राजनीति

    Showing 9,051-9,060 of 10,447 items.
  • नेपाली कांग्रेस झापा मतगणना अपडेट : राम कट्टेलको अग्रता कायमै

    झापा  / नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत झापा अधिवेशनको जिल्ला सभापतिमा राम कट्टेलको अग्रता कायम रहेको छ । कट्टेले एक हजार तीन सय २५ मत गणना गर्दा दुई सय ४१ मतको अग्रता कायम गरेका छन् । कट्टेलले सात सय ७६ मत पाएका छन् भने थेबेको पाँच सय ३५ मत छ । दुई उपाध्यक्ष पदमा प्रेम सम्वाहाम्फे र केशव राज पाण्डेको अग्रता रहेको छ । सम्वाहाम्फेले सात सय ४८ मत प्राप्त गरेका छन् भने पाण्डेले छ सय १८ मत ल्याएका छन् । उपाध्यक्षका अर्का उम्मेद्वार शेर बहादुर भट्टराईले पाँच सय ३४ र शमशेर गिरीले पाँच सय २६ मत हासिल&

    • प्रकाशित मितिः मंसिर ११, २०७८
    • 200 पटक पढिएको
  • प्रचण्डले गरे विकट गाउँको समस्या सरकारसमक्ष पुर्याउने प्रतिबद्धता

    काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काभ्रेपलाञ्चोकको विकट गाउँको समस्या सरकारसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । शुक्रबार काभ्रे डाँडापारीका खानीखोला र महाभारत गाउँपालिकामा भएको पार्टीको सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो प्रतिबद्धता जनाएका हुन् । उनले त्यस भेगका समस्या समाधान गराउन आफू मन्त्रालयसम्म जाने बताए । जिल्ला सदरमुकाम देखिको सडक निर्माण तथा स्तरोन्नति लागि मन्त्रालयमा गएर कुरा गर्ने भन्दै उनले गाउँलेहरूलाई आश्वासन दिएका छन् ।  

    • प्रकाशित मितिः मंसिर ११, २०७८
    • 91 पटक पढिएको
  • तेह्रथुमका ४३ वटै वडामा सर्वसम्मत नेतृत्व चयन

    तेह्रथुम / नेकपा माओवादी केन्द्रले तेह्रथुमको ४३ वटै वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ ।गत ४ मंसिरबाट सुरु गरेको केन्द्रले जिल्लाको ४३ वटै वडामा नेतृत्व सम्पन्‍न गरेको केन्द्रका जिल्ला समन्वय समितिका सचिव तेजमान कन्दङ्वाले जानकारी दिए ।आसन्न केन्द्रीय महाधिवेशन नजिकिँदै गर्दा वडा सम्मेलनमा जुटेको केन्द्रले गाउँगाउँमा नेता कार्यकर्ताहरूसँग भेटघाट र संगठन विस्तारलाई तीव्रता दिन थालेको छ । वडा सम्मेलन सम्पन्नसँगै पालिका सम्मेलनमा तयारी गरेको माओवादी केन्द्र तेह्रथुमका छथर अध्यक्ष अनिल आंखेवाले बताए । 

    • प्रकाशित मितिः मंसिर ११, २०७८
    • 97 पटक पढिएको
  • ३३ जिल्लाको परिणाम सार्वजनिक हुँदा पौडेल गुट बलियो

    काठमाडौँ / नेपाली कांग्रेसको १४औँ अधिवेशन अन्तर्गत ३३ जिल्लाको अधिवेशनको मत परिणाम सार्वजनिक भएको छ।१४ हिमाली जिल्लाको अधिवेशन यसअघि नै भइसकेको थियो भने दोस्रो चरणमा १९ जिल्लाको अधिवेशन भरखरै भएको हो । ३३ जिल्लाको परिणाम आउँदा वरिष्ठ नेता रामचन्द्र पौडेल गुट बलियो देखिएको छ। पौडेल गुटले १७ जिल्ला सभापतिमा जीत हात पारेको छ भने देउवा गुटले १६ जिल्लामा सभापति जितेको छ।केन्द्रीय निर्वाचन समितिका अनुसार शनिबार बिहानसम्म थप तीन जिल्लाको परिणाम सार्वजनिक भएको हो। जसअनुसार खोटाङमा विष्णु राई, स्याङ्जामा राजु थापा र पाल्पामा हिमालदत्त श्रेष्ठ सभापतिमा निर्वाचित भएका छन्। यी तीनैजना वरिष्ठ नेता पौड

    • प्रकाशित मितिः मंसिर ११, २०७८
    • 124 पटक पढिएको
  • माओवादी केन्द्रको ७५३ वटै पालिकामा आज अधिवेशन हुँदै

    काठमाडौं / नेकपा (माओवादी केन्द्र) ले शनिबार ७५३ वटा स्थानीय तहको अधिवेशन गर्दैछ । माओवादीले सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी कूल ७७६ वटा पालिका स्तरीय सम्मेलन आयोजना गरेको हो । पालिका सम्मेलनलाई शनिबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल’ सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।शनिबार १ बजे अध्यक्ष दाहालले सबै पालिका सम्मेलनलाई एकैपटक सम्बोधन गर्न लागेका हुन् । माओवादीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार शनिबारको सम्मेलनले प्रदेश सम्मेलनका लागि प्रतिनिधिसमेत चयन गर्नेछ । यी मङ्सिर २५ गतेका लागि प्रदेश सम्मेलनको आयोजना गरिएको छ । आगाम

    • प्रकाशित मितिः मंसिर ११, २०७८
    • 103 पटक पढिएको
  • स्वास्थ्य परीक्षणपछि मात्रै एमालेको बन्दसत्रमा प्रवेश पाइने

    चितवन  / नेकपा (एमाले) ले पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा नेता तथा कार्यकर्तालाई स्वास्थ्य परीक्षण गरेर मात्रै प्रवेश गर्न दिने भएको छ । एमालेले कोभिडको समय भएकाले बन्दसत्र स्थलमा नेता तथा कार्यकर्ताको रुघाखोकी तथा ज्वरो परीक्षण गरेपछि मात्रै प्रवेश गर्न दिने भएको हो । एमाले महाधिवेशनको बन्दसत्रस्थल सौराहाको होटल सेभेन स्टारमा महाधिवेशन स्वास्थ्य समितिले सबै प्रतिनिधिको स्वास्थ्य परीक्षण गर्ने गरी चिकित्सकसहितका स्वास्थ्यकर्मी परिचालन गरेको समितिका सदस्य लीलाधर पौडेलले जानकारी दिए । महाधिवेशनमा भाग लिने प्रतिनिधि रातिको समयमा बिरामी भएको अवस्थामा उनीहरु बसेक

    • प्रकाशित मितिः मंसिर १०, २०७८
    • 87 पटक पढिएको
  • चितवन पुगेर कमल थापाले गरे ओलीको प्रशंसा

    चितवन / नेकपा एमालेको दशौँ महाधिवेशनमा शुभकामना दिन चितवन पुगेका राप्रपाका अध्यक्ष कमल थापाले एमाले अध्यक्ष केपी ओलीको प्रशंसा गरेका छन् । अध्यक्ष थापाले कार्यक्रमको सम्बोधन गर्ने क्रममा ओलीलाई राष्ट्रिय एकताको प्रतीक भन्दै प्रशंसा गरेका हुन् ।विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याएको र नेपालको गुमेको भूभागसहितको चुच्चे नक्सा प्रकाशन गरी संविधानमा उल्लेख गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै थापाले ओलीको प्रशंसा गरेका थिए । थापाले ओलीको प्रशंसा गरि रहँदा एमालेका नेता तथा कार्यकर्ताले हुटिङ गरेका थिए । थापाले भने, –‘‘केपी ओलीजस्तो दृढ अडान भएको र राष्ट्रवादी सोच भएको नेतृत्व

    • प्रकाशित मितिः मंसिर १०, २०७८
    • 97 पटक पढिएको
  • माओवादी नेता पुनलाई थप उपचारका लागि चीन लगियो

    काठमाडौँ / नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य वर्षमान पुनलाई थप उपचारका लागि थाइल्यान्डबाट आज चीन लगिएको छ। माओवादीका केन्द्रीय सदस्य एवं नेता पुनका स्वकीय सचिवसमेत रहेका दुर्गा चापागाईँका अनुसार उनलाई थर्ड पिपल्स हस्पिटल अफ सेनजेन लगिएको हो।विगत डेढ महिनादेखि उनको थाइल्यान्डस्थित समितिभेज अस्पतालमा उपचार भइरहेको थियो। जटिल प्रकारको जन्डिसबाट पीडित भएका नेता पुनको स्वास्थ्यमा उल्लेख्य सुधार नभएपछि चिकित्सको सुझावका आधारमा चीनको सेनजेन पठाइएको हो।नेता पुनसँगै उनकी पत्नी एवं पूर्वसभामुख ओनसरी घर्ती र छोरी शिला पनि बैंककबाट चीनको सेनजेन गएका छन्। जन्डिसले पिरोलेपछि नेता पुनला

    • प्रकाशित मितिः मंसिर १०, २०७८
    • 107 पटक पढिएको
  • चितवनमा कांग्रेसको अधिवेशन स्थगित

    चितवन \  चितवनमा कांग्रेसको जिल्ला अधिवेशन केही समयका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चितवनमा राष्ट्रिय महाअधिवेसन गरे पछि कांग्रेस जिल्ला अधिवेशन स्थगित भएको हो ।काङ्ग्रेस चितवनको जिल्ला अधिवेशन उद्घाटन गर्ने दिननै एमालेको महाधिवेशन उद्घाटन गर्नै दिन परेका कारण काङ्ग्रेस जिल्ला अधिवेशन स्थगित गरिएको बताइएको छ । एमाले महाधिवेशनका कारण यातायात व्यवस्था अस्तव्यस्त भएको र मतदातालाई राख्न समेत समस्या देखिए पछि काङ्ग्रेस जिल्ला अधिवेशन स्थगित भएको जिल्ला निर्वाचन अधिकृत कमलमोहन पोख्रेलले बताए ।काङ्ग्रेस अधिवेशनको अर्को मिति भने तय भई सकेको छैन । 

    • प्रकाशित मितिः मंसिर १०, २०७८
    • 102 पटक पढिएको
  • खोटाङमा समाजवादी र मालेबीच पार्टी एकीकरण

    खोटाङ / खोटाङमा नेकपा (एकीकृत समाजवादी) र नेकपा (माले)बीच पार्टी एकीकरण भएको छ । एकीकृत समाजवादीका अध्यक्ष जलशेर राई र मालेका जिल्ला संयोजक मीनप्रसाद आचार्यले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै दुई पार्टीबीच एकीकरण भएको घोषणा गरेका हुन् । गत कात्तिक २५ गते खोटाङका पुराना वामपन्थी नेता एवं पूर्वसांसद कुलप्रसाद शर्मा फुँयाल, पोलिटब्युरो सदस्य एवं प्रदेश सचिवालय सदस्य लगायत चार नेता एकीकृत समाजवादीमा प्रवेश गरेको केही समयपछि बिहीबार औपचारिकरूपमा दुई पार्टीबीच एकीकरण भएको विज्ञप्तिमा जनाइएको छ । फुयाँलसहित केन्द्रीय सदस्य श्यामराज राई, कारीप्रसाद यादव र शङ्कर पोखरेलले एकीकृत समाजवादीमा

    • प्रकाशित मितिः मंसिर १०, २०७८
    • 104 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.