राजनीति

    Showing 5,051-5,060 of 10,435 items.
  • राष्ट्रपति पौडेलसँग सातै प्रदेशका प्रदेश प्रमुखको भेट

    काठमाडौं— सात वटै प्रदेशका प्रमुखहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन्। बुधवार बिहान राष्ट्रपति भवन शीतल निवासमा सात वटै प्रदेशका प्रदेश प्रमुखहरूले शिष्टाचार भेट गरेका हुन्। हाल कोशी प्रदेश प्रमुख परशुराम खापुङ्ग, मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी, बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट, लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर, कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी र सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ रहेका थिए। भेटका क्रममा प्रदेश प्रमुखहरूले आफ्नो आफ्नो प्रदेशको अवस्थाबारे जानकारी गराएका थिए। 

    • प्रकाशित मितिः असार १८, २०८२
    • 666 पटक पढिएको
  • मध्य रातमा प्रदेश सांसद ललिता दासमाथि आक्रमणको प्रयास

    लहान— जनता समाजवादी पार्टी नेपालकी मधेश प्रदेश सांसद ललिता दासमाथि मध्य रातमा आक्रमण प्रयास भएको छ। घटनास्थल सिरहाको लहान नगरपालिका–१ मा पर्ने पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा उनी माथि आक्रमण भएको हो।मंगलबार राति करिब १२स्३० बजेको समयमा प्रदेश राजधानी जनकपुरधामबाट फर्किएकी सांसद दास लहानस्थित बस स्ट्यान्डमा ओर्लिएलगत्तै दुई जना अपरिचित युवाहरूले उनीमाथि सांघातिक आक्रमण गर्ने प्रयास गरेका थिए। ती युवाहरूले सांसद दासलाई लखेटेपछि भागेर ज्यान जोगाएकी थिइन्।“भाग्दै घर पुगेर ज्यान जोगाएँ,” सांसद दासले भनिन्, “प्रदेशसभामा दलित, महिला तथा अन्यायमा परेका नागरिकको पक्षमा निरन्तर आवाज उठाउँदै आएकी छु। त्य

    • प्रकाशित मितिः असार १८, २०८२
    • 664 पटक पढिएको
  • सांसदले गल्ती गर्ने अनि कर्मचारीहरुलाई दोष देखाउने प्रबृत्ति गलत छ : सुमना श्रेष्ठ

    काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले समितिका सांसदहरुले प्रतिवेदनहरु नपढि बैठकमा बोल्ने गरेको र गल्ती हुँदा कर्मचारीहरुको दोष देखाउने गरेको बताएकी छन् । मंगलबार सभामुखसँगको छलफलपछि कुलिङ पिरियडबारे भएको छेडखानीबारे बोल्दै उनले सांसदहरुले बैठकमा प्रतिवेदनहरु नपढिकन बोल्दा गल्ती भएको बताएकी हुन् । उनले भनिन्, ‘मुल विधेयकमा बाहेक भन्ने शब्द हटाइन् । त्यतिबेलासम्म त्यो कायम रहन्छ रहिरहयो । कर्मचारीतन्त्रलाई दोष देखाएर सांसदहरु उम्किन खोज्ने मात्र हो । मिडियामा आएको विषयमा, नपढिकन र बाहिर आएका कुरा मात्र बोल्ने वा कुनै एक नेताले भनेको कुराको आधारमा बोल्न

    • प्रकाशित मितिः असार १७, २०८२
    • 327 पटक पढिएको
  • सभापति खतिवडा भन्छन्- ‘दोषी देखिए कारबाही भोग्न तयार छु’

    काठमाडौं — संघीय निजामती सेवा विधेयक राज्य व्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मत पारित भइसकेपछि प्रतिनिधि सभामा प्रस्तुत हुनुअघि एउटा दफा थपिएको खुलेको छ। यस घटनाले समितिका सभापति रामहरि खतिवडामाथि प्रश्न उठिरहेका बेला उनले आफैं छानबिनको माग गरेका छन्।सभापति खतिवडाले मंगलबार सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै समितिले पारित गरेको प्रतिवेदनमा कुनै सहमति विना पछिबाट एउटा दफा थपिएको जानकारी दिए। उनले यसलाई “संसदप्रति गम्भीर प्रहार” भन्दै दोषी जो भए पनि कानुनी कारबाहीमा ल्याउनुपर्ने बताए।"हामीले जे पास गरेका थियौं, त्यसकै ठीक मुनि एउटा दफा थपिएको फेला पार्यौं," खतिवडाले भने, "यो कसको गल्तीबाट भय

    • प्रकाशित मितिः असार १७, २०८२
    • 256 पटक पढिएको
  • माओवादी केन्द्रले माग्यो रामहरी खतिवडाको राजिनामा

    काठमाडौं, १७ असार । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले राज्य ब्यवस्था तथा सुशाषन समितिका सभापति रामहरी खतिवडाको राजिनामा माग गरेको छ ।सहमति बिपरित ‘कुलिङ अफ पिरियड’ राखेर संघीय निजामती सेवा बिधेयक प्रतिनिधिसभावाट पारित गराएको रहस्योदघाटन भए पछि माओवादी केन्द्रले सभापति खतिवडाको राजिनामा माग गरेको हो ।सभामुख देवराज घिमिरेसँग छलफल पछि बाहिरिएका माओवादी सांसद माधव सापकोटाले नैतिकताका आधारमा सभापति खतिवडाले राजिनामा दिनु पर्ने बताए ।‘उहाँ (खतिवडा) को संलग्नता छ भने कानुनी हिसाबले पनि गम्भीर कुरा हो, उहाँको संलग्नता छैन भने नैतिक रूपमा उहाँले हस्ताक्षर गरेको भन्दा बाहिरको कुरा कहाँबाट आउँ

    • प्रकाशित मितिः असार १७, २०८२
    • 266 पटक पढिएको
  • एमालेले भन्योः झुक्याएर ‘कुलिङ पिरियड’ राखिएको बिधेयक स्विकार्य छैन्

    काठमाडौं, १७ असार । सत्तारूढ दल नेकपा एमालेले ‘कुलिङ अफ पिरियड’ हटाएर ल्याइएको रहस्योदघाटन भए पछि संघीय निजामति सेवा बिधेयकलाई अस्विकार गर्ने जनाएको छ। सभामुख देवराज घिमिरेसँग राज्य ब्यवस्था तथा सुशाषन समितिका सभापति रामहरी खतिवडासहित भएको छलफल पछि नेकपा एमालेले सो बारेमा सभामुखलाई जानकारी गराएको छ ।‘हामीले लामो छलफलपछि कुलिङ पिरियड राख्ने सहमति गरेको थियौँ तर, मुख्यसचिव, सचिव, सहसचिवहरूको हकमा लागू नहुने प्रकारको विधेयक सांसदबाट पारित भयो, यो गम्भीर षड्यन्त्र हो, सांसदमाथिको गम्भिर उपहाससमेत हो । यो घटनाले सार्वभौम संसद् र समितिलाईसमेत धूलिसात बनाउनेका काम भयो,’ बैठकमा सहभागी नेकपा एमाले

    • प्रकाशित मितिः असार १७, २०८२
    • 446 पटक पढिएको
  • उड्डयन क्षेत्र व्यवस्थित नहुँदा पर्यटन क्षेत्र र अर्थतन्त्रमा असर परेको छ : मन्त्री पाण्डे

    काठमाडौं -  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल एयरलाइन्स व्यवस्थित भयो भने पर्यटन क्षेत्र र अर्थतन्त्रलाई पनि सुधार गर्न सक्ने बताएका छन् । मंगलबार काठमाडौंमा नेपाल एरलाइन्सको ६७ औं वार्षिकोत्सवको अवसरमा  आयोजित कार्यक्रममा उनले नेपाल एरलाइन्स सबैसँग जोडिएको विषय भएको भन्दै यसको विकास भएको खण्डमा पर्यटन क्षेत्र र अर्थतन्त्रको विकास हुने औंल्याए ।उनले भने, ‘राज्यले पनि यसलाई महत्व दिएको छ र जनशक्तिले पनि यसलाई प्रचार गर्ने हिसाबमा प्रस्तुत भएको देखिन्छ । नेपालका नागरिक उड्डयन क्षेत्र राम्रो गरि चल्यो भने पर्यटन क्षेत्रको विकास हुन्छ । नेपाल एरलाइन्स रा

    • प्रकाशित मितिः असार १७, २०८२
    • 525 पटक पढिएको
  • नेपाली कांग्रेस केन्द्रिय समितिको बैठक सुरू

    काठमाडौं, १७ असार । नेपाली कांग्रेस केन्द्रिय समितिको बैठक सुरू भएको छ ।हिजो देखी सुरू भएको केन्द्रिय समितिको बैठक दोस्रो दिन पनि जारी रहेको छ ।हिजो बैठकमा मुख्यतयाः प्रभावशाली नेता शेखर कोइरालाले नेतृत्व माथी बिभिन्न प्रश्न उठाएका थिए ।  

    • प्रकाशित मितिः असार १७, २०८२
    • 183 पटक पढिएको
  • रामहरी खतिवडालाइ कारबाही गर्न सुर्य थापाको माग, भन्छन, ‘क्षमायोग्य छैन्

    काठमाडौं, १७ असार । सांसदलाई झुक्काएर कुलिङ पिरियड घुसाउने राज्य ब्यवस्था सभापति रामहरी खतिवडालाई कारबाही गर्नु पर्ने माग उठेको छ । राज्य ब्यवस्था समितिमा रोकिएको ‘कुलिङ पिरियड’ संसदमा प्रतिबेदन लैजादा सभापति खतिवडाले घुसाएर पठाएको भन्दै कारबाहीको माग गरिएको हो ।  नेकपा एमालेका सांसद सुर्य थापाले खतिवडालाई कारबाही गर्नु पर्ने माग गरेका हुन् । ‘समितिको प्रतिवेदनमै नरहेको ‘बाहेक’ शब्द छलछाम गरी घुसाउने को हो ? भन्दै थापाले भनेका छन, ‘राज्य व्यवस्था तथा सुशासन समितिका सभापति र सचिवले जिम्मेवारी लिनुपर्छ, यदि यस्तो गरेको तथ्य हो भने यो अत्यन्त गैरजिम्मेवार र जवाफदेहिताबिहीन कार्य क्

    • प्रकाशित मितिः असार १७, २०८२
    • 367 पटक पढिएको
  • बकैयामा विद्यालय प्रशासनलाई थाहा नदिई भवन निर्माण

    मकवानपुर  -  मकवानपुरको बकैया गाउँपालिका–७ स्थित जनक माध्यमिक विद्यालय परिसरमा विद्यालय प्रशासनलाई थाहा नदिई भवन निर्माण सुरु गरेको पाइएको छ । विद्यालय परिसरमा स्व. नेत्र राईको नाममा भवन निर्माण कार्य सुरु गरिएको तर विद्यालय प्रशासनलाई खबर नभएको भन्दै आपत्ति जनाएको छ ।विद्यालय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुन्दर सिं थिङले विद्यालय परिसरमै भवन निर्माण हुँंदा विद्यालय प्रशासनलाई कुनै जानकारी नआएको बताए । उनले भने, ‘विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनलाई जानकारी नदिई कसरी भवन निर्माण गर्न मिल्छ?, विद्यालय जस्तो सार्वजनिक शैक्षिक संस्थाको क्षेत्रभित्र कुनै

    • प्रकाशित मितिः असार १७, २०८२
    • 370 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.