राजनीति

    Showing 5,181-5,190 of 7,734 items.
  • अर्जुनधारा अपडेट : गठबन्धनलाई पछाडि पार्दै एमाले

    बिर्तामोड / झापाको अर्जुनधारा नगरपालिका वडा नं २ मा नेकपा एमालेले अग्रता लिएको छ । एमालेका तर्फबाट मेयर पदका उम्मेद्वार बलदेव गोम्देन तामाङले पछिल्लो मत परिणाम अनुसार १९०९ ल्याएर अग्र स्थान ओगटेका छन् ।गठबन्धनबाट मेयर पदकी उम्मेद्वार रञ्जिता कार्कीले १४७९ मत प्राप्त गरेकी छिन् । त्यस्तै उपमेयरमा एमालेले १८०२ र गठबन्धनका तर्फबाट नेकपा माओवादीका उम्मेदवारले ९९७ मत प्राप्त गरेको छ । त्यसैगरी वडा नं २ को वडाअध्यक्षमा एमालेले १०० र कांग्रेसले १५८ मत प्राप्त गरेको छ । 

    • प्रकाशित मितिः जेठ १, २०७९
    • 160 पटक पढिएको
  • कनकाई-९ मा एमालेको प्यानल नै विजयी

    झापा / झापाको कनकाई नगरपालीका-९ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । नेपाली कांग्रेसलाई हराउँदै एमालेका राजेन्द्रप्रसाद उप्रेती वडा अध्यक्षमा निर्वाचित भएका छन् । उप्रेतीले १०९८ मत प्राप्त गर्दै निवर्तमान वडा अध्यक्ष समेत रहेका नेपाली कांग्रेसका प्रेमप्रसाद राजवंशीलाई पराजित गरेका छन् भने राजवंशीले ५९६ मत प्राप्त गरेका छन् ।त्यस्तै वडा सदस्यहरूमा एमालेका नरमान श्रेष्ठ, युवराज राजवंशी, सुसिला बुधनी कुमारी चौधरी र तारा दमाइ निर्वाचित भएका छन् । 

    • प्रकाशित मितिः जेठ १, २०७९
    • 111 पटक पढिएको
  • अपडेट : हल्दीबारीमा अग्रतामा राप्रपाका लिङदेन

    बिर्तामोड / हल्दीबारी गाउँपालिकाको प्रमुख पदमा ४०१५ मत गणना गर्दा राप्रपाका रविन्द्र प्रसाद लिङदेनले अग्रता कायम गरेका छन् । लिङदेनले २०४८ मत ल्याउँदै एमालेका डम्बर बहादुर गिरीलाई पछाडि पार्न सफल भएका हुन् भने गिरीले ११९५ मत प्राप्त गरेका छन् ।त्यस्तै, प्रमुखमा नै कांग्रेसका तुलसी प्रसाद ओलीले ३९१ र माओवादीका भवानी प्रसाद दङ्गालले ११५ मत प्राप्त गरेका छन् ।उपप्रमुख पदमा राप्रपाकी लक्ष्मी देवी मैनालीले १६७६ मत प्राप्त गरेकी छिन् भने एमालेका शान्ता देवी गौतमले ११९२ र माओवादीका टिका देवी राउतले १५८ मत ल्याएका छन् । 

    • प्रकाशित मितिः जेठ १, २०७९
    • 153 पटक पढिएको
  • अपडेट : हल्दीबारीमा अग्रता कायम गर्दै राप्रपाका लिङदेन

    बिर्तामोड / हल्दीबारी गाउँपालिकाको प्रमुख पदमा ३६३७ मत गणना गर्दा राप्रपाका रविन्द्र प्रसाद लिङदेनले अग्रता कायम गरेका छन् । लिङदेनले १८६५ मत ल्याउँदै एमालेका डम्बर बहादुर गिरीलाई पछाडि पार्न सफल भएका हुन् भने गिरीले १११८ मत प्राप्त गरेका छन् ।त्यस्तै, प्रमुखमा नै कांग्रेसका तुलसी प्रसाद ओलीले ३२७ र माओवादीका भवानी प्रसाद दङ्गालले १०६ मत प्राप्त गरेका छन् ।उपप्रमुख पदमा राप्रपाकी लक्ष्मी देवी मैनालीले १५३८ मत प्राप्त गरेकी छिन् भने एमालेका शान्ता देवी गौतमले ११०९, माओवादीका टिका देवी राउतले १४५  र स्वतन्त्र लखन हेमरमले ६१५ मत ल्याएका छन् । 

    • प्रकाशित मितिः जेठ १, २०७९
    • 132 पटक पढिएको
  • अपडेट : भद्रपुरमा राजवंशीलाई पछाडि पार्दै पोखरेल

    बिर्तामोड / भद्रपुर नगरपालिकाको मेयर पदमा गठबन्धनका उम्मेदवार गणेश पोखरेलले अग्रता कायमै गरेका छन् । पोखरेलले एमालेका तर्फबाट उम्मेदवार बनेका असारु राजवंशीलाई पछि पार्दै अग्रता लिएका हुन् ।पोखरेलले २ हजार १२२ मत प्राप्त गरेका छन् भने एमालेका असारु राजवंशीको १ हजार ६३४ मत रहेको छ । त्यस्तै तेस्रो स्थानमा रहेका राप्रपाका नवराज पनेरुको १ हजार ४६७ मत रहेको छ ।उपमेयरतर्फ पनि गठबन्धनका उम्मेदवार शिवकुमार राजभण्डारी १ हजार ९५० मतसहित अगाडि  रहेका छन् । त्यस्तै दोस्रोमा रहेकी एमालेकी कौशिल्या अधिकारीको १ हजार ५६७ र राप्रपाकी राधा कार्कीको १ हजार ५०७ मत रहेको छ ।

    • प्रकाशित मितिः जेठ १, २०७९
    • 396 पटक पढिएको
  • बिर्तामोडको मत गणना ३ बजेबाट पुन:सुचारु हुने

    बिर्तामोड / विवादका कारण मध्यरातदेखि रोकिएको बिर्तामोड नगरपालिकाको मतगणना आज आइतबार अपरान्ह ३ बजेदेखि सुचारु हुने भएको छ ।निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको सुचना अनुसार सम्बद्ध राजनीतिक दल , उम्मेदवार , प्रशासन समेतको सर्वदलीय सर्वपक्षीय बैठकले सो निर्णय गरेको हो ।वडा नं १ को बाँकी रहेको मतपत्रबाट मत गणना पुन: सुचारु गरिने समेत निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ १, २०७९
    • 81 पटक पढिएको
  • ९ पालिकामा एमालेको जित

    काठमाडौँ / हालसम्म २२ वटा पालिकाको नतिजा सार्वजनिक भएसँगै नेकपा एमालेले ९ वटा पालिका जितेको छ । से फोक्सुण्डो गाउँपालिका– डोल्पा , चामे गाउँपालिका – मनाङ , ङिस्याङ गाउँपालिका– मनाङ , घेकर दामोदरकुण्ड गाउँपालिका – मुस्ताङ र लोमन्थाङ गाउँपालिका–मुस्ताङमा एमालेले प्रमुख र अध्यक्षमा जित तय गरेको छ । त्यस्तै , बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका–मुस्ताङ , खुम्बु पासाङल्हामु गाउँपालिका–सोलुखुम्बु , साइपाल गाउँपालिका–बझाङ र बौदीकाली गाउँपालिका,नवलपुरमा समेत एमालेले मेयर र अध्यक्षमा विजयी भएको छ ।

    • प्रकाशित मितिः जेठ १, २०७९
    • 77 पटक पढिएको
  • अपडेट : बिर्तामोडमा एमालेको अग्रता कायमै

    बिर्तामोड / झापाको बिर्तामोड नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेले गठबन्धनलाई पछाडि पार्दै अग्रता कायम गरेको छ । पछिल्लो परिणाम अनुसार १८०० मत गन्दा गठबन्धनलाई पछाडि पार्दै प्रमुखमा एमालेका उम्मेदवार पवित्रा महतरा प्रसाईँले सबै भन्दा बढी ८ सय ६८ मत प्राप्त गरेकी छिन् । त्यस्तै , दोस्रोमा गठबन्धनको तर्फबाट कांग्रेसका भोजराज सिटौलाले ६ सय ६ मत प्राप्त गरेका छन् ।उपमेयरमा एमालेबाट नगेन्द्र प्रसाद सङ्ग्रौलाले आठ सय ५० र गठबन्धनबाट माओवादीका सीपी कडरियाले तीन सय ६१ मत प्राप्त गरेका छन् । त्यस्तै , वडाध्यक्षमा एमालेले आठ सय १० र कांग्रेसले ६ सय ५६ मत प्राप्त गरेको छ ।

    • प्रकाशित मितिः जेठ १, २०७९
    • 179 पटक पढिएको
  • अपडेट : बाह्रदशीमा एमालेलाई पछि पार्दै गठबन्धन

    विर्तामोड / झापाको बाह्रदशीमा ३१०२ मत गणना गर्दा गठबन्धनका तर्फबाट काँग्रेसले अग्रता लिएको छ । ३१०२ मत गणना गर्दा प्रमुखमा काँग्रेसले ११९३ , एमालेले १०९५ र राप्रपाले ४२५ मत प्राप्त गरेको छ ।

    • प्रकाशित मितिः जेठ १, २०७९
    • 101 पटक पढिएको
  • झापाका ६ वडाको नतिजा सार्वजनिक

    विर्तामोड  /  झापाका ६ वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक भएसँगै काङ्ग्रेस र एमालेले तीन-तीन वडाध्यक्ष सहित प्यानल नै जितेका छन् । कचनकवल-१ मा काङ्ग्रेसका महावीर लिम्बु (रञ्जित)ले १४४२ मत ल्याएर राप्रपा उम्मेदवारलाई हराउँदै विजयी भएका छन्  ।त्यसैगरी कमल गाउँपालिका-१ मा काङ्ग्रेस उम्मेदवार केदार कटुवाल विजयी भएका छन् । उनले १७८६ मत ल्याएर एमाले उम्मेदवारलाई हराएका हुन् ।बाह्रदशी-१ मा काङ्ग्रेस उम्मेदवार टेकबहादुर राजवंशी विजयी भएका छन् । उनले ५७९ मत ल्याएर एमाले उम्मेदवार शम्भुसिंह राजवंशीलाई पराजित गरेका हुन् । दमक-१ मा एमाले उम्मेदवार हरि न्यौपाने विजयी भएका छन

    • प्रकाशित मितिः जेठ १, २०७९
    • 167 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा