धरान / नेकपा एमाले सुनसरीको अध्यक्षमा संस्थापन पक्षका रेवतीरमण भण्डारी विजयी भएका छन् । ७ औँ जिल्ला अधिवेशनअन्तर्गत भएको निर्वाचनको मत परिणामअनुसार निकटतम प्रतिद्वन्दी खेमराज पोखरेललाई १४५ मतान्तरले हराउँदै भण्डारी विजयी भएका हुन् । कुल २१५० मतदाता मध्ये १८०५ मत खसेको थियो । जसमा विजयी भएका भण्डारीले ९२० मत पाए भने पोख्रेलले ७७५ मत पाए । त्यस्तै अर्का उम्मेदवार तथा इटहरीका मेयर द्धारिकलाल चौधरीले मात्र ८० मत पाए। उपाध्यक्ष पदमा पनि भण्डारी प्यानलका निलम खनाल १०११ मत पाएर विजयी भए। उनका निकटतम नन्दकुमार बस्नेतले ७ सय मत पाए। त्यस्तै दुई उपसचिवमा पनि संस्थापनकै राम कोइराला
काठमाडौँ / राजनीतिक दलहरूसँग परामर्श गर्न निर्वाचन आयोगले आज सर्वदलीय बैठक आह्वान गरेको छ ।आयोगको कार्यालयमा बिहान साढे ११ बजे बस्ने बैठकमा आगामी माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य चुनाव, मतदाता नामावली संकलन र स्थानीय तहको चुनाव लगायत विषयमा छलफल हुनेछ ।प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्व गरेका १६ दललाई बैठकमा बोलाइएको आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए । आयोगले यसअघि नै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर वैशाख १४ र २२ गते दुई चरणमा स्थानीय तहको चुनाव गर्न प्रस्ताव गरिसकेको छ
काठमाडौं / नेकपा एमालेको ५९ जिल्लाले नेतृत्व पाएको छ । दुई गैरभौगोलिक जिल्लाको अधिवेशन पनि सम्पन्न भएको छ । पुस २३ बाट जिल्ला अधिवेशन सुरु भए पनि १८ जिल्लामा भने अझै गलफती छ । कुनैमा सहमतिको प्रयासले विलम्ब छ भने केहीमा मौसमका कारण अधिवेशन सम्पन्न हुन सकेको छैन । प्रदेश १ का सबै जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ भने प्रदेश २ का सप्तरी र सिरहाबाहेकका ६ वटामा बाँकी छ । सहमति नजुटेपछि वाग्मतीका सिन्धुपाल्चोक र चितवनले अहिलेसम्म नेतृत्व पाउन सकेका छैनन् । गण्डकी प्रदेशमा मनाङ र मुस्ताङ, लुम्बिनीमा रुकुम पूर्व र रोल्पा कर्णालीका मुगु, हुम्ला, कालिकोट र दैलेखमा नेतृत्व चय
धनुषा //प्रदेश २ को नाम र राजधानी माघ ३ गते टुङ्गो लाग्ने भएको छ। जनकपुरधाम उपमहानगरपालिका– ७ मा आज आयोजित कार्यक्रममा बोल्दै प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले नाम र राजधानी माघ ३ गते टुङ्गो लाग्ने बताएका हुन्। माघ २ गते बस्ने प्रदेशसभाको बैठकमा प्रदेशको नाम र राजधानीसम्बन्धी प्रस्ताव प्रस्तुत हुने र माघ ३ गते मतदानद्वारा टुङ्गिने बताएका छन् । प्रदेशको नामकरण र राजधानीसम्बन्धी आएका प्रस्तावमाथि छलफल भइरहेको मन्त्री साहले बताएका छन्।प्रदेशसभा समयावधि सकिन थोरै मात्र समय बाँकी रहेकाले सबै दलका प्रदेशसभा सदस्यलाई प्रदेशको नाम र
सुर्खेत / कर्णाली प्रदेशसभाको नबौं हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । प्रदेशसभाको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ ।प्रदेशसभा सचिवालयका सचिव जिवराज बुढाथोकीका अनुसार आजको बैठकमा प्रदेश प्रमुखले बैठक आव्हान गरेको पत्र वाचन गरेर सुनाउने, दलीय धारणा राख्ने र सरकारले ल्याएका विभिन्न अध्यादेशहरु पेश हुने कार्य सूची रहेको छ ।सचिवालयका अनुसार हालसम्म प्रदेशसभा सचिवालयमा हालसम्म दर्ता भएका ५७ वटा विधेयक छन् । त्यस मध्ये प्रदेशसभाबाट ३६ वटा विधेयक पारित भएर प्रदेश प्रमुखबाट प्रमाणिकरण भइसकेका छन् । विषयगत समितिमा चार वटा, प्रदेशसभा बैठकमा चार वटा विधेयक टेबुल भएको र नौ वटा विधेयक टेबुल ह
सुर्खेत / नेकपा एमाले दैलेखको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना स्थगित भएको छ । सातौँ अधिवेशन अन्तर्गत नेतृत्व चयनको निर्वाचन प्रकृयामा फर्जी मत विवादपछि मतगणना स्थगित गरिएको हो । एमाले दैलेखमा जम्मा मतदाताको संख्या ७२१ रहेको थियो । जसमा ७१८ मत खसेको थियो । तर मतगणना गर्ने बेला ७४८ मत भेटिएपछि मतगणना स्थगित गरिएको एमालेका केन्द्रीय सदस्य धर्मराज रेग्मीले जानकारी दिए ।सातौँ जिल्ला अधिवेशन अन्तर्गत नेतृत्व चयनको निर्वाचन प्रक्रियामा फर्जी मत भेटिएपछि मतगणना स्थगित गरिएको हो । अब केन्द्रीय निर्वाचन आयोगको छानबिनपछि मात्र थप प्रक्रिया अघि बढाइने बताइएको छ ।एमाले दैलेखमा अध्यक्ष
जनकपुर / प्रदेश –२ को स्थायी राजधानी र नामका लागि मतदान हुने भएको छ ।सभामुख सरोजकुमार यादवले माघ दुई गतेका लागि बोलाएको प्रदेशसभा बैठकमा नाम र राजधानीको प्रस्तावमा मतदान गर्ने सहमति भएको हो । प्रदेशको नाम र राजधानी सम्बन्धी आएका फरक–फरक प्रस्तावमा सहमति जुटाउनका लागि प्रदेशसभाले सभामुख यादवको संयोजकत्वमा १६ सदस्यीय प्रदेशको नामकरण र राजधानी सम्बन्धी विशेष अध्ययन समिति गठन गरेको थियो । सो समितिले प्रदेशसभामा दर्ता भएको प्रदेशको नाम मधेस, जानकी, मिथिला भोजपुरा, मध्य मधेस र राजधानीको प्रस्ताव जनकपुर र वीरगन्ज माथि सांसदहरूबीच छलफल सकेर संसदीय दलका नेतासँग छलफल गरेका थिए । तर कुनै प
काठमाडौँ / नेकपा एमालेको माघ ८ गते हुने प्रदेश अधिवेशन तीन सात पर सरेको छ । कोरोनाको तेस्रो लहर तीव्र गतिमा फैलिएसँगै एमालेले प्रदेश अधिवेशन माघ २८ र २९ गतेका लागि सारिएको नेकपा एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।रिजालले अधिवेशन सार्नुको अर्को कारण कतिपय जिल्लामा अधिवेशन हुन नसक्नु पनि रहेको बताए ।मङ्सिरको अन्तिम साता भएको एमाले केन्द्रीय बैठकले माघ ८ गते एकैदिन प्रदेश अधिवेशन गर्ने निर्णय गरेको थियो ।
काठमाडौँ / नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण भएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि नेपालले सोमबार कोरोना परीक्षण गरेका थिए । मंगलबार आएको रिपोर्टमा अध्यक्ष नेपाललाई संक्रमण पुष्टि भएको समाजवादीका नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।‘परीक्षण गर्दा मंगलबार कोरोना पुष्टि भयो’, खतिवडाले भने, ‘अहिले उहाँको अवस्था सामान्य छ घरमै आइसोलेसनमा बस्नुभएको छ ।’
काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । कन्ट्याक ट्रेसिङमा परेका प्रधानमन्त्रीको सोमबार पिसिआर परीक्षण गरिएको थियो । प्रधानमन्त्रीको सचिवालयका अनुसार उनको परीक्षण रिपोर्ट नेगेटिभ आएको हो ।प्रधानमन्त्रीसहितको पाँच दलीय समन्वय समितिको बैठकमा सहभागी भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि प्रधानमन्त्री देउवाको परीक्षण गरिएको हो ।यस्तै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई कोरोना पोजेटिभ देखिएको छ । रुघाखोकी लागेपछि गरिएको परीक्षणमा उनको कोरोना पोजेटिभ देखिएको हो ।मन्त्री पौडेलको
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.