राजनीति

    Showing 5,341-5,350 of 6,719 items.
  • महिला हिंसा अन्त्यका लागि कानूनको प्रभावकारी कार्यान्वयन हुनुपर्छ : राष्ट्रपति

    काठमाडौं  / राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्यका लागि कानूनमा उल्लिखित दण्ड र सजायको प्रभावकारी कार्यान्वयन गरिनुपर्ने बताएकी छन्।महिलाविरुद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस तथा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान, २०७८ का लागि आज शुभकामना सन्देश दिँदै उनले ‘घरैबाट सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने राष्ट्रिय सङ्कल्पका साथ विभिन्न कार्यक्रम आयोजना गरी सञ्चालन गरिने अभियानको सफलताको कामना गरेकी छन्।‘नेपालको संविधानले समानुपातिक, समावेशी र सहभागितमूलक सिद्धान्तका आधारमा समतामूलक, समृद्ध र न्यायपूर्ण समाजको निर्माण गर्ने सङ्

    • प्रकाशित मितिः मंसिर ९, २०७८
    • 61 पटक पढिएको
  • लैङ्गिक हिंसारहित समाज निर्माण गर्न सबैको सहयोग आवश्यक : प्रधानमन्त्री देउवा

    काठमाडौं / प्रधानमन्त्री शेरबहादुर देउवाले लैङ्गिक हिंसारहित समाज र मुलुक निर्माण गर्न सबैको सहयोग आवश्यक पर्ने उल्लेख गरेका छन्।लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा एक सन्देश जारी गर्दै उनले अभियानलाई प्रभावरकारीरुपले मनाउन सङ्घ, प्रदेश र स्थानीय तहलगायत सम्बन्धित सरोकारवाला निकायलाई आग्रह गरेका छन्। नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान यस वर्ष नेपालमा पनि ‘घरैबाट सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने राष्ट्रिय नाराका साथ मनाउन लागिएको छ।देशव्यापीरूपमा लैङ्गिक हिसाविरुद्धको अभियानमा अग्रसर भई हिंसा न्यूनीकरणमा योगदान पुर्‍याउने र

    • प्रकाशित मितिः मंसिर ९, २०७८
    • 50 पटक पढिएको
  • कांग्रेस महाअधिवेसन : भूमि आयोगका अध्यक्ष निरौला पराजित

    विराटनगर / कांग्रेस नेता एवं राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौला जारी अधिवेशनका क्रममा महाधिवेशन प्रतिनिधिमा नै पराजित भएका छन् । अध्यक्ष निरौला मोरङको क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधिमा पराजित बनेका हुन् ।निरौलासँगै सांसद शेखरचन्द्र थापा र बिन्दीया कार्की पनि महाधिवेशन प्रतिनिधिमा मोरङमा नै पराजित भएका छन् । सांसद थापा मोरङको क्षेत्र नम्बर क्षेत्र नं. ३ र कार्की मोरङको क्षेत्र नं. ६ मा पराजित भएका हुन् ।अध्यक्ष निरौला र सांसद द्वय पराजित हुँदा विवादास्पद छविका स्वास्थ्य उद्यमी सुनिल शर्मा भने मोरङ ३ बाट निर्वाचित बनेका छन् ।  

    • प्रकाशित मितिः मंसिर ९, २०७८
    • 68 पटक पढिएको
  • कांग्रेस अधिवेशन : प्यानलसहित थेवेले गरे उमेरद्धारी घोषणा

    झापा / नेपाली कांग्रेसको १४ औ महाअधिवेशन अन्तर्गत हुन लागेको झापा जिल्लाको अधिवेशनका लागि देउकुमार थेबेले प्यानलसहितको उम्मेद्वारी घोषणा गरेका छन् । थेबे नेतृत्वको प्यानले बुधबार बिर्तामोडमा पत्रकार भेटघाटमार्फत उम्मेद्वारी घोषणा गरेको हो । मंसिर १० गते हुने निर्वाचनका लागि थेवे प्यानलको उपसभापतिमा शेरबहादुर भट्टराई र केशवराज पाण्डे, सचिब कृष्ण हुमागाई र नबिन बिमली र सह–सचिवमा कालेन्द्र राजवंशी र कमल भण्डारीले उम्मेद्वारी घोषणा गरेका छन् । अन्य पदाधिकारीको भूगोलको आधारमा सन्तुलन मिलाइने जनाइएको छ ।

    • प्रकाशित मितिः मंसिर ८, २०७८
    • 104 पटक पढिएको
  • बालिका खड्कालाई एमालेमा निशेध

    विराटनगर / नेकपा (एमाले) की नेता बालिका खड्काले एमाले अध्यक्ष केपी शर्मा ओलीसहित पार्टीका नेताहरूलाई तथानाम गाली गरेकी छिन् । प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईलाई  आफू माथि  यौन दुर्व्यवहार गरेको आरोप लगाउदै आएकी खड्काले एमालेले आफ्नो सङ्गठित सदस्य नवीकरण नगरेको भन्दै अध्यक्ष ओलीसहित पार्टीका सबै नेताहरूलाई तथानाम गाली गरेकी हुन् । आफ्नो सङ्गठित सदस्यता नवीकरण नभएको भन्दै बालिकाले राई विरुद्ध अपशब्द प्रयोग गर्दै दुई दिनको अवधिमा सामाजिक सञ्जाल फेसबुकमा एक दर्जन भन्दा वढी स्टाटस लेखेकी छिन् । ‘गु धने र... को छोराले गर्दा मेरो सङ्गठित सदस्यता रिन्यु भएन।

    • प्रकाशित मितिः मंसिर ८, २०७८
    • 348 पटक पढिएको
  • पाँचथर कांग्रेसको सभापतिमा रूपनारायण जबेगु निर्वाचित

    पाँचथर / नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा पाँचथर जिल्लाको सभापतिमा रूपनारायण जबेगु निर्वाचित भएका छन् ।जबेगुले आफ्ना प्रतिस्पर्धी सुरेन्द्र कुमार दाहाललाई दुई सय १८ मतान्तरले पराजित गर्दै जिल्ला सभापतिमा निर्वाचित भएका हुन् ।मंगलबार राति सार्वजनिक भएको जिल्ला अधिवेशनको मतपरिणाम अनुसार जबेगुले ६३४ मत पाएका छन् भने दाहालले ४१६ मत पाएका छन् । उनी यस अगाडि कार्यसमिति सचिव थिए । कांग्रेसको संस्थापन समूहका उनी कांग्रेस युवा पुस्ताका लोकप्रिय छन् ।यस्तै जिल्ला कार्यसमितिको उपसभापतिमा डिकेन्द्र चेम्जोङ ४५१ मत र वृजहाङ आङदेम्बेले ६२५ मत ल्याएर निर्वाचित भएका छन् ।त्यस्तै दुई सचिवमा डेकेन्द्र ता

    • प्रकाशित मितिः मंसिर ८, २०७८
    • 71 पटक पढिएको
  • एमाले महाधिवेशन उद्घाटनको दिन सवारी साधन चलाउन प्रतिबन्ध

    चितवन / नेकपा एमालेको १० औँ महाधिवेशनको उद्घाटनको दिन १० गते सार्वजनिक सवारी साधन सञ्चालनका लागि रोक लगाइएको छ ।महाधिवेशन हुने स्थानमा पाँच लाख जनता उतार्ने एमालेको तयारी भएसँगै यसलाई व्यवस्थित बनाउन चितवन प्रशासनले बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको हो । पश्चिम नेपालबाट आउने र पश्चिम जाने अत्यावश्यक बाहेकका सवारी साधन पूर्ण रोक लगाइएको छ । पूर्वी नेपालबाट काठमाडौँ र पोखरा आउजाउ गर्ने यातायात भने बाइपास सडकबाट सञ्चालनमा आउनेछ । भीडलाई व्यवस्थित पार्न र यातायात सहज बनाउन यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिए ।पूर्वबाट आउने गाडील

    • प्रकाशित मितिः मंसिर ८, २०७८
    • 76 पटक पढिएको
  • ओलीका कारण सूर्यमा ग्रहण लागिसक्यो !

    जनकपुरधाम / नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेको चुनाव चिह्न सूर्यमा ग्रहण लागिसकेको बताएका छन् । बुधबार जनकपुरधाममा प्रदेश पार्टी कार्यालय उद्घाटन गर्दै अध्यक्ष नेपालले एमालेको चुनाव चिह्न सूर्यमा ग्रहण लागिसकेको टिप्पणी गरेका हुन् । “ओलीले सूर्यको धाक नदेखाए हुन्छ । सूर्यमा ग्रहण लागिसकेको छ,” उनले भने, “अब कलम चम्किरहेको छ ।” एमाले अध्यक्ष केपी शर्मा ओलीकै कारण सूर्यमा ग्रहण लागेको उनको बताए । नेकपा (एकीकृत समाजवादी)मा जनताको आकर्षण देखेर ओली आत्तिएको उनको भनाइ छ । “नेकपा समाजवादीमा किसान, मजदुर, युवाको आकर्षण देखेर ओली

    • प्रकाशित मितिः मंसिर ८, २०७८
    • 63 पटक पढिएको
  • इलाम २ को महाधिवेशन प्रतिनिधि चयनमा संस्थापन इतर समूह बलियो

    इलाम / नेपाली काँग्रेस इलाम क्षेत्र नम्बर २ मा पनि संस्थापन इतर समूह नै बलियो देखिएको छ । महाधिवेशन प्रतिनिधिको निर्वाचनमा संस्थापन इतर समूहको प्यानलबाट धेरै निर्वाचित भएका छन् । २५ जना महाधिवेशन प्रतिनिधि निर्वाचित क्षेत्र नम्बर २ मा संस्थापन शेरबहादुर देउवा निकट १० जना निर्वाचित भएका छन् । १५ जना संस्थापन इतर समूहको प्यानलबाट निर्वाचित भएको बताइएको छ । १० जना महाधिवेशन प्रतिनिधि चयन हुने खुलातर्फ भेषराज आचार्य (६६५), तारा थापा (६३०), होम दुलाल (६०५),  पूर्णप्रसाद गौतम (५८२), केशव थापा (५७१), केदार थापा (५५५) हरिप्रसाद खनाल (५४०) गोविन्द गिरी (५३९), नगेन्द्र कुमाल (५३८) र  

    • प्रकाशित मितिः मंसिर ८, २०७८
    • 66 पटक पढिएको
  • डोटीमा सभापतिका लागि पुनः मतदान

    डोटी  / नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत डोटीमा पार्टी सभापतिका लागि पुनः मतदान हुँदैछ । मङ्गलबार भएको निर्वाचनमा कूल खसेको मतमध्ये ५१ प्रतिशत कसैले पनि ल्याउन नसकेका कारण आज पुनः मतदान हुन लागेको हो ।जिल्ला सभापतिमा भूमिराज बडु र नरेन्द्रबहादुर सिंहबीच प्रतिस्पर्धा हुँदैछ । निर्वाचन समितिका अनुसार मङ्गलबार भएको निर्वाचनमा सभापतिका लागि पाँच उम्मेदवार थिए ।नरेन्द्रबहादुर सिंहले ३५८, भूमिराज बडुले ३४२, प्रदीप देउवाले २१४, नरबहादुर ढाँटले ९१ र टेकराज ओझाले ३४ मत प्राप्त गरेका थिए । कांग्रेसको विधानमा एकाउन्न प्रतिशत मत ल्याउने उम्मेदवार मात्रै विजयी हुने व्यवस्था छ । जिल

    • प्रकाशित मितिः मंसिर ८, २०७८
    • 75 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा