राजनीति

    Showing 541-550 of 10,427 items.
  • भोलिदेखि सरकारी कर्मचारीको तलब बढ्दै

    काठमाडौं । नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारी कर्मचारीको तलब पनि बढ्ने भएको छ। सरकारले घोषणा गरेको १० प्रतिशत तलब वृद्धि र कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता शुक्रबारदेखि लागू हुँदैछ। यससँगै निजामती कर्मचारी, प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, शिक्षक तथा सार्वजनिक संस्थानका कर्मचारीको मासिक पारिश्रमिकमा उल्लेख्य वृद्धि हुनेछ। तलबसँगै प्रोत्साहन भत्ता थपिएपछि धेरै कर्मचारीको कुल आम्दानी करिब २१ प्रतिशतसम्म बढ्ने सरकारको दाबी छ।सबैभन्दा तल्लो तहका कार्यालय सहायकको आधारभूत तलब २७ हजार ६११ रुपैयाँबाट बढेर ३० हजार ३७२ रुपैयाँ पुगेको छ। यसबाहेक ५ हजार रुपैयाँ महँगी भत्ता र करिब ३ हजार रुपैय

    • प्रकाशित मितिः असार ३२, २०८३
    • 197 पटक पढिएको
  • सुदूरपश्चिममा आफ्नै नेतृत्वमा सरकार गठन गर्दै नेकपा

    धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरण फेरिने संकेत देखिएको छ। नेकपा संसदीय दलले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूसँग औपचारिक छलफल अघि बढाउने निर्णय गरेको छ।बिहीबार संसदीय दलका नेता खगराज भट्टको अध्यक्षतामा बसेको बैठकले एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा पुगेका मुख्यमन्त्री कमलबहादुर शाहलाई पदबाट मार्ग प्रशस्त गर्न आग्रह गर्ने निर्णय गरेको हो। नेकपाले अहिलेको सरकारले दीर्घकालीन असर पर्ने कुनै पनि नीतिगत वा महत्त्वपूर्ण निर्णय नगर्न चेतावनीसमेत दिएको छ। पार्टीले नयाँ सत्ता समीकरण निर्माणका लागि आवश्यक राजनीतिक संवाद तीव्र बनाउने जनाएको छ।बजेट विवाद चर्किएपछि मुख्यमन्त्र

    • प्रकाशित मितिः असार ३२, २०८३
    • 192 पटक पढिएको
  • खावालिङ स्कुलमा विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो

    काठमाडौं— काठमाडौंको बौद्धस्थित खावालिङ स्कुलमा एक शिक्षिकाले विद्यार्थीमाथि कुटपिट गरेको घटनाप्रति शिक्षा तथा खेलकुद मन्त्रालयले चासो देखाएको छ ।विद्यालयकी शिक्षिका सोना रानाले कक्षा ४ मा अध्ययनरत एक विद्यार्थीलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि शिक्षामन्त्री सस्मित पोखरेलले पीडित विद्यार्थी, विद्यालयका सञ्चालक तथा प्रधानाध्यापकसँग मन्त्रालयमा छलफल गरेकी हुन् । मन्त्री पोखरेलले पीडित विद्यार्थीसँग छुट्टै भेटघाट गरी घटनाबारे जानकारी लिएका थिए । उनले विद्यार्थीलाई खेलकुद सामग्री प्रदान गर्दै अध्ययन र खेलकुदमा निरन्तर अघि बढ्न हौसला र प्रोत्साहनसमेत दिए ।छलफलका क्रममा मन्त्री पो

    • प्रकाशित मितिः असार ३२, २०८३
    • 431 पटक पढिएको
  • विवेक मण्डलको परिवारसँग मधेशका गृहमन्त्री महतोको भेट

    सर्लाही— मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतोले सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियाका स्वर्गीय विवेक मण्डलको परिवारसँग भेट गरेका छन् । मन्त्री महतोले मंगलबार साँझ मण्डलको निवासमा पुगेर शोकसन्तप्त परिवारसँग भेटघाट गरेका हुन् ।उनले विवेकको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै परिवारजनलाई धैर्य धारण गर्न आग्रह गरे । साथै, यस दुःखद घडीमा प्रदेश सरकार परिवारको साथमा रहने र आवश्यक सहयोगका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।मन्त्री महतोले विवेककी श्रीमतीलाई प्रदेश सरकारमार्फत रोजगारी उपलब्ध गराउने बताए । आफ्नै क्षेत्रका नागरिकको पीडामा सरकार संवेदनशील रहेको उल्लेख गर्दै उनले प

    • प्रकाशित मितिः असार ३२, २०८३
    • 381 पटक पढिएको
  • डोजर अभियानुपछि ९ जनाको मृत्यु सरकारले संस्थागत हत्या गरेको कांग्रेसको आरोप

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद गीता गुरुङले सुकुम्बासी बस्ती हटाउने सरकारी अभियानमाथि गम्भीर प्रश्न उठाउँदै डोजर सञ्चालनपछि मृत्यु हुनेको संख्या ९ पुगेको दाबी गरेकी छन्।प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै गुरुङले सुकुम्बासी व्यवस्थापनमा सरकार मानवीय संवेदनशीलताभन्दा बल प्रयोगमा केन्द्रित भएको आरोप लगाइन्। उनले डोजर अभियानपछि १८ वर्षका रविन तामाङदेखि १८ महिनाका उज्वल तामाङसम्म ९ जनाले ज्यान गुमाएको उल्लेख गर्दै सरकारको नीति नै त्यसको कारण बनेको दाबी गरिन्।उनले ५७ वर्षीय इन्द्रबहादुर राई, ५० वर्षीया कमला बलमपाखी, ६८ वर्षीय कर्णबहादुर श्रेष्ठ, ३६ वर्षीय भेषराज दर्जी, ६६ वर

    • प्रकाशित मितिः असार ३१, २०८३
    • 163 पटक पढिएको
  • सभापति थापाको स्वीकारोक्ति : सत्ताको लोभले कांग्रेस कमजोर बन्यो

    काठमाडौं । निर्वाचनमा अप्रत्याशित हारपछि नेपाली कांग्रेसले आफ्नै कमजोरी स्वीकार्दै पार्टीलाई पूर्ण रूपमा रूपान्तरण गर्ने घोषणा गरेको छ। सभापतिले सार्वजनिक गरेको लामो राजनीतिक दस्तावेजमा विगतको सत्तामुखी राजनीति, नागरिकसँग बढेको दूरी र पार्टीभित्रको सिन्डिकेट नै पराजयका मुख्य कारण रहेको स्वीकार गरिएको छ।कांग्रेसले अब जोसँग पनि सत्ता साझेदारी गर्ने पुरानो शैली अन्त्य गर्ने, सिद्धान्तनिष्ठ प्रतिपक्षको भूमिका निभाउने र नागरिकका मुद्दामा केन्द्रित हुने नीति लिएको जनाएको छ।पार्टीले देशभर सञ्चालन गरेको ुजरा अभियानु मार्फत मतदाता र कार्यकर्ताको असन्तुष्टि सुनेपछि संगठनात्मक सुधार सुरु गरिएको दाबी गरेक

    • प्रकाशित मितिः असार ३१, २०८३
    • 74 पटक पढिएको
  • राष्ट्रियसभा साउन १५ सम्म स्थगित

    काठमाडौं ।राष्ट्रियसभाको बैठक अब साउन १५ गते बस्ने भएको छ। बुधबारको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले अर्को बैठकको मिति घोषणा गर्दै सदन स्थगित गरेका हुन्।बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८१र८२ को वार्षिक प्रतिवेदन संसदमा पेश गरिन्।यसैगरी अध्यक्ष दाहालले राष्ट्रपतिबाट प्रमाणीकरण भएका विधेयकसम्बन्धी पत्रको विवरण पनि सदनलाई जानकारी गराएका थिए। त्यससँगै राष्ट्रियसभाको बैठक साउन १५ गतेसम्मका लागि स्थगित भएको छ।

    • प्रकाशित मितिः असार ३१, २०८३
    • 67 पटक पढिएको
  • एक वर्षमा १६६ विधेयक ल्याउने सरकारको घोषणा

    काठमाडौं ।सरकारले आगामी एक वर्षभित्र संघीय संसदमा १६६ वटा विधेयक दर्ता गर्ने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सभामुख र राष्ट्रिय सभा अध्यक्षलाई विधेयकहरूको प्राथमिकतासहितको सूची बुझाउँदै पहिलो चरणमै आगामी कात्तिक मसान्तभित्र ६४ वटा विधेयक संसदमा दर्ता गर्ने प्रतिबद्धता जनाएकी हुन्।सरकारको कार्ययोजनाअनुसार कात्तिकसम्म ६४, फागुनसम्म थप ४५ र असारभित्र थप ५७ विधेयक संसदमा पेश गरिनेछ। सेवा प्रवाहलाई प्रभावकारी बनाउन र आवश्यक कानुनी सुधारलाई तीव्रता दिन सरकारले यसलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ।यस योजनाअनुसार प्रधानमन्त्री तथा मन्त्रिप

    • प्रकाशित मितिः असार ३१, २०८३
    • 76 पटक पढिएको
  • कमलबहादुर शाह सरकार अल्पमतमा ? मन्त्री बर्खास्तलगत्तै एमालेले तान्यो समर्थन

    काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारमा सत्ता समीकरण नाटकीय रूपमा बदलिएको छ। मुख्यमन्त्री कमलबहादुर शाहले सरकारमा सहभागी नेकपा एमालेका मन्त्रीहरूलाई पदमुक्त गरेलगत्तै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।बुधबार बसेको एमाले संसदीय दलको बैठकले अब कमलबहादुर शाह नेतृत्वको सरकारलाई साथ नदिने औपचारिक निर्णय गर्दै प्रदेशको राजनीतिक समीकरण नै उल्ट्याइदिएको छ।मुख्यमन्त्री शाहको मन्त्री बर्खास्त गर्ने कदमपछि एमालेले त्यसलाई गठबन्धनको विश्वासमाथिको प्रहार भन्दै तत्काल समर्थन फिर्ता लिएको हो। यससँगै प्रदेश सरकारको बहुमत कायम रहने वा नरहने विषय चासोको केन्द्र बनेको छ।एमालेको निर्णयपछि अब

    • प्रकाशित मितिः असार ३१, २०८३
    • 67 पटक पढिएको
  • आत्मदाहका घटना रोक्न तत्काल कदम चाल्न सांसद शर्माको माग

    काठमाडौं / नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्मा ले पछिल्लो समय देशमा लगातार भइरहेका आत्मदाहका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटना रोक्न सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने माग गरेकी छन्।बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शर्माले गणेश नेपाली, अश्विन राउत र विवेक मण्डलको आत्मदाहका घटनाको पीडा सेलाउन नपाउँदै रौतहटका २८ वर्षीय गौतमकुमार सहनीले पनि आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको घटना सार्वजनिक भएको उल्लेख गरिन्।उनले सरकारले रोजगारी सिर्जना गर्ने प्रतिबद्धता जनाए पनि बेरोजगारी र निराशाबाट गुज्रिरहेका युवामा आशा जगाउन नसकेको टिप्पणी गरिन

    • प्रकाशित मितिः असार ३१, २०८३
    • 201 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.