मनोरञ्जन

    Showing 1,511-1,520 of 2,235 items.
  • मिसिङः केटी हराएको सूचनाको अग्रिम बुकिङ खुला

    काठमाडौं । यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘मिसिङः केटी हराएको सूचना’को बुकिङ खुला भएको छ । नेपालको मल्टिप्लेक्स चेन क्यूएफएक्समा फिल्मको लागि अग्रिम बुकिङ खुला गरिएको हो । नाजिर हुसेन र सृष्टि श्रेष्ठ स्टारर फिल्मका लागि क्युएफएक्सले उपत्यकामा २५ र उपत्यका बाहिर ३५ गरी ६० शो दिएको छ । जसअनुसार उपत्यकाअन्तर्गत भक्तपुरमा ४, छायाँ सेन्टरमा ४, सिटी स्क्वायर मलमा ४, सिभिल मलमा ४, दरबार सिनेप्लेक्समा २, लबिम मलमा ४ र राइजिङ मलमा ३ शो छन् ।उपत्यका बाहिरको हकमा विराटनगरमा ३, भाटभटेनी बुटवलमा ४, नेपालगञ्जको बागेश्वरीमा ३, नारायणगढको सिजी मलमा ४, जलमामा ३, बिर्तामोडको वान स्टपमा ४, दमौलीमा ३, इटह

    • प्रकाशित मितिः माघ ७, २०८१
    • 276 पटक पढिएको
  • ट्रेन्डिङको शीर्ष स्थानमा एक्टरः टेक वन ट्रेलर

    काठमाडौं । सार्वजनिक भएको दुई दिनमा नेपाली फिल्म ‘एक्टरः टेक वन’को ट्रेलर नेपालको लागि युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा पुगेको छ । ट्रेलर १५ लाख भ्युजसहित ट्रेन्डिङमा रहेको छ ।राजन भुसालद्वारा निर्देशित फिल्मको ट्रेलरले प्रदीप खड्काको महत्त्वाकाङ्क्षी चरित्रलाई केन्द्रमा राख्दै त्रिकोणात्मक प्रेमकथा र कठिन सङ्घर्षको कथा प्रस्तुत गरेको छ । फिल्मको स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन् । यस फिल्ममा प्रदिप, आना, दिव्या, राजबल्लभका साथै दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ । अदृत फिल्म्स् र मोती फिल्मको संयुक्त प्रस्तुति रहेको यो फ

    • प्रकाशित मितिः माघ ६, २०८१
    • 302 पटक पढिएको
  • सुशान्त केसी २४ फागुनमा भक्तपुरको सल्लाघारीमा गुञ्जिने

    काठमाडौं ।  लोकप्रिय गायक तथा गीतकार सुशान्त केसीको कन्सर्ट मार्च ८। २०२५ (फाल्गुन २४, २०८१) मा भक्तपुरको सल्लाघारी ग्राउन्डमा हुने भएको छ । सुशान्तले करिब साँढे दुई वर्षपछि नेपालमा आफ्नो प्रस्तुति दिन लागेका हुन् ।बार्दली, सारङ्गी, साथी र आमा जस्ता चर्चित गीतका लागि प्रख्यात सुशान्तले कन्सर्टमा पुराना गितसँगै नयाँ सिर्जनाहरू पनि प्रस्तुत गर्नेछन् ।‘काठमाडौंमा प्रस्तुति दिनु सधैं विशेष अनुभव हो । समर्थकहरुको माया मेरो प्रेरणा हो र मार्च ८ मा सबैलाई संगीतको यो यात्रामा सहभागी गराउन उत्साहित छु, सुशान्तले भने ।कन्सर्टका लागि टिकट खल्ती एपमार्फत खरिद गर्न सकिनेछ । टिकटको माग उच्च हुने अपेक्ष

    • प्रकाशित मितिः माघ ६, २०८१
    • 300 पटक पढिएको
  • मंगलम २ को घोषणा

    काठमाडौं । २०७४ सालमा निर्माण भएको फिल्म ‘मंगलम’को दोस्रो भाग ‘मंगलम २’ निर्माण हुने भएको छ । छविराज ओझा र दिजेन्द्र शाक्यको निर्माण रहने फिल्म ‘मंगलम २’मा नवल नेपालको निर्देशन रहनेछ ।छविराज प्रोडक्सन र गुण सिनेमा प्रालिको व्यानरमा ‘मंगलम २’ निर्माण हुनेछ । नवलले यसअघि यो व्यानरका दुई फिल्म ‘लज्जा’ र ‘मंगलम’ निर्देशन गरेका थिए । फिल्म ‘मंगलम’को गीत ‘पर्ख पर्ख मायालु’ अहिले पनि उत्तिकै लोकप्रिय छ । ‘मंगलम’मा पुष्प खड्का र शिल्पा पोखरेल प्रमुख भूमिकामा थिए ।‘मंगलम २’का लागि निर्माता ओझाले निर्देशक नेपाललाई आइतबार अनुबन्ध गरेका छन् ।निर्माता ओझाका अनुसार फिल्मका कलाकार तथा प्राविधिक केही समयपछि स

    • प्रकाशित मितिः माघ ६, २०८१
    • 221 पटक पढिएको
  • एक्लो पोस्टरमा विजय लामा

    काठमाडौँ। नेपाली फिचर फिल्म ‘एक्लो’को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको फिल्मका मुख्य पात्र विजय लामाको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको हो । सार्वजनिक पोस्टरमा विजय लामालाई वृद्ध गेटअपमा प्रस्तुत गरिएको छ। उनको क्यारेक्टर नाम भिस्म रहेको छ। उनको साइडमा इन्टरड्युसिङ्ग मुटु लेखिएको छ।फिल्मका निर्देशक प्रदीप शाही हुन्। शाहीको यो तेश्रो निर्देशकीय फिल्म हो। लामो समयदेखि बेलायत बस्दै आएका शाहीले ‘एक्लो’ लाई हलिउड स्तरको फिल्म बनाउने तयारीका साथ जुटेका छन्। हाल फिल्मको लण्डनमा पोस्ट प्रोडक्सनको कार्य भईरहेको छ। फिल्मको सम्पूर्ण कार्य सकिए पश्चात मा

    • प्रकाशित मितिः माघ ६, २०८१
    • 288 पटक पढिएको
  • माग्ने राजामा आर्यन सिग्देल अनुबन्धित

    काठमाडौ ।  फाल्गुन पहिलो साता देखि फ्लोरमा जान लागेको फिल्म ‘माग्ने राजा’मा अभिनेता आर्यन सिग्देल अनुबन्धित भएका छन् । निर्देशक ऋषि लामिछानेका अनुसार फिल्मको महत्वपूर्ण भूमिकाका लागि आर्यनलाई अनुबन्ध गरिएको हो । आर्यनले फिल्म ‘महाभोज’को छायांकन सकेलगत्तै ‘माग्ने राजा’को काम सुरु गर्नेछन् ।अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’, वर्षा शिवाकोटी, शिशिर वाङ्देल, मिस पबी यो फिल्ममा यसअघि नै अनुबन्धित भइसकेका छन् । आर्यन र केदार तेश्रो पटक फिल्मको पर्दामा सँगै देखिन लागेका हुन । उनीहरुले यसअघि छक्का पञ्जाको पहिलो श्रृङखला र हालसालै रिलिज भएको छक्का पञ्जा ५ मा  एक साथ काम गरिसकेका छन । छक्का पञ

    • प्रकाशित मितिः माघ ६, २०८१
    • 267 पटक पढिएको
  • देशका दश सहरमा दुखी आत्माको जोक जात्रा

    काठमाडौं । आगामी फागुन २ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘दुखी आत्मा’को टिजर र ब्रेकअप कविताले दर्शकको साथ पाइरहेको छ । ‘ब्रेकअप कविता’ले सामाजिक संजालमा दर्शकको उच्च साथ पाइरहेको छ । यो कवितालाई दर्शकले निकै मन पराएपछि निर्माणपक्ष पनि उत्साहित छ ।अब, फिल्मको टिमले नाम चलेका केही कमेडियनहरुसँग सहकार्य गर्दै ‘जोक जात्रा’ कार्यक्रम आयोजना गर्ने भएको छ । यो टुर देशका विभिन्न १० शहरमा हुनेछ । माघ ६ गते नेपालगञ्ज, माघ ८ गते बुटवल, माघको १० गते नवलपुर, माघको ११ गते चितवन, माघको १३ गते पोखरा, माघको १६ गते हेटौडा, माघको १७ गते दमक, माघको १९ गते विर्तामोड, माघको २० गते इलाममा यो कार्यक्रम हुनेछ । 

    • प्रकाशित मितिः माघ ६, २०८१
    • 261 पटक पढिएको
  • रिमाले गरिन् कुमारी ब्युटी पोखरा स्टोर्सको शुभारम्भ

    पोखरा । नायिका रिमा विश्वकर्माले कुमारी ब्युटीको पोखरा स्टोर्सको औपचारिक उद्घाटन गरेकी छिन् । मेकअप आर्टिस्ट शोभा भट्टराईले क्यानाडाबाट उत्पादन सुरु गरेको नेपाली ब्राण्ड कुमारी ब्युटीका प्रडक्टहरुको प्रमुख स्टोर पोखरामा सुरु भएको हो । शनिबार दिउँसो एक कार्यक्रमबीच अभिनेत्री रीमा विश्वकर्माले कुमारी ब्युटीको पोखरा स्टोर्सको उद्घाटन गर्दै सौन्दर्यसम्बन्धी प्रडक्ट प्रयोग गर्दा त्यसबारे ज्ञान हुन एकदमै जरुरी रहने भन्दै कुमारी ब्युटीबारे आफ्ना कुरा राखेकी थिइन् ।उनले भनेकी छिन्, ‘म प्राकृतिक पदार्थ भएको प्रडक्ट प्रयोग गर्न रुचाउँछु,’ उनले भनिन्,  ‘कुमारी ब्यूटीको प्रडक्टमा मैले त्यो पाएँ । जहि

    • प्रकाशित मितिः माघ ६, २०८१
    • 165 पटक पढिएको
  • बासगढी महोत्सवमा सलोनले गरे रंगीको प्रचार

    काठमाडौं । आगामी फागुन २ गतेबाट रिलिज हुने फिल्म ‘रंगी’ टिजर र गीत ‘छ भने माया’का कारण चर्चामा छ । बाबुछोरीको कथा बोल्ने फिल्ममा सलोन बस्नेत, आयुषी ढकाल, नम्रता श्रेष्ठ प्रमुख भूमिकामा छन् सलोन नै प्रस्तुतकर्ता रहेको फिल्मको प्रचारका लागि सलोन र ‘छ भने माया’का गीतकार तथा संगीतकार दुर्गेश थापा महोत्सव दौडाहामा छन् । उनीहरुले हालैमात्र बर्दियाको बासगढी महोत्सवबाट फिल्मको प्रचारप्रसार सुरु गरेका छन् । गायकगायिका तथा फिल्मका कलाकारलाई महोत्सव आफ्नो फिल्म तथा गीतको प्रचारप्रसार गर्ने उत्कृष्ट प्लेटफर्म बनिरहँदा सलोनले पनि यो अवसरलाई गुमाउन चाहेनन् ।सलोनका अनुसार महोत्सवमा दुर्गेशले ‘छ भने माया

    • प्रकाशित मितिः माघ ६, २०८१
    • 111 पटक पढिएको
  • आजदेखि सिङ्गिङ स्टार

    काठमाडौँ । गायनमा भविष्य खोज्ने प्रतिभालाई लक्षित गर्दै निर्माण गरिएको गायन प्रतियोगीताम्क शो ‘सिङ्गिङ स्टार नेपाल सिजन १’ को प्रशारण आजदेखि सुरू हुँदैछ । ‘रील्स इन्टरटेन्मेन्ट’ को प्रस्तुतीमा तयार भएको ‘सिङ्गिङ स्टार नेपाल सिजन १’ आजदेखि प्रत्येक शनिवार र आइतबार राति ९ः०० बजे  प्राइमटाइम्स एचडी टिभीबाट प्रशारण हुँदैछ । नेपालकै मौलिकतालाई प्रवद्र्धन गर्ने उदेश्यसहित तयार गरिएको मौलिक नेपाली शोमा निर्णायकको भूमिकामा गायिका डा त्रिशला गुरुङ, सङ्गीतकार अर्जुन पोखरेल र गायक सनुप पौडेल रहेका छन् । सङ्गीतकार पोखरेलले यस प्रतियोगिताले सहभागी अन्तिम १४ मध्ये गायन क्षमता भएकाले अवसर दिने जानक

    • प्रकाशित मितिः माघ ५, २०८१
    • 159 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा