काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३र८४ मा संघीय संसद्मा १६६ वटा विधेयक दर्ता गर्ने तयारी गरेको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ती विधेयकलाई प्राथमिकताका आधारमा तीन चरणमा विभाजन गरेर संसद्मा लैजाने कार्ययोजना तयार गरेको हो।सरकारले पहिलो प्राथमिकतामा ६४, दोस्रोमा ४२ र तेस्रोमा ५७ विधेयक राखेको छ। पहिलो चरणमा साउनदेखि कार्तिक, दोस्रो चरणमा मंसिरदेखि फागुन र तेस्रो चरणमा चैतदेखि असारसम्म विधेयक दर्ता गर्ने तयारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आर्टिफिसियल इन्टेलिजेन्स ९एआई०, साइबर सुरक्षा, सूचना प्रविधि, भ्रष्टाचार नियन्त्रण र राष्ट्रिय सतर्कता केन्द्र सम्ब
काठमाडौं । प्रदेश सरकारको नयाँ सत्ता समीकरणलाई लिएर राजनीतिक गतिविधि तीव्र बन्दै जाँदा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्णायक भूमिकामा देखिएका छन्। श्रीलंका भ्रमणबाट फर्किएलगत्तै उनले शीर्ष तहमा लगातार राजनीतिक संवाद सुरु गरेका छन्।सोमबार बिहान प्रचण्डले सहसंयोजक माधवकुमार नेपाललाई कोटेश्वरस्थित निवासमै भेटेर प्रदेश सरकारको बदलिँदो समीकरण, कांग्रेस–एमालेबीच बढेको मतभेद र पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गरेका छन्। स्वास्थ्य समस्याका कारण आराम गरिरहेका नेपालसँगको भेटमा सम्भावित राजनीतिक विकल्पबारे समेत विचार–विमर्श भएको बताइएको छ।यसअघि आइतबार साँझ प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओल
काठमाडौं । सरकारले कर्मचारी व्यवस्थापनमा थप नियन्त्रण गर्ने निर्णय गर्दै अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्वीकृतिबिना कुनै पनि सरकारी निकायले नयाँ दरबन्दी सिर्जना गर्न नपाउने व्यवस्था लागू गरेको छ।मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको सचिवहरूको बैठकले चालु आर्थिक वर्षका लागि २२ बुँदे निर्णय गर्दै नयाँ कर्मचारी संरचना विस्तारमा केन्द्रीय नियन्त्रण कायम गर्ने नीति लिएको हो।निर्णयअनुसार प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृतिबिना कुनै मन्त्रालय वा सरकारी कार्यालयले नयाँ दरबन्दी थप्न, अस्थायी पदपूर्ति गर्न वा स्थायी पदका लागि लोक सेवा आयोगमा माग पठाउन समेत पाउने छैन।बैठ
काठमाडौं । १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई पार्टी सदस्य बनाएको विषयमा उठेको विवादपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रिय मानव अधिकार आयोगलाई आफ्नो आधिकारिक जवाफ पठाएको छ।रास्वपाले आयोगलाई पठाएको स्पष्टीकरणमा १८ वर्षमुनिका ३५ हजार २५७ जना पार्टी सदस्य रहेको विवरण वास्तविक सदस्यता अभिलेख नभई प्रारम्भिक आवेदन फाराममा संकलित विवरणका आधारमा प्रतिवेदनमा परेको जनाएको छ। उक्त संख्या भूलवश सदस्यता विवरणका रूपमा समावेश भएको र त्यसलाई वास्तविक पार्टी सदस्यता मान्न नमिल्ने पार्टीको दाबी छ।मानव अधिकार आयोगले संविधान तथा बालअधिकारसम्बन्धी कानुनविपरीत बालबालिकालाई राजनीतिक दलको सदस्य बनाइएको
काठमाडौं । सरकारले कर्मचारी व्यवस्थापनलाई प्रभावकारी बनाउन नयाँ निर्णय गर्दै दरबन्दी समायोजनपछि फाजिलमा रहने कर्मचारीलाई आवश्यकताअनुसार संघ, प्रदेश र स्थानीय तहमा खटाउने भएको छ। लामो समयदेखि जनशक्ति अभाव भएका कार्यालयमा कर्मचारी पठाएर सेवा प्रवाह सुधार्ने लक्ष्य सरकारको छ।मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा सोमबार बसेको नेपाल सरकारका सचिवहरूको बैठकले संगठन तथा व्यवस्थापन (ओ एन्ड एम) सर्वेक्षणबाट स्वीकृत हुने नयाँ दरबन्दीअनुसार कर्मचारी मिलान गर्ने र अतिरिक्त हुने जनशक्तिलाई आवश्यक कार्यालयमा पठाउने निर्णय गरेको हो।बैठकले मालपोत र नापीसम्बन्धी सेवालाई क्रमशः स्थानीय तहमा हस्तान्तरण गर्
काठमाडौं / नेपाली कम्युनिस्ट पार्टी नेकपाले गठन भएको करिब नौ महिनापछि धनकुटा जिल्लामा पार्टीको संगठनात्मक एकता टुंग्याएको छ। जिल्ला एकता बैठक तथा प्रशिक्षण कार्यक्रममार्फत २५१ सदस्यीय जिल्ला समिति घोषणा गर्दै पार्टीले स्थानीय तहसम्म संगठन विस्तारको अभियानलाई अघि बढाएको हो। नवगठित समितिको संयोजकमा कुसुम कुमारी श्रेष्ठ चयन भएकी छन् भने डिप्लव राई, हेमचन्द्र किराती र ओमप्रकाश निरौला सहसंयोजक बनेका छन्। जिल्ला समितिलाई पूर्णता दिएसँगै लामो समयदेखि रोकिएको संगठनात्मक एकता प्रक्रिया सम्पन्न भएको पार्टीले जनाएको छ। अब स्थानीय तहसम्म संगठन सुदृढीकरण, राजनीतिक प्रशिक्षण र जनपरिचालनलाई तीव्र बनाइने
काठमाडौं । सरकारले देशका ६६ स्थानीय तहमा रहेका भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा व्यवस्थापनका लागि अन्तिमपटक निवेदन दिन आह्वान गरेको छ।राष्ट्रिय भूमि आयोगअन्तर्गत गठन भएका भूमि समस्या समाधान समितिले भूमिहीन दलित तथा भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने उद्देश्यले सूचना जारी गर्दै निवेदन मागेका हुन्।आयोगका अनुसार सम्बन्धित ६६ स्थानीय तहका भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीले समितिले तोकेको ढाँचाबमोजिमको निवेदन फाराम भरी साउन ४ गतेदेखि ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।निवेदन सम्बन्धित स्थानीय तहले वडास्तरमा त
काठमाडौं / नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले विगत ३५ वर्षमा एमालेले जम्मा ८ वर्ष ५ महिना ११ दिन मात्र सरकारको नेतृत्व गरेको बताएका छन् । उनले एमालेलाई लक्षित गरेर ३५ वर्षमा के ग¥यौ भन्नु तथ्यविपरीत रहेको जिकिर गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आचार्यले एमालेलाई लक्षित गरेर अहिले समाजमा ३५ वर्षमा तिमीहरूले के गर्यौ भन्दै जबर्जस्ती एउटा गलत भाष्य निर्माण गरेर आम नागरिकमा भ्रम छर्न खोजिएको उल्लेख गरेका छन् । उनका अनुसार पछिल्लो पटक पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्ना तीन कार्यकालमा क्रमशः २९८ दिन, १,२४४ दिन र ४२५ दिन गरी कुल १,९६७ दिन
काठमाडौं— तीन वटा संसदीको समितिको बैठक आज बस्दै छ । सोमबार विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो । विधायन व्यवस्थापन समितिको बैठक २ः१५ बजे बस्ने भएको छ । बैठकमा ऐन कार्यान्वयन मापन सम्बन्धमा, विधायिकी अन्तरसम्बन्ध सम्बन्धमा तथा विविध विषयमा छलफल हुने कार्यसूची रहेको छ । यसैगरी, दिउसो १ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा मधेश र बागमती प्रदेश अन्तर्गतका जिल्लाहरुमा गरिएको अनुगमनको समीक्षा तथा विविध विषयमा छलफल हुने छ । यस्तै, संघीयता सबलीकरण तथा राष्ट
काठमाडौं । प्रदेश सरकारको सत्ता समीकरण फेरि एकपटक तरंगित बनेको छ। कांग्रेस–एमालेबीचको सहकार्य केही प्रदेशमा टुट्न थालेपछि नयाँ समीकरणको केन्द्रमा नेकपा देखिएको छ। तर, नेकपाले भने तत्काल सत्ता यात्रामा होमिनेभन्दा पहिले राजनीतिक अवस्था स्पष्ट हुने प्रतीक्षामा रहने संकेत दिएको छ।श्रीलंका भ्रमणबाट आइतबार स्वदेश फर्किएका नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब प्रदेश सरकारबारे औपचारिक छलफल अघि बढाउने तयारी गरेका छन्। त्यसअघि उनी सहसंयोजक माधवकुमार नेपालसँग परामर्शमा बस्नेछन्। यही छलफलपछि मात्रै कांग्रेस, एमालेलगायत अन्य दलसँग सम्भावित सहकार्यबारे निर्णय हुने नेताहरूको भनाइ छ।नेकपा प्रवक्ता प्र
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.