राजनीति

    Showing 5,081-5,090 of 10,435 items.
  • सुनवाइ र राज्यव्यवस्थासहित ४ समितिको बैठक बस्दै

    काठमाडौं—  संघीय संसद अन्तर्गतका ४ वटा समितिको बैठक बस्दैछ। संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछन्।जसअनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ः०० बजे बोलाइएको छ। जुन बैठकमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउने सांसदहरूसँग छलफल गरिनेछ।शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा भने विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन माथि छलफल हुनेछ। जुन बैठक बिहान ८ः३० बजेबाट सुरू हुनेछ।विधायन व्यवस्थापन समितिको बैठकमा पुरानै अजेन्डा भन्सार विधेयक, २०८० माथि  दफावार छलफल हुनेछ। जुन बैठक बिहान ११ः०० ब

    • प्रकाशित मितिः असार १६, २०८२
    • 396 पटक पढिएको
  • प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक पारित

    काठमाडौं  -  प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा छलफलपछि विधेयक पारित गरिएको हो । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेलगत्तै सभामुख देवराज घिमिरेले विधेयक बहुमतले पारित भएको घोषणा गरेका हुन् ।विधेयक पारित हुनु अघि सांसदहरूले छलफलमा भाग लिएका थिए । यस्तै सांसद प्रभु शाहले विधेयकप्रति आपत्ति जनाउँदै रोष्ट्रममै च्यातिदिएका थिए ।

    • प्रकाशित मितिः असार १५, २०८२
    • 358 पटक पढिएको
  • पूर्व सांसद गोविन्दप्रसाद कंडेलको निधन

    बागलुङ— प्रतिनिधि सभाका पूर्व सांसद तथा प्रजातान्त्रिक आन्दोलनका अगुवा गोविन्दप्रसाद शर्मा कंडेलको आइतबार बिहान निधन भएको छ। स्वास्थ्य परीक्षणका लागि चितवनस्थित छोरीको घरबाट काठमाडौ जान लागेका कंडेलको बाटोमै निधन भएको परिवारका सदस्यले जानकारी दिएका छन्।२०४८ सालको आमनिर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट बागलुङ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका कंडेल प्रजातान्त्रिक आन्दोलनमा सधैं अग्रपंक्तिमा रहने एक सादगीपूर्ण र इमानदार नेताका रूपमा चिनिन्थे। बहुदलीय व्यवस्था स्थापनाका लागि भएको २०४६ सालको आन्दोलनमा जेल जीवन बिताएका उनले बहुदल स्थापनापछि नेपाली कांग्रेस बागलुङको सभापति र सांसद

    • प्रकाशित मितिः असार १५, २०८२
    • 690 पटक पढिएको
  • भिजिट भिसाको नाममा नेपाली बेचिँदै छन्, निष्पक्ष छानबिन होस् : ज्ञानेन्द्र शाही

    काठमाडौं  -  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले आइतबार प्रतिनिधिसभाको बैठकमा भिजिट भिसाका नाममा नेपाली नागरिकको विक्री भइरहेको गम्भीर आरोप लगाएका छन् । उनले संसदमै आवाज उठाउँदै यो विषयमा निष्पक्ष छानबिन हुनुपर्ने माग गरे ।शाहीले भिजिट भिसा प्रकरण कुनै राजनीतिक दाउपेचको विषय नभएको स्पष्ट पारे ।उनले भने, ‘लामो समयदेखि संसदमा भिजिट भिसा प्रकरणमा छानविन गरौं भनिरहेका छौं । यो कुनै राजनीतिक दाउपेचको कुरा होइन् । म सरकारमा रहेका दलहरुलाई पनि मेरो अनुरोध छ त्यहाँ भिजिट भिसामा विक्रीमा परेका मान्छेहरु  रास्वपा, राप्रपा र अन्य दलका मात्रै होइनन् । त्यहाँ क

    • प्रकाशित मितिः असार १५, २०८२
    • 318 पटक पढिएको
  • प्रहरीका तल्लो तहका कर्मचारीलाई ‘आधारभुत तह’ सम्बोधन गर्न प्रस्ताव

    काठमाडौं  -  गृहमन्त्री रमेश लेखकले प्रहरी संगठनमा कार्यालय सहयोगी, नेपाल प्रहरीको जवान, हवल्दारलाई आधारभुत तह भनि कानूनमा उल्लेख गर्नुपर्ने बताएका छन् । आइतबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले प्रहरी संगठनमा तल्लो तहको कर्मचारी भन्ने शब्दहरु प्रयोग गर्ने गरेको भन्दै यसलाई आधारभुत तह भनिनुपर्ने बताएका हुन् । उनले भने, ‘प्रहरी खास गरेर कार्यालय सहयोगी, प्रहरी जवान, हवल्दारलाई तल्लो तहको कर्मचारी भनेर शब्दहरु प्रयोग गर्ने गरिन्थ्यो । मैले एउटा नया शब्द प्रारम्भ गरेको छु । प्रहरीको ती कर्मचारीहरुलाई आधारभुत तह भनिनुपर्छ भनेर भनेको छु किनभने प्रहरीको प

    • प्रकाशित मितिः असार १५, २०८२
    • 280 पटक पढिएको
  • म चोरेर खाने मान्छे होइन, काम गरेर खान्छु, निराधार आरोप मान्य छैन् : डीपी अर्याल

    काठमाडौं -   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डोलप्रसाद अर्यालले आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै भिजिट भिसाका नाममा भइरहेको मानव तस्करीविरुद्ध आन्दोलन जारी रहेको बताएका छन् । उनले काम गरेर खानेलाई चोरेर खानेहरुले जबाफ दिनुपर्ने अवस्था आएको भन्दै आक्रोश व्यक्त गरे ।सांसद अर्यालले गत ३३ दिनदेखि भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीप्रति सरकार गम्भीर नदेखिएको आरोप लगाए ।उनले भने, ‘हामीले हाम्रो आन्दोलन आजपनि जारी नै राखेका छौं । यहाँ काम गरेर खानेहरुले चोरेर खानेहरुलाई जवाफ दिएर हिँड्नुपर्ने अवस्था आयो ।’उनले मानव तस्करी प्रकरणमा संसदीय छानबिन समिति वा उच्चस्तरीय आयोग

    • प्रकाशित मितिः असार १५, २०८२
    • 367 पटक पढिएको
  • कांग्रेस महाधिवेशन निर्धारित समयमा हुनुपर्छ : शेखर कोइराला

    काठमाडौं - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको महाधिवेशन २०८३ को मङ्सिरभित्र हुनुपर्ने बताएका छन् ।चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले महाधिवेशन समयमा नै गर्न पार्टी पदाधिकारीमा देखिनुपर्ने तदारुकता अझै नदेखिएको बताए । जसले गर्दा महाधिवेशनको मिति सर्ने हो कि भन्ने चिन्ता कार्यकर्तामा छाएको उनको भनाइ छ ।अहिले महामन्त्री गगनकुमार थापा र आफू एकै ठाउँमा रहेको बताउँदै उनले महाधिवेशनमा पार्टी सभापतिसहित सबैलाई एकताबद्ध गराएर अघि बढ्न आफू सक्षम रहेको गरे ।फरक प्रसङ्गमा कोइरालाले संसद्को गतिरोध अन्त्यका लागि सरकार र विपक्षी दलहरू छलफलमा बस्न जरुरी रहेको बताए । उनले भने, ‘विपक्षील

    • प्रकाशित मितिः असार १५, २०८२
    • 296 पटक पढिएको
  • माधव नेपालबारे रामकुमारी झाँक्री– काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन

    काठमाडौं -  नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीले 'अर्ली महाधिवेशन' गरेर अध्यक्ष फेर्नुपर्ने प्रस्ताव राखेकी छन् । शनिबार लुम्बिनीमा आयोजित कार्यक्रममा झाँक्रीले माधव नेपालप्रति गम्भीर प्रश्न उठाउँदै संकटबाट भाग्न नहुने बताएकी हुन् ।“पार्टीमा संकट छ । अध्यक्षकै बारेमा संकट आयो । अब के गर्ने ?,” उनले भनिन्, “पार्टीलाई पुनर्गठन गरेर अघि बढ्ने हो । संकट आयो भनेर भाग्ने भनेको होइन ।”उनले काँधमा 'मरेको सिनो' राखेर जान नसकिने टिप्पणीसमेत गरिन् । “अब अर्ली महाधिवेशन गरौँ । कानुनी संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो । कयौँ पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ,” झाँक्रीले भन

    • प्रकाशित मितिः असार १५, २०८२
    • 207 पटक पढिएको
  • प्रधानमन्त्री ओली र तान्जानियाका उपराष्ट्रपति फिलिपबीच भेटवार्ता

    काठमाडौं  -  प्रधानमन्त्री केपी शर्मा ओली र तान्जानियाका उपराष्ट्रपति डा फिलिप एम पाङ्गोबीच आज भेटवार्ता भएको छ ।संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा जाने क्रममा रहनुभएका उहाँहरुबीच कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा दुई देशको आपसी र सम्बन्धका विविध आयामबारे कुराकानी भएको थियो । भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाललगायत सहभागी थिए । 

    • प्रकाशित मितिः असार १५, २०८२
    • 492 पटक पढिएको
  • इजरायली हवाई आक्रमणबाट गाजामा कम्तीमा ८१ जनाको मृत्यु

    काठमाडौं -  इजरायली हवाई आक्रमणमा गाजामा कम्तीमा ८१ जनाको मृत्यु भएको छ भने ४०० जना घाइते भएका छन्।हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजा शहरको एक रंगशाला नजिकै भएको आक्रमणमा एक बच्चासहित ११ जनाको मृत्यु भएको अल–शिफा अस्पतालका कर्मचारी र प्रत्यक्षदर्शीहरूले बताएका छन्।अक्टोबर ७, २०२३ मा हमास र इजरायलबीचको द्वन्द्व सुरु भएदेखि युद्धग्रस्त गाजा पट्टीमा प्यालेस्टिनीहरूको मृत्यु हुने संख्या ५६ हजार चार सय १२ पुगेको छ भने अन्य १३ लाख तीन हजार ५४ जना घाइते भएका छन् । 

    • प्रकाशित मितिः असार १५, २०८२
    • 257 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.