदै गएको देखिएको छ । भन्सार विभागको चालु आर्थिक वर्षको पहिलो ११ महिनाको तथ्यांक अनुसार चीनबाट ठूलो परिमाणमा वस्तु आयात भए पनि निर्यात भने अत्यन्त न्यून रहेको छ ।भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार समीक्षा अवधिमा नेपालले चीनबाट ३ खर्ब ८२ अर्ब रुपैयाँभन्दा बढी मूल्यका वस्तु आयात गरेको छ । तर सोही अवधिमा चीनतर्फ नेपालको निर्यात भने १ अर्ब ५९ करोड रुपैयाँभन्दा बढी मात्रै रहेको छ । रकमका आधारमा चीन नेपालको प्रमुख निर्यात गन्तव्यहरूको सूचीमा दशौं स्थानमा रहेको छ । यसले नेपाल–चीन व्यापार सम्बन्धमा ठूलो व्याप

    • प्रकाशित मितिः असार ९, २०८३
    • 444 पटक पढिएको
  • ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ९६ हजार राजस्व सङ्कलन

    काठमाडौँ। बितेका २४ घण्टामा दुई हजार ६४१ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २२ लाख ९६ हजार ५०८ राजस्व दाखिला भएको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ७९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १४७,  सङ्केत बत्ती उल्लङ्घनकर्ता १५४ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १२२ जनालाई कारबाही गरिएको हो । यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ११९, निषेधित क्षेत्रमा हर्न बजाउने ११३, सडकपेटीमा सवारीसाधन पार्किङ गर्ने ११९, एकतर्फी बाटोमा सवारी चलाउने १०० र अन्य सवारी नियम पालना नगरेका एक हजार ६८८ जनालाई कारबाही गरिएको हो ।

    • प्रकाशित मितिः असार ९, २०८३
    • 199 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाडौं— नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ १९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७९ पैसा कायम गरिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ १४ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ १४ पैसा र बिक्रीदर २०० रुपैयाँ ९३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ ०२ पैसा र बिक्रीदर १८७ रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ ।राष्ट्र बैंकले अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ८५ पैसा र बिक्रीदर १०६ रुपैयाँ २७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ६५ पै

    • प्रकाशित मितिः असार ९, २०८३
    • 407 पटक पढिएको
  • राहदानी खरिदमा महाघोटाला : महानिर्देशकसहित १८ जना कानुनी घेरामा

    काठमाडौं । राहदानी खरिद प्रक्रियासँग जोडिएको बहुचर्चित प्रकरणले अब कानुनी मोड लिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तिर्थराज अर्यालसहित १८ जना व्यक्ति तथा संस्थालाई प्रतिवादी बनाउँदै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढाएको छ।अख्तियारले यो प्रकरणमा १० अर्ब १३ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गरेको छ, जसले यसलाई पछिल्ला वर्षकै सबैभन्दा ठूलो भ्रष्टाचार मुद्दामध्ये एक बनाएको छ।अनुसन्धानका क्रममा राहदानी छपाइ तथा खरिद प्रक्रियामा सार्वजनिक खरिद ऐन, प्रतिस्पर्धा र पारदर्शितासम्बन्धी प्रावधान उल्लंघन भएको निष्कर्ष अख्तियारले निकालेको स्रोतको द

    • प्रकाशित मितिः असार ८, २०८३
    • 273 पटक पढिएको
  • मन्थली नगरपालिकाको बजेट १ अर्ब ३ करोड २० लाख

    रामेछाप । मन्थली नगरपालिकाले आर्थिक वर्ष २०८३ र ८४ का लागि १ अर्ब ३ करोड २० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। सोमबार आयोजित नगरसभामा उपप्रमुख ईश्वरी बस्नेतले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । उनका अनुसार आगामी आर्थिक वर्षमा आन्तरिक आम्दानी र सञ्चित कोषसमेत गरी करिब ९ करोड ७० लाख रुपैयाँ आन्तरिक स्रोत परिचालन हुने अनुमान गरिएको छ। बजेटले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्यम विकास तथा पूर्वाधारलाई प्राथमिकतामा राखेको छ। उपप्रमुख बस्नेतले चालु आर्थिक वर्षको प्रगति विवरण प्रस्तुत गर्दै चालु आवका लागि १ अर्ब ४ करोड ६५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिइन्।

    • प्रकाशित मितिः असार ८, २०८३
    • 220 पटक पढिएको
  • बीमा बोर्डले दियो अस्पतालहरुलाई २३ अर्बभन्दा बढी रकम भुक्तानी

    काठमाडौं। स्वास्थ्य बीमा बोर्डले देशभरका स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई २३ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी रकम भुक्तानी गरेको छ। बोर्डका अनुसार लामो समयदेखि रोकिएको दाबी रकम र पेश्की फर्छ्यौट गर्दै सम्बन्धित स्वास्थ्य संस्थाको खातामा रकम पठाइएको हो।यस भुक्तानीबाट गत आर्थिक वर्षका स्वीकृत सबै दाबी तथा चालु आर्थिक वर्षको मंसिरसम्मका दाबी रकम समेत भुक्तानी गरिएको बोर्डले जनाएको छ। सबैभन्दा बढी रकम भरतपुर अस्पताल ले प्राप्त गरेको छ। त्यसपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल र वीर अस्पताल रहेका छन्।बीमा बोर्डको यो निर्णयसँगै अस्पतालहरूको आर

    • प्रकाशित मितिः असार ८, २०८३
    • 116 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.