आर्थिक

    Showing 4,251-4,260 of 4,501 items.
  • सहकारीबाट ३२ लाख चोरी

    गोरखा / भीमसेन थापा गाउँपालिका –७ बोर्लाङ्गस्थित भीमकुल बचत तथा ऋण सहकारी संस्थाबाट गए राति ३२ लाख रुपैयाँ चोरी भएको छ । मध्यरातमा सहकारी कार्यालयको च्यानल गेट फुटाइ पैसा चोरी भएको हो ।  सहकारी सञ्चालक समितिका सदस्य बुद्धि श्रेष्ठले सहकारीमा कारोबार भएको रकम ५२ लाख रुपैयाँ मध्ये ३२ लाख चोरी भएको बताए ।  उनले भने, “यहाँ दैनिक २० लाख देखि ३० लाख रुपैयाँ कारोबार हुन्छ ।” “शुक्रबार बेलुकीसम्म जम्मा भएको नगद आइतबार सदरमुकामस्थित बैंकमा जम्मा गर्ने तयारीमा थियौँ”, श्रेष्ठले भने, “लगातारको वर्षाका कारण सदरमुकामसम्म पुग्न कठिन भएकाले समस्या भइरहेको थियो ।” सिसिटिभी फुटेजमा चोरीमा स

    • प्रकाशित मितिः असार २६, २०७८
    • 108 पटक पढिएको
  • बैतडीमा एकल पुरुषको भत्ता वृद्धि

    बैतडी / बैतडीमा एकल पुरुषलाई विदुर भत्ता दिँइदै आएको छ ।  जिल्लाको मेलौली नगरपालिकाले उक्त भत्ता दिँदैं आएको हो । नगरपालिकाले आगामी आर्थिक वर्षदेखि सो भत्तामा ५ सय थप्ने भएको छ । यसअघि उक्त भत्ता प्रतिमहिना एकहजार पाँच सय रहेको नगरपालिकाका उपप्रमुख राधा ओझाले बताए । नगरपालिकाले गएको तीन वर्ष यता ५० भन्दा माथि र ६० वर्ष भन्दा मुनिका विदुरलाई सो भत्ता दिँदै आएको छ । उनले भने,“एकल महिला जस्तै एकल पुरुष पनि समस्यामा हुन्छन्, त्यसैले उनीहरुको जीवनयापन सहज होस भनेर भत्ता दिएका हौं ।” मेलौलीमा ८८ जनाले उक्त भत्ता लिएका छन् । यस्तै नगरपालिकाले टुहुरा बालबालिकाको भत्ता पनि बढाएको छ

    • प्रकाशित मितिः असार २६, २०७८
    • 106 पटक पढिएको
  • विश्व बैंकद्धारा नेपाललाई १२ अर्ब ऋण सहयोग

    बिर्तामोड / विश्व बैंकले नेपाललाई १२ अर्ब रुपैयाँ बराबरको ऋण सहयोग दिने भएको छ । मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि आवश्यक स्रोत व्यवस्थापनमा बैंकले यस्तो सहयोग दिने भएको हो । शुक्रबार बसेको बैठकले नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि समान ५/५ करोड ऋण सहायता दिने निर्णय गरेको हो ।यो सहायताले बालबालिकालाई विद्यालय फर्काउन, गुणस्तरीय र उत्तरदायी स्वास्थ्य सेवा प्रदान गर्नका साथै सरकारको क्षमता अभिवृद्धिमा समेत सघाउ पुग्ने नेपालस्थित विश्व बैंकको कार्यालयले विश्वास व्यक्त गरेको छ । कोरोना महामारीबाट प्रभावित क्षेत्रलाई माथि उकास्नसमेत यो सहायता महत्वपूर्ण हुन

    • प्रकाशित मितिः असार २५, २०७८
    • 99 पटक पढिएको
  • आजको सुनको मूल्य प्रतितोला कति छ ?

    बिर्तामोड  / साताको अन्तिम कारोबार दिन शुक्रवार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रवार छापावाला सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।बिहीवार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । बिहीवारको तुलनामा शुक्रवार छापावाला सुन प्रतितोला १०० रुपैयाँले बढेको हो ।त्यसैगरी, तेजाबी सुन प्रतितोला  ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । बिहीवार तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, शुक्रवार चाँदीको मूल्य भने घटेको छ । बिहीवार प्रतितोला १ हजार ३१० रुपैय

    • प्रकाशित मितिः असार २५, २०७८
    • 666 पटक पढिएको
  • फेरी बढ्यो सुनको मूल्य

    बिर्तामोड  / नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला १०० रुपैयाँले बढ्दै ९२ हजार ३०० रुपैयाँ पुगेको हो । गत बुधबार बजारमा सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज तेजाबी सुनको मूल्य समेत १०० रुपैयाँले नै वृद्धि हुँदै प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ । तर, यता चाँदीको मूल्य भने बिहीबार प्रतितोला १० रुपैयाँले घट्न पुगेको छ । महासङ्घका अनुसार गत बुधबार प्रतितोला एक हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३१० रुपैयाँमा झरेको छ । 

    • प्रकाशित मितिः असार २४, २०७८
    • 154 पटक पढिएको
  • रहेनन् झापाका व्यवसायिक धरोहर अग्रवाल

    बिर्तामोड  / झापाका चर्चित व्यवसायी तथा समाजसेवी व्यक्तित्व भद्रपुर ५ निवासी पर्शुराम अग्रवालको निधन भएको छ । उनको उपचारको क्रममा भारतको सिलिगुडीमा हिजो राती ९ वजे निधन भएको पारिवारिक श्रोतले जनाएको छ । उनको पार्थिव शरीरलाई सिलिगुडीवाट आज बिहान भद्रपुर ल्याएर अन्त्येष्टि गर्ने तयारी भइरहेको पारिवारिक श्रोतले जनाएको छ । अग्रवाललाई कोरोना पोजेटिभ भएर केही समयदेखि भारतको सिलिगुडीस्थित महाराजा नर्सिङहोममा  उपचार गरिएको थियो ।  उनका पत्नी, १ छोरा र ४ छोरीहरू रहेका छन । अग्रवालको निधनप्रति इसोल मिडियाले श्रद्धाञ्जली प्रकट गर्दै शोकाकुल परिवारजन प्रति हार्दिक समवेदना अर्पण गर्दछ ।

    • प्रकाशित मितिः असार २४, २०७८
    • 1,204 पटक पढिएको
  • राजश्व विभागद्वारा तीन खाद्य उद्यमी विरुद्ध मुद्दा

    काठमाडौं / राजश्व अनुसन्धान विभागले भन्सार चोरी पैठारी गरी राजश्व छलेको अभियोगमा तीन जना विरुद्ध अदालतमा मुद्दा दायर गरेको छ ।     विभागले चितवनको रत्ननगरमा सञ्चालित शिवशक्ति खाद्य उद्योगका सञ्चालक दिनेशकुमार अग्रवाल, सीमा अग्रवाल र थपलिया ट्रेड सप्लायर्सका प्रोप्राइटर रामप्रसाद थपलिया विरुद्ध बुधबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो।  उनीहरूबाट ९ करोड २७ लाख ३७ हजार ५६० रुपैयाँ बिगो माग गरिएको विभागले जनाएको छ। तीनै जनालाई बिगो, बिगो बराबरको जरिवाना र कैद सजाय माग गरिएको छ। उनीहरूले वास्तविक खरिदबिक्री नदेखाई मूल्य अभिवृद्धि कर, लाभांश र आयकर छलेको देखिएको विभागल

    • प्रकाशित मितिः असार २३, २०७८
    • 158 पटक पढिएको
  • आजको डलर मूल्य

    काठमाडौं / नेपाल राष्ट्र बैंकले बुधबार एक अमेरिकी डलरको खरिद मूल्य १ सय १८.९९ रुपैयाँ र बिक्री मूल्य १ सय १९.५९ रुपैयाँ कायम गरेको छ।त्यसैगरी, एक यूरोको खरिद मूल्य १ सय ४०.८६ रुपैयाँ र बिक्री मूल्य १ सय ४१.५७ रुपैयाँ कायम भएको छ ।राष्ट्र बैंकका अनुसार आज एक पाउण्डको खरिद मूल्य १ सय ६४.७४ रुपैयाँ र बिक्री मूल्य १ सय ६५.५७ रुपैयाँ कायम भएको छ ।

    • प्रकाशित मितिः असार २३, २०७८
    • 168 पटक पढिएको
  • ३ अर्ब ६९ करोडको हवाई पार्टपुर्जा भित्रियो

    काठमाडौं / नेपालमा ३ अर्ब ६९ करोड रुपैयाँ बराबरको हवाई पार्टपुर्जा भित्रिएको छ ।चालू आर्थिक वर्ष २०७७ / ७८ को ११ महिनामा साउनदेखि जेठसम्मको अवधिमा बाहिरी मुलुकबाट उक्त मूल्य बराबरको पार्टपुर्जा आयात भएको भन्सार विभागले जानकारी दिएको छ ।त्यसैगरी, यस अवधिमा नेपालबाट २५ करोड १४ लाख रुपैयाँ बराबरको सामान निर्यात भएको छ। नेपाल हवाई पार्टपुर्जाको व्यापारमा ३ अर्ब ४४ करोड रुपैयाँ घाटा छ।

    • प्रकाशित मितिः असार २३, २०७८
    • 130 पटक पढिएको
  • सुनको मूल्य बढ्यो

    बिर्तामोड / नेपाली बजारमा बुधबार छापावाला सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ ।मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँ कायम भएकोमा बुधबार ४ सय रुपैयाँले बढेर ९२ हजार २ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।त्यस्तै, मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँ कायम भएकोमा बुधबार ९१ हजार ७ सय रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १३ सय ३० रुपैयाँ कायम भएकोमा बुधबार १० रुपैयाँले घटेर १३ सय २० रुपैयाँ कायम भएको छ ।

    • प्रकाशित मितिः असार २३, २०७८
    • 215 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.