राजनीति

    Showing 9,351-9,360 of 9,683 items.
  • रामबहादुर थापा ‘बादल’ पुनः मन्त्री बन्दै

    काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । शुक्रबार तेस्रोपटक प्रधानमन्त्रीको सपथ लिएका प्रधानमन्त्री ओलीले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका हुन् ।राष्ट्रियसभा सदस्य पदका उम्मेदवार रहेका रामबहादुर थापा ‘बादल’लाई पनि ओलीले पुनः गृहमन्त्री बनाएका छन् । निर्वाचन आयोगले बिहीबारदेखि निर्वाचन आचारसंहिता लागू हुने घोषणा गरिसकेको पनि ओलीले ‘बादल’लाई नै गृहमन्त्री बनाएका हुन् ।आचारसंहिता लागू भइसकेपछि उम्मेदवारलाई मन्त्री पदमा नियुक्त गर्न नमिल्ने निर्वाचन आयोगका उच्च अधिकारी बताउछन् । तर, बादललाई भने मन्त्री बन्नको लागि आचारसंहिता छेक्न सकेन ।था

    • प्रकाशित मितिः वैशाख ३१, २०७८
    • 92 पटक पढिएको
  • प्रधानमन्त्री ओलीले लिए शपथ

    काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिएका छन् । शुक्रबार दिउँसो शिलत निबासमा आयोजित बिशेष कार्यक्रमकाबीच राष्ट्रपति बिद्यादेवी भण्डारीले ओलीलाई सपथ गराएकी हुन् । राष्ट्रपति भण्डारीले एमाले संसदीय दलका नेता ओलीलाई प्रतिनिधि सभामा सबैभन्दा ठूलो दलको नेताका हैसियतमा प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । राष्ट्रपति भण्डारीले ओलीलाई संविधानको धारा ७६ को उपधारा ३ बमोजिम संसदमा सबैभन्दा ठूलो दलको नेताका हैसियतमा प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

    • प्रकाशित मितिः वैशाख ३१, २०७८
    • 219 पटक पढिएको
  • पुराना सबै मन्त्रीहरुलाई सपथ खुवाउने तयारी

    काठमाडौं  / केपी शर्मा ओलीले आज तेस्रोपटक प्रधानमन्त्रीको सपथ लिँदैछन् । राष्ट्रपति कार्यालय शितल निवासमा ओलीको सपथको सबै तयारी पूरा भइसकेको छ । अहिले दिउँसो साढे २ बजे ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिँदैछन् ।स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आफ्नो क्याबिनेटमा पुरानै मन्त्रीहरुलाई पनि सपथ खुवाउने तयारी गरेका छन् । यसअघि नयाँ मन्त्रिपरिषद विस्तार गर्ने भनिएपनि जसपा सरकारमा नआएसम्म पुरानै मन्त्रिपरिषदलाई निरन्तरता दिने बताइएको छ ।प्रधानमन्त्री ओलीले सांसद नरहेका पूर्वमाओवादी नेताहरूलाई पनि फेरि मन्त्रीको सपथ खुवाउन लागेका छन् । माओवादी त्यागेर गएका एक मन्त्रीले आफू फेरि सपथ खा

    • प्रकाशित मितिः वैशाख ३१, २०७८
    • 108 पटक पढिएको
  • प्रधानमन्त्री ओलीले साढे २ बजे शपथ लिने

    काठमाडौँ / नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनियताको शपथ लिनेछन् । प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दलले बहुमत जुटाउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो दलको नेताका हैसियतमा उनलाई बिहीबार उक्त पदमा पुनः नियुक्त गरेकी छन् । तेस्रो कार्यकालका लागि नियुक्त प्रधानमन्त्री ओलीले दिउँसो २ः३० बजे शपथ लिने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । आजै पहिलो चरणको मन्त्रिपरिषद् विस्तार हुने जनाइएको छ ।राष्ट्रपतिबाट नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमतप्राप्त गर्न सक्

    • प्रकाशित मितिः वैशाख ३१, २०७८
    • 93 पटक पढिएको
  • युवा संघले एकसाता औपचारिक कार्यक्रम नगर्ने

    काठमाडौं  / नेकपा एमाले निकट युवा संघ नेपालले संघका पुर्व अध्यक्ष पशुपति चौलागाईको निधन प्रति शोक व्यक्त गर्दै उनको सम्मानमा तीन दिनसम्म संघको झण्डा आधा झकाउँने, सम्पुर्ण कार्यालयहरु बन्द गर्ने र सात दिनसम्म संघको कुनै पनि औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ ।संघका पुर्व अध्यक्षको निधनको यस दुखत घडीमा क। पशुपति चौलागाई प्रति सम्मान गर्दै ३ दिन सम्म संघको झण्डा आधा झुकाउने, सम्पुर्ण कार्यालयहरु बन्द गर्ने र ७ दिन सम्म संघका कुनैपनि औपचारिक कार्यक्रमहरु नगर्ने निर्णय गरिएको संघका अध्यक्ष नरेश शाहीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।एमालेका पोलिटब्युरो सदस्य समेत रहेका चौलागाई बागमती प्रदे

    • प्रकाशित मितिः वैशाख ३०, २०७८
    • 106 पटक पढिएको
  • विवाद मिलाउन अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता

    काठमाडौँ / नेकपा (एमाले) को आन्तरिक विवाद मिलाउन अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भेटवार्ता भएको छ ।आजै सम्पन्न एमालेको स्थायी कमिटीको बैठकले नेपालसहित चार नेतालाई यसअघि गरिएको निलम्बनको कारबाही फिर्ता लिने निर्णय गरेपछि शीर्ष तहमा संवादको वातावरण बनेको हो । असन्तुष्ट नेपाल पक्षले पार्टीलाई नवौँ महाधिवेशनपछिको साङ्गठनिक संरचनाका आधारमा सञ्चालन गर्नुपर्ने अडान राख्दै आएको छ । भेटवार्ता बूढानीलकण्ठस्थित एक निजी घरमा भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । शीर्ष तहको भेटवार्ताले एकता जोगिने आशा पलाएको नेताहरुले सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका छन् ।नयाँ सरका

    • प्रकाशित मितिः वैशाख ३०, २०७८
    • 106 पटक पढिएको
  • पार्टीका सम्पूर्ण अधिकार अध्यक्ष ओलीलाई प्रत्यायोजित

    काठमाडौँ / नेकपा (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीका सम्बन्धमा आवश्यक निर्णय लिन अधिकार प्रत्यायोजन गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको स्थायी कमिटी बैठकले पार्टीभित्र र राष्ट्रिय राजनीतिमा विकसित नयाँ परिस्थितिका  सन्दर्भमा आवश्यक निर्णय लिने अधिकार अध्यक्ष ओलीलाई प्रत्यायोजन गरेको पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् । उनका अनुसार बैठकले नेता माधवकुमार नेपाल, भीमबहादुर रावल, घनश्याम भुसाल र सुरेन्द्रप्रसाद पाण्डेलाई गरिएको निलम्बनको कारवाही फुकुवा गर्ने निर्णय गरेको छ । उनले पार्टीभित्र विकसित पछिल्ला घटनाक्रमको&n

    • प्रकाशित मितिः वैशाख ३०, २०७८
    • 92 पटक पढिएको
  • जनता मारेर ढुक्कले बसेको छ सरकार : नारायणकाजी

    काठमाडौं / माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले कोरोना महमारीमा सरकारले गैरजिम्मेवार र नालायकीपन देखाएको बताएका छन् । नेता श्रेष्ठले बिहीबार विहान सामाजिक सञ्जालमार्फत कोभिडविरुद्धको लडाइँमा आफ्नो तर्फबाट पहल गर्नु पर्ने बताएका छन् ।उनले भनेका छन्, ‘ आइसियू र भेम्टिलेटरको कुरा छाडौं, अक्सिजन नपाएर कोभिड बिरामी हेर्दा हेर्दै मरिरहेका छन् ।उपचारमा खटिएका चिकित्सक एवं नर्सहरु त्यो दृश्य टुलुटुलु हेर्नुपरेकोमा रुँदै कराई रहेका छन् ।’उनले अग्रपंक्तिमा खटिरहेका चिकित्सक ,नर्स र स्वास्थ्यकर्मीहरुको कामको सम्मान र अनुसरण गर्दै जनता बचाउन आ(आफ्नो ठाँउबाट लाग्‍न सबैमा अपील समेत गरेका छन् ।‘सरकार

    • प्रकाशित मितिः वैशाख ३०, २०७८
    • 105 पटक पढिएको
  • नेपाल सहित चार नेतामाथिको कारवाही फुकुवा

    काठमाडौँ / नेकपा (एमाले)ले नेता माधवकुमार नेपाल सहित चार नेताको कारवाही फुकुवा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको स्थायी कमिटी बैठकले नेपालसहित नेता भीमबहादुर रावल, घनश्याम भुसाल र सुरेन्द्रप्रसाद पाण्डेको कारवाही फुकुवा गरेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । गत चैतमा स्पष्टीकरण सोधिएकामा चित्तबुझ्दो जवाफ नदिएको जनाई ती नेतालाई एमालेले छ महिनाका लागि पार्टीबाट निलम्बन गरेको थियो । उनका अनुसार बैठकले पार्टी एकताबद्ध बनाउने अधिकार प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।

    • प्रकाशित मितिः वैशाख ३०, २०७८
    • 133 पटक पढिएको
  • पार्टीभित्रको विवाद मिलाउन एमाले स्थायी कमिटी बैठक

    काठमाडौँ / नयाँ सरकार गठन, पार्टीभित्रको विवाद व्यवस्थापन लगायतका विषयमा छलफल गर्न नेकपा (एमाले) को स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।यही वैशाख २७ गते प्रतिनिधिसभाको विशेष अधिवेशनमा प्रधानमन्त्री एवं सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीका पक्षमा विश्वासको मत नपुगेपछि दुई वा दुई भन्दा बढी दलको समर्थनमा नयाँ सरकार गठनका लागि राष्ट्रपतिले आज राति ९ बजेसम्मका लागि समय दिएकी छन् । एमाले भित्र असन्तुष्ट माधवकुमार नेपाल सहितका २८ सांसद २७ गतेको उक्त बैठकमा अनुपस्थित भएपछि विवाद नयाँ मोडमा पुगेको छ । नयाँ सरकार गठनमा विपक्षी गठबन्धनलाई मत सहयोग पुग्ने गरी नेपाल पक्षका

    • प्रकाशित मितिः वैशाख ३०, २०७८
    • 104 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.