राजनीति

    Showing 4,971-4,980 of 10,435 items.
  • भिजिट भिसा प्रकरणमा निरन्तर आवाज उठाउँदा पनि सरकारले नसुनेझैं गर्यो : राप्रपा

    काठमाडौं –  राष्ट्रिय प्रजातन्त्र पार्टी  (राप्रपा) की  सांसद अनिसा नेपालीले  भिजिट भिसा प्रकरणमा आफ्नो पार्टीले निरन्तर आवाज उठाउँदा पनि सरकारले नसुनेझैं गरेको बताएकी छिन् ।बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भिजिट भिसा दुरुपयोग प्रकरणको छानबिनका लागि उच्चस्तरीय आयोग गठन नभएसम्म संसद बहिष्कार गर्ने आफ्नो पार्टीको अडान कायमै रहेको बताएकी हुन् ।  उनले भनिन्, ‘भिजिट भिसा प्रकरणमा आफ्नो पार्टीले निरन्तर आवाज उठाउँदा पनि सरकारले नसुनेझैं गरेको छ । जबसम्म छानबिन समिति बन्दैन तबसम्म राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभा बहिष्कार गर्दछ ।’ राप्रपाले यसअघिद

    • प्रकाशित मितिः असार २५, २०८२
    • 327 पटक पढिएको
  • सहकारीलाई करीब पौने ३ अर्ब बजेट व्यवस्थापन गरिसकेका छौँ : मन्त्री अधिकारी

    काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीहरु लाई करीब पौने ३ अर्ब जति बजेट व्यवस्थापन गरेको बताएका छन् । बुधबार कर्जा असुली न्यायाधिकरणको उद्घाटन समारोहमा बोल्दै उनले समस्या ग्रस्त सहकारीहरुका लागि उक्त बजेटको व्यवस्थापन गरेको बताएका हुन् । कार्यक्रममा बोल्दै उनले २३ वटा सहकारीहरुलाई समस्या ग्रस्त सहकारी धोषणा गरिएको र अरुपनि छिटै समस्या ग्रस्त धोषणा गर्ने तयारीमा रहेको बताए ।उनले केहि समय अघिमात्रै कतिपय सहकारी पिडितहरुलाई राहत दिनुका साथै उनिहरुको पैसा र्फिता  गरेको समेत बताएका छन् । सहकारी बिग्रियो भन्दापनि सहकारीलाई हौसला दिएर अगाडी बढाउ

    • प्रकाशित मितिः असार २५, २०८२
    • 231 पटक पढिएको
  • संसद गरिमामय हो, हावादारी क्रियाकलाप बन्द होस् : सांसद बर्तौंला

    काठमाडौं – नेकपा (एमाले) का सांसद महेश बर्तौंलाले संसदमा केही सांसदहरुले निजी प्रचारको लागि हावादारी कुरा गरेको भन्दै आक्रोश पोखेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले भाइरल बन्नको लागि संसद्जस्तो गरिमामय स्थानमा जथाभावी र हावादारी क्रियाकलापहरु हुँदै आइरहेको बताएका हुन् ।उनले भने,‘यो संसद्मा निजी प्रचारको लागि कतिपय सांसदहरुले असाध्यै गलत कुराहरु व्यक्त गरिरहनुभएको छ, भाइरल बन्नको लागि संसद्जस्तो गरिमामय स्थानमा यसप्रकारको जथाभावी र हावादारी क्रियाकलाप गरेर जहिल्यैपनि, हरेक दिन र हरेक बैठकमा गलत र दुषित समाचार सम्प्रेषणको स्रोत यो संसद् बनाउन खोजिँदैछ, यसतर्फ म सिंगो हाउसको गम्भ

    • प्रकाशित मितिः असार २५, २०८२
    • 434 पटक पढिएको
  • सांसद गौतमको संसदमा प्रष्टोक्ति : ‘मैले प्रधानमन्त्रीसँग गएका फर्किएनन् भनेको होइन’

    काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने स्पेनको कार्यक्रममा सहभागी भएर केही मानिस नफर्किएको बताएकी छन् । बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री जानुभएको कार्यक्रममा सयौं नेपाली कार्यक्रमको बहानामा गएर नफर्किएका र उतै बसिरहेको बताएकी हुन् ।उनले भनिन्, ‘प्रधानमन्त्रीज्यूको आधिकारिक प्रतिनिधिमण्डल सबै कार्यक्रम सकेर नेपाल फर्किनुभयो । तर यो पनि सत्य हो कि प्रधानमन्त्री जानुभएको कार्यक्रममा सयौं नेपाली कार्यक्रममा बहानामा गएर फर्किएका छैनन् र उतै बसेका छन् । प्रधानमन्त्री जानुभएको स्पेनको कार्यक्रम निकै

    • प्रकाशित मितिः असार २५, २०८२
    • 437 पटक पढिएको
  • आज पनि राप्रपा र रास्वपाले गर्यो संसद् बैठक बहिष्कार

    काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधबार पनि संसद् बैठक बहिष्कार गरेका छन् ।भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै रास्वपा र राप्रपाले संसद अवरोध गर्दै आएको छ ।सो प्रकरणमा सरकारले पूर्व मुख्यसचिव शंकरदास बैरागी नेतृत्वको छानबिन समिति बनाएको छ । तर, रास्वपाले त्यसलाई स्वीकार गरेको छैन ।त्यस्तै, रास्वपाले अन्य संघीय निजामती विधेयक पास गर्ने क्रममा भएको गडबडीबारे पनि छानबिन गर्न आग्रह गरिरहेको छ ।

    • प्रकाशित मितिः असार २५, २०८२
    • 193 पटक पढिएको
  • डीएस परियोजनाका लागि जापान सरकार द्वारा नेपाललाई करीब साढे ५३ करोड अनुदान

    काठमाडौं – मानव संसाधन विकास (जेडीएस) परियोजनाका लागि जापान सरकारले  नेपाललाई करीब साढे ५३ करोड रुपैयाँ अनुदान दिएको छ ।जेडीएस परियोजना कार्यान्वयन गर्न जापान सरकारले जापानी आर्थिक वर्ष २०२५ को लागि ५७ करोड २० लाख जापानी येन (लगभग ५३ करोड ७० लाख नेपाली रुपैयाँ) अनुदान सहायता प्रदान गरेको हो । जापानी मानव संसाधन विकास छात्रवृत्ति (जेडीएस) कार्यक्रम २०१५ देखि जापान सरकारद्वारा समर्थित एक शैक्षिक पहल हो र यसलाई चरणबद्ध रूपमा लागू गरिएको छ ।बुधबार अर्थमन्त्रालयमा आयोजित एक समारोहकाबीच नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र जापान सरकारको तर्फबाट नेपालका लागि जापानका राज

    • प्रकाशित मितिः असार २५, २०८२
    • 434 पटक पढिएको
  • उपत्यकाका विद्यालयहरूमा चर्को शुल्कवृद्धिको विरोधमा अखिल क्रान्तिकारीको कडा आपत्ति

    काठमाडौं – उपत्यकाका विभिन्न निजी तथा सामुदायिक विद्यालयहरूमा कक्षा ११ र १२ मा गरिएको बिना आधार चर्को शुल्कवृद्धिप्रति अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) उपत्यका विशेष प्रदेश समितिले गम्भीर आपत्ति जनाएको छ । संगठनले यस्तो शुल्कवृद्धिलाई जनविरोधी र शैक्षिक व्यापारीकरणको संकेत भएको भन्दै तुरुन्त खारेज गर्न माग गरेको हो । संगठनका इन्चार्ज निरोज श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै शिक्षाको सर्वसुलभ पहुँच सुनिश्चित गर्नुको सट्टा विना आधार शुल्कवृद्धि गरेर विद्यार्थीहरूलाई निजीकरणको चक्रमा धकेलिएको टिप्पणी गरेका छन् ।‘शिक्षाको सर्वसुलभ पहुच सुनिश्चित गर्नुको सट्टा यसर

    • प्रकाशित मितिः असार २५, २०८२
    • 522 पटक पढिएको
  • हरित अर्थतन्त्र सामाजिक न्याय र समावेशी विकाससँग जोडिनुपर्छ – मन्त्री अधिकारी

    काठमाडौं –  कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले हरित अर्थतन्त्रलाई केवल वातावरणमैत्री सोचमा सीमित नराखी, सामाजिक न्याय, समावेशी विकास र जैविक विविधताको संरक्षणमा आधारित समग्र नीतिको रुपमा लिनुपर्ने बताएका छन् ।बुधबार काठमाडौंमा आयोजित ‘राष्ट्रिय हरित संवादः अर्थतन्त्र र नीति ढाँचा’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले जलवायु परिवर्तन, जैविक स्रोतहरूको ह्रास, रसायनिक मल तथा विषादीको अवैज्ञानिक प्रयोगजस्ता समस्याले नेपालको कृषि प्रणाली र खाद्य सुरक्षामा गम्भीर असर पारिरहेको उल्लेख गरेका हुन् ।उनले भने, ‘हरित अर्थतन्त्र केवल वातावरणमैत्री सोच मात्रै नभइ सामाजिक न्याय, सम

    • प्रकाशित मितिः असार २५, २०८२
    • 242 पटक पढिएको
  • भूमि विधेयकमा कांग्रेस महामन्त्री शर्मा असन्तुष्ट, आजको कार्यसूचीबाट हटाउन माग

    काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले प्रतिनिधिसभाबाट अघि बढाउन लागेको भूमि सम्बन्धी विधेयकप्रति खुला असहमति जनाएका छन्। उनले विधेयक पर्याप्त गृहकार्य विना संसदमा पेश गर्न खोजिएको भन्दै आपत्ति जनाएका हुन्।शर्माले  भनेका छन्, "भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक आफैंमा फेरि संशोधन गरेर सहमति खोज्न जरुरी छ। पर्याप्त तयारी नगरी संसदमा सोझै पारित गर्न प्रस्तुत गरिएकोमा स्पष्ट असहमति जनाइन्छ।" उनले विधेयकप्रति सहमति जुटाउन सरकारलाई आग्रह गर्दै "लटरपटर नगरी" ठोस पहल गर्नुपर्ने बताएका छन्। साथसाथै उनले आजको प्रतिनिधिसभा बैठकको कार्यसूचीबाट समेत

    • प्रकाशित मितिः असार २५, २०८२
    • 396 पटक पढिएको
  • "निष्पक्ष पत्रकारितामाथि दबाब, सत्ताको असहिष्णुता?"

    काठमाडौं–नेपालमा निडर पत्रकारिताको आवाज दबाउन खोजिएको घटनाले फेरि एकपटक स्वतन्त्र प्रेसमाथिको हमला उजागर गरेको छ। चर्चित निडर पत्रकार दिवाकर शाह पछिल्लो समय HTP खबरमार्फत महोत्तरी जलेश्वरको पूर्वाधार विकास कार्यालयमा भएका अनियमितता र भ्रष्ट्राचार उजागर गर्दै आएका छन्। सत्य बोल्ने शाहमाथि हाल सशक्त दबाब सिर्जना गरिएको भन्दै चौतर्फी विरोध शुरू भएको छ।यसै सन्दर्भमा राप्रपा सांसद ज्ञानेन्द्र शाहीले खुला रुपमा शाहको पक्षमा उभिंदै भनेका छन्, "पत्रकार दिवाकर शाह तराईको आवाज हुन्, उनको आवाज दबाउनु भनेको जनताको आवाज दबाउनु हो। यो पूर्णतया अप्रजातान्त्रिक गतिविधि हो र म यसको घोर भर्त्सना गर्दछु।" शाहल

    • प्रकाशित मितिः असार २५, २०८२
    • 461 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.