काठमाडौं, १७ असार । सांसदलाई झुक्काएर कुलिङ पिरियड घुसाउने राज्य ब्यवस्था सभापति रामहरी खतिवडालाई कारबाही गर्नु पर्ने माग उठेको छ ।

 राज्य ब्यवस्था समितिमा रोकिएको ‘कुलिङ पिरियड’ संसदमा प्रतिबेदन लैजादा सभापति खतिवडाले घुसाएर पठाएको भन्दै कारबाहीको माग गरिएको हो । 

 नेकपा एमालेका सांसद सुर्य थापाले खतिवडालाई कारबाही गर्नु पर्ने माग गरेका हुन् । ‘समितिको प्रतिवेदनमै नरहेको ‘बाहेक’ शब्द छलछाम गरी घुसाउने को हो ? भन्दै थापाले भनेका छन, ‘राज्य व्यवस्था तथा सुशासन समितिका सभापति र सचिवले जिम्मेवारी लिनुपर्छ, यदि यस्तो गरेको तथ्य हो भने यो अत्यन्त गैरजिम्मेवार र जवाफदेहिताबिहीन कार्य क्षमायोग्य हुन सक्दैन।’

उनले अगाडी भनेका छन, ‘कानुन निर्माणमा विधि र प्रक्रियाविपरितको कुशासन नै हावी देखियो, सार्वभौम संसद र जननिर्वाचित सांसदहरूले छलफल र पारित गरेको कानुनमा कसले के कैफियत ग–यो ? यो गंभीर विषयय भएको छ ।’

 निजामति सेवा बिधेयकमा कुलिङ पिरियड नराख्ने सहमति समितिमा भए पनि संसदमा पुगेकाे बिधेयकमा भने कुलिङ पिरियड राखेर पारित भएकाे रहस्य खुले पछि यतिखेर खतिवडाकाे अालाेचना भइरहेकाे छ  ।