राजनीति

    Showing 9,071-9,080 of 10,447 items.
  • कांग्रेस महाअधिवेसन : भूमि आयोगका अध्यक्ष निरौला पराजित

    विराटनगर / कांग्रेस नेता एवं राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौला जारी अधिवेशनका क्रममा महाधिवेशन प्रतिनिधिमा नै पराजित भएका छन् । अध्यक्ष निरौला मोरङको क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधिमा पराजित बनेका हुन् ।निरौलासँगै सांसद शेखरचन्द्र थापा र बिन्दीया कार्की पनि महाधिवेशन प्रतिनिधिमा मोरङमा नै पराजित भएका छन् । सांसद थापा मोरङको क्षेत्र नम्बर क्षेत्र नं. ३ र कार्की मोरङको क्षेत्र नं. ६ मा पराजित भएका हुन् ।अध्यक्ष निरौला र सांसद द्वय पराजित हुँदा विवादास्पद छविका स्वास्थ्य उद्यमी सुनिल शर्मा भने मोरङ ३ बाट निर्वाचित बनेका छन् ।  

    • प्रकाशित मितिः मंसिर ९, २०७८
    • 101 पटक पढिएको
  • कांग्रेस अधिवेशन : प्यानलसहित थेवेले गरे उमेरद्धारी घोषणा

    झापा / नेपाली कांग्रेसको १४ औ महाअधिवेशन अन्तर्गत हुन लागेको झापा जिल्लाको अधिवेशनका लागि देउकुमार थेबेले प्यानलसहितको उम्मेद्वारी घोषणा गरेका छन् । थेबे नेतृत्वको प्यानले बुधबार बिर्तामोडमा पत्रकार भेटघाटमार्फत उम्मेद्वारी घोषणा गरेको हो । मंसिर १० गते हुने निर्वाचनका लागि थेवे प्यानलको उपसभापतिमा शेरबहादुर भट्टराई र केशवराज पाण्डे, सचिब कृष्ण हुमागाई र नबिन बिमली र सह–सचिवमा कालेन्द्र राजवंशी र कमल भण्डारीले उम्मेद्वारी घोषणा गरेका छन् । अन्य पदाधिकारीको भूगोलको आधारमा सन्तुलन मिलाइने जनाइएको छ ।

    • प्रकाशित मितिः मंसिर ८, २०७८
    • 136 पटक पढिएको
  • बालिका खड्कालाई एमालेमा निशेध

    विराटनगर / नेकपा (एमाले) की नेता बालिका खड्काले एमाले अध्यक्ष केपी शर्मा ओलीसहित पार्टीका नेताहरूलाई तथानाम गाली गरेकी छिन् । प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईलाई  आफू माथि  यौन दुर्व्यवहार गरेको आरोप लगाउदै आएकी खड्काले एमालेले आफ्नो सङ्गठित सदस्य नवीकरण नगरेको भन्दै अध्यक्ष ओलीसहित पार्टीका सबै नेताहरूलाई तथानाम गाली गरेकी हुन् । आफ्नो सङ्गठित सदस्यता नवीकरण नभएको भन्दै बालिकाले राई विरुद्ध अपशब्द प्रयोग गर्दै दुई दिनको अवधिमा सामाजिक सञ्जाल फेसबुकमा एक दर्जन भन्दा वढी स्टाटस लेखेकी छिन् । ‘गु धने र... को छोराले गर्दा मेरो सङ्गठित सदस्यता रिन्यु भएन।

    • प्रकाशित मितिः मंसिर ८, २०७८
    • 385 पटक पढिएको
  • पाँचथर कांग्रेसको सभापतिमा रूपनारायण जबेगु निर्वाचित

    पाँचथर / नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा पाँचथर जिल्लाको सभापतिमा रूपनारायण जबेगु निर्वाचित भएका छन् ।जबेगुले आफ्ना प्रतिस्पर्धी सुरेन्द्र कुमार दाहाललाई दुई सय १८ मतान्तरले पराजित गर्दै जिल्ला सभापतिमा निर्वाचित भएका हुन् ।मंगलबार राति सार्वजनिक भएको जिल्ला अधिवेशनको मतपरिणाम अनुसार जबेगुले ६३४ मत पाएका छन् भने दाहालले ४१६ मत पाएका छन् । उनी यस अगाडि कार्यसमिति सचिव थिए । कांग्रेसको संस्थापन समूहका उनी कांग्रेस युवा पुस्ताका लोकप्रिय छन् ।यस्तै जिल्ला कार्यसमितिको उपसभापतिमा डिकेन्द्र चेम्जोङ ४५१ मत र वृजहाङ आङदेम्बेले ६२५ मत ल्याएर निर्वाचित भएका छन् ।त्यस्तै दुई सचिवमा डेकेन्द्र ता

    • प्रकाशित मितिः मंसिर ८, २०७८
    • 104 पटक पढिएको
  • एमाले महाधिवेशन उद्घाटनको दिन सवारी साधन चलाउन प्रतिबन्ध

    चितवन / नेकपा एमालेको १० औँ महाधिवेशनको उद्घाटनको दिन १० गते सार्वजनिक सवारी साधन सञ्चालनका लागि रोक लगाइएको छ ।महाधिवेशन हुने स्थानमा पाँच लाख जनता उतार्ने एमालेको तयारी भएसँगै यसलाई व्यवस्थित बनाउन चितवन प्रशासनले बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको हो । पश्चिम नेपालबाट आउने र पश्चिम जाने अत्यावश्यक बाहेकका सवारी साधन पूर्ण रोक लगाइएको छ । पूर्वी नेपालबाट काठमाडौँ र पोखरा आउजाउ गर्ने यातायात भने बाइपास सडकबाट सञ्चालनमा आउनेछ । भीडलाई व्यवस्थित पार्न र यातायात सहज बनाउन यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिए ।पूर्वबाट आउने गाडील

    • प्रकाशित मितिः मंसिर ८, २०७८
    • 109 पटक पढिएको
  • ओलीका कारण सूर्यमा ग्रहण लागिसक्यो !

    जनकपुरधाम / नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेको चुनाव चिह्न सूर्यमा ग्रहण लागिसकेको बताएका छन् । बुधबार जनकपुरधाममा प्रदेश पार्टी कार्यालय उद्घाटन गर्दै अध्यक्ष नेपालले एमालेको चुनाव चिह्न सूर्यमा ग्रहण लागिसकेको टिप्पणी गरेका हुन् । “ओलीले सूर्यको धाक नदेखाए हुन्छ । सूर्यमा ग्रहण लागिसकेको छ,” उनले भने, “अब कलम चम्किरहेको छ ।” एमाले अध्यक्ष केपी शर्मा ओलीकै कारण सूर्यमा ग्रहण लागेको उनको बताए । नेकपा (एकीकृत समाजवादी)मा जनताको आकर्षण देखेर ओली आत्तिएको उनको भनाइ छ । “नेकपा समाजवादीमा किसान, मजदुर, युवाको आकर्षण देखेर ओली

    • प्रकाशित मितिः मंसिर ८, २०७८
    • 98 पटक पढिएको
  • इलाम २ को महाधिवेशन प्रतिनिधि चयनमा संस्थापन इतर समूह बलियो

    इलाम / नेपाली काँग्रेस इलाम क्षेत्र नम्बर २ मा पनि संस्थापन इतर समूह नै बलियो देखिएको छ । महाधिवेशन प्रतिनिधिको निर्वाचनमा संस्थापन इतर समूहको प्यानलबाट धेरै निर्वाचित भएका छन् । २५ जना महाधिवेशन प्रतिनिधि निर्वाचित क्षेत्र नम्बर २ मा संस्थापन शेरबहादुर देउवा निकट १० जना निर्वाचित भएका छन् । १५ जना संस्थापन इतर समूहको प्यानलबाट निर्वाचित भएको बताइएको छ । १० जना महाधिवेशन प्रतिनिधि चयन हुने खुलातर्फ भेषराज आचार्य (६६५), तारा थापा (६३०), होम दुलाल (६०५),  पूर्णप्रसाद गौतम (५८२), केशव थापा (५७१), केदार थापा (५५५) हरिप्रसाद खनाल (५४०) गोविन्द गिरी (५३९), नगेन्द्र कुमाल (५३८) र  

    • प्रकाशित मितिः मंसिर ८, २०७८
    • 97 पटक पढिएको
  • डोटीमा सभापतिका लागि पुनः मतदान

    डोटी  / नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत डोटीमा पार्टी सभापतिका लागि पुनः मतदान हुँदैछ । मङ्गलबार भएको निर्वाचनमा कूल खसेको मतमध्ये ५१ प्रतिशत कसैले पनि ल्याउन नसकेका कारण आज पुनः मतदान हुन लागेको हो ।जिल्ला सभापतिमा भूमिराज बडु र नरेन्द्रबहादुर सिंहबीच प्रतिस्पर्धा हुँदैछ । निर्वाचन समितिका अनुसार मङ्गलबार भएको निर्वाचनमा सभापतिका लागि पाँच उम्मेदवार थिए ।नरेन्द्रबहादुर सिंहले ३५८, भूमिराज बडुले ३४२, प्रदीप देउवाले २१४, नरबहादुर ढाँटले ९१ र टेकराज ओझाले ३४ मत प्राप्त गरेका थिए । कांग्रेसको विधानमा एकाउन्न प्रतिशत मत ल्याउने उम्मेदवार मात्रै विजयी हुने व्यवस्था छ । जिल

    • प्रकाशित मितिः मंसिर ८, २०७८
    • 111 पटक पढिएको
  • कांग्रेस महाधिवेशन प्रतिनिधिमा महामन्त्री खड्का

    कर्णाली / नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन् । कूल खसेको ८७४ मध्ये उनले ७३६ मत प्राप्त गरे ।कांग्रेस पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनित भएर जाने व्यवस्था विधानतः भए पनि कार्यकर्ताबाटै अनुमोदित भएर जाने इच्छा व्यक्त गर्दै महामन्त्री खड्काले सुर्खेत क्षेत्र नं १ बाट खुला पुरुषतर्फ महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका थिए । त्यस्तै उक्त क्षेत्रबाट सभापतिमा झकबहादुर डाँगीको प्यानल विजयी भएको निर्वाचन अधिकृत नारायण कँडेलले जानकारी दिए ।डाँगीले ७१९ मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वी बलबहादुर वलीले १०३ मत प्राप्त गरे । त्यस्तै सचिवमा

    • प्रकाशित मितिः मंसिर ८, २०७८
    • 108 पटक पढिएको
  • ४० जिल्लाको नतिजा सार्वजनिक

    काठमाडौँ / नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनको अन्तिम नतिजा बुधबार साँझसम्ममा आउने भएको छ ।नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले ६० जिल्लाका १४८ प्रतिनिधि सभा निर्वाचन क्षेत्रको सोमबार सुरु भएको अधिवेशनको अन्तिम नतिजा बुधबार आउने बताएका हुन् । संयोजक यादवले भने, “६० जिल्लामध्ये मङ्गलबार साँझसम्ममा ४० जिल्लाको अन्तिम नतिजा प्रकाशित भएको छ, अन्य जिल्लाको मत परिणाम बुधबार आउने जानकारी जिल्लाहरूबाट प्राप्त भएको छ ।”यादवका अनुसार देशभरिका १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये १६ वटा निर्वाचन क्षेत्रमा यसअघि नै ने

    • प्रकाशित मितिः मंसिर ८, २०७८
    • 91 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.