मनोरञ्जन

    Showing 1,021-1,030 of 1,773 items.
  • एक्टरः टेक वनको ओभरसिजमा बढ्यो माग

    काठमाडौं । माघ १६ गते रिलिज हुने प्रतीक्षित नेपाली फिल्म ‘एक्टरस् टेक वन’ अब नेपालसँगै विश्वका अन्य विभिन्न मुलुकमा रहेका नेपाली दर्शकमाझ रिलिज हुने भएको छ । नेपालीहरूको बसोबास रहेका विभिन्न देशहरूमा यो फिल्म केही देशमा नेपालसँगै एकसाथ र केही देशमा दोस्रो हप्तादेखि प्रदर्शन गरिनेछ ।गत साता सार्वजनिक भएको ट्रेलरले व्यापक चर्चा पाएको छ । ट्रेलरले पाएको यो लोकप्रियतासँगै फिल्मको ओभरसिज अधिकार धमाधम बिक्री भइरहेको छ । अमेरिकाको रिलिज अधिकार लिभेन्ट्स स्टुडियो र प्रोजेक्ट ऊर्जा, क्यानडाको अधिकार अस्त्र इभेन्ट्सले लिएको छ ।यस्तै, पुरै युरोपमा निमा भुसालको नेतृत्वमा रहेको क्या दामी इभेन्ट्सले आइ पोपर

    • प्रकाशित मितिः माघ ११, २०८१
    • 191 पटक पढिएको
  • नेपाल किड्स आइडल हुँदै

    काठमाडौं । जय मिडिया मेनेजमेन्टको आयोजनामा बालबालिका लक्षित शो ‘नेपाल किड्स आइडल’ हुने भएको छ । आयोजकका अनुसार यो शोमा ५ देखि १५ वर्ष उमेर समूहका बालबालिकाले सहभागिता जनाउन पाउनेछन् ।जय मिडियाका संस्थापक जय राज रायले नेपालका सबै जिल्ला र भारतका सिक्किम, दार्जिलिङ, आसाम, देहरादुनलगायतका स्थानमा अडिसन गरी उत्कृष्ट बाल प्रतिभाको खोजी गर्ने बताए । ‘हामी फागुनबाट अडिसन सुरु गर्छौ । माघको अन्तिम साताबाट अडिसन गर्ने पूर्व योजना भए पनि प्रतिकुल मौसमका कारण फागुनमा गर्न लागेका हौं’, उनले भने ।शोमा विजेतामध्ये पहिलोले १० लाख, दोस्रोले ५ लाख, तेस्रोले ३ लाख र चौथोले २ लाख रुपैंयाँ नगद पुरस्कारसहित विभिन्

    • प्रकाशित मितिः माघ ११, २०८१
    • 189 पटक पढिएको
  • टिजरमा जुनिमको ताण्डवम्

    काठमाडौं । कलरिष्ट जुनिम गहतराजको निर्देशनमा निर्माण भएको फिल्म ‘तान्डवम्’को टिजर सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक भएको फिल्मको ५७ सेकेण्डको टिजरले फिल्मको कथाको बारेमा प्रकाश पार्न खोजेको छ ।फिल्मका मुख्य कलाकार अंकित खड्काको संवादबाट सुरु हुने टिजर निर्देशकसमेत रहेका अभिनेता जुनिमको ‘भगवान पनि मै हुँ, राक्षस पनि मै हुँ’ संवादसँगै अन्त्य गरिएको छ । फिल्मको डार्क थिममा तयार पारिएको टिजरमा सबैजना प्रमुख पात्रलाई स्थान दिइएको छ ।महाशिवरात्रीको अवसर पारेर फागुन ९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा अंकित र जुनिमसँगै पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुव

    • प्रकाशित मितिः माघ ११, २०८१
    • 186 पटक पढिएको
  • रंगीको छ भने माया टिकटक अफर

    काठमाडौं । आगामी फागुन २ गतेबाट रिलिज हुने फिल्म ‘रंगी’ ले दर्शकका लागि फिल्मको गीत ‘छ भने माया’मा टिकटक अफर ल्याएको छ । फिल्म टिमले फिल्मको प्रचारप्रसारका लागि दर्शक लक्षित टिकटक अफर ल्याएको हो ।जसअनुसार बाबुछोरीले यो गीतमा टिकटक बनाउनुपर्नेछ । फिल्मका प्रस्तुतकर्ता तथा प्रमुख कलाकार सलोन बस्नेतका अनुसार उत्कृष्ट टिकटक बनाउने पाँच बाबुछोरीले फिल्मको प्रिमियरमा कलाकारसँगै बसेर फिल्म हेर्न पाउनेछन् । पुरस्कृत बाबुछोरीको जोडीले राइनो लेदरको तर्फबाट आकर्षक पुरस्कार पनि पाउनेछन् ।बाबुछोरीको कथा बोल्ने फिल्ममा सलोन बस्नेत, आयुषी ढकाल, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, उत्तम केसी, सुमिन गुरुङ र विशाल प

    • प्रकाशित मितिः माघ ११, २०८१
    • 109 पटक पढिएको
  • लाज शरणममा मोहम्मद अफताब आलम गेटअपमा धुर्मुस

    काठमाडौं । फिल्म ‘लाज शरणम्’को नयाँ पोस्टर सार्वजनिक भएको छ। फिल्मको पोस्टरमा सिताराम कट्टेल ‘धुर्मुस’लाई काँग्रेस नेता तथा पूर्वमन्त्री मोहम्म अफताब आलमको गेटअपमा प्रस्तुत गरिएको छ ।पोस्टरमा फिल्मका मुख्य कलाकारहरू मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अर्पण थापा र कमलमणि नेपाललाई प्रस्तुत गरिएको छ। नेताको भूमिकामा रहेका धुर्मुसलाई दोरा–सुरुवाल र ज्वारीकोटमा देखाइएको छ। उनी हात उठाएर अभिवादन गरिरहेका छन्, जसले उनको राजनीतिक चरित्रको संकेत गर्छ।पोस्टरमा कफिन बोकेका स्थानीयहरूको दृश्यले फिल्मको कथावस्तु झल्काएको छ।यो फिल्म हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ टिमले निर्माण गरेको हो। यसमा अर्जुन

    • प्रकाशित मितिः माघ ११, २०८१
    • 181 पटक पढिएको
  • बाल मनोविज्ञानमा सारंग ट्रेलर

    काठमाडौँ। आगामी माघ २५ गतेबाट प्रदर्शनमा आउने फिल्म  ‘सारंग’ को ट्रेलर सार्वजनिक भएको छ। बिहीबार ओस्कार कलेजका विद्यार्थीहरु माझ एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलर रिलिज कार्यक्रमको सहजीकरण ओस्कार कलेजका एकेडेमी कोअर्डिनेटर नवनिधि दाहालले गरेका थिए। कार्यक्रममा विद्यार्थीहरुबिच फिल्मको सुटिङ अनुभव साटासाट र विद्यार्थीहरुको जिज्ञासा मेट्ने काम गरिएको निर्देशक प्रशान्त तामाङले बताए । ओएसआर डिजिटलबाट सार्वज्निक गरिएको ट्रेलरले एक परिवारमा सम्बन्धबिच्छेदले निम्त्याउने कथा  बोल्छ । निर्देशक प्रशान्त तामाङको लेखन,निर्माण र निर्देशनमा बनेको फिल्म बाल मनोबिज्ञ

    • प्रकाशित मितिः माघ ११, २०८१
    • 171 पटक पढिएको
  • ९७ औं ओस्कार मनोनयन सार्वजनिक(प्रमुख विधासहित)

    लसएन्जल्स(एजेन्सी) । विश्व प्रतिष्ठित फिल्म अवार्ड ओस्कार अवार्डको ९७ औं संस्करण आगामी मार्च २ मा लसएन्जल्सको डल्बी थिएटरमा हुँदैछ । एकेडेमी अफ मोसन पिक्चर आर्टस् एण्ड साइन्सले वर्षेनी आयोजना गर्ने अवार्डको यसपटकको संस्करणका लागि आयोजकले गत साता नै मनोनयन सार्वजनिक गर्ने योजना बनाएको थियो । तर लसएन्जल्स क्षेत्रमा भएको भीषण आगलागीका कारण मनोनयनको कार्यक्रम दुईपटक रद्द गर्नु परेको थियो । आयोजकले गत वर्षका उत्कृष्ट फिल्म र कलाकारलाई सम्मान गर्ने उद्देश्यले नेपाली समय अनुसार बिहीबार साँझ मनोनयन सार्वजनिक गरेको छ । यसपटकको ओस्कारमा को को मनोनयनमा परे । यहाँ हेरौंः–बेस्ट पिक्चरएनोराद ब्रुटालिस्

    • प्रकाशित मितिः माघ १०, २०८१
    • 185 पटक पढिएको
  • मिस नेवाः नेपालको शुभारम्भ

    काठमाडौ । राजधानीमा हरेक वर्ष आयोजना हुँदै आएको नेवार समुदायका सुन्दरीहरुबिचको सौन्दर्य प्रतियोगिता मिस नेवाः नेपाल यस वर्ष पनि हुने भएको छ।नेप्लिज फेसन होम र फाइट फर लाइफ नेपालको आयोजनामा १८औं संस्करणको मिस नेवाः ११४५ टोखास्थित सपन तिर्थ मन्दिरमा लाखबत्ती बालेर आरम्भ गरिएको हो। प्रतियोगितामा सामेल नेवार सुन्दरीहरुले विश्व शान्तिको कामना गर्दै लाख बत्ती बालेर प्रतियोगिताको आरम्भ गरिएको हो।यस वर्षको मिस नेवाः नेपालमा देशका विभिन्न जिल्लाबाट २१ नेवार युवतीहरुले सहभागिता जनाएका छन्। प्रतियोगितामा लुनिभा मानन्धर, प्रलिशा शाक्य, अल्पा महर्जन, अनुषा बज्राचार्य, अनुश्री शाक्य, दिबिना डंगोल, लुमना महर

    • प्रकाशित मितिः माघ १०, २०८१
    • 475 पटक पढिएको
  • जुनाः एक व्यथाको आमाको मुहार

    काठमाडौं ।आगामी माघ २५ गतेबाट रिलिज हुने बहुप्रतिक्षारत फिल्म ‘जुनाःएक व्यथा’को गीत ‘आमाको मुहार’ सार्वजनिक भएको छ । गीतमा यदु राई लकान्द्रीको स्वर, जीवन सेन्चुरीको शब्द र रमेश सन्चुरीको संगीत, एरेन्ज, मिक्सिङ तथा मास्टरिङ छ । ओएसआर डिजिटलबाट सार्वजनिक गीतको भिडियोमा बाल विवाहपछि एक बालिकाको जीवनमा आइपर्ने उतारचढावलाई देखाइएको छ । विवाह गरेर गएपछि श्रीमानले दिने यातना, सासुको क्रुद्ध व्यवहारलाई गीतमा देखाइएको छ । गीत फिल्मकी मुख्य पात्र अस्मिता ढकाल वरपर घुमेको छ । भिडियोमा अस्मितासँगै कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, अनिता बस्नेतलगायतलाई समेटिएको छ । गीत जति मार्मिक छ, भिडियो

    • प्रकाशित मितिः माघ १०, २०८१
    • 218 पटक पढिएको
  • मनीषा भन्छिन्–जिउँदो रहेसम्म काम गर्न चाहन्छु

    मुम्बई(एजेन्सी) । अभिनेत्री मनीषा कोइराला सन् ९० को दशककी लोकप्रिय अभिनेत्री हुन् । उनी दशकौंदेखि फिल्ममा काम गरिरहेकी छन् । ५४ वर्षीया अभिनेत्रीले सन् २०२४ मा सञ्जय लीला भन्सालीको सिरिज ‘हीरामण्डी’बाट पुनरागमन गरेकी थिइन् । मल्लिकाजानको उनको चरित्रलाई सबैले मनपराएका थिए । मनीषाका अनुसार उमेर बढ्दै गएपछि उनले बलिउडमा निकै समस्या भोग्नु परेको छ । उनले उमेरकै कारण आफूलाई अरुले गिज्याउने गरेको खुलाएकी छन् । हालै उनले उमेरका आधारमा कलाकारलाई गरिने अपमानलाई कसरी ‘डिल’ गर्ने गरेको र महिलालाई यसले कस्तो समस्या ल्याउँछ भन्ने कुरा बताएकी छन् ।मनीषाले उमेरकै कारण आफूलाई कैयौं राउण्ड टेबल सम्मेलनबाट

    • प्रकाशित मितिः माघ १०, २०८१
    • 223 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा